Welcome to Zion Women Fellowship Atlanta
Welcome to Zion Women Fellowship Atlanta
Welcome to Zion Women Fellowship Atlanta
....
Zion Women Fellowship Atlanta
....
Zion Women Fellowship Atlanta
.
Zion Women Fellowship Atlanta
....
Zion Women Fellowship Atlanta
....




Welcome to Zion Women Fellowship Atlanta
....






Welcome to Zion Women Fellowship Atlanta
Welcome to Zion Women Fellowship Atlanta
Welcome to Zion Women Fellowship Atlanta
Welcome to Zion Women Fellowship Atlanta

At Simon Thapa's Zion Women Fellowship Atlanta, we are dedicated to community development through education, empowerment, and support. Our mission is to create a thriving community where everyone has the opportunity to grow and succeed.
“हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”जकरिया 9:9
14हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! 15तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन। 16त्यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्। 17परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।
18“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्ति भार र लाज हुन्। 19तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्ट भएकाहरूलाई म जम्मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्मान दिनेछु। 20त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु, र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
सपन्याह 3:14-19
17सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अब विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ, तिनीहरूमध्येका सबैभन्दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ। 18तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्ति विलाप गरिदेऊन्, जबसम्म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्दैन। 19सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्तो किसिमले नष्ट भयौं! हामीहरू लाजले भुतुक्क भयौं! हामीले हाम्रो देश छोड्नैपर्छ, किनभने हाम्रा घरहरू नष्ट भए’।”
““हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।”जकरिया 2:10 NNRV
“तपाईंको इच्छाअनुसार सियोनको भलाइ गर्नुहोस्। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।”भजनसंग्रह 51:18
“तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।”यर्मिया 30:17 NNRV
“तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।”हिब्रू 12:22 NNRV
Our programs focus on teaching essential skills, providing resources, and fostering a sense of unity among all members. We believe that by coming together, we can achieve great things and make a positive impact on our society.
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects

Community Development Projects
ZWFA - October - 2024
“परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।”
आमोस 8:11 NNRV
“मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।”
आमोस 8:12 NNRV
My 24:1-14
1त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। 2तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।”
3येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”
4तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। 5किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। 6तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। 7किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। 8तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। 10तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। 11धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। 12दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। 13तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ। 14अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।

ZWFA - September - 2024
Leading - Samerpen
worship - Grace
Sermon - Kingdom / Tila
Prayer - Emmanuel
“सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।”
हितोपदेश 31:30 NNRV
““परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्। तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ। “मूर्खता” भनिने स्त्री चर्की हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे। त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे। त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे।”
हितोपदेश 9:10-15 NNRV
“तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने, “जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार। तर छोरी रहिछ भने त्यसलाई जिउँदै राख।” तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।”
प्रस्थान 1:15-17 NNRV
“अनि अब हे मेरी छोरी, ढुक्क भएर बस। तिमी जे चाहन्छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान् छौ भन्ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।”
रूथ 3:11 NNRV
“परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ। त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष् पाउनेछ। त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ। सोझा मानिसहरूका निम्ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्ति अन्धकारमा पनि ज्योति उदय हुन्छ।”
भजनसंग्रह 112:1-4 NNRV

Community Development Projects
Welcome to Zion Women Fellowship Atlanta
ZWFA - August - 2024
we missed Location Decatur due to Hwy 85 traffic
so change location Tucker Kingdom Salvation Church
Lead - Emmanuel Church
Worship - Kingdom Church
Sermon - Samerpen Church ( Chandra) -
PS. 23: 1-5,
1परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।
2उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ,
र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
3उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
4मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ।
तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।
5मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ।
PS 18:4-6,
4मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो।
5पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो।
6मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें,
र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो।
...............................................................
PS. 3:1-8,
1हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्! मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्।
2मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।”सेला
3तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ।
4म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु,
र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ।
5म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ।
6मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।
7हे परमप्रभु, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्।
दुष्टहरूका दाँत भाँचिदिनुहोस्।
8छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्!
....................................................................................................
PS:43:5,
5हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
...........................................................................
1 SAMUEL 17:43-50,
43त्यसले दाऊदलाई भन्यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्न आउँछस्?” त्यसले आफ्ना देवताहरूका नाउँमा दाऊदलाई सराप्न लाग्यो। 44त्यसले भन्यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।”
45दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु। 46आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिश्तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ। 47यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
48जब त्यो पलिश्ती तिनी भएतिर बढ्न लाग्यो तब दाऊदले त्यससँग लड्नलाई तुरुन्तै अगि कुदेर गए। 49तिनले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले, र घुयेँत्रोमा राखेर त्यस पलिश्तीको निधारमा हाने। त्यो ढुङ्गा निधारैमा गाड़ियो र त्यो घोप्टो परेर भूइँमा लोट्यो।
50यसरी दाऊद आफ्नो घुयेँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोल्यतलाई हिर्काएर लड़ाए, र मारे।
......................................................................................................................
2 SAMUEL 15: 14- 15,
14तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्नुपर्छ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन पाउनेछैनौं। हामी तुरुन्तै भाग्नुपर्छ, नत्रता त्यो हामीमाथि आइलाग्नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्यसले हामीमाथि विपत्ति ल्याउनेछ।”
15राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्झनुहुन्छ त्यसो गर्नलाई हामी तयार छौं।”
............................................................................................................................
2 SAMUEL 15: 31-32,
31षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल अब्शालोमसँग छन् भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”
32जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्वरलाई साष्टाङ्ग-दण्डवत् गरिन्थ्यो, तब अरकी हूशै आफ्ना लुगा च्यातीकन आफ्नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए।

Community Development Projects
July 13. 2024
Leading - Graces / Maya
Worship - Emmanuel / Team
Sermon - Samerpon / Santa
Prayer - Kingdom /
“उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्।”
लूका 10:38 NNRV
“मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्।”
लूका 10:39 NNRV
“तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।””
लूका 10:40 NNRV
“तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ।”
लूका 10:41 NNRV
“तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।””
लूका 10:42 NNRV
“ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।”
कलस्सी 3:16 NNRV
11परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ। 12मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।
13“त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
Amoes 8:11-13,
1आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
John 1:1,
8व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। Josh 1:8,
1परमेश्वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाओ, किनकि भूल गर्दैछन् भन्ने तिनीहरू जान्दैनन्।
Eccl 5:1
22तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। 23कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, Jas 1:22-23,
12किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। Heb 4:12
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects
Community Development Projects

Join Us in Building a Stronger Community
Get involved with Zion Women Fellowship Atlanta today and be part of a community that supports and uplifts each other. Together, we can make a difference!