Welcome to DEUTERONOMY

At DEUTERONOMY, we are dedicated to providing top-notch training and social services to the local community in Decatur GA. Our mission is to create opportunities for growth and development, helping individuals reach their full potential.

DEUTERONOMY - INTRODUCTION

पुस्‍तक परिचय

व्यवस्थाको पुस्तकको अंग्रेजी नामको अर्थ अक्षरश: “दोस्रो व्यवस्था” अर्थात्‌ “व्यवस्थाको दोहोर्‍याई” भन्‍ने बुझिन्छ। जुन व्यवस्था सीनै पर्वतमा मोशाले करिव ३८ वर्ष पूर्व दिएको थियो त्यसैलाई फेरि दोहोर्‍याउँदछ। मोशाले दोहोर्‍याउने क्रममा व्यवस्थालाई सन्देशको रूपमा प्रस्तुत गर्दछन्‌। कारण यस समयसम्‍म ४० वर्ष माथिका पुस्ताहरू परमेश्‍वरप्रति तिनीहरूको अविश्‍वासको कारण मरुभूमिको यात्रामा नै मरिसकेका थिए र दोस्रो पुस्ताले राम्रोसँग परमेश्‍वरको व्यवस्था बुझ्‍न सकेको थिएन।

मोशाले व्यवस्थालाई सन्देशको रूपमा प्रचार गरी इस्राएलीहरूको हृदयलाई परमेश्‍वरको वचनबाट प्रभाव पार्न र उत्साह दिन चाहन्थे। मोशाको उद्देश्‍यचाहिँ सीनै पर्वतमा गरिएको करारलाई इस्राएलीहरूले फेरि नविकरण गरोस्‌ भन्‍ने थियो अर्थात्‌ परमेश्‍वरमा ताजा समर्पण। समर्पणविना तिनीहरूले न त लडाइँ नै जित्‍न सक्थे न त कनानलाई कब्जा गरी परमेश्‍वरको प्रशस्त आशिष्‌ उपभोग गर्न सक्थे।

यस पुस्तकको मुख्य पद व्यवस्था ३१:१२ हो। यस पुस्तकलाई तीन खण्डमा विभाजित गर्न सकिन्छ:

१) १-४ अध्याय: वितेका समयमा परमेश्‍वरको विश्‍वासयोग्यता

२) ५-२६ अध्याय: वर्तमानमा परमेश्‍वरको आज्ञा

३) २७-३४ अध्याय: परमेश्‍वरको भविष्यवाणीका प्रतिज्ञाहरू

DEUTERONOMY - 1:1-46

होरेबदेखि निस्केर जाने आज्ञा

1सूपको सामुन्‍नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्‍थानमा समस्‍त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्‌। 2(सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

3चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्‍ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने। 4हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्‍तारोतमा राज्‍य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो। 

5यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्‍यवस्‍थाको विवरण गर्न लागे:

6होरेबमा परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई यसो भन्‍नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्‍यो। 7अब तिमीहरूले शिविर तोड़ेर आफ्‍नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्‍यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्‍चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्‍म, लेबनानसम्‍म र महानदी यूफ्रेटिससम्‍मै जाओ। 8हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्‍यहाँ प्रवेश गरेर त्‍यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्‍तानलाई ‘म दिन्‍छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”

नायकहरूको नियुक्त

9त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ।  10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्‍य भएका छौ। 11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून्‌ र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्! 12तर म कसरी तिमीहरूका समस्‍याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्‍न सक्‍छु र? 13तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”

14तिमीहरूले मलाई भन्‍यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”

15यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्‍य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्‍ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्‍ति कुलनायकहरू पनि नियुक्त गरें। 16त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌। 17न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।” 18त्‍यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।

जासूसहरू पठाइएका

19त्‍यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञाबमोजिम त्‍यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्‍थानबाट भएर एमोरीहरू बस्‍ने पहाड़ी देशतिर लाग्‍यौं। त्‍यसपछि हामी कादेश-बर्नेमा आइपुग्‍यौं।  20अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ। 21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो देश तिमीहरूलाई सुम्‍पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले भन्‍नुभएझैँ गएर त्‍यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”

22अनि तिमीहरू सबैले मकहाँ आएर भन्‍यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्‍यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्‍नेछौं भन्‍ने खबर तिनीहरूले हामीकहाँ ल्‍याउनेछन्‌।”

23यो कुरो मलाई बेस लाग्‍यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें। 24तिनीहरू पहाड़तर्फ लागे र एश्‍कोलको बेँसीमा पुगेर त्‍यसको पूरा भ्रमण गरे। 25तिनीहरूले त्‍यस देशका कतिपय फलफूल ल्‍याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले दिनुहुने त्‍यो देश उत्तम रहेछ” भन्‍ने खबर तिनीहरूले दिए।

इस्राएलीहरूले परमप्रभुको विरोध गरेका

26तर तिमीहरू त्‍यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ।  27आफ्‍ना पालहरूमा गनगनाएर तिमीहरूले भन्‍यौ, “परमप्रभुले हामीलाई तिरस्‍कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्‍पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो। 28हामी कता जान सक्‍छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्‌। तिनीहरू भन्‍छन्, ‘ती मानिसहरू हामीभन्‍दा ठूला र अल्‍गा छन्‌। उनीहरूका सहरहरू ठूला छन्‌ र आकाशसम्‍मै पर्खाल लाएका छन्‌। हामीहरूले त्‍यहाँ अनाकीहरूलाई पनि देख्‍यौं’।”

29तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। 30तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। 31उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।” 

32त्‍यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा राखेनौ,  33जो तिमीहरूका निम्‍ति डेरा हाल्‍ने ठाउँ खोज्‍न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो।

34तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो,   35“यस दूषित पुस्‍ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्‍छु भनी प्रतिज्ञा गरेको त्‍यो असल देश देख्‍नेछैन। 36यपुन्‍नेको छोरो कालेबले मात्र त्‍यो देश देख्‍न पाउनेछ। त्‍यसले टेकेको भूमि म त्‍यसलाई र त्‍यसका सन्‍तानलाई दिनेछु, किनकि त्‍यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”

37तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्‍नुभयो, “तँ पनि त्‍यहाँ प्रवेश गर्न पाउनेछैनस्‌। 38तर तेरो सहायक नूनको छोरो यहोशू त्‍यहाँ प्रवेश गर्नेछ। तैंले त्‍यसलाई उत्‍साह दिनू, किनकि त्‍यसले त्‍यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ। 39तिमीहरूका बालबच्‍चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्‍यौ, बरु ती असल र खराब नजान्‍ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्‍यहाँ प्रवेश गर्नेछन्‌। म त्‍यो देश तिनीहरूलाई दिनेछु र त्‍यो तिनीहरूले अधिकार गर्नेछन्‌। 40तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिरै जाओ।”

41तब तिमीहरूले मलाई भन्‍यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्‌नेछौं।” यस पहाड़ी देशमा उक्‍लनु सहज कुरो ठानेर तिमीहरू प्रत्‍येकले आ-आफ्‍ना हतियार भिर्‍यौ।

42तर परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूलाई भन्, ‘उक्‍लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”

43यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्‍दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्‍ल्‍यौ। 44अनि पहाड़मा बस्‍ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्‍म उनीहरूले तिमीहरूलाई परास्‍त गरे। 45अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्‍ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्‍नुभएन, ध्‍यान पनि दिनुभएन। 46यसकारण तिमीहरूले त्‍यहाँ कादेशमा धेरै दिन बिताउनुपर्‍यो।

....................................................................................

The Command to Leave Horeb

1 These are the words Moses spoke to all Israel in the wilderness east of the Jordan—that is, in the Arabah—opposite Suph, between Paran and Tophel, Laban, Hazeroth and Dizahab. (It takes eleven days to go from Horeb to Kadesh Barnea by the Mount Seir road.)

In the fortieth year, on the first day of the eleventh month, Moses proclaimed to the Israelites all that the Lord had commanded him concerning them. This was after he had defeated Sihon king of the Amorites, who reigned in Heshbon, and at Edrei had defeated Og king of Bashan, who reigned in Ashtaroth.

East of the Jordan in the territory of Moab, Moses began to expound this law, saying:

The Lord our God said to us at Horeb, “You have stayed long enough at this mountain. Break camp and advance into the hill country of the Amorites; go to all the neighboring peoples in the Arabah, in the mountains, in the western foothills, in the Negev and along the coast, to the land of the Canaanites and to Lebanon, as far as the great river, the Euphrates. See, I have given you this land. Go in and take possession of the land the Lord swore he would give to your fathers—to Abraham, Isaac and Jacob—and to their descendants after them.”

The Appointment of Leaders

At that time I said to you, “You are too heavy a burden for me to carry alone. 10 The Lord your God has increased your numbers so that today you are as numerous as the stars in the sky. 11 May the Lord, the God of your ancestors, increase you a thousand times and bless you as he has promised! 12 But how can I bear your problems and your burdens and your disputes all by myself? 13 Choose some wise, understanding and respected men from each of your tribes, and I will set them over you.”

14 You answered me, “What you propose to do is good.”

15 So I took the leading men of your tribes, wise and respected men, and appointed them to have authority over you—as commanders of thousands, of hundreds, of fifties and of tens and as tribal officials. 16 And I charged your judges at that time, “Hear the disputes between your people and judge fairly, whether the case is between two Israelites or between an Israelite and a foreigner residing among you. 17 Do not show partiality in judging; hear both small and great alike. Do not be afraid of anyone, for judgment belongs to God. Bring me any case too hard for you, and I will hear it.” 18 And at that time I told you everything you were to do.

Spies Sent Out

19 Then, as the Lord our God commanded us, we set out from Horeb and went toward the hill country of the Amorites through all that vast and dreadful wilderness that you have seen, and so we reached Kadesh Barnea. 20 Then I said to you, “You have reached the hill country of the Amorites, which the Lord our God is giving us. 21 See, the Lord your God has given you the land. Go up and take possession of it as the Lord, the God of your ancestors, told you. Do not be afraid; do not be discouraged.”

22 Then all of you came to me and said, “Let us send men ahead to spy out the land for us and bring back a report about the route we are to take and the towns we will come to.”

23 The idea seemed good to me; so I selected twelve of you, one man from each tribe. 24 They left and went up into the hill country, and came to the Valley of Eshkol and explored it. 25 Taking with them some of the fruit of the land, they brought it down to us and reported, “It is a good land that the Lord our God is giving us.”

Rebellion Against the Lord

26 But you were unwilling to go up; you rebelled against the command of the Lord your God. 27 You grumbled in your tents and said, “The Lord hates us; so he brought us out of Egypt to deliver us into the hands of the Amorites to destroy us. 28 Where can we go? Our brothers have made our hearts melt in fear. They say, ‘The people are stronger and taller than we are; the cities are large, with walls up to the sky. We even saw the Anakites there.’”

29 Then I said to you, “Do not be terrified; do not be afraid of them. 30 The Lord your God, who is going before you, will fight for you, as he did for you in Egypt, before your very eyes, 31 and in the wilderness. There you saw how the Lord your God carried you, as a father carries his son, all the way you went until you reached this place.”

32 In spite of this, you did not trust in the Lord your God, 33 who went ahead of you on your journey, in fire by night and in a cloud by day, to search out places for you to camp and to show you the way you should go.

34 When the Lord heard what you said, he was angry and solemnly swore: 35 “No one from this evil generation shall see the good land I swore to give your ancestors, 36 except Caleb son of Jephunneh. He will see it, and I will give him and his descendants the land he set his feet on, because he followed the Lord wholeheartedly.”

37 Because of you the Lord became angry with me also and said, “You shall not enter it, either. 38 But your assistant, Joshua son of Nun, will enter it. Encourage him, because he will lead Israel to inherit it. 39 And the little ones that you said would be taken captive, your children who do not yet know good from bad—they will enter the land. I will give it to them and they will take possession of it. 40 But as for you, turn around and set out toward the desert along the route to the Red Sea.[a]

41 Then you replied, “We have sinned against the Lord. We will go up and fight, as the Lord our God commanded us.” So every one of you put on his weapons, thinking it easy to go up into the hill country.

42 But the Lord said to me, “Tell them, ‘Do not go up and fight, because I will not be with you. You will be defeated by your enemies.’”

43 So I told you, but you would not listen. You rebelled against the Lord’s command and in your arrogance you marched up into the hill country. 44 The Amorites who lived in those hills came out against you; they chased you like a swarm of bees and beat you down from Seir all the way to Hormah. 45 You came back and wept before the Lord, but he paid no attention to your weeping and turned a deaf ear to you. 46 And so you stayed in Kadesh many days—all the time you spent there.

....................................................................................

ENG - NEP

होरेबदेखि निस्केर जाने आज्ञा

1सूपको सामुन्‍नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्‍थानमा समस्‍त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्‌।

These be the words which Moses spake unto all Israel on this side Jordan in the wilderness, in the plain over against the Red sea, between Paran, and Tophel, and Laban, and Hazeroth, and Dizahab.

 2(सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

(There are eleven days' journey from Horeb by the way of mount Seir unto Kadesh-barnea.)

3चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्‍ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने। 

And it came to pass in the fortieth year, in the eleventh month, on the first day of the month, that Moses spake unto the children of Israel, according unto all that the LORD had given him in commandment unto them;

4हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्‍तारोतमा राज्‍य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो। 

After he had slain Sihon the king of the Amorites, which dwelt in Heshbon, and Og the king of Bashan, which dwelt at Astaroth in Edrei:

5यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्‍यवस्‍थाको विवरण गर्न लागे:
On this side Jordan, in the land of Moab, began Moses to declare this law, saying,

6होरेबमा परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई यसो भन्‍नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्‍यो। 

The LORD our God spake unto us in Horeb, saying, Ye have dwelt long enough in this mount:

7अब तिमीहरूले शिविर तोड़ेर आफ्‍नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्‍यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्‍चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्‍म, लेबनानसम्‍म र महानदी यूफ्रेटिससम्‍मै जाओ। 

Turn you, and take your journey, and go to the mount of the Amorites, and unto all the places nigh thereunto, in the plain, in the hills, and in the vale, and in the south, and by the sea side, to the land of the Canaanites, and unto Lebanon, unto the great river, the river Euphrates.

8हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्‍यहाँ प्रवेश गरेर त्‍यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्‍तानलाई ‘म दिन्‍छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”

Behold, I have set the land before you: go in and possess the land which the LORD sware unto your fathers, Abraham, Isaac, and Jacob, to give unto them and to their seed after them.

 

नायकहरूको नियुक्त

9त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ।  

And I spake unto you at that time, saying, I am not able to bear you myself alone:

10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्‍य भएका छौ। 

The LORD your God hath multiplied you, and, behold, ye are this day as the stars of heaven for multitude.

11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून्‌ र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्! 

(The LORD God of your fathers make you a thousand times so many more as ye are, and bless you, as he hath promised you!)

12तर म कसरी तिमीहरूका समस्‍याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्‍न सक्‍छु र? 

How can I myself alone bear your cumbrance, and your burden, and your strife?

13तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”

Take you wise men, and understanding, and known among your tribes, and I will make them rulers over you.

14तिमीहरूले मलाई भन्‍यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”

And ye answered me, and said, The thing which thou hast spoken is good for us to do.

15यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्‍य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्‍ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्‍ति कुलनायकहरू पनि नियुक्त गरें। 

So I took the chief of your tribes, wise men, and known, and made them heads over you, captains over thousands, and captains over hundreds, and captains over fifties, and captains over tens, and officers among your tribes.

16त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌। 

And I charged your judges at that time, saying, Hear the causes between your brethren, and judge righteously between every man and his brother, and the stranger that is with him.

17न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।” 

Ye shall not respect persons in judgment; but ye shall hear the small as well as the great; ye shall not be afraid of the face of man; for the judgment is God's: and the cause that is too hard for you, bring it unto me, and I will hear it.

18त्‍यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।

And I commanded you at that time all the things which ye should do.

 

जासूसहरू पठाइएका

19त्‍यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञाबमोजिम त्‍यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्‍थानबाट भएर एमोरीहरू बस्‍ने पहाड़ी देशतिर लाग्‍यौं। त्‍यसपछि हामी कादेश-बर्नेमा आइपुग्‍यौं।

And when we departed from Horeb, we went through all that great and terrible wilderness, which ye saw by the way of the mountain of the Amorites, as the LORD our God commanded us; and we came to Kadesh-barnea.

  20अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ। 

And I said unto you, Ye are come unto the mountain of the Amorites, which the LORD our God doth give unto us.

21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो देश तिमीहरूलाई सुम्‍पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले भन्‍नुभएझैँ गएर त्‍यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”

Behold, the LORD thy God hath set the land before thee: go up and possess it, as the LORD God of thy fathers hath said unto thee; fear not, neither be discouraged.

22अनि तिमीहरू सबैले मकहाँ आएर भन्‍यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्‍यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्‍नेछौं भन्‍ने खबर तिनीहरूले हामीकहाँ ल्‍याउनेछन्‌।”

And ye came near unto me every one of you, and said, We will send men before us, and they shall search us out the land, and bring us word again by what way we must go up, and into what cities we shall come.

23यो कुरो मलाई बेस लाग्‍यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें।

And the saying pleased me well: and I took twelve men of you, one of a tribe:

 24तिनीहरू पहाड़तर्फ लागे र एश्‍कोलको बेँसीमा पुगेर त्‍यसको पूरा भ्रमण गरे। 

And they turned and went up into the mountain, and came unto the valley of Eshcol, and searched it out.

25तिनीहरूले त्‍यस देशका कतिपय फलफूल ल्‍याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले दिनुहुने त्‍यो देश उत्तम रहेछ” भन्‍ने खबर तिनीहरूले दिए।

And they took of the fruit of the land in their hands, and brought it down unto us, and brought us word again, and said, It is a good land which the LORD our God doth give us.

 

इस्राएलीहरूले परमप्रभुको विरोध गरेका

26तर तिमीहरू त्‍यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ।

Notwithstanding ye would not go up, but rebelled against the commandment of the LORD your God:

  27आफ्‍ना पालहरूमा गनगनाएर तिमीहरूले भन्‍यौ, “परमप्रभुले हामीलाई तिरस्‍कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्‍पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो। 

And ye murmured in your tents, and said, Because the LORD hated us, he hath brought us forth out of the land of Egypt, to deliver us into the hand of the Amorites, to destroy us.

28हामी कता जान सक्‍छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्‌। तिनीहरू भन्‍छन्, ‘ती मानिसहरू हामीभन्‍दा ठूला र अल्‍गा छन्‌। उनीहरूका सहरहरू ठूला छन्‌ र आकाशसम्‍मै पर्खाल लाएका छन्‌। हामीहरूले त्‍यहाँ अनाकीहरूलाई पनि देख्‍यौं’।”

Whither shall we go up? our brethren have discouraged our heart, saying, The people is greater and taller than we; the cities are great and walled up to heaven; and moreover we have seen the sons of the Anakims there.

29तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। 

Then I said unto you, Dread not, neither be afraid of them.

30तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।

The LORD your God which goeth before you, he shall fight for you, according to all that he did for you in Egypt before your eyes;

 31उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।”

And in the wilderness, where thou hast seen how that the LORD thy God bare thee, as a man doth bear his son, in all the way that ye went, until ye came into this place.

32त्‍यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा राखेनौ,  

Yet in this thing ye did not believe the LORD your God,

33जो तिमीहरूका निम्‍ति डेरा हाल्‍ने ठाउँ खोज्‍न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो।

Who went in the way before you, to search you out a place to pitch your tents in, in fire by night, to shew you by what way ye should go, and in a cloud by day.

34तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो,  

And the LORD heard the voice of your words, and was wroth, and sware, saying,

 35“यस दूषित पुस्‍ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्‍छु भनी प्रतिज्ञा गरेको त्‍यो असल देश देख्‍नेछैन। 

Surely there shall not one of these men of this evil generation see that good land, which I sware to give unto your fathers,

36यपुन्‍नेको छोरो कालेबले मात्र त्‍यो देश देख्‍न पाउनेछ। त्‍यसले टेकेको भूमि म त्‍यसलाई र त्‍यसका सन्‍तानलाई दिनेछु, किनकि त्‍यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”

Save Caleb the son of Jephunneh; he shall see it, and to him will I give the land that he hath trodden upon, and to his children, because he hath wholly followed the LORD.

37तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्‍नुभयो, “तँ पनि त्‍यहाँ प्रवेश गर्न पाउनेछैनस्‌। 

Also the LORD was angry with me for your sakes, saying, Thou also shalt not go in thither.

38तर तेरो सहायक नूनको छोरो यहोशू त्‍यहाँ प्रवेश गर्नेछ। तैंले त्‍यसलाई उत्‍साह दिनू, किनकि त्‍यसले त्‍यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ। 

But Joshua the son of Nun, which standeth before thee, he shall go in thither: encourage him: for he shall cause Israel to inherit it.

39तिमीहरूका बालबच्‍चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्‍यौ, बरु ती असल र खराब नजान्‍ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्‍यहाँ प्रवेश गर्नेछन्‌। म त्‍यो देश तिनीहरूलाई दिनेछु र त्‍यो तिनीहरूले अधिकार गर्नेछन्‌।

Moreover your little ones, which ye said should be a prey, and your children, which in that day had no knowledge between good and evil, they shall go in thither, and unto them will I give it, and they shall possess it.

 40तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिरै जाओ।”

But as for you, turn you, and take your journey into the wilderness by the way of the Red sea.

41तब तिमीहरूले मलाई भन्‍यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्‌नेछौं।” यस पहाड़ी देशमा उक्‍लनु सहज कुरो ठानेर तिमीहरू प्रत्‍येकले आ-आफ्‍ना हतियार भिर्‍यौ।

Then ye answered and said unto me, We have sinned against the LORD, we will go up and fight, according to all that the LORD our God commanded us. And when ye had girded on every man his weapons of war, ye were ready to go up into the hill.

42तर परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूलाई भन्, ‘उक्‍लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”

And the LORD said unto me, Say unto them, Go not up, neither fight; for I am not among you; lest ye be smitten before your enemies.

43यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्‍दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्‍ल्‍यौ।

So I spake unto you; and ye would not hear, but rebelled against the commandment of the LORD, and went presumptuously up into the hill.

 44अनि पहाड़मा बस्‍ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्‍म उनीहरूले तिमीहरूलाई परास्‍त गरे। 

And the Amorites, which dwelt in that mountain, came out against you, and chased you, as bees do, and destroyed you in Seir, even unto Hormah.

45अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्‍ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्‍नुभएन, ध्‍यान पनि दिनुभएन।

And ye returned and wept before the LORD; but the LORD would not hearken to your voice, nor give ear unto you.

 46यसकारण तिमीहरूले त्‍यहाँ कादेशमा धेरै दिन बिताउनुपर्‍यो।

So ye abode in Kadesh many days, according unto the days that ye abode there.

DEUTERONOMY - 2:1-37

इस्राएलीहरू उजाड-स्थानमा घुमफिर गरेका

1तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं। 

2अनि परमप्रभुले मलाई भन्‍नुभयो, 3“तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। 4तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्‍तान, आफ्‍नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू।  5उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। 6खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।”

7परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ दिनुभएको छ। यस ठूलो उजाड़-स्‍थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।

8यसैकारण सेइरमा बस्‍ने एसावका सन्‍तान, हाम्रा दाजुभाइहरूका मध्‍येबाट हामी गयौं। एलात र एस्‍योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्‍थानको बाटो लाग्‍यौं।

9तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।” 

10(एक समय त्‍यहाँ एमीहरू बस्‍थे, जो असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए। 11अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्‍थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्‍थे। 12उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)

13अनि परमप्रभुले भन्‍नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं।

14परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट नहोउञ्‍जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्‍म आइपुग्‍न हामीलाई अठतीस वर्ष लाग्‍यो।  15छाउनीबाट ती सबै नष्‍ट नहोउञ्‍जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो।

16जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट भइसकेपछि 17परमप्रभुले मलाई यसो भन्‍नुभयो, 18“आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ। 19जब तिमीहरू अम्‍मोनीहरूको सिमानामा पुग्‍छौ, तब उनीहरूलाई दु:ख-कष्‍ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ, किनकि अम्‍मोनीहरूको देशबाट अधिकारको निम्‍ति म कुनै अंश पनि तिमीहरूलाई दिन्‍नँ। मैले त्‍यो लोतका सन्‍तानको अधिकारमा दिएको छु।” 

20(त्‍यो पनि रपाईहरूको देश गनिन्‍थ्‍यो। उहिले नै त्‍यहाँ रपाईहरू बस्‍थे, तर अम्‍मोनीहरूले यिनीहरूलाई जमजुम्‍मीहरू भन्‍दथे। 21यिनीहरू असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्‍मोनीहरूका सामुन्‍ने नाश गरिदिनुभयो, र जमजुम्‍मीहरूपछि अम्‍मोनीहरू आएर यिनीहरूका सट्टामा बसे। 22उहाँले सेइरमा बस्‍ने एसावका सन्‍तानका निम्‍ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्‍ने होरीहरूलाई नष्‍ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्‍म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्‌। 23अनि गाजासम्‍म बसोबास गर्ने अव्‍वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)

सीहोन राजा पराजित भएका

24“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्‍बोनको राजा एमोरी सीहोन र त्‍यसको देश तिमीहरूका हातमा दिएको छु। त्‍यो अधिकार गर्न सुरु गर र त्‍यससित युद्ध गर। 25आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्‍नेछन्, र विचलित हुनेछन्‌।”

26कदेमोतको उजाड़-स्‍थानबाट हेश्‍बोनका राजा सीहोनकहाँ शान्‍तिको प्रस्‍तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ,  27“हामीलाई तपाईंको राज्‍यबाट भएर जान दिनुहोस्‌। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्‍नेछैनौं। 28खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्‍नुहोस्‌। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्‌— 29जसरी सेइरमा बस्‍ने एसावका सन्‍तान र आरमा बस्‍ने मोआबीहरूले हाम्रा निम्‍ति गरेथे— जबसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा पुग्‍नलाई हामी यर्दन पार गर्दैनौं।” 30तर हेश्‍बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्‍म त्‍यो तिमीहरूकै हातमा छ।

31अनि परमप्रभुले मलाई भन्‍नुभयो, “सीहोन र त्‍यसको देश अब म तिमीहरूलाई दिनेछु। त्‍यसको देश अधिकार र कब्‍जा गर्न सुरु गर।”

32जब सीहोन उनका सबै फौजसमेत यहसा भन्‍ने ठाउँमा हामीसँग लड्‌न आए, 33तब परमप्रभु हाम्रा परमेश्‍वरले उनलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्‍यौं। 34त्‍यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्‍त्रीहरू र बालबच्‍चाहरूलाई समेत मानिसहरू बसेको प्रत्‍येक सहरलाई पूर्ण रूपले नाश पार्‍यौं। हामीले कसैलाई पनि छोड़ेनौं। 35हामीले कब्‍जा गरेका सहरहरूका धनमाल र गाईबस्‍तु मात्र हामीले आफ्‍नो निम्‍ति जीतका माल स्‍वरूप लियौं। 36अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्‍म हामीले लिन नसक्‍ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्‍वरले सबै हाम्रा हातमा सुम्‍पिदिनुभयो। 37केवल अम्‍मोनीहरूका सन्‍तानका देशको छेउमा, यब्‍बोक नदीका सबै किनारहरूका जग्‍गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।

............................................................................................

Wanderings in the Wilderness

2 Then we turned back and set out toward the wilderness along the route to the Red Sea,[a] as the Lord had directed me. For a long time we made our way around the hill country of Seir.

Then the Lord said to me, “You have made your way around this hill country long enough; now turn north. Give the people these orders: ‘You are about to pass through the territory of your relatives the descendants of Esau, who live in Seir. They will be afraid of you, but be very careful. Do not provoke them to war, for I will not give you any of their land, not even enough to put your foot on. I have given Esau the hill country of Seir as his own. You are to pay them in silver for the food you eat and the water you drink.’”

The Lord your God has blessed you in all the work of your hands. He has watched over your journey through this vast wilderness. These forty years the Lord your God has been with you, and you have not lacked anything.

So we went on past our relatives the descendants of Esau, who live in Seir. We turned from the Arabah road, which comes up from Elath and Ezion Geber, and traveled along the desert road of Moab.

Then the Lord said to me, “Do not harass the Moabites or provoke them to war, for I will not give you any part of their land. I have given Ar to the descendants of Lot as a possession.”

10 (The Emites used to live there—a people strong and numerous, and as tall as the Anakites. 11 Like the Anakites, they too were considered Rephaites, but the Moabites called them Emites. 12 Horites used to live in Seir, but the descendants of Esau drove them out. They destroyed the Horites from before them and settled in their place, just as Israel did in the land the Lord gave them as their possession.)

13 And the Lord said, “Now get up and cross the Zered Valley.” So we crossed the valley.

14 Thirty-eight years passed from the time we left Kadesh Barnea until we crossed the Zered Valley. By then, that entire generation of fighting men had perished from the camp, as the Lord had sworn to them. 15 The Lord’s hand was against them until he had completely eliminated them from the camp.

16 Now when the last of these fighting men among the people had died, 17 the Lord said to me, 18 “Today you are to pass by the region of Moab at Ar. 19 When you come to the Ammonites, do not harass them or provoke them to war, for I will not give you possession of any land belonging to the Ammonites. I have given it as a possession to the descendants of Lot.”

20 (That too was considered a land of the Rephaites, who used to live there; but the Ammonites called them Zamzummites. 21 They were a people strong and numerous, and as tall as the Anakites. The Lord destroyed them from before the Ammonites, who drove them out and settled in their place. 22 The Lord had done the same for the descendants of Esau, who lived in Seir, when he destroyed the Horites from before them. They drove them out and have lived in their place to this day. 23 And as for the Avvites who lived in villages as far as Gaza, the Caphtorites coming out from Caphtor[b] destroyed them and settled in their place.)

Defeat of Sihon King of Heshbon

24 “Set out now and cross the Arnon Gorge. See, I have given into your hand Sihon the Amorite, king of Heshbon, and his country. Begin to take possession of it and engage him in battle. 25 This very day I will begin to put the terror and fear of you on all the nations under heaven. They will hear reports of you and will tremble and be in anguish because of you.”

26 From the Desert of Kedemoth I sent messengers to Sihon king of Heshbon offering peace and saying, 27 “Let us pass through your country. We will stay on the main road; we will not turn aside to the right or to the left. 28 Sell us food to eat and water to drink for their price in silver. Only let us pass through on foot— 29 as the descendants of Esau, who live in Seir, and the Moabites, who live in Ar, did for us—until we cross the Jordan into the land the Lord our God is giving us.” 30 But Sihon king of Heshbon refused to let us pass through. For the Lord your God had made his spirit stubborn and his heart obstinate in order to give him into your hands, as he has now done.

31 The Lord said to me, “See, I have begun to deliver Sihon and his country over to you. Now begin to conquer and possess his land.”

32 When Sihon and all his army came out to meet us in battle at Jahaz, 33 the Lord our God delivered him over to us and we struck him down, together with his sons and his whole army. 34 At that time we took all his towns and completely destroyed[c] them—men, women and children. We left no survivors. 35 But the livestock and the plunder from the towns we had captured we carried off for ourselves. 36 From Aroer on the rim of the Arnon Gorge, and from the town in the gorge, even as far as Gilead, not one town was too strong for us. The Lord our God gave us all of them. 37 But in accordance with the command of the Lord our God, you did not encroach on any of the land of the Ammonites, neither the land along the course of the Jabbok nor that around the towns in the hills.

...........................................................................................

ENG-NEP

इस्राएलीहरू उजाड-स्थानमा घुमफिर गरेका

1तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं। 

Then we turned, and took our journey into the wilderness by the way of the Red sea, as the LORD spake unto me: and we compassed mount Seir many days.

2अनि परमप्रभुले मलाई भन्‍नुभयो, 

And the LORD spake unto me, saying,

3“तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। 

Ye have compassed this mountain long enough: turn you northward.

4तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्‍तान, आफ्‍नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। 

And command thou the people, saying, Ye are to pass through the coast of your brethren the children of Esau, which dwell in Seir; and they shall be afraid of you: take ye good heed unto yourselves therefore:

 5उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।

Meddle not with them; for I will not give you of their land, no, not so much as a foot breadth; because I have given mount Seir unto Esau for a possession.

 6खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।”

Ye shall buy meat of them for money, that ye may eat; and ye shall also buy water of them for money, that ye may drink.

7परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ दिनुभएको छ। यस ठूलो उजाड़-स्‍थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।

For the LORD thy God hath blessed thee in all the works of thy hand: he knoweth thy walking through this great wilderness: these forty years the LORD thy God hath been with thee; thou hast lacked nothing.

8यसैकारण सेइरमा बस्‍ने एसावका सन्‍तान, हाम्रा दाजुभाइहरूका मध्‍येबाट हामी गयौं। एलात र एस्‍योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्‍थानको बाटो लाग्‍यौं।

And when we passed by from our brethren the children of Esau, which dwelt in Seir, through the way of the plain from Elath, and from Ezion-gaber, we turned and passed by the way of the wilderness of Moab.

9तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।” 

And the LORD said unto me, Distress not the Moabites, neither contend with them in battle: for I will not give thee of their land for a possession; because I have given Ar unto the children of Lot for a possession.

10(एक समय त्‍यहाँ एमीहरू बस्‍थे, जो असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए। 

The Emims dwelt therein in times past, a people great, and many, and tall, as the Anakims;

11अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्‍थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्‍थे। 

Which also were accounted giants, as the Anakims; but the Moabites call them Emims.

12उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)

The Horims also dwelt in Seir beforetime; but the children of Esau succeeded them, when they had destroyed them from before them, and dwelt in their stead; as Israel did unto the land of his possession, which the LORD gave unto them.

13अनि परमप्रभुले भन्‍नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं।

Now rise up, said I, and get you over the brook Zered. And we went over the brook Zered.

14परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट नहोउञ्‍जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्‍म आइपुग्‍न हामीलाई अठतीस वर्ष लाग्‍यो।

And the space in which we came from Kadesh-barnea, until we were come over the brook Zered, was thirty and eight years; until all the generation of the men of war were wasted out from among the host, as the LORD sware unto them.

  15छाउनीबाट ती सबै नष्‍ट नहोउञ्‍जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो।

For indeed the hand of the LORD was against them, to destroy them from among the host, until they were consumed.

16जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट भइसकेपछि 

So it came to pass, when all the men of war were consumed and dead from among the people,

17परमप्रभुले मलाई यसो भन्‍नुभयो, 

That the LORD spake unto me, saying,

18“आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ।

Thou art to pass over through Ar, the coast of Moab, this day:

 19जब तिमीहरू अम्‍मोनीहरूको सिमानामा पुग्‍छौ, तब उनीहरूलाई दु:ख-कष्‍ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ, किनकि अम्‍मोनीहरूको देशबाट अधिकारको निम्‍ति म कुनै अंश पनि तिमीहरूलाई दिन्‍नँ। मैले त्‍यो लोतका सन्‍तानको अधिकारमा दिएको छु।” 

And when thou comest nigh over against the children of Ammon, distress them not, nor meddle with them: for I will not give thee of the land of the children of Ammon any possession; because I have given it unto the children of Lot for a possession.

20(त्‍यो पनि रपाईहरूको देश गनिन्‍थ्‍यो। उहिले नै त्‍यहाँ रपाईहरू बस्‍थे, तर अम्‍मोनीहरूले यिनीहरूलाई जमजुम्‍मीहरू भन्‍दथे। 

(That also was accounted a land of giants: giants dwelt therein in old time; and the Ammonites call them Zamzummims;

21यिनीहरू असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्‍मोनीहरूका सामुन्‍ने नाश गरिदिनुभयो, र जमजुम्‍मीहरूपछि अम्‍मोनीहरू आएर यिनीहरूका सट्टामा बसे।

A people great, and many, and tall, as the Anakims; but the LORD destroyed them before them; and they succeeded them, and dwelt in their stead:

 22उहाँले सेइरमा बस्‍ने एसावका सन्‍तानका निम्‍ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्‍ने होरीहरूलाई नष्‍ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्‍म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्‌। 

As he did to the children of Esau, which dwelt in Seir, when he destroyed the Horims from before them; and they succeeded them, and dwelt in their stead even unto this day:

23अनि गाजासम्‍म बसोबास गर्ने अव्‍वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)

And the Avims which dwelt in Hazerim, even unto Azzah, the Caphtorims, which came forth out of Caphtor, destroyed them, and dwelt in their stead.)

 

सीहोन राजा पराजित भएका

24“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्‍बोनको राजा एमोरी सीहोन र त्‍यसको देश तिमीहरूका हातमा दिएको छु। त्‍यो अधिकार गर्न सुरु गर र त्‍यससित युद्ध गर। 

Rise ye up, take your journey, and pass over the river Arnon: behold, I have given into thine hand Sihon the Amorite, king of Heshbon, and his land: begin to possess it, and contend with him in battle.

25आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्‍नेछन्, र विचलित हुनेछन्‌।”

This day will I begin to put the dread of thee and the fear of thee upon the nations that are under the whole heaven, who shall hear report of thee, and shall tremble, and be in anguish because of thee.

26कदेमोतको उजाड़-स्‍थानबाट हेश्‍बोनका राजा सीहोनकहाँ शान्‍तिको प्रस्‍तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ,  

And I sent messengers out of the wilderness of Kedemoth unto Sihon king of Heshbon with words of peace, saying,

27“हामीलाई तपाईंको राज्‍यबाट भएर जान दिनुहोस्‌। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्‍नेछैनौं।

Let me pass through thy land: I will go along by the high way, I will neither turn unto the right hand nor to the left.

 28खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्‍नुहोस्‌। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्‌— 

Thou shalt sell me meat for money, that I may eat; and give me water for money, that I may drink: only I will pass through on my feet;

29जसरी सेइरमा बस्‍ने एसावका सन्‍तान र आरमा बस्‍ने मोआबीहरूले हाम्रा निम्‍ति गरेथे— जबसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा पुग्‍नलाई हामी यर्दन पार गर्दैनौं।” 

(As the children of Esau which dwell in Seir, and the Moabites which dwell in Ar, did unto me;) until I shall pass over Jordan into the land which the LORD our God giveth us.

30तर हेश्‍बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्‍म त्‍यो तिमीहरूकै हातमा छ।

But Sihon king of Heshbon would not let us pass by him: for the LORD thy God hardened his spirit, and made his heart obstinate, that he might deliver him into thy hand, as appeareth this day.

31अनि परमप्रभुले मलाई भन्‍नुभयो, “सीहोन र त्‍यसको देश अब म तिमीहरूलाई दिनेछु। त्‍यसको देश अधिकार र कब्‍जा गर्न सुरु गर।”

And the LORD said unto me, Behold, I have begun to give Sihon and his land before thee: begin to possess, that thou mayest inherit his land.

32जब सीहोन उनका सबै फौजसमेत यहसा भन्‍ने ठाउँमा हामीसँग लड्‌न आए, 

Then Sihon came out against us, he and all his people, to fight at Jahaz.

33तब परमप्रभु हाम्रा परमेश्‍वरले उनलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्‍यौं। 

And the LORD our God delivered him before us; and we smote him, and his sons, and all his people.

34त्‍यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्‍त्रीहरू र बालबच्‍चाहरूलाई समेत मानिसहरू बसेको प्रत्‍येक सहरलाई पूर्ण रूपले नाश पार्‍यौं। हामीले कसैलाई पनि छोड़ेनौं।

And we took all his cities at that time, and utterly destroyed the men, and the women, and the little ones, of every city, we left none to remain:

 35हामीले कब्‍जा गरेका सहरहरूका धनमाल र गाईबस्‍तु मात्र हामीले आफ्‍नो निम्‍ति जीतका माल स्‍वरूप लियौं।

Only the cattle we took for a prey unto ourselves, and the spoil of the cities which we took.

 36अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्‍म हामीले लिन नसक्‍ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्‍वरले सबै हाम्रा हातमा सुम्‍पिदिनुभयो।

From Aroer, which is by the brink of the river of Arnon, and from the city that is by the river, even unto Gilead, there was not one city too strong for us: the LORD our God delivered all unto us:

 37केवल अम्‍मोनीहरूका सन्‍तानका देशको छेउमा, यब्‍बोक नदीका सबै किनारहरूका जग्‍गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।

Only unto the land of the children of Ammon thou camest not, nor unto any place of the river Jabbok, nor unto the cities in the mountains, nor unto whatsoever the LORD our God forbad us.

DEUTERONOMY - 3:1-29

ओग राजा पराजित भएका

1त्‍यसपछि हामीहरू बाशानतिर लाग्‍यौं। एद्रईमा बाशानका राजा ओग आफ्‍ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए।  2परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यससँग नडराओ, किनकि त्‍यसलाई, त्‍यसका सबै फौज र त्‍यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्‍पिदिएको छु। तिमीहरूले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्‍यौ त्‍यसलाई पनि त्‍यसै गर।”

3अनि परमप्रभु हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्‍यौं। 4त्‍यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्‍जा गर्‍यौं, बाशानमा ओगको राज्‍य अर्गोबको सम्‍पूर्ण इलाकासमेत। 5यी सबै सहरहरू अग्‍ला-अग्‍ला पर्खालले घेरिएका, आग्‍लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। 6अनि हेश्‍बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्‍त्री र बालकहरूलाई सम्‍पूर्ण रूपले हामीले नाश गर्‍यौं। 7तर सबै गाईबस्‍तु र सहरका धनमालहरू हामीले जीतका सम्‍पत्ति स्‍वरूप आफ्‍नै निम्‍ति लग्‍यौं।

8हामीले त्‍यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्‍म यर्दनको पूर्वपट्टिको देश लियौं। 9(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्‍दछन्‌।) 10तराईका जम्‍मै सहर र सबै गिलाद र सम्‍पूर्ण बाशान, बाशानमा भएका ओगका राज्‍यका सलका र एद्रई सहरहरूसम्‍मै हामीले लियौं। 11(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)

देश विभाजित भएको

12त्‍यस बेला हामीले त्‍यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्‍यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।  13गिलादको बाँकी भाग र ओगका राज्‍यको सम्‍पूर्ण बाशान मैले मनश्‍शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्‍थ्‍यो।) 14मनश्‍शेका सन्‍तान याईरले गशूरी र माकातीहरूको सिमानासम्‍म अर्गोबको सबै इलाका लिए र त्‍यसलाई आफ्‍नै नाउँ दिए। यसैले आजसम्‍म पनि बाशानलाई हब्‍बात-याईर भनिन्‍छ। 15अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ। 16तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्‍म (खोलाको मध्‍यभाग त्‍यसको सिमाना थियो), र अम्‍मोनीहरूको सिमाना, यब्‍बोक नदीसम्‍म दिएँ। 17त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म थियो।

18त्‍यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्‍ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ।  19तर तिमीहरूका पत्‍नीहरू, बालबच्‍चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्‌। (तिमीहरूका धेरै पशुहरू छन्‌ भनी मलाई थाहा छ।) 20परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्‍म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्‍म, तिमीहरूले यसो गर्नू। त्‍यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्‍छ।”

मोशा यर्दन पारि जान मनाही

21मैले त्‍यस बेला यहोशूलाई यस्‍तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्‍ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्‍यहरूलाई पनि परमप्रभुले त्‍यसै गर्नुहुनेछ। 22उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”

23अनि त्‍यस बेला मैले परमप्रभुलाई यसरी बिन्‍ती चढ़ाएँ:  24“हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई आफ्‍नो महानता र आफ्‍नो पराक्रम देखाउन लाग्‍नुभएको छ, किनभने स्‍वर्ग र पृथ्‍वीमा कुन ईश्‍वर छ, जसले तपाईंका जस्‍तै काम र प्रतापी कार्य गर्न सक्‍छ? 25मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्‍यो असल भूमि, त्‍यो सुन्‍दर पहाड़ी देश र लेबनान म देख्‍न पाऊँ।”

26तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। परमप्रभुले मलाई भन्‍नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्‌! 27पिसगाको टाकुरामा उक्‍ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्‍चिम चारैतिर हेर्‌! आफ्‍ना आँखाले त्‍यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्‌। 28तर यहोशूलाई आज्ञा दे, र त्‍यसलाई प्रोत्‍साहन दिएर साहसिलो बना, किनकि त्‍यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्‍न लागेको त्‍यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।” 29यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्‍यौं।

..........................................................................

Defeat of Og King of Bashan

3 Next we turned and went up along the road toward Bashan, and Og king of Bashan with his whole army marched out to meet us in battle at Edrei. The Lord said to me, “Do not be afraid of him, for I have delivered him into your hands, along with his whole army and his land. Do to him what you did to Sihon king of the Amorites, who reigned in Heshbon.”

So the Lord our God also gave into our hands Og king of Bashan and all his army. We struck them down, leaving no survivors. At that time we took all his cities. There was not one of the sixty cities that we did not take from them—the whole region of Argob, Og’s kingdom in Bashan. All these cities were fortified with high walls and with gates and bars, and there were also a great many unwalled villages. We completely destroyed[a] them, as we had done with Sihon king of Heshbon, destroying[b] every city—men, women and children. But all the livestock and the plunder from their cities we carried off for ourselves.

So at that time we took from these two kings of the Amorites the territory east of the Jordan, from the Arnon Gorge as far as Mount Hermon. (Hermon is called Sirion by the Sidonians; the Amorites call it Senir.) 10 We took all the towns on the plateau, and all Gilead, and all Bashan as far as Salekah and Edrei, towns of Og’s kingdom in Bashan. 11 (Og king of Bashan was the last of the Rephaites. His bed was decorated with iron and was more than nine cubits long and four cubits wide.[c] It is still in Rabbah of the Ammonites.)

Division of the Land

12 Of the land that we took over at that time, I gave the Reubenites and the Gadites the territory north of Aroer by the Arnon Gorge, including half the hill country of Gilead, together with its towns. 13 The rest of Gilead and also all of Bashan, the kingdom of Og, I gave to the half-tribe of Manasseh. (The whole region of Argob in Bashan used to be known as a land of the Rephaites. 14 Jair, a descendant of Manasseh, took the whole region of Argob as far as the border of the Geshurites and the Maakathites; it was named after him, so that to this day Bashan is called Havvoth Jair.[d]) 15 And I gave Gilead to Makir. 16 But to the Reubenites and the Gadites I gave the territory extending from Gilead down to the Arnon Gorge (the middle of the gorge being the border) and out to the Jabbok River, which is the border of the Ammonites. 17 Its western border was the Jordan in the Arabah, from Kinnereth to the Sea of the Arabah (that is, the Dead Sea), below the slopes of Pisgah.

18 I commanded you at that time: “The Lord your God has given you this land to take possession of it. But all your able-bodied men, armed for battle, must cross over ahead of the other Israelites. 19 However, your wives, your children and your livestock (I know you have much livestock) may stay in the towns I have given you, 20 until the Lord gives rest to your fellow Israelites as he has to you, and they too have taken over the land that the Lord your God is giving them across the Jordan. After that, each of you may go back to the possession I have given you.”

Moses Forbidden to Cross the Jordan

21 At that time I commanded Joshua: “You have seen with your own eyes all that the Lord your God has done to these two kings. The Lord will do the same to all the kingdoms over there where you are going. 22 Do not be afraid of them; the Lord your God himself will fight for you.”

23 At that time I pleaded with the Lord: 24 “Sovereign Lord, you have begun to show to your servant your greatness and your strong hand. For what god is there in heaven or on earth who can do the deeds and mighty works you do? 25 Let me go over and see the good land beyond the Jordan—that fine hill country and Lebanon.”

26 But because of you the Lord was angry with me and would not listen to me. “That is enough,” the Lord said. “Do not speak to me anymore about this matter. 27 Go up to the top of Pisgah and look west and north and south and east. Look at the land with your own eyes, since you are not going to cross this Jordan. 28 But commission Joshua, and encourage and strengthen him, for he will lead this people across and will cause them to inherit the land that you will see.” 29 So we stayed in the valley near Beth Peor.

..........................................................................

NEP - ENG

ओग राजा पराजित भएका

1त्‍यसपछि हामीहरू बाशानतिर लाग्‍यौं। एद्रईमा बाशानका राजा ओग आफ्‍ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए।

Then we turned, and went up the way to Bashan: and Og the king of Bashan came out against us, he and all his people, to battle at Edrei.

  2परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यससँग नडराओ, किनकि त्‍यसलाई, त्‍यसका सबै फौज र त्‍यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्‍पिदिएको छु। तिमीहरूले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्‍यौ त्‍यसलाई पनि त्‍यसै गर।”

And the LORD said unto me, Fear him not: for I will deliver him, and all his people, and his land, into thy hand; and thou shalt do unto him as thou didst unto Sihon king of the Amorites, which dwelt at Heshbon.

3अनि परमप्रभु हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्‍यौं।

So the LORD our God delivered into our hands Og also, the king of Bashan, and all his people: and we smote him until none was left to him remaining.

 4त्‍यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्‍जा गर्‍यौं, बाशानमा ओगको राज्‍य अर्गोबको सम्‍पूर्ण इलाकासमेत। 

And we took all his cities at that time, there was not a city which we took not from them, threescore cities, all the region of Argob, the kingdom of Og in Bashan.

5यी सबै सहरहरू अग्‍ला-अग्‍ला पर्खालले घेरिएका, आग्‍लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।

All these cities were fenced with high walls, gates, and bars; beside unwalled towns a great many.

 6अनि हेश्‍बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्‍त्री र बालकहरूलाई सम्‍पूर्ण रूपले हामीले नाश गर्‍यौं। 

And we utterly destroyed them, as we did unto Sihon king of Heshbon, utterly destroying the men, women, and children, of every city.

7तर सबै गाईबस्‍तु र सहरका धनमालहरू हामीले जीतका सम्‍पत्ति स्‍वरूप आफ्‍नै निम्‍ति लग्‍यौं।

But all the cattle, and the spoil of the cities, we took for a prey to ourselves.

8हामीले त्‍यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्‍म यर्दनको पूर्वपट्टिको देश लियौं।

And we took at that time out of the hand of the two kings of the Amorites the land that was on this side Jordan, from the river of Arnon unto mount Hermon;

 9(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्‍दछन्‌।) 

(Which Hermon the Sidonians call Sirion; and the Amorites call it Shenir;)

10तराईका जम्‍मै सहर र सबै गिलाद र सम्‍पूर्ण बाशान, बाशानमा भएका ओगका राज्‍यका सलका र एद्रई सहरहरूसम्‍मै हामीले लियौं। 

All the cities of the plain, and all Gilead, and all Bashan, unto Salchah and Edrei, cities of the kingdom of Og in Bashan.

11(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)

For only Og king of Bashan remained of the remnant of giants; behold, his bedstead was a bedstead of iron; is it not in Rabbath of the children of Ammon? nine cubits was the length thereof, and four cubits the breadth of it, after the cubit of a man.

 

देश विभाजित भएको

12त्‍यस बेला हामीले त्‍यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्‍यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ। 

And this land, which we possessed at that time, from Aroer, which is by the river Arnon, and half mount Gilead, and the cities thereof, gave I unto the Reubenites and to the Gadites.

 13गिलादको बाँकी भाग र ओगका राज्‍यको सम्‍पूर्ण बाशान मैले मनश्‍शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्‍थ्‍यो।)

And this land, which we possessed at that time, from Aroer, which is by the river Arnon, and half mount Gilead, and the cities thereof, gave I unto the Reubenites and to the Gadites.

 14मनश्‍शेका सन्‍तान याईरले गशूरी र माकातीहरूको सिमानासम्‍म अर्गोबको सबै इलाका लिए र त्‍यसलाई आफ्‍नै नाउँ दिए। यसैले आजसम्‍म पनि बाशानलाई हब्‍बात-याईर भनिन्‍छ।

Jair the son of Manasseh took all the country of Argob unto the coasts of Geshuri and Maachathi; and called them after his own name, Bashan-havoth-jair, unto this day.

 15अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ। 

And I gave Gilead unto Machir.

16तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्‍म (खोलाको मध्‍यभाग त्‍यसको सिमाना थियो), र अम्‍मोनीहरूको सिमाना, यब्‍बोक नदीसम्‍म दिएँ। 

And unto the Reubenites and unto the Gadites I gave from Gilead even unto the river Arnon half the valley, and the border even unto the river Jabbok, which is the border of the children of Ammon;

17त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म थियो।

The plain also, and Jordan, and the coast thereof, from Chinnereth even unto the sea of the plain, even the salt sea, under Ashdoth-pisgah eastward.

18त्‍यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्‍ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ।  

And I commanded you at that time, saying, The LORD your God hath given you this land to possess it: ye shall pass over armed before your brethren the children of Israel, all that are meet for the war.

19तर तिमीहरूका पत्‍नीहरू, बालबच्‍चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्‌। (तिमीहरूका धेरै पशुहरू छन्‌ भनी मलाई थाहा छ।)

But your wives, and your little ones, and your cattle, (for I know that ye have much cattle,) shall abide in your cities which I have given you;

 20परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्‍म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्‍म, तिमीहरूले यसो गर्नू। त्‍यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्‍छ।”

Until the LORD have given rest unto your brethren, as well as unto you, and until they also possess the land which the LORD your God hath given them beyond Jordan: and then shall ye return every man unto his possession, which I have given you.

 

मोशा यर्दन पारि जान मनाही

21मैले त्‍यस बेला यहोशूलाई यस्‍तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्‍ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्‍यहरूलाई पनि परमप्रभुले त्‍यसै गर्नुहुनेछ।

And I commanded Joshua at that time, saying, Thine eyes have seen all that the LORD your God hath done unto these two kings: so shall the LORD do unto all the kingdoms whither thou passest.

 22उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”

Ye shall not fear them: for the LORD your God he shall fight for you.

23अनि त्‍यस बेला मैले परमप्रभुलाई यसरी बिन्‍ती चढ़ाएँ:

And I besought the LORD at that time, saying,

  24“हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई आफ्‍नो महानता र आफ्‍नो पराक्रम देखाउन लाग्‍नुभएको छ, किनभने स्‍वर्ग र पृथ्‍वीमा कुन ईश्‍वर छ, जसले तपाईंका जस्‍तै काम र प्रतापी कार्य गर्न सक्‍छ? 

O Lord GOD, thou hast begun to shew thy servant thy greatness, and thy mighty hand: for what God is there in heaven or in earth, that can do according to thy works, and according to thy might?

25मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्‍यो असल भूमि, त्‍यो सुन्‍दर पहाड़ी देश र लेबनान म देख्‍न पाऊँ।”

I pray thee, let me go over, and see the good land that is beyond Jordan, that goodly mountain, and Lebanon.

26तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। परमप्रभुले मलाई भन्‍नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्‌! 

But the LORD was wroth with me for your sakes, and would not hear me: and the LORD said unto me, Let it suffice thee; speak no more unto me of this matter.

27पिसगाको टाकुरामा उक्‍ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्‍चिम चारैतिर हेर्‌! आफ्‍ना आँखाले त्‍यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्‌। 

Get thee up into the top of Pisgah, and lift up thine eyes westward, and northward, and southward, and eastward, and behold it with thine eyes: for thou shalt not go over this Jordan.

28तर यहोशूलाई आज्ञा दे, र त्‍यसलाई प्रोत्‍साहन दिएर साहसिलो बना, किनकि त्‍यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्‍न लागेको त्‍यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।” 

But charge Joshua, and encourage him, and strengthen him: for he shall go over before this people, and he shall cause them to inherit the land which thou shalt see.

29यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्‍यौं।

So we abode in the valley over against Beth-peor.

DEUTERONOMY - 4:1-49

इस्राएलीहरूलाई आज्ञाकारिताको अर्ती

1अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। 2मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू। 

3बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्‍यो तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्‍ने सबै मानिसहरूलाई परमप्रभु परमेश्‍वरले तिमीहरूका मध्‍येबाट नाश गर्नुभयो।  4तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित लागिरहने तिमीहरूमध्‍येको प्रत्‍येक आजसम्‍म जीवित छ।

5हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु। 6तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्‍नेछन्, “अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै बुद्धिमान्‌ र समझदार रहेछन्‌” 7हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्‍वर यति नजिक भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ? 8मैले तिमीहरूलाई आज दिने यो व्‍यवस्‍थाजस्‍तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ?

9तर होशियार बस र आफ्‍नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्‌। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ। 10होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने उभिएको दिनको सम्‍झना गर, जब उहाँले मलाई भन्‍नुभयो, “मेरा वचन सुन्‍नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्‍यस देशमा बाँचुञ्‍जेल तिनीहरूले मेरो डर मान्‍न सिकून्‌ अनि ती वचन आफ्‍ना छोराछोरीहरूलाई पनि सिकाऊन्‌।” 11पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ।  12तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्‍नुभयो। त्‍यस बेला तिमीहरूले शब्‍दको आवाज मात्र सुन्‍यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्‍यौ। 13उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।  14यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्‍ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्‍यस बेला मलाई दिनुभयो। 

मूर्तिपूजा गर्न मनाही

15होरेबमा अग्‍निको माझदेखि परमप्रभु बोल्‍नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। 16सावधान बस! नत्रता तिमीहरूले आफ्‍ना निम्‍ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा,  17अथवा पृथ्‍वीको कुनै पशुको वा आकाशमा उड्‌ने कुनै पक्षीको,  18जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्‍ट हुनेछौ। 19आकाशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्‍दा तीप्रति आकृष्‍ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर। 20तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्‍तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्‍नो निज उत्तराधिकारी बनाउन निकाली ल्‍याउनुभयो। 

21तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो, अनि मलाई यर्दन पारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार दिनुहुने त्‍यस असल देशमा पस्‍न नपाउने भनी कठोर प्रण गर्नुभयो।  22मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्‍यो असल देश अधिकार गर्न आँटेका छौ। 23सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ। 24किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ। 

25तिमीहरूले छोराछोरी र नातिनातिना जन्‍माइसकेर त्‍यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्‍ट भएर कुनै वस्‍तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्‍यायौ भने, 26म आजको दिन स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्‍तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्‍यस देशदेखि तिमीहरू चाँड़ै सम्‍पूर्ण नष्‍ट हुनेछौ, र धेरै दिन बस्‍न पाउनेछैनौ तर बिलकुलै नष्‍ट हुनेछौ। 27परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्‍यजातिहरूका माझमा तिमीहरू अल्‍पसंख्‍यक हुनेछौ।  28त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, खान नसक्‍ने, सुँघ्न नसक्‍ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ। 29तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।  30पछिल्‍ला दिनहरूमा जब तिमीहरू सङ्कष्‍टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। 31उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्‍नुभएको शपथद्वारा पक्‍का गर्नुभएको करार उहाँले भुल्‍नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ।

परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ

32यस्‍तो महान्‌ घटना अघि कहिल्‍यै घटेको वा सुनिएको थियो? पृथ्‍वीमा परमेश्‍वरले मान्‍छे सृष्‍टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म पनि यही कुराको निधो गर। 33के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्‍नुहुने परमेश्‍वरको वाणी सुनेको छ र जीवित रहेको छ? 34परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्‍हहरू र आश्‍चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्‍नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्‍नो निम्‍ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्‍वरले यस्‍तै गर्न प्रयत्‍न गर्नुभएको छ?

35परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्‌।  36तिमीहरूलाई अनुशासनमा राख्‍न उहाँले आकाशदेखि आफ्‍नो सोर सुनाउनुभयो, र पृथ्‍वीमा आफ्‍नो ठूलो अग्‍नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्‍निबाट उहाँका शब्‍दहरू सुन्‍यौ। 37उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्‍नुभएकोले, उहाँले आफ्‍नो उपस्‍थितिद्वारा र आफ्‍नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्‍नुभयो। 38तिमीहरूले आफूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।

39परमप्रभु नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमाथि परमेश्‍वर हुनुहुन्‍छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। 40आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।

शरण-नगरहरू

41तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।  42त्‍यहाँ दुश्‍मनी नभएका र अजान अवस्‍थामा कसैलाई मार्ने ज्‍यानमाराले ती सहरहरूमध्‍ये एउटामा भागेर आफ्‍नो ज्‍यान बचाउन सक्‍थ्‍यो। 43ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्‍शेका सन्‍तानका लागि बाशानको गोलान।

44मोशाले इस्राएलीहरूलाई दिएको व्‍यवस्‍था यही हो। 45मिश्रबाट निस्‍केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्‌। 46यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्‍नेको बेँसी हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्‍केर आउँदैगर्दा हराए। 47इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए। 48अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात्‌ हेर्मोन) डाँड़ासम्‍म, 49र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्‍म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।

......................................................................................

Obedience Commanded

4 Now, Israel, hear the decrees and laws I am about to teach you. Follow them so that you may live and may go in and take possession of the land the Lord, the God of your ancestors, is giving you. Do not add to what I command you and do not subtract from it, but keep the commands of the Lord your God that I give you.

You saw with your own eyes what the Lord did at Baal Peor. The Lord your God destroyed from among you everyone who followed the Baal of Peor, but all of you who held fast to the Lord your God are still alive today.

See, I have taught you decrees and laws as the Lord my God commanded me, so that you may follow them in the land you are entering to take possession of it. Observe them carefully, for this will show your wisdom and understanding to the nations, who will hear about all these decrees and say, “Surely this great nation is a wise and understanding people.” What other nation is so great as to have their gods near them the way the Lord our God is near us whenever we pray to him? And what other nation is so great as to have such righteous decrees and laws as this body of laws I am setting before you today?

Only be careful, and watch yourselves closely so that you do not forget the things your eyes have seen or let them fade from your heart as long as you live. Teach them to your children and to their children after them. 10 Remember the day you stood before the Lord your God at Horeb, when he said to me, “Assemble the people before me to hear my words so that they may learn to revere me as long as they live in the land and may teach them to their children.” 11 You came near and stood at the foot of the mountain while it blazed with fire to the very heavens, with black clouds and deep darkness. 12 Then the Lord spoke to you out of the fire. You heard the sound of words but saw no form; there was only a voice. 13 He declared to you his covenant, the Ten Commandments, which he commanded you to follow and then wrote them on two stone tablets. 14 And the Lord directed me at that time to teach you the decrees and laws you are to follow in the land that you are crossing the Jordan to possess.

Idolatry Forbidden

15 You saw no form of any kind the day the Lord spoke to you at Horeb out of the fire. Therefore watch yourselves very carefully, 16 so that you do not become corrupt and make for yourselves an idol, an image of any shape, whether formed like a man or a woman, 17 or like any animal on earth or any bird that flies in the air, 18 or like any creature that moves along the ground or any fish in the waters below. 19 And when you look up to the sky and see the sun, the moon and the stars—all the heavenly array—do not be enticed into bowing down to them and worshiping things the Lord your God has apportioned to all the nations under heaven. 20 But as for you, the Lord took you and brought you out of the iron-smelting furnace, out of Egypt, to be the people of his inheritance, as you now are.

21 The Lord was angry with me because of you, and he solemnly swore that I would not cross the Jordan and enter the good land the Lord your God is giving you as your inheritance. 22 I will die in this land; I will not cross the Jordan; but you are about to cross over and take possession of that good land. 23 Be careful not to forget the covenant of the Lord your God that he made with you; do not make for yourselves an idol in the form of anything the Lord your God has forbidden. 24 For the Lord your God is a consuming fire, a jealous God.

25 After you have had children and grandchildren and have lived in the land a long time—if you then become corrupt and make any kind of idol, doing evil in the eyes of the Lord your God and arousing his anger, 26 I call the heavens and the earth as witnesses against you this day that you will quickly perish from the land that you are crossing the Jordan to possess. You will not live there long but will certainly be destroyed. 27 The Lord will scatter you among the peoples, and only a few of you will survive among the nations to which the Lord will drive you. 28 There you will worship man-made gods of wood and stone, which cannot see or hear or eat or smell. 29 But if from there you seek the Lord your God, you will find him if you seek him with all your heart and with all your soul. 30 When you are in distress and all these things have happened to you, then in later days you will return to the Lord your God and obey him. 31 For the Lord your God is a merciful God; he will not abandon or destroy you or forget the covenant with your ancestors, which he confirmed to them by oath.

The Lord Is God

32 Ask now about the former days, long before your time, from the day God created human beings on the earth; ask from one end of the heavens to the other. Has anything so great as this ever happened, or has anything like it ever been heard of? 33 Has any other people heard the voice of God[a] speaking out of fire, as you have, and lived? 34 Has any god ever tried to take for himself one nation out of another nation, by testings, by signs and wonders, by war, by a mighty hand and an outstretched arm, or by great and awesome deeds, like all the things the Lord your God did for you in Egypt before your very eyes?

35 You were shown these things so that you might know that the Lord is God; besides him there is no other. 36 From heaven he made you hear his voice to discipline you. On earth he showed you his great fire, and you heard his words from out of the fire. 37 Because he loved your ancestors and chose their descendants after them, he brought you out of Egypt by his Presence and his great strength, 38 to drive out before you nations greater and stronger than you and to bring you into their land to give it to you for your inheritance, as it is today.

39 Acknowledge and take to heart this day that the Lord is God in heaven above and on the earth below. There is no other. 40 Keep his decrees and commands, which I am giving you today, so that it may go well with you and your children after you and that you may live long in the land the Lord your God gives you for all time.

Cities of Refuge

41 Then Moses set aside three cities east of the Jordan, 42 to which anyone who had killed a person could flee if they had unintentionally killed a neighbor without malice aforethought. They could flee into one of these cities and save their life. 43 The cities were these: Bezer in the wilderness plateau, for the Reubenites; Ramoth in Gilead, for the Gadites; and Golan in Bashan, for the Manassites.

Introduction to the Law

44 This is the law Moses set before the Israelites. 45 These are the stipulations, decrees and laws Moses gave them when they came out of Egypt 46 and were in the valley near Beth Peor east of the Jordan, in the land of Sihon king of the Amorites, who reigned in Heshbon and was defeated by Moses and the Israelites as they came out of Egypt. 47 They took possession of his land and the land of Og king of Bashan, the two Amorite kings east of the Jordan. 48 This land extended from Aroer on the rim of the Arnon Gorge to Mount Sirion[b] (that is, Hermon), 49 and included all the Arabah east of the Jordan, as far as the Dead Sea,[c] below the slopes of Pisgah.

.....................................................................................

इस्राएलीहरूलाई आज्ञाकारिताको अर्ती

1अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। 

Now therefore hearken, O Israel, unto the statutes and unto the judgments, which I teach you, for to do them, that ye may live, and go in and possess the land which the LORD God of your fathers giveth you.

2मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू। 

Ye shall not add unto the word which I command you, neither shall ye diminish ought from it, that ye may keep the commandments of the LORD your God which I command you.

3बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्‍यो तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्‍ने सबै मानिसहरूलाई परमप्रभु परमेश्‍वरले तिमीहरूका मध्‍येबाट नाश गर्नुभयो।

Your eyes have seen what the LORD did because of Baal-peor: for all the men that followed Baal-peor, the LORD thy God hath destroyed them from among you.

  4तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित लागिरहने तिमीहरूमध्‍येको प्रत्‍येक आजसम्‍म जीवित छ।

But ye that did cleave unto the LORD your God are alive every one of you this day.

5हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु। 

Behold, I have taught you statutes and judgments, even as the LORD my God commanded me, that ye should do so in the land whither ye go to possess it.

6तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्‍नेछन्, “अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै बुद्धिमान्‌ र समझदार रहेछन्‌” 

Keep therefore and do them; for this is your wisdom and your understanding in the sight of the nations, which shall hear all these statutes, and say, Surely this great nation is a wise and understanding people.

7हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्‍वर यति नजिक भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ? 

For what nation is there so great, who hath God so nigh unto them, as the LORD our God is in all things that we call upon him for?

8मैले तिमीहरूलाई आज दिने यो व्‍यवस्‍थाजस्‍तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ?

And what nation is there so great, that hath statutes and judgments so righteous as all this law, which I set before you this day?

9तर होशियार बस र आफ्‍नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्‌। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।

Only take heed to thyself, and keep thy soul diligently, lest thou forget the things which thine eyes have seen, and lest they depart from thy heart all the days of thy life: but teach them thy sons, and thy sons' sons;

 10होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने उभिएको दिनको सम्‍झना गर, जब उहाँले मलाई भन्‍नुभयो, “मेरा वचन सुन्‍नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्‍यस देशमा बाँचुञ्‍जेल तिनीहरूले मेरो डर मान्‍न सिकून्‌ अनि ती वचन आफ्‍ना छोराछोरीहरूलाई पनि सिकाऊन्‌।” 

Specially the day that thou stoodest before the LORD thy God in Horeb, when the LORD said unto me, Gather me the people together, and I will make them hear my words, that they may learn to fear me all the days that they shall live upon the earth, and that they may teach their children.

11पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ। 

And ye came near and stood under the mountain; and the mountain burned with fire unto the midst of heaven, with darkness, clouds, and thick darkness.

 12तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्‍नुभयो। त्‍यस बेला तिमीहरूले शब्‍दको आवाज मात्र सुन्‍यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्‍यौ। 

And the LORD spake unto you out of the midst of the fire: ye heard the voice of the words, but saw no similitude; only ye heard a voice.

13उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।  

And he declared unto you his covenant, which he commanded you to perform, even ten commandments; and he wrote them upon two tables of stone.

14यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्‍ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्‍यस बेला मलाई दिनुभयो। 

And the LORD commanded me at that time to teach you statutes and judgments, that ye might do them in the land whither ye go over to possess it.

 

मूर्तिपूजा गर्न मनाही

15होरेबमा अग्‍निको माझदेखि परमप्रभु बोल्‍नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। 

Take ye therefore good heed unto yourselves; for ye saw no manner of similitude on the day that the LORD spake unto you in Horeb out of the midst of the fire:

16सावधान बस! नत्रता तिमीहरूले आफ्‍ना निम्‍ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा, 

Lest ye corrupt yourselves, and make you a graven image, the similitude of any figure, the likeness of male or female,

 17अथवा पृथ्‍वीको कुनै पशुको वा आकाशमा उड्‌ने कुनै पक्षीको,  

The likeness of any beast that is on the earth, the likeness of any winged fowl that flieth in the air,

18जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्‍ट हुनेछौ।

The likeness of any thing that creepeth on the ground, the likeness of any fish that is in the waters beneath the earth:

 19आकाशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्‍दा तीप्रति आकृष्‍ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।

And lest thou lift up thine eyes unto heaven, and when thou seest the sun, and the moon, and the stars, even all the host of heaven, shouldest be driven to worship them, and serve them, which the LORD thy God hath divided unto all nations under the whole heaven.

 20तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्‍तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्‍नो निज उत्तराधिकारी बनाउन निकाली ल्‍याउनुभयो। 

But the LORD hath taken you, and brought you forth out of the iron furnace, even out of Egypt, to be unto him a people of inheritance, as ye are this day.

21तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो, अनि मलाई यर्दन पारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार दिनुहुने त्‍यस असल देशमा पस्‍न नपाउने भनी कठोर प्रण गर्नुभयो। 

Furthermore the LORD was angry with me for your sakes, and sware that I should not go over Jordan, and that I should not go in unto that good land, which the LORD thy God giveth thee for an inheritance:

 22मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्‍यो असल देश अधिकार गर्न आँटेका छौ। 

But I must die in this land, I must not go over Jordan: but ye shall go over, and possess that good land.

23सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ। 

Take heed unto yourselves, lest ye forget the covenant of the LORD your God, which he made with you, and make you a graven image, or the likeness of any thing, which the LORD thy God hath forbidden thee.

24किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ।

For the LORD thy God is a consuming fire, even a jealous God.

25तिमीहरूले छोराछोरी र नातिनातिना जन्‍माइसकेर त्‍यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्‍ट भएर कुनै वस्‍तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्‍यायौ भने,

When thou shalt beget children, and children's children, and ye shall have remained long in the land, and shall corrupt yourselves, and make a graven image, or the likeness of any thing, and shall do evil in the sight of the LORD thy God, to provoke him to anger:

 26म आजको दिन स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्‍तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्‍यस देशदेखि तिमीहरू चाँड़ै सम्‍पूर्ण नष्‍ट हुनेछौ, र धेरै दिन बस्‍न पाउनेछैनौ तर बिलकुलै नष्‍ट हुनेछौ। 

I call heaven and earth to witness against you this day, that ye shall soon utterly perish from off the land whereunto ye go over Jordan to possess it; ye shall not prolong your days upon it, but shall utterly be destroyed.

27परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्‍यजातिहरूका माझमा तिमीहरू अल्‍पसंख्‍यक हुनेछौ।

And the LORD shall scatter you among the nations, and ye shall be left few in number among the heathen, whither the LORD shall lead you.

  28त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, खान नसक्‍ने, सुँघ्न नसक्‍ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ। 

And there ye shall serve gods, the work of men's hands, wood and stone, which neither see, nor hear, nor eat, nor smell.

29तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। 

But if from thence thou shalt seek the LORD thy God, thou shalt find him, if thou seek him with all thy heart and with all thy soul.

 30पछिल्‍ला दिनहरूमा जब तिमीहरू सङ्कष्‍टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। 

When thou art in tribulation, and all these things are come upon thee, even in the latter days, if thou turn to the LORD thy God, and shalt be obedient unto his voice;

31उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्‍नुभएको शपथद्वारा पक्‍का गर्नुभएको करार उहाँले भुल्‍नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ।
परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ

(For the LORD thy God is a merciful God;) he will not forsake thee, neither destroy thee, nor forget the covenant of thy fathers which he sware unto them.

32यस्‍तो महान्‌ घटना अघि कहिल्‍यै घटेको वा सुनिएको थियो? पृथ्‍वीमा परमेश्‍वरले मान्‍छे सृष्‍टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म पनि यही कुराको निधो गर। 

For ask now of the days that are past, which were before thee, since the day that God created man upon the earth, and ask from the one side of heaven unto the other, whether there hath been any such thing as this great thing is, or hath been heard like it?

33के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्‍नुहुने परमेश्‍वरको वाणी सुनेको छ र जीवित रहेको छ? 

Did ever people hear the voice of God speaking out of the midst of the fire, as thou hast heard, and live?

34परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्‍हहरू र आश्‍चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्‍नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्‍नो निम्‍ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्‍वरले यस्‍तै गर्न प्रयत्‍न गर्नुभएको छ?

Or hath God assayed to go and take him a nation from the midst of another nation, by temptations, by signs, and by wonders, and by war, and by a mighty hand, and by a stretched out arm, and by great terrors, according to all that the LORD your God did for you in Egypt before your eyes?

35परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्‌।

Unto thee it was shewed, that thou mightest know that the LORD he is God; there is none else beside him.

  36तिमीहरूलाई अनुशासनमा राख्‍न उहाँले आकाशदेखि आफ्‍नो सोर सुनाउनुभयो, र पृथ्‍वीमा आफ्‍नो ठूलो अग्‍नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्‍निबाट उहाँका शब्‍दहरू सुन्‍यौ। 

Out of heaven he made thee to hear his voice, that he might instruct thee: and upon earth he shewed thee his great fire; and thou heardest his words out of the midst of the fire.

37उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्‍नुभएकोले, उहाँले आफ्‍नो उपस्‍थितिद्वारा र आफ्‍नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्‍नुभयो। 

And because he loved thy fathers, therefore he chose their seed after them, and brought thee out in his sight with his mighty power out of Egypt;

38तिमीहरूले आफूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।

To drive out nations from before thee greater and mightier than thou art, to bring thee in, to give thee their land for an inheritance, as it is this day.

39परमप्रभु नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमाथि परमेश्‍वर हुनुहुन्‍छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। 

Know therefore this day, and consider it in thine heart, that the LORD he is God in heaven above, and upon the earth beneath: there is none else.

40आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।

Thou shalt keep therefore his statutes, and his commandments, which I command thee this day, that it may go well with thee, and with thy children after thee, and that thou mayest prolong thy days upon the earth, which the LORD thy God giveth thee, for ever.

 

शरण-नगरहरू

41तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।

Then Moses severed three cities on this side Jordan toward the sunrising;

  42त्‍यहाँ दुश्‍मनी नभएका र अजान अवस्‍थामा कसैलाई मार्ने ज्‍यानमाराले ती सहरहरूमध्‍ये एउटामा भागेर आफ्‍नो ज्‍यान बचाउन सक्‍थ्‍यो। 

That the slayer might flee thither, which should kill his neighbour unawares, and hated him not in times past; and that fleeing unto one of these cities he might live:

43ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्‍शेका सन्‍तानका लागि बाशानको गोलान।

Namely, Bezer in the wilderness, in the plain country, of the Reubenites; and Ramoth in Gilead, of the Gadites; and Golan in Bashan, of the Manassites.

44मोशाले इस्राएलीहरूलाई दिएको व्‍यवस्‍था यही हो। 

And this is the law which Moses set before the children of Israel:

45मिश्रबाट निस्‍केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्‌। 

These are the testimonies, and the statutes, and the judgments, which Moses spake unto the children of Israel, after they came forth out of Egypt,

46यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्‍नेको बेँसी हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्‍केर आउँदैगर्दा हराए। 

On this side Jordan, in the valley over against Beth-peor, in the land of Sihon king of the Amorites, who dwelt at Heshbon, whom Moses and the children of Israel smote, after they were come forth out of Egypt:

47इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए। 

And they possessed his land, and the land of Og king of Bashan, two kings of the Amorites, which were on this side Jordan toward the sunrising;

48अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात्‌ हेर्मोन) डाँड़ासम्‍म, 

From Aroer, which is by the bank of the river Arnon, even unto mount Sion, which is Hermon,

49र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्‍म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।

And all the plain on this side Jordan eastward, even unto the sea of the plain, under the springs of Pisgah.

DEUTERONOMY - 5:1-33

मोशाले दश आज्ञा दोहोर्‍याएका

1मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।  2परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो। 3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो। 4परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्‍निबाट आमनेसामने कुरा गर्नुभयो। 5(त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:

6“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।

7“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू।

8“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।  9तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,  10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

11“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। 

12“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू।  13छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,  14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌। 15तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।

16परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌। 

17“हत्‍या नगर्नू। 

18“व्‍यभिचार नगर्नू। 

19“चोरी नगर्नू। 

20“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। 

21“आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।” 

22यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो। 

23जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।  24अनि तिमीहरूले भन्‍यौ, “परमप्रभु हाम्रा परमेश्‍वरले आफ्‍नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्‍निबाट सुन्‍यौ। परमेश्‍वर मानिससँग बोल्‍नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्‍यौं। 25अब यति ठूलो अग्‍निमा भस्‍म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्नेछौं! 26अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला? 27तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस्‌ र हामी सुनेर पालन गर्नेछौं।”

28तिमीहरू मसित बोलेका परमप्रभुले सुन्‍नुभयो, र उहाँले मलाई भन्‍नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्‌। 29मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।

30“‘तिमीहरू आ-आफ्‍नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्‌। 31तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्‌।”

32यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग। 33परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्‌न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

....................................................................................

The Ten Commandments

5 Moses summoned all Israel and said:

Hear, Israel, the decrees and laws I declare in your hearing today. Learn them and be sure to follow them. The Lord our God made a covenant with us at Horeb. It was not with our ancestors[a] that the Lord made this covenant, but with us, with all of us who are alive here today. The Lord spoke to you face to face out of the fire on the mountain. (At that time I stood between the Lord and you to declare to you the word of the Lord, because you were afraid of the fire and did not go up the mountain.) And he said:

“I am the Lord your God, who brought you out of Egypt, out of the land of slavery.

“You shall have no other gods before[b] me.

“You shall not make for yourself an image in the form of anything in heaven above or on the earth beneath or in the waters below. You shall not bow down to them or worship them; for I, the Lord your God, am a jealous God, punishing the children for the sin of the parents to the third and fourth generation of those who hate me, 10 but showing love to a thousand generations of those who love me and keep my commandments.

11 “You shall not misuse the name of the Lord your God, for the Lord will not hold anyone guiltless who misuses his name.

12 “Observe the Sabbath day by keeping it holy, as the Lord your God has commanded you. 13 Six days you shall labor and do all your work, 14 but the seventh day is a sabbath to the Lord your God. On it you shall not do any work, neither you, nor your son or daughter, nor your male or female servant, nor your ox, your donkey or any of your animals, nor any foreigner residing in your towns, so that your male and female servants may rest, as you do. 15 Remember that you were slaves in Egypt and that the Lord your God brought you out of there with a mighty hand and an outstretched arm. Therefore the Lord your God has commanded you to observe the Sabbath day.

16 “Honor your father and your mother, as the Lord your God has commanded you, so that you may live long and that it may go well with you in the land the Lord your God is giving you.

17 “You shall not murder.

18 “You shall not commit adultery.

19 “You shall not steal.

20 “You shall not give false testimony against your neighbor.

21 “You shall not covet your neighbor’s wife. You shall not set your desire on your neighbor’s house or land, his male or female servant, his ox or donkey, or anything that belongs to your neighbor.”

22 These are the commandments the Lord proclaimed in a loud voice to your whole assembly there on the mountain from out of the fire, the cloud and the deep darkness; and he added nothing more. Then he wrote them on two stone tablets and gave them to me.

23 When you heard the voice out of the darkness, while the mountain was ablaze with fire, all the leaders of your tribes and your elders came to me. 24 And you said, “The Lord our God has shown us his glory and his majesty, and we have heard his voice from the fire. Today we have seen that a person can live even if God speaks with them. 25 But now, why should we die? This great fire will consume us, and we will die if we hear the voice of the Lord our God any longer. 26 For what mortal has ever heard the voice of the living God speaking out of fire, as we have, and survived? 27 Go near and listen to all that the Lord our God says. Then tell us whatever the Lord our God tells you. We will listen and obey.”

28 The Lord heard you when you spoke to me, and the Lord said to me, “I have heard what this people said to you. Everything they said was good. 29 Oh, that their hearts would be inclined to fear me and keep all my commands always, so that it might go well with them and their children forever!

30 “Go, tell them to return to their tents. 31 But you stay here with me so that I may give you all the commands, decrees and laws you are to teach them to follow in the land I am giving them to possess.”

32 So be careful to do what the Lord your God has commanded you; do not turn aside to the right or to the left. 33 Walk in obedience to all that the Lord your God has commanded you, so that you may live and prosper and prolong your days in the land that you will possess.

..............................................................................

मोशाले दश आज्ञा दोहोर्‍याएका

1मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर। 

And Moses called all Israel, and said unto them, Hear, O Israel, the statutes and judgments which I speak in your ears this day, that ye may learn them, and keep, and do them.

 2परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो। 

The LORD our God made a covenant with us in Horeb.

3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो।

The LORD made not this covenant with our fathers, but with us, even us, who are all of us here alive this day.

 4परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्‍निबाट आमनेसामने कुरा गर्नुभयो। 

The LORD talked with you face to face in the mount out of the midst of the fire,

5(त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:

(I stood between the LORD and you at that time, to shew you the word of the LORD: for ye were afraid by reason of the fire, and went not up into the mount;) saying,

6“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।

I am the LORD thy God, which brought thee out of the land of Egypt, from the house of bondage.

7“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू।

Thou shalt have none other gods before me.

8“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।  

Thou shalt not make thee any graven image, or any likeness of any thing that is in heaven above, or that is in the earth beneath, or that is in the waters beneath the earth:

9तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,  

Thou shalt not bow down thyself unto them, nor serve them: for I the LORD thy God am a jealous God, visiting the iniquity of the fathers upon the children unto the third and fourth generation of them that hate me,

10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

And shewing mercy unto thousands of them that love me and keep my commandments.

11“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। 

Thou shalt not take the name of the LORD thy God in vain: for the LORD will not hold him guiltless that taketh his name in vain.

12“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू। 

Keep the sabbath day to sanctify it, as the LORD thy God hath commanded thee.

 13छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,  

Six days thou shalt labour, and do all thy work:

14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌। 

But the seventh day is the sabbath of the LORD thy God: in it thou shalt not do any work, thou, nor thy son, nor thy daughter, nor thy manservant, nor thy maidservant, nor thine ox, nor thine ass, nor any of thy cattle, nor thy stranger that is within thy gates; that thy manservant and thy maidservant may rest as well as thou.

15तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।

And remember that thou wast a servant in the land of Egypt, and that the LORD thy God brought thee out thence through a mighty hand and by a stretched out arm: therefore the LORD thy God commanded thee to keep the sabbath day.

16परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌। 

Honour thy father and thy mother, as the LORD thy God hath commanded thee; that thy days may be prolonged, and that it may go well with thee, in the land which the LORD thy God giveth thee.

17“हत्‍या नगर्नू।  - Thou shalt not kill.

18“व्‍यभिचार नगर्नू।  - Neither shalt thou commit adultery.

19“चोरी नगर्नू।  - Neither shalt thou steal.

20“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। 

Neither shalt thou bear false witness against thy neighbour.

21“आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।”

Neither shalt thou desire thy neighbour's wife, neither shalt thou covet thy neighbour's house, his field, or his manservant, or his maidservant, his ox, or his ass, or any thing that is thy neighbour's.

22यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो। 

These words the LORD spake unto all your assembly in the mount out of the midst of the fire, of the cloud, and of the thick darkness, with a great voice: and he added no more. And he wrote them in two tables of stone, and delivered them unto me.

23जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए। 

And it came to pass, when ye heard the voice out of the midst of the darkness, (for the mountain did burn with fire,) that ye came near unto me, even all the heads of your tribes, and your elders;

 24अनि तिमीहरूले भन्‍यौ, “परमप्रभु हाम्रा परमेश्‍वरले आफ्‍नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्‍निबाट सुन्‍यौ। परमेश्‍वर मानिससँग बोल्‍नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्‍यौं। 

And ye said, Behold, the LORD our God hath shewed us his glory and his greatness, and we have heard his voice out of the midst of the fire: we have seen this day that God doth talk with man, and he liveth.

25अब यति ठूलो अग्‍निमा भस्‍म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्नेछौं! 

Now therefore why should we die? for this great fire will consume us: if we hear the voice of the LORD our God any more, then we shall die.

26अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला? 

For who is there of all flesh, that hath heard the voice of the living God speaking out of the midst of the fire, as we have, and lived?

27तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस्‌ र हामी सुनेर पालन गर्नेछौं।”

Go thou near, and hear all that the LORD our God shall say: and speak thou unto us all that the LORD our God shall speak unto thee; and we will hear it, and do it.

28तिमीहरू मसित बोलेका परमप्रभुले सुन्‍नुभयो, र उहाँले मलाई भन्‍नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्‌।

And the LORD heard the voice of your words, when ye spake unto me; and the LORD said unto me, I have heard the voice of the words of this people, which they have spoken unto thee: they have well said all that they have spoken.

 29मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।

O that there were such an heart in them, that they would fear me, and keep all my commandments always, that it might be well with them, and with their children for ever!

30“‘तिमीहरू आ-आफ्‍नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्‌। 

Go say to them, Get you into your tents again.

31तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्‌।”

But as for thee, stand thou here by me, and I will speak unto thee all the commandments, and the statutes, and the judgments, which thou shalt teach them, that they may do them in the land which I give them to possess it.

32यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग।

Ye shall observe to do therefore as the LORD your God hath commanded you: ye shall not turn aside to the right hand or to the left.

 33परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्‌न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

Ye shall walk in all the ways which the LORD your God hath commanded you, that ye may live, and that it may be well with you, and that ye may prolong your days in the land which ye shall possess.

DEUTERONOMY - 6:1-25

आज्ञाकारी हुनलाई मोशाको अर्ती

1तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्‌। 2सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्‌। 3हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।

4हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।  5तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।  6मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख।  7ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर। 8ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। 9ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।

10जब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्‍याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा,  11जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्‌— जब तिमीहरूले खाएर अघाउनेछौ, 12तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।

13तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।  14तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू, 15किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ। 16मस्‍साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर।  17परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। 18परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर, 19र परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले आफ्‍ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाओ।

20भविष्‍यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्‍वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्‍ला, 21तब तिमीहरूले त्‍यसलाई भन्‍नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्‍नो बाहुबलले निकाली ल्‍याउनुभयो। 22परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो। 23हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो। 24परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌। 25उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

.......................................................................................................

Love the Lord Your God

6 These are the commands, decrees and laws the Lord your God directed me to teach you to observe in the land that you are crossing the Jordan to possess, so that you, your children and their children after them may fear the Lord your God as long as you live by keeping all his decrees and commands that I give you, and so that you may enjoy long life. Hear, Israel, and be careful to obey so that it may go well with you and that you may increase greatly in a land flowing with milk and honey, just as the Lord, the God of your ancestors, promised you.

Hear, O Israel: The Lord our God, the Lord is one.[a] Love the Lord your God with all your heart and with all your soul and with all your strength. These commandments that I give you today are to be on your hearts. Impress them on your children. Talk about them when you sit at home and when you walk along the road, when you lie down and when you get up. Tie them as symbols on your hands and bind them on your foreheads. Write them on the doorframes of your houses and on your gates.

10 When the Lord your God brings you into the land he swore to your fathers, to Abraham, Isaac and Jacob, to give you—a land with large, flourishing cities you did not build, 11 houses filled with all kinds of good things you did not provide, wells you did not dig, and vineyards and olive groves you did not plant—then when you eat and are satisfied, 12 be careful that you do not forget the Lord, who brought you out of Egypt, out of the land of slavery.

13 Fear the Lord your God, serve him only and take your oaths in his name. 14 Do not follow other gods, the gods of the peoples around you; 15 for the Lord your God, who is among you, is a jealous God and his anger will burn against you, and he will destroy you from the face of the land. 16 Do not put the Lord your God to the test as you did at Massah. 17 Be sure to keep the commands of the Lord your God and the stipulations and decrees he has given you. 18 Do what is right and good in the Lord’s sight, so that it may go well with you and you may go in and take over the good land the Lord promised on oath to your ancestors, 19 thrusting out all your enemies before you, as the Lord said.

20 In the future, when your son asks you, “What is the meaning of the stipulations, decrees and laws the Lord our God has commanded you?” 21 tell him: “We were slaves of Pharaoh in Egypt, but the Lord brought us out of Egypt with a mighty hand. 22 Before our eyes the Lord sent signs and wonders—great and terrible—on Egypt and Pharaoh and his whole household. 23 But he brought us out from there to bring us in and give us the land he promised on oath to our ancestors. 24 The Lord commanded us to obey all these decrees and to fear the Lord our God, so that we might always prosper and be kept alive, as is the case today. 25 And if we are careful to obey all this law before the Lord our God, as he has commanded us, that will be our righteousness.”

..........................................................................................................

आज्ञाकारी हुनलाई मोशाको अर्ती

1तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्‌। 

Now these are the commandments, the statutes, and the judgments, which the LORD your God commanded to teach you, that ye might do them in the land whither ye go to possess it:

2सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्‌।

That thou mightest fear the LORD thy God, to keep all his statutes and his commandments, which I command thee, thou, and thy son, and thy son's son, all the days of thy life; and that thy days may be prolonged.

 3हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।

Hear therefore, O Israel, and observe to do it; that it may be well with thee, and that ye may increase mightily, as the LORD God of thy fathers hath promised thee, in the land that floweth with milk and honey.

4हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।  

Hear, O Israel: The LORD our God is one LORD:

5तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।

And thou shalt love the LORD thy God with all thine heart, and with all thy soul, and with all thy might.

  6मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख।  

And these words, which I command thee this day, shall be in thine heart:

7ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर।

And thou shalt teach them diligently unto thy children, and shalt talk of them when thou sittest in thine house, and when thou walkest by the way, and when thou liest down, and when thou risest up.

 8ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख।

And thou shalt bind them for a sign upon thine hand, and they shall be as frontlets between thine eyes.

 9ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।

And thou shalt write them upon the posts of thy house, and on thy gates.

10जब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्‍याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा,  

And it shall be, when the LORD thy God shall have brought thee into the land which he sware unto thy fathers, to Abraham, to Isaac, and to Jacob, to give thee great and goodly cities, which thou buildedst not,

11जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्‌— जब तिमीहरूले खाएर अघाउनेछौ, 

And houses full of all good things, which thou filledst not, and wells digged, which thou diggedst not, vineyards and olive trees, which thou plantedst not; when thou shalt have eaten and be full;

12तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।

Then beware lest thou forget the LORD, which brought thee forth out of the land of Egypt, from the house of bondage.

13तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।

Thou shalt fear the LORD thy God, and serve him, and shalt swear by his name.

  14तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू, 

Ye shall not go after other gods, of the gods of the people which are round about you;

15किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ। 

(For the LORD thy God is a jealous God among you) lest the anger of the LORD thy God be kindled against thee, and destroy thee from off the face of the earth.

16मस्‍साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर। 

Ye shall not tempt the LORD your God, as ye tempted him in Massah.

 17परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। 

Ye shall diligently keep the commandments of the LORD your God, and his testimonies, and his statutes, which he hath commanded thee.

18परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर, 

And thou shalt do that which is right and good in the sight of the LORD: that it may be well with thee, and that thou mayest go in and possess the good land which the LORD sware unto thy fathers,

19र परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले आफ्‍ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाओ।

To cast out all thine enemies from before thee, as the LORD hath spoken.

20भविष्‍यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्‍वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्‍ला, 

And when thy son asketh thee in time to come, saying, What mean the testimonies, and the statutes, and the judgments, which the LORD our God hath commanded you?

21तब तिमीहरूले त्‍यसलाई भन्‍नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्‍नो बाहुबलले निकाली ल्‍याउनुभयो। 

Then thou shalt say unto thy son, We were Pharaoh's bondmen in Egypt; and the LORD brought us out of Egypt with a mighty hand:

22परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो। 

And the LORD shewed signs and wonders, great and sore, upon Egypt, upon Pharaoh, and upon all his household, before our eyes:

23हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो। 

And he brought us out from thence, that he might bring us in, to give us the land which he sware unto our fathers.

24परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌। 

And the LORD commanded us to do all these statutes, to fear the LORD our God, for our good always, that he might preserve us alive, as it is at this day.

25उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

And it shall be our righteousness, if we observe to do all these commandments before the LORD our God, as he hath commanded us.

DEUTERONOMY - 7:1-26

कनानीहरूसँग सङ्गत गर्न निषेध

1जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,   2अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू। 3उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू, 4किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ। 5तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।  6किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ। 

7तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ। 8तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो। 9यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ।  10तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन। 11यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर।

12तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।   13उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्‍न, नयाँ दाखमद्य, तेल— गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ। 14तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ। 15अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्‍वतन्‍त्र राख्‍नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्‍नेहरूमाथि ती ल्‍याउनुहुनेछ। 16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्‍यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।

17“यी जाति हामीभन्‍दा बलिया छन्‌। हामी कसरी यिनीहरूलाई निकाल्‍न सकौंला?” भनी तिमीहरूले आफ्‍नो मनमा सम्‍झौला। 18तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्‍यसको स्‍मरण गर। 19ठूला-ठूला सङ्कष्‍टहरू, अचम्‍मका चिन्‍हहरू, आश्‍चर्यकर्म, र आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्‍याउनुभएको त्‍यहाँ तिमीहरू आफैले देखेका थियौ— त्‍यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ। 20यसबाहेक परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्‍नेहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ। 21उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुहुन्‍छ। उहाँ महान्‌ र भययोग्‍य परमेश्‍वर हुनुहुन्‍छ। 22अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई बिस्‍तार-बिस्‍तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्‍यामा बढ़िजानेछन्‌। 23तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूमा ज्‍यादै गोलमाल ल्‍याइदिनुहुनेछ। 24अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्‍ने खड़ा रहन सक्‍नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ। 25उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्‍नो निम्‍ति नलिनू, किनकि त्‍यही नै तिमीहरूका निम्‍ति फन्‍दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति यो घृणित कुरो हो। 26तिमीहरूले कुनै घृणित कुरो आफ्‍नो घरमा नल्‍याउनू, नत्रता तिमीहरू पनि त्‍योजस्‍तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्‍यसलाई एकदमै तिरस्‍कार र घृणा गर्नू, किनकि त्‍यो नाशको लागि अलग गरिएको हो।

.........................................................................................

Driving Out the Nations

7 When the Lord your God brings you into the land you are entering to possess and drives out before you many nations—the Hittites, Girgashites, Amorites, Canaanites, Perizzites, Hivites and Jebusites, seven nations larger and stronger than you— and when the Lord your God has delivered them over to you and you have defeated them, then you must destroy them totally.[a] Make no treaty with them, and show them no mercy. Do not intermarry with them. Do not give your daughters to their sons or take their daughters for your sons, for they will turn your children away from following me to serve other gods, and the Lord’s anger will burn against you and will quickly destroy you. This is what you are to do to them: Break down their altars, smash their sacred stones, cut down their Asherah poles[b] and burn their idols in the fire. For you are a people holy to the Lord your God. The Lord your God has chosen you out of all the peoples on the face of the earth to be his people, his treasured possession.

The Lord did not set his affection on you and choose you because you were more numerous than other peoples, for you were the fewest of all peoples. But it was because the Lord loved you and kept the oath he swore to your ancestors that he brought you out with a mighty hand and redeemed you from the land of slavery, from the power of Pharaoh king of Egypt. Know therefore that the Lord your God is God; he is the faithful God, keeping his covenant of love to a thousand generations of those who love him and keep his commandments. 10 But

those who hate him he will repay to their face by destruction;
    he will not be slow to repay to their face those who hate him.

11 Therefore, take care to follow the commands, decrees and laws I give you today.

12 If you pay attention to these laws and are careful to follow them, then the Lord your God will keep his covenant of love with you, as he swore to your ancestors. 13 He will love you and bless you and increase your numbers. He will bless the fruit of your womb, the crops of your land—your grain, new wine and olive oil—the calves of your herds and the lambs of your flocks in the land he swore to your ancestors to give you. 14 You will be blessed more than any other people; none of your men or women will be childless, nor will any of your livestock be without young. 15 The Lord will keep you free from every disease. He will not inflict on you the horrible diseases you knew in Egypt, but he will inflict them on all who hate you. 16 You must destroy all the peoples the Lord your God gives over to you. Do not look on them with pity and do not serve their gods, for that will be a snare to you.

17 You may say to yourselves, “These nations are stronger than we are. How can we drive them out?” 18 But do not be afraid of them; remember well what the Lord your God did to Pharaoh and to all Egypt. 19 You saw with your own eyes the great trials, the signs and wonders, the mighty hand and outstretched arm, with which the Lord your God brought you out. The Lord your God will do the same to all the peoples you now fear. 20 Moreover, the Lord your God will send the hornet among them until even the survivors who hide from you have perished. 21 Do not be terrified by them, for the Lord your God, who is among you, is a great and awesome God. 22 The Lord your God will drive out those nations before you, little by little. You will not be allowed to eliminate them all at once, or the wild animals will multiply around you. 23 But the Lord your God will deliver them over to you, throwing them into great confusion until they are destroyed. 24 He will give their kings into your hand, and you will wipe out their names from under heaven. No one will be able to stand up against you; you will destroy them. 25 The images of their gods you are to burn in the fire. Do not covet the silver and gold on them, and do not take it for yourselves, or you will be ensnared by it, for it is detestable to the Lord your God. 26 Do not bring a detestable thing into your house or you, like it, will be set apart for destruction. Regard it as vile and utterly detest it, for it is set apart for destruction.

.......................................................................................

कनानीहरूसँग सङ्गत गर्न निषेध

1जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,   

When the LORD thy God shall bring thee into the land whither thou goest to possess it, and hath cast out many nations before thee, the Hittites, and the Girgashites, and the Amorites, and the Canaanites, and the Perizzites, and the Hivites, and the Jebusites, seven nations greater and mightier than thou;

2अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।

And when the LORD thy God shall deliver them before thee; thou shalt smite them, and utterly destroy them; thou shalt make no covenant with them, nor shew mercy unto them:

 3उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू, 

Neither shalt thou make marriages with them; thy daughter thou shalt not give unto his son, nor his daughter shalt thou take unto thy son.

4किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ।

For they will turn away thy son from following me, that they may serve other gods: so will the anger of the LORD be kindled against you, and destroy thee suddenly.

 5तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।

But thus shall ye deal with them; ye shall destroy their altars, and break down their images, and cut down their groves, and burn their graven images with fire.

  6किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ। 

For thou art an holy people unto the LORD thy God: the LORD thy God hath chosen thee to be a special people unto himself, above all people that are upon the face of the earth.

7तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ।

The LORD did not set his love upon you, nor choose you, because ye were more in number than any people; for ye were the fewest of all people:

 8तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो। 

But because the LORD loved you, and because he would keep the oath which he had sworn unto your fathers, hath the LORD brought you out with a mighty hand, and redeemed you out of the house of bondmen, from the hand of Pharaoh king of Egypt.

9यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ। 

Know therefore that the LORD thy God, he is God, the faithful God, which keepeth covenant and mercy with them that love him and keep his commandments to a thousand generations;

 10तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन। 

And repayeth them that hate him to their face, to destroy them: he will not be slack to him that hateth him, he will repay him to his face.

11यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर।

Thou shalt therefore keep the commandments, and the statutes, and the judgments, which I command thee this day, to do them.

12तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।  

Wherefore it shall come to pass, if ye hearken to these judgments, and keep, and do them, that the LORD thy God shall keep unto thee the covenant and the mercy which he sware unto thy fathers:

 13उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्‍न, नयाँ दाखमद्य, तेल— गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ।

And he will love thee, and bless thee, and multiply thee: he will also bless the fruit of thy womb, and the fruit of thy land, thy corn, and thy wine, and thine oil, the increase of thy kine, and the flocks of thy sheep, in the land which he sware unto thy fathers to give thee.

 14तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ। 

Thou shalt be blessed above all people: there shall not be male or female barren among you, or among your cattle.

15अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्‍वतन्‍त्र राख्‍नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्‍नेहरूमाथि ती ल्‍याउनुहुनेछ। 

And the LORD will take away from thee all sickness, and will put none of the evil diseases of Egypt, which thou knowest, upon thee; but will lay them upon all them that hate thee.

16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्‍यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।

And thou shalt consume all the people which the LORD thy God shall deliver thee; thine eye shall have no pity upon them: neither shalt thou serve their gods; for that will be a snare unto thee.

17“यी जाति हामीभन्‍दा बलिया छन्‌। हामी कसरी यिनीहरूलाई निकाल्‍न सकौंला?” भनी तिमीहरूले आफ्‍नो मनमा सम्‍झौला। 

If thou shalt say in thine heart, These nations are more than I; how can I dispossess them?

18तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्‍यसको स्‍मरण गर।

Thou shalt not be afraid of them: but shalt well remember what the LORD thy God did unto Pharaoh, and unto all Egypt;

 19ठूला-ठूला सङ्कष्‍टहरू, अचम्‍मका चिन्‍हहरू, आश्‍चर्यकर्म, र आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्‍याउनुभएको त्‍यहाँ तिमीहरू आफैले देखेका थियौ— त्‍यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ। 

The great temptations which thine eyes saw, and the signs, and the wonders, and the mighty hand, and the stretched out arm, whereby the LORD thy God brought thee out: so shall the LORD thy God do unto all the people of whom thou art afraid.

20यसबाहेक परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्‍नेहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ। 

Moreover the LORD thy God will send the hornet among them, until they that are left, and hide themselves from thee, be destroyed.

21उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुहुन्‍छ। उहाँ महान्‌ र भययोग्‍य परमेश्‍वर हुनुहुन्‍छ। 

Thou shalt not be affrighted at them: for the LORD thy God is among you, a mighty God and terrible.

22अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई बिस्‍तार-बिस्‍तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्‍यामा बढ़िजानेछन्‌। 

And the LORD thy God will put out those nations before thee by little and little: thou mayest not consume them at once, lest the beasts of the field increase upon thee.

23तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूमा ज्‍यादै गोलमाल ल्‍याइदिनुहुनेछ। 

But the LORD thy God shall deliver them unto thee, and shall destroy them with a mighty destruction, until they be destroyed.

24अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्‍ने खड़ा रहन सक्‍नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ। 

And he shall deliver their kings into thine hand, and thou shalt destroy their name from under heaven: there shall no man be able to stand before thee, until thou have destroyed them.

25उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्‍नो निम्‍ति नलिनू, किनकि त्‍यही नै तिमीहरूका निम्‍ति फन्‍दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति यो घृणित कुरो हो। 

The graven images of their gods shall ye burn with fire: thou shalt not desire the silver or gold that is on them, nor take it unto thee, lest thou be snared therein: for it is an abomination to the LORD thy God.

26तिमीहरूले कुनै घृणित कुरो आफ्‍नो घरमा नल्‍याउनू, नत्रता तिमीहरू पनि त्‍योजस्‍तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्‍यसलाई एकदमै तिरस्‍कार र घृणा गर्नू, किनकि त्‍यो नाशको लागि अलग गरिएको हो।

Neither shalt thou bring an abomination into thine house, lest thou be a cursed thing like it: but thou shalt utterly detest it, and thou shalt utterly abhor it; for it is a cursed thing.

DEUTERONOMY - 8:1-20

परमप्रभुलाई नभुल्नु

1मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। 2तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर। 3उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।  4ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌। 5तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।

6परमप्रभु तिमीहरूका परमेश्‍वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌। 8त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 9त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।

10जब तिमीहरू तृप्‍त होउञ्‍जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्‍ति तिमीहरूले आफ्‍ना परमेश्‍वरको प्रशंसा गर। 11सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल।  12नत्रता जब तिमीहरू खाएर तृप्‍त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्‍नेछौ, 13जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्, 14तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ। 15उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो। 16अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो। 17“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्‍पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। 18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

19म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्स्‍यौ र अन्‍य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्‍यौ भने, तिमीहरू अवश्‍य नष्‍ट हुनेछौ। 20परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।

............................................................................

Do Not Forget the Lord

8 Be careful to follow every command I am giving you today, so that you may live and increase and may enter and possess the land the Lord promised on oath to your ancestors. Remember how the Lord your God led you all the way in the wilderness these forty years, to humble and test you in order to know what was in your heart, whether or not you would keep his commands. He humbled you, causing you to hunger and then feeding you with manna, which neither you nor your ancestors had known, to teach you that man does not live on bread alone but on every word that comes from the mouth of the Lord. Your clothes did not wear out and your feet did not swell during these forty years. Know then in your heart that as a man disciplines his son, so the Lord your God disciplines you.

Observe the commands of the Lord your God, walking in obedience to him and revering him. For the Lord your God is bringing you into a good land—a land with brooks, streams, and deep springs gushing out into the valleys and hills; a land with wheat and barley, vines and fig trees, pomegranates, olive oil and honey; a land where bread will not be scarce and you will lack nothing; a land where the rocks are iron and you can dig copper out of the hills.

10 When you have eaten and are satisfied, praise the Lord your God for the good land he has given you. 11 Be careful that you do not forget the Lord your God, failing to observe his commands, his laws and his decrees that I am giving you this day. 12 Otherwise, when you eat and are satisfied, when you build fine houses and settle down, 13 and when your herds and flocks grow large and your silver and gold increase and all you have is multiplied, 14 then your heart will become proud and you will forget the Lord your God, who brought you out of Egypt, out of the land of slavery. 15 He led you through the vast and dreadful wilderness, that thirsty and waterless land, with its venomous snakes and scorpions. He brought you water out of hard rock. 16 He gave you manna to eat in the wilderness, something your ancestors had never known, to humble and test you so that in the end it might go well with you. 17 You may say to yourself, “My power and the strength of my hands have produced this wealth for me.” 18 But remember the Lord your God, for it is he who gives you the ability to produce wealth, and so confirms his covenant, which he swore to your ancestors, as it is today.

19 If you ever forget the Lord your God and follow other gods and worship and bow down to them, I testify against you today that you will surely be destroyed. 20 Like the nations the Lord destroyed before you, so you will be destroyed for not obeying the Lord your God.

..........................................................................

परमप्रभुलाई नभुल्नु

1मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। All the commandments which I command thee this day shall ye observe to do, that ye may live, and multiply, and go in and possess the land which the LORD sware unto your fathers.

2तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर। 

And thou shalt remember all the way which the LORD thy God led thee these forty years in the wilderness, to humble thee, and to prove thee, to know what was in thine heart, whether thou wouldest keep his commandments, or no.

3उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।  

And he humbled thee, and suffered thee to hunger, and fed thee with manna, which thou knewest not, neither did thy fathers know; that he might make thee know that man doth not live by bread only, but by every word that proceedeth out of the mouth of the LORD doth man live.

4ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌।

Thy raiment waxed not old upon thee, neither did thy foot swell, these forty years.

 5तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।

Thou shalt also consider in thine heart, that, as a man chasteneth his son, so the LORD thy God chasteneth thee.

6परमप्रभु तिमीहरूका परमेश्‍वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। 

Therefore thou shalt keep the commandments of the LORD thy God, to walk in his ways, and to fear him.

7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌। 

For the LORD thy God bringeth thee into a good land, a land of brooks of water, of fountains and depths that spring out of valleys and hills;

8त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 

A land of wheat, and barley, and vines, and fig trees, and pomegranates; a land of oil olive, and honey;

9त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।

A land wherein thou shalt eat bread without scarceness, thou shalt not lack any thing in it; a land whose stones are iron, and out of whose hills thou mayest dig brass.

10जब तिमीहरू तृप्‍त होउञ्‍जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्‍ति तिमीहरूले आफ्‍ना परमेश्‍वरको प्रशंसा गर। 

When thou hast eaten and art full, then thou shalt bless the LORD thy God for the good land which he hath given thee.

11सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल।  

Beware that thou forget not the LORD thy God, in not keeping his commandments, and his judgments, and his statutes, which I command thee this day:

12नत्रता जब तिमीहरू खाएर तृप्‍त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्‍नेछौ, 

Lest when thou hast eaten and art full, and hast built goodly houses, and dwelt therein;

13जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्, 

And when thy herds and thy flocks multiply, and thy silver and thy gold is multiplied, and all that thou hast is multiplied;

14तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ। 

Then thine heart be lifted up, and thou forget the LORD thy God, which brought thee forth out of the land of Egypt, from the house of bondage;

15उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो। 

Who led thee through that great and terrible wilderness, wherein were fiery serpents, and scorpions, and drought, where there was no water; who brought thee forth water out of the rock of flint;

16अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो। 

Who fed thee in the wilderness with manna, which thy fathers knew not, that he might humble thee, and that he might prove thee, to do thee good at thy latter end;

17“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्‍पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।

And thou say in thine heart, My power and the might of mine hand hath gotten me this wealth.

 18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

But thou shalt remember the LORD thy God: for it is he that giveth thee power to get wealth, that he may establish his covenant which he sware unto thy fathers, as it is this day.

19म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्स्‍यौ र अन्‍य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्‍यौ भने, तिमीहरू अवश्‍य नष्‍ट हुनेछौ। 

And it shall be, if thou do at all forget the LORD thy God, and walk after other gods, and serve them, and worship them, I testify against you this day that ye shall surely perish.

20परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।

As the nations which the LORD destroyeth before your face, so shall ye perish; because ye would not be obedient unto the voice of the LORD your God.

DEUTERONOMY - 9:1-29

कनानीहरूको विनाश

1हे इस्राएली हो, सुन, तिमीहरूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ। 2त्‍यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्‍दछौ। उनीहरू बलिया र अल्‍गा-अल्‍गा छन्‌। “अनाकीहरूका सामु को खड़ा हुन सक्‍छ?” भन्‍ने उक्ति तिमीहरूले सुनेका छौ। 3तर आज यो कुरा निश्‍चय नै जानी राख, कि भस्‍म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले उनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्‍याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्‍ट पार्नेछौ।

4परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिसक्‍नुभएपछि तिमीहरूले आफ्‍नो मनमा यसो नभन्‍नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्‍याउनुभएको हो।” बरु यी जातिहरूको दुष्‍टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुन्‍छ। 5तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्‍टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्‍नुहुनेछ। 6यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।

सुनको बाछो

7उजाड़-स्‍थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरलाई रीस उठायौ, यो कुराको सम्‍झना गर, र कहिल्‍यै नबिर्स। मिश्रबाट निक्‍लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्‍जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ। 8होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्‍म परमप्रभु क्रुद्ध हुनुभएको थियो। 9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।  10अनि परमप्रभुले परमेश्‍वरका हातले लेख्‍नुभएका दुई वटा शिला-पाटी मलाई सुम्‍पनुभयो। पर्वतमाथि अग्‍निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।

11परमप्रभुले चालीस दिन र चालीस रातको अन्‍तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो। 12त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्‍याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्‌। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्‍यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्‍ना निम्‍ति ढलौटे मूर्ति बनाएका छन्‌।”

13फेरि परमप्रभुले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्‌। 14अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्‍वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्‍दा शक्तिशाली र बढ़ी संख्‍याको जाति बनाउनेछु।”

15तब म पर्वतबाट तल ओर्लें। त्‍यस बेला पर्वत अग्‍निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए। 16अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ। 17यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्‍याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।

18परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ। 19परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्‍यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो।  20हारूनलाई पनि नाश पार्नेसम्‍म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्‍यस बेला हारूनको निम्‍ति पनि प्रार्थना गरें। 21त्‍यसपछि मैले तिमीहरूको त्‍यो पापमय वस्‍तु, तिमीहरूले बनाएको त्‍यो बाछो लिएर आगोमा जलाइदिएँ र त्‍यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्‍यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।

22तिमीहरूले तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्‍यायौ। 

23अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।  24मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ।

25परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें। 26मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्‍याउनुभएको आफ्‍नो प्रजा र आफ्‍नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्‌। 27आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्‌। यी मानिसहरूका हठ, दुष्‍टता र पापतिर नहेर्नुहोस्, 28नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्‍याउनुभयो त्‍यसले भन्‍ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा मार्न लैजानुभयो।” 29तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”

...........................................................................

 

Not Because of Israel’s Righteousness

9 Hear, Israel: You are now about to cross the Jordan to go in and dispossess nations greater and stronger than you, with large cities that have walls up to the sky. The people are strong and tall—Anakites! You know about them and have heard it said: “Who can stand up against the Anakites?” But be assured today that the Lord your God is the one who goes across ahead of you like a devouring fire. He will destroy them; he will subdue them before you. And you will drive them out and annihilate them quickly, as the Lord has promised you.

After the Lord your God has driven them out before you, do not say to yourself, “The Lord has brought me here to take possession of this land because of my righteousness.” No, it is on account of the wickedness of these nations that the Lord is going to drive them out before you. It is not because of your righteousness or your integrity that you are going in to take possession of their land; but on account of the wickedness of these nations, the Lord your God will drive them out before you, to accomplish what he swore to your fathers, to Abraham, Isaac and Jacob. Understand, then, that it is not because of your righteousness that the Lord your God is giving you this good land to possess, for you are a stiff-necked people.

The Golden Calf

Remember this and never forget how you aroused the anger of the Lord your God in the wilderness. From the day you left Egypt until you arrived here, you have been rebellious against the Lord. At Horeb you aroused the Lord’s wrath so that he was angry enough to destroy you. When I went up on the mountain to receive the tablets of stone, the tablets of the covenant that the Lord had made with you, I stayed on the mountain forty days and forty nights; I ate no bread and drank no water. 10 The Lord gave me two stone tablets inscribed by the finger of God. On them were all the commandments the Lord proclaimed to you on the mountain out of the fire, on the day of the assembly.

11 At the end of the forty days and forty nights, the Lord gave me the two stone tablets, the tablets of the covenant. 12 Then the Lord told me, “Go down from here at once, because your people whom you brought out of Egypt have become corrupt. They have turned away quickly from what I commanded them and have made an idol for themselves.”

13 And the Lord said to me, “I have seen this people, and they are a stiff-necked people indeed! 14 Let me alone, so that I may destroy them and blot out their name from under heaven. And I will make you into a nation stronger and more numerous than they.”

15 So I turned and went down from the mountain while it was ablaze with fire. And the two tablets of the covenant were in my hands. 16 When I looked, I saw that you had sinned against the Lord your God; you had made for yourselves an idol cast in the shape of a calf. You had turned aside quickly from the way that the Lord had commanded you. 17 So I took the two tablets and threw them out of my hands, breaking them to pieces before your eyes.

18 Then once again I fell prostrate before the Lord for forty days and forty nights; I ate no bread and drank no water, because of all the sin you had committed, doing what was evil in the Lord’s sight and so arousing his anger. 19 I feared the anger and wrath of the Lord, for he was angry enough with you to destroy you. But again the Lord listened to me. 20 And the Lord was angry enough with Aaron to destroy him, but at that time I prayed for Aaron too. 21 Also I took that sinful thing of yours, the calf you had made, and burned it in the fire. Then I crushed it and ground it to powder as fine as dust and threw the dust into a stream that flowed down the mountain.

22 You also made the Lord angry at Taberah, at Massah and at Kibroth Hattaavah.

23 And when the Lord sent you out from Kadesh Barnea, he said, “Go up and take possession of the land I have given you.” But you rebelled against the command of the Lord your God. You did not trust him or obey him. 24 You have been rebellious against the Lord ever since I have known you.

25 I lay prostrate before the Lord those forty days and forty nights because the Lord had said he would destroy you. 26 I prayed to the Lord and said, “Sovereign Lord, do not destroy your people, your own inheritance that you redeemed by your great power and brought out of Egypt with a mighty hand. 27 Remember your servants Abraham, Isaac and Jacob. Overlook the stubbornness of this people, their wickedness and their sin. 28 Otherwise, the country from which you brought us will say, ‘Because the Lord was not able to take them into the land he had promised them, and because he hated them, he brought them out to put them to death in the wilderness.’ 29 But they are your people, your inheritance that you brought out by your great power and your outstretched arm.”

.......................................................................

कनानीहरूको विनाश

1हे इस्राएली हो, सुन, तिमीहरूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ। 

Hear, O Israel: Thou art to pass over Jordan this day, to go in to possess nations greater and mightier than thyself, cities great and fenced up to heaven,

2त्‍यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्‍दछौ। उनीहरू बलिया र अल्‍गा-अल्‍गा छन्‌। “अनाकीहरूका सामु को खड़ा हुन सक्‍छ?” भन्‍ने उक्ति तिमीहरूले सुनेका छौ। 

A people great and tall, the children of the Anakims, whom thou knowest, and of whom thou hast heard say, Who can stand before the children of Anak!

3तर आज यो कुरा निश्‍चय नै जानी राख, कि भस्‍म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले उनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्‍याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्‍ट पार्नेछौ।

Understand therefore this day, that the LORD thy God is he which goeth over before thee; as a consuming fire he shall destroy them, and he shall bring them down before thy face: so shalt thou drive them out, and destroy them quickly, as the LORD hath said unto thee.

4परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिसक्‍नुभएपछि तिमीहरूले आफ्‍नो मनमा यसो नभन्‍नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्‍याउनुभएको हो।” बरु यी जातिहरूको दुष्‍टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुन्‍छ।

Speak not thou in thine heart, after that the LORD thy God hath cast them out from before thee, saying, For my righteousness the LORD hath brought me in to possess this land: but for the wickedness of these nations the LORD doth drive them out from before thee.

 5तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्‍टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्‍नुहुनेछ। 

Not for thy righteousness, or for the uprightness of thine heart, dost thou go to possess their land: but for the wickedness of these nations the LORD thy God doth drive them out from before thee, and that he may perform the word which the LORD sware unto thy fathers, Abraham, Isaac, and Jacob.

6यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।

Understand therefore, that the LORD thy God giveth thee not this good land to possess it for thy righteousness; for thou art a stiffnecked people.

 

सुनको बाछो

7उजाड़-स्‍थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरलाई रीस उठायौ, यो कुराको सम्‍झना गर, र कहिल्‍यै नबिर्स। मिश्रबाट निक्‍लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्‍जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ।

Remember, and forget not, how thou provokedst the LORD thy God to wrath in the wilderness: from the day that thou didst depart out of the land of Egypt, until ye came unto this place, ye have been rebellious against the LORD.

 8होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्‍म परमप्रभु क्रुद्ध हुनुभएको थियो।

Also in Horeb ye provoked the LORD to wrath, so that the LORD was angry with you to have destroyed you.

 9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।

When I was gone up into the mount to receive the tables of stone, even the tables of the covenant which the LORD made with you, then I abode in the mount forty days and forty nights, I neither did eat bread nor drink water:

  10अनि परमप्रभुले परमेश्‍वरका हातले लेख्‍नुभएका दुई वटा शिला-पाटी मलाई सुम्‍पनुभयो। पर्वतमाथि अग्‍निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।

And the LORD delivered unto me two tables of stone written with the finger of God; and on them was written according to all the words, which the LORD spake with you in the mount out of the midst of the fire in the day of the assembly.

11परमप्रभुले चालीस दिन र चालीस रातको अन्‍तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो। 

And it came to pass at the end of forty days and forty nights, that the LORD gave me the two tables of stone, even the tables of the covenant.

12त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्‍याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्‌। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्‍यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्‍ना निम्‍ति ढलौटे मूर्ति बनाएका छन्‌।”

And the LORD said unto me, Arise, get thee down quickly from hence; for thy people which thou hast brought forth out of Egypt have corrupted themselves; they are quickly turned aside out of the way which I commanded them; they have made them a molten image.

13फेरि परमप्रभुले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्‌।

Furthermore the LORD spake unto me, saying, I have seen this people, and, behold, it is a stiffnecked people:

 14अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्‍वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्‍दा शक्तिशाली र बढ़ी संख्‍याको जाति बनाउनेछु।”

Let me alone, that I may destroy them, and blot out their name from under heaven: and I will make of thee a nation mightier and greater than they.

15तब म पर्वतबाट तल ओर्लें। त्‍यस बेला पर्वत अग्‍निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए।

So I turned and came down from the mount, and the mount burned with fire: and the two tables of the covenant were in my two hands.

 16अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ। 

And I looked, and, behold, ye had sinned against the LORD your God, and had made you a molten calf: ye had turned aside quickly out of the way which the LORD had commanded you.

17यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्‍याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।

And I took the two tables, and cast them out of my two hands, and brake them before your eyes.

18परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ। 

And I fell down before the LORD, as at the first, forty days and forty nights: I did neither eat bread, nor drink water, because of all your sins which ye sinned, in doing wickedly in the sight of the LORD, to provoke him to anger.

19परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्‍यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। 

For I was afraid of the anger and hot displeasure, wherewith the LORD was wroth against you to destroy you. But the LORD hearkened unto me at that time also.

 20हारूनलाई पनि नाश पार्नेसम्‍म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्‍यस बेला हारूनको निम्‍ति पनि प्रार्थना गरें। 

And the LORD was very angry with Aaron to have destroyed him: and I prayed for Aaron also the same time.

21त्‍यसपछि मैले तिमीहरूको त्‍यो पापमय वस्‍तु, तिमीहरूले बनाएको त्‍यो बाछो लिएर आगोमा जलाइदिएँ र त्‍यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्‍यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।

And I took your sin, the calf which ye had made, and burnt it with fire, and stamped it, and ground it very small, even until it was as small as dust: and I cast the dust thereof into the brook that descended out of the mount.

22तिमीहरूले तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्‍यायौ। 

And at Taberah, and at Massah, and at Kibroth-hattaavah, ye provoked the LORD to wrath.

23अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।  

Likewise when the LORD sent you from Kadesh-barnea, saying, Go up and possess the land which I have given you; then ye rebelled against the commandment of the LORD your God, and ye believed him not, nor hearkened to his voice.

24मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ।

Ye have been rebellious against the LORD from the day that I knew you.

25परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें। 

Thus I fell down before the LORD forty days and forty nights, as I fell down at the first; because the LORD had said he would destroy you.

26मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्‍याउनुभएको आफ्‍नो प्रजा र आफ्‍नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्‌।

I prayed therefore unto the LORD, and said, O Lord GOD, destroy not thy people and thine inheritance, which thou hast redeemed through thy greatness, which thou hast brought forth out of Egypt with a mighty hand.

 27आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्‌। यी मानिसहरूका हठ, दुष्‍टता र पापतिर नहेर्नुहोस्, 

Remember thy servants, Abraham, Isaac, and Jacob; look not unto the stubbornness of this people, nor to their wickedness, nor to their sin:

28नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्‍याउनुभयो त्‍यसले भन्‍ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा मार्न लैजानुभयो।” 

Lest the land whence thou broughtest us out say, Because the LORD was not able to bring them into the land which he promised them, and because he hated them, he hath brought them out to slay them in the wilderness.

29तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”

Yet they are thy people and thine inheritance, which thou broughtest out by thy mighty power and by thy stretched out arm.

DEUTERONOMY - 10:1-22

1त्‍यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काट्‌, र पर्वतमा उक्‍लेर मकहाँ आइज। अनि एउटा काठको सन्‍दूक पनि बना।  2तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्‍दूकमा राख्‍नुपर्छ।”

3मैले बबुल काठको सन्‍दूक बनाएँ, अनि पहिलेका जस्‍तै दुई वटा शिला-पाटी काटें, र आफ्‍ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्‍लें। 4अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्‍निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो। 5त्‍यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्‍दूकमा ती पाटीहरू राखें, र ती अहिले त्‍यसमा छन्‌।

6(इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्‍यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्‍थानमा पूजाहारीको काम गर्न लागे।  7त्‍यहाँबाट इस्राएलीहरू गुदगुदासम्‍म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए। 8आजसम्‍म चलिआएझैँ परमप्रभुका करारको सन्‍दूक बोक्‍न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष्‌ दिन त्‍यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो।  9यसैकारण लेवीहरूलाई आफ्‍ना दाजुभाइहरूसँग कुनै हिस्‍सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्‍छ।)

10पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन।  11अनि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्‍व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्‍छु भनेको देशमा पसी तिनीहरूले त्‍यो अधिकार गरून्‌।”

परमप्रभुको डर मान्‍नू

12यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, 13र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।

14आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌। 15तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो। 16यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। 17किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न।  18उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। 19यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। 20परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। 21उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो। 22तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ।

...................................................................................

Tablets Like the First Ones

10 At that time the Lord said to me, “Chisel out two stone tablets like the first ones and come up to me on the mountain. Also make a wooden ark.[a] I will write on the tablets the words that were on the first tablets, which you broke. Then you are to put them in the ark.”

So I made the ark out of acacia wood and chiseled out two stone tablets like the first ones, and I went up on the mountain with the two tablets in my hands. The Lord wrote on these tablets what he had written before, the Ten Commandments he had proclaimed to you on the mountain, out of the fire, on the day of the assembly. And the Lord gave them to me. Then I came back down the mountain and put the tablets in the ark I had made, as the Lord commanded me, and they are there now.

(The Israelites traveled from the wells of Bene Jaakan to Moserah. There Aaron died and was buried, and Eleazar his son succeeded him as priest. From there they traveled to Gudgodah and on to Jotbathah, a land with streams of water. At that time the Lord set apart the tribe of Levi to carry the ark of the covenant of the Lord, to stand before the Lord to minister and to pronounce blessings in his name, as they still do today. That is why the Levites have no share or inheritance among their fellow Israelites; the Lord is their inheritance, as the Lord your God told them.)

10 Now I had stayed on the mountain forty days and forty nights, as I did the first time, and the Lord listened to me at this time also. It was not his will to destroy you. 11 “Go,” the Lord said to me, “and lead the people on their way, so that they may enter and possess the land I swore to their ancestors to give them.”

Fear the Lord

12 And now, Israel, what does the Lord your God ask of you but to fear the Lord your God, to walk in obedience to him, to love him, to serve the Lord your God with all your heart and with all your soul, 13 and to observe the Lord’s commands and decrees that I am giving you today for your own good?

14 To the Lord your God belong the heavens, even the highest heavens, the earth and everything in it. 15 Yet the Lord set his affection on your ancestors and loved them, and he chose you, their descendants, above all the nations—as it is today. 16 Circumcise your hearts, therefore, and do not be stiff-necked any longer. 17 For the Lord your God is God of gods and Lord of lords, the great God, mighty and awesome, who shows no partiality and accepts no bribes. 18 He defends the cause of the fatherless and the widow, and loves the foreigner residing among you, giving them food and clothing. 19 And you are to love those who are foreigners, for you yourselves were foreigners in Egypt. 20 Fear the Lord your God and serve him. Hold fast to him and take your oaths in his name. 21 He is the one you praise; he is your God, who performed for you those great and awesome wonders you saw with your own eyes. 22 Your ancestors who went down into Egypt were seventy in all, and now the Lord your God has made you as numerous as the stars in the sky.

......................................................................................

1त्‍यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काट्‌, र पर्वतमा उक्‍लेर मकहाँ आइज। अनि एउटा काठको सन्‍दूक पनि बना।  

At that time the LORD said unto me, Hew thee two tables of stone like unto the first, and come up unto me into the mount, and make thee an ark of wood.

2तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्‍दूकमा राख्‍नुपर्छ।”

And I will write on the tables the words that were in the first tables which thou brakest, and thou shalt put them in the ark.

3मैले बबुल काठको सन्‍दूक बनाएँ, अनि पहिलेका जस्‍तै दुई वटा शिला-पाटी काटें, र आफ्‍ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्‍लें। 

And I made an ark of shittim wood, and hewed two tables of stone like unto the first, and went up into the mount, having the two tables in mine hand.

4अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्‍निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो। And he wrote on the tables, according to the first writing, the ten commandments, which the LORD spake unto you in the mount out of the midst of the fire in the day of the assembly: and the LORD gave them unto me.

5त्‍यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्‍दूकमा ती पाटीहरू राखें, र ती अहिले त्‍यसमा छन्‌।

And I turned myself and came down from the mount, and put the tables in the ark which I had made; and there they be, as the LORD commanded me.

6(इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्‍यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्‍थानमा पूजाहारीको काम गर्न लागे।  

And the children of Israel took their journey from Beeroth of the children of Jaakan to Mosera: there Aaron died, and there he was buried; and Eleazar his son ministered in the priest's office in his stead.

7त्‍यहाँबाट इस्राएलीहरू गुदगुदासम्‍म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए।

From thence they journeyed unto Gudgodah; and from Gudgodah to Jotbath, a land of rivers of waters.

 8आजसम्‍म चलिआएझैँ परमप्रभुका करारको सन्‍दूक बोक्‍न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष्‌ दिन त्‍यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो। 

At that time the LORD separated the tribe of Levi, to bear the ark of the covenant of the LORD, to stand before the LORD to minister unto him, and to bless in his name, unto this day.

 9यसैकारण लेवीहरूलाई आफ्‍ना दाजुभाइहरूसँग कुनै हिस्‍सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्‍छ।)

Wherefore Levi hath no part nor inheritance with his brethren; the LORD is his inheritance, according as the LORD thy God promised him.

10पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन।  

And I stayed in the mount, according to the first time, forty days and forty nights; and the LORD hearkened unto me at that time also, and the LORD would not destroy thee.

11अनि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्‍व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्‍छु भनेको देशमा पसी तिनीहरूले त्‍यो अधिकार गरून्‌।”

And the LORD said unto me, Arise, take thy journey before the people, that they may go in and possess the land, which I sware unto their fathers to give unto them.

 

परमप्रभुको डर मान्‍नू

12यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, 

And now, Israel, what doth the LORD thy God require of thee, but to fear the LORD thy God, to walk in all his ways, and to love him, and to serve the LORD thy God with all thy heart and with all thy soul,

13र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।

To keep the commandments of the LORD, and his statutes, which I command thee this day for thy good?

14आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌। 

Behold, the heaven and the heaven of heavens is the LORD'S thy God, the earth also, with all that therein is.

15तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो। 

Only the LORD had a delight in thy fathers to love them, and he chose their seed after them, even you above all people, as it is this day.

16यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ।

Circumcise therefore the foreskin of your heart, and be no more stiffnecked.

 17किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न। 

For the LORD your God is God of gods, and Lord of lords, a great God, a mighty, and a terrible, which regardeth not persons, nor taketh reward:

 18उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। 

He doth execute the judgment of the fatherless and widow, and loveth the stranger, in giving him food and raiment.

19यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। 

Love ye therefore the stranger: for ye were strangers in the land of Egypt.

20परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ।

Thou shalt fear the LORD thy God; him shalt thou serve, and to him shalt thou cleave, and swear by his name.

 21उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो। 

He is thy praise, and he is thy God, that hath done for thee these great and terrible things, which thine eyes have seen.

22तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ।

Thy fathers went down into Egypt with threescore and ten persons; and now the LORD thy God hath made thee as the stars of heaven for multitude.

DEUTERONOMY - 11:1-32

व्यवस्था 11

परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञाकारी हुने अर्ती
1परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर। 2आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। 3मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्‍ह र कार्यहरू तिमीहरूलाई थाहै छ।  4मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ।  5यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌। 6कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्‍नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्‍तुसमेत सारा इस्राएलकै सामुन्‍ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ।  7तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।
8यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्‍नो बनाउन सक। 9अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌। 10तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्‍यो देश तिमीहरू निस्‍केर आएको मिश्रजस्‍तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्‍नुपर्थ्‍यो। 11तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। 12त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।
13यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्‍वासयोग्‍यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ भने र आफ्‍नो सारा हृदय र प्राणले उहाँको सेवा गर्‍यौ भने,  14म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक। 15म तिमीहरूका गाईबस्‍तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्‍तुष्‍ट हुनेछौ।
16यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला, 17अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ। 18तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध। 19आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। 20आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख,  21ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।
22परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, 23परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। 24तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ।  25तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
26हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु। 27मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ। 28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ। 29जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।  30तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌। 31तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ, 32तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।
.............................................................

Love and Obey the Lord

11 Love the Lord your God and keep his requirements, his decrees, his laws and his commands always. Remember today that your children were not the ones who saw and experienced the discipline of the Lord your God: his majesty, his mighty hand, his outstretched arm; the signs he performed and the things he did in the heart of Egypt, both to Pharaoh king of Egypt and to his whole country; what he did to the Egyptian army, to its horses and chariots, how he overwhelmed them with the waters of the Red Sea[a] as they were pursuing you, and how the Lord brought lasting ruin on them. It was not your children who saw what he did for you in the wilderness until you arrived at this place, and what he did to Dathan and Abiram, sons of Eliab the Reubenite, when the earth opened its mouth right in the middle of all Israel and swallowed them up with their households, their tents and every living thing that belonged to them. But it was your own eyes that saw all these great things the Lord has done.

Observe therefore all the commands I am giving you today, so that you may have the strength to go in and take over the land that you are crossing the Jordan to possess, and so that you may live long in the land the Lord swore to your ancestors to give to them and their descendants, a land flowing with milk and honey. 10 The land you are entering to take over is not like the land of Egypt, from which you have come, where you planted your seed and irrigated it by foot as in a vegetable garden. 11 But the land you are crossing the Jordan to take possession of is a land of mountains and valleys that drinks rain from heaven. 12 It is a land the Lord your God cares for; the eyes of the Lord your God are continually on it from the beginning of the year to its end.

13 So if you faithfully obey the commands I am giving you today—to love the Lord your God and to serve him with all your heart and with all your soul— 14 then I will send rain on your land in its season, both autumn and spring rains, so that you may gather in your grain, new wine and olive oil. 15 I will provide grass in the fields for your cattle, and you will eat and be satisfied.

16 Be careful, or you will be enticed to turn away and worship other gods and bow down to them. 17 Then the Lord’s anger will burn against you, and he will shut up the heavens so that it will not rain and the ground will yield no produce, and you will soon perish from the good land the Lord is giving you. 18 Fix these words of mine in your hearts and minds; tie them as symbols on your hands and bind them on your foreheads. 19 Teach them to your children, talking about them when you sit at home and when you walk along the road, when you lie down and when you get up. 20 Write them on the doorframes of your houses and on your gates, 21 so that your days and the days of your children may be many in the land the Lord swore to give your ancestors, as many as the days that the heavens are above the earth.

22 If you carefully observe all these commands I am giving you to follow—to love the Lord your God, to walk in obedience to him and to hold fast to him— 23 then the Lord will drive out all these nations before you, and you will dispossess nations larger and stronger than you. 24 Every place where you set your foot will be yours: Your territory will extend from the desert to Lebanon, and from the Euphrates River to the Mediterranean Sea. 25 No one will be able to stand against you. The Lord your God, as he promised you, will put the terror and fear of you on the whole land, wherever you go.

26 See, I am setting before you today a blessing and a curse— 27 the blessing if you obey the commands of the Lord your God that I am giving you today; 28 the curse if you disobey the commands of the Lord your God and turn from the way that I command you today by following other gods, which you have not known. 29 When the Lord your God has brought you into the land you are entering to possess, you are to proclaim on Mount Gerizim the blessings, and on Mount Ebal the curses. 30 As you know, these mountains are across the Jordan, westward, toward the setting sun, near the great trees of Moreh, in the territory of those Canaanites living in the Arabah in the vicinity of Gilgal. 31 You are about to cross the Jordan to enter and take possession of the land the Lord your God is giving you. When you have taken it over and are living there, 32 be sure that you obey all the decrees and laws I am setting before you today.

....................................

परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञाकारी हुने अर्ती
1परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर। 
Therefore thou shalt love the LORD thy God, and keep his charge, and his statutes, and his judgments, and his commandments, alway.
2आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। 
And know ye this day: for I speak not with your children which have not known, and which have not seen the chastisement of the LORD your God, his greatness, his mighty hand, and his stretched out arm,
3मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्‍ह र कार्यहरू तिमीहरूलाई थाहै छ।  
And his miracles, and his acts, which he did in the midst of Egypt unto Pharaoh the king of Egypt, and unto all his land;
4मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ। 
And what he did unto the army of Egypt, unto their horses, and to their chariots; how he made the water of the Red sea to overflow them as they pursued after you, and how the LORD hath destroyed them unto this day;
 5यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌।
And what he did unto you in the wilderness, until ye came into this place;
 6कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्‍नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्‍तुसमेत सारा इस्राएलकै सामुन्‍ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ। And what he did unto Dathan and Abiram, the sons of Eliab, the son of Reuben: how the earth opened her mouth, and swallowed them up, and their households, and their tents, and all the substance that was in their possession, in the midst of all Israel:
 
 7तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।
But your eyes have seen all the great acts of the LORD which he did.
8यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्‍नो बनाउन सक। 
Therefore shall ye keep all the commandments which I command you this day, that ye may be strong, and go in and possess the land, whither ye go to possess it;
9अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌। 
And that ye may prolong your days in the land, which the LORD sware unto your fathers to give unto them and to their seed, a land that floweth with milk and honey.
10तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्‍यो देश तिमीहरू निस्‍केर आएको मिश्रजस्‍तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्‍नुपर्थ्‍यो। 
For the land, whither thou goest in to possess it, is not as the land of Egypt, from whence ye came out, where thou sowedst thy seed, and wateredst it with thy foot, as a garden of herbs:
11तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ।
For the land, whither thou goest in to possess it, is not as the land of Egypt, from whence ye came out, where thou sowedst thy seed, and wateredst it with thy foot, as a garden of herbs:
 12त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।
A land which the LORD thy God careth for: the eyes of the LORD thy God are always upon it, from the beginning of the year even unto the end of the year.
13यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्‍वासयोग्‍यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ भने र आफ्‍नो सारा हृदय र प्राणले उहाँको सेवा गर्‍यौ भने, 
And it shall come to pass, if ye shall hearken diligently unto my commandments which I command you this day, to love the LORD your God, and to serve him with all your heart and with all your soul,
 14म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक। 
That I will give you the rain of your land in his due season, the first rain and the latter rain, that thou mayest gather in thy corn, and thy wine, and thine oil.
15म तिमीहरूका गाईबस्‍तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्‍तुष्‍ट हुनेछौ।
And I will send grass in thy fields for thy cattle, that thou mayest eat and be full.
16यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला, 
Take heed to yourselves, that your heart be not deceived, and ye turn aside, and serve other gods, and worship them;
17अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ। 
And then the LORD'S wrath be kindled against you, and he shut up the heaven, that there be no rain, and that the land yield not her fruit; and lest ye perish quickly from off the good land which the LORD giveth you.
18तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध।
Therefore shall ye lay up these my words in your heart and in your soul, and bind them for a sign upon your hand, that they may be as frontlets between your eyes.
 19आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। 
And ye shall teach them your children, speaking of them when thou sittest in thine house, and when thou walkest by the way, when thou liest down, and when thou risest up.
20आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख,  
And thou shalt write them upon the door posts of thine house, and upon thy gates:
21ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।
That your days may be multiplied, and the days of your children, in the land which the LORD sware unto your fathers to give them, as the days of heaven upon the earth.
22परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, 
For if ye shall diligently keep all these commandments which I command you, to do them, to love the LORD your God, to walk in all his ways, and to cleave unto him;
23परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ।
Then will the LORD drive out all these nations from before you, and ye shall possess greater nations and mightier than yourselves.
 24तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ। 
Every place whereon the soles of your feet shall tread shall be your's: from the wilderness and Lebanon, from the river, the river Euphrates, even unto the uttermost sea shall your coast be.
 25तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
There shall no man be able to stand before you: for the LORD your God shall lay the fear of you and the dread of you upon all the land that ye shall tread upon, as he hath said unto you.
26हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु। 
Behold, I set before you this day a blessing and a curse;
27मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ।
A blessing, if ye obey the commandments of the LORD your God, which I command you this day:
 28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ। 
And a curse, if ye will not obey the commandments of the LORD your God, but turn aside out of the way which I command you this day, to go after other gods, which ye have not known.
29जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। 
And it shall come to pass, when the LORD thy God hath brought thee in unto the land whither thou goest to possess it, that thou shalt put the blessing upon mount Gerizim, and the curse upon mount Ebal.
 30तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌।
Are they not on the other side Jordan, by the way where the sun goeth down, in the land of the Canaanites, which dwell in the champaign over against Gilgal, beside the plains of Moreh?
 31तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ, 
For ye shall pass over Jordan to go in to possess the land which the LORD your God giveth you, and ye shall possess it, and dwell therein.
32तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।
And ye shall observe to do all the statutes and judgments which I set before you this day.

 

 

DEUTERONOMY - 12:1-32

व्यवस्था 12

आराधनाको निम्ति एउटै स्थान
1तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्‍जेल तिमीहरूले ख्‍याल राखेर मान्‍नुपर्ने विधिविधान यी नै हुन्‌। 2जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्‍ना देवताहरू पूजा गर्ने उनीहरूका अल्‍गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्‍थानहरू तिमीहरूले सम्‍पूर्ण तवरले नाश गर्नू। 3उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्‍बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू। 
4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना उनीहरूको पाराले नगर्नू। 5जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍न र स्‍वयम्‌ वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्‍नुहुन्‍छ, त्‍यही ठाउँ तिमीहरूले खोज्‍नू। त्‍यही ठाउँमा तिमीहरू जाने गर्नू। 6त्‍यहीँ नै तिमीहरूले आफ्‍ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्‍वेच्‍छा बलि, र गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्‍याउने गर्नू। 7त्‍यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्‍द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।
8आज हामी प्रत्‍येकले आफ्‍नो दृष्‍टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, 9किनकि जुन विश्रामस्‍थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको छ, त्‍यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। 10तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर त्‍यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ। 11तब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्‍ना परमप्रभुको निम्‍ति भाकल गरेका असल-असल थोकहरू ल्‍याउनू। 12अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्‍नो निजी हिस्‍सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 13होशियार बस। तिमीहरूले आफ्‍नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू। 14तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्‍यहीँ गर्नू।
15तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्‍छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्‍यक्ति कसैले पनि सो खान सक्‍छ। 16केवल रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।  17आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू। 18बरु परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको ठाउँमा उहाँको सामुन्‍ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्‍ना सबै काममा परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 19होशियार बस, र आफ्‍नो देशमा रहुञ्‍जेल लेवीहरूको बेवास्‍ता नगर्नू।
20जब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्‍णा हुनेछ र “म मासु खान्‍छु” भन्‍नेछौ, तब आफूले चाहेजति मासु खाओ। 21परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएका गाईबस्‍तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्‍नै सहरभित्र चाहेजति खाओ। 22हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्ति कसैले पनि ती खान सक्‍छ। 23केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन।  24तिमीहरूले त्‍यो रगत खानुहुँदैन। पानीझैँ त्‍यो भूइँमा पोखाइदिनू। 25तिमीहरूले त्‍यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठीक छ त्‍यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।
26तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जानू। 27तिमीहरूले आफ्‍ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको छेउमा खन्‍याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्‍छौ। 28मैले तिमीहरूलाई दिएका विधिहरू मान्‍नलाई ध्‍यान देओ, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।
29जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका सामुन्‍ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ, 30तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू। 31तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।
32जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। 
..................................................................................................

The One Place of Worship

12 These are the decrees and laws you must be careful to follow in the land that the Lord, the God of your ancestors, has given you to possess—as long as you live in the land. Destroy completely all the places on the high mountains, on the hills and under every spreading tree, where the nations you are dispossessing worship their gods. Break down their altars, smash their sacred stones and burn their Asherah poles in the fire; cut down the idols of their gods and wipe out their names from those places.

You must not worship the Lord your God in their way. But you are to seek the place the Lord your God will choose from among all your tribes to put his Name there for his dwelling. To that place you must go; there bring your burnt offerings and sacrifices, your tithes and special gifts, what you have vowed to give and your freewill offerings, and the firstborn of your herds and flocks. There, in the presence of the Lord your God, you and your families shall eat and shall rejoice in everything you have put your hand to, because the Lord your God has blessed you.

You are not to do as we do here today, everyone doing as they see fit, since you have not yet reached the resting place and the inheritance the Lord your God is giving you. 10 But you will cross the Jordan and settle in the land the Lord your God is giving you as an inheritance, and he will give you rest from all your enemies around you so that you will live in safety. 11 Then to the place the Lord your God will choose as a dwelling for his Name—there you are to bring everything I command you: your burnt offerings and sacrifices, your tithes and special gifts, and all the choice possessions you have vowed to the Lord. 12 And there rejoice before the Lord your God—you, your sons and daughters, your male and female servants, and the Levites from your towns who have no allotment or inheritance of their own. 13 Be careful not to sacrifice your burnt offerings anywhere you please. 14 Offer them only at the place the Lord will choose in one of your tribes, and there observe everything I command you.

15 Nevertheless, you may slaughter your animals in any of your towns and eat as much of the meat as you want, as if it were gazelle or deer, according to the blessing the Lord your God gives you. Both the ceremonially unclean and the clean may eat it. 16 But you must not eat the blood; pour it out on the ground like water. 17 You must not eat in your own towns the tithe of your grain and new wine and olive oil, or the firstborn of your herds and flocks, or whatever you have vowed to give, or your freewill offerings or special gifts. 18 Instead, you are to eat them in the presence of the Lord your God at the place the Lord your God will choose—you, your sons and daughters, your male and female servants, and the Levites from your towns—and you are to rejoice before the Lord your God in everything you put your hand to. 19 Be careful not to neglect the Levites as long as you live in your land.

20 When the Lord your God has enlarged your territory as he promised you, and you crave meat and say, “I would like some meat,” then you may eat as much of it as you want. 21 If the place where the Lord your God chooses to put his Name is too far away from you, you may slaughter animals from the herds and flocks the Lord has given you, as I have commanded you, and in your own towns you may eat as much of them as you want. 22 Eat them as you would gazelle or deer. Both the ceremonially unclean and the clean may eat. 23 But be sure you do not eat the blood, because the blood is the life, and you must not eat the life with the meat. 24 You must not eat the blood; pour it out on the ground like water. 25 Do not eat it, so that it may go well with you and your children after you, because you will be doing what is right in the eyes of the Lord.

26 But take your consecrated things and whatever you have vowed to give, and go to the place the Lord will choose. 27 Present your burnt offerings on the altar of the Lord your God, both the meat and the blood. The blood of your sacrifices must be poured beside the altar of the Lord your God, but you may eat the meat. 28 Be careful to obey all these regulations I am giving you, so that it may always go well with you and your children after you, because you will be doing what is good and right in the eyes of the Lord your God.

29 The Lord your God will cut off before you the nations you are about to invade and dispossess. But when you have driven them out and settled in their land, 30 and after they have been destroyed before you, be careful not to be ensnared by inquiring about their gods, saying, “How do these nations serve their gods? We will do the same.” 31 You must not worship the Lord your God in their way, because in worshiping their gods, they do all kinds of detestable things the Lord hates. They even burn their sons and daughters in the fire as sacrifices to their gods.

32 See that you do all I command you; do not add to it or take away from it.[a]

.................................................................................................
ENGLISH - NEPALI

व्यवस्था 12

आराधनाको निम्ति एउटै स्थान
1तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्‍जेल तिमीहरूले ख्‍याल राखेर मान्‍नुपर्ने विधिविधान यी नै हुन्‌।
These are the statutes and judgments, which ye shall observe to do in the land, which the LORD God of thy fathers giveth thee to possess it, all the days that ye live upon the earth.
 2जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्‍ना देवताहरू पूजा गर्ने उनीहरूका अल्‍गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्‍थानहरू तिमीहरूले सम्‍पूर्ण तवरले नाश गर्नू। 
Ye shall utterly destroy all the places, wherein the nations which ye shall possess served their gods, upon the high mountains, and upon the hills, and under every green tree:
3उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्‍बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू। 
And ye shall overthrow their altars, and break their pillars, and burn their groves with fire; and ye shall hew down the graven images of their gods, and destroy the names of them out of that place.
4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना उनीहरूको पाराले नगर्नू। 
Ye shall not do so unto the LORD your God.
5जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍न र स्‍वयम्‌ वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्‍नुहुन्‍छ, त्‍यही ठाउँ तिमीहरूले खोज्‍नू। त्‍यही ठाउँमा तिमीहरू जाने गर्नू।
But unto the place which the LORD your God shall choose out of all your tribes to put his name there, even unto his habitation shall ye seek, and thither thou shalt come:
 6त्‍यहीँ नै तिमीहरूले आफ्‍ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्‍वेच्‍छा बलि, र गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्‍याउने गर्नू।
And thither ye shall bring your burnt offerings, and your sacrifices, and your tithes, and heave offerings of your hand, and your vows, and your freewill offerings, and the firstlings of your herds and of your flocks:
 7त्‍यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्‍द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।
And there ye shall eat before the LORD your God, and ye shall rejoice in all that ye put your hand unto, ye and your households, wherein the LORD thy God hath blessed thee.
8आज हामी प्रत्‍येकले आफ्‍नो दृष्‍टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, 
Ye shall not do after all the things that we do here this day, every man whatsoever is right in his own eyes.
9किनकि जुन विश्रामस्‍थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको छ, त्‍यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। 
For ye are not as yet come to the rest and to the inheritance, which the LORD your God giveth you.
10तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर त्‍यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ। 
But when ye go over Jordan, and dwell in the land which the LORD your God giveth you to inherit, and when he giveth you rest from all your enemies round about, so that ye dwell in safety;
11तब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्‍ना परमप्रभुको निम्‍ति भाकल गरेका असल-असल थोकहरू ल्‍याउनू। 
Then there shall be a place which the LORD your God shall choose to cause his name to dwell there; thither shall ye bring all that I command you; your burnt offerings, and your sacrifices, your tithes, and the heave offering of your hand, and all your choice vows which ye vow unto the LORD:
12अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्‍नो निजी हिस्‍सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 
And ye shall rejoice before the LORD your God, ye, and your sons, and your daughters, and your menservants, and your maidservants, and the Levite that is within your gates; forasmuch as he hath no part nor inheritance with you.
13होशियार बस। तिमीहरूले आफ्‍नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू। 
Take heed to thyself that thou offer not thy burnt offerings in every place that thou seest:
14तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्‍यहीँ गर्नू।
But in the place which the LORD shall choose in one of thy tribes, there thou shalt offer thy burnt offerings, and there thou shalt do all that I command thee.
15तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्‍छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्‍यक्ति कसैले पनि सो खान सक्‍छ। 
Notwithstanding thou mayest kill and eat flesh in all thy gates, whatsoever thy soul lusteth after, according to the blessing of the LORD thy God which he hath given thee: the unclean and the clean may eat thereof, as of the roebuck, and as of the hart.
16केवल रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू। 
Only ye shall not eat the blood; ye shall pour it upon the earth as water.
 17आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू। 
Thou mayest not eat within thy gates the tithe of thy corn, or of thy wine, or of thy oil, or the firstlings of thy herds or of thy flock, nor any of thy vows which thou vowest, nor thy freewill offerings, or heave offering of thine hand:
18बरु परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको ठाउँमा उहाँको सामुन्‍ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्‍ना सबै काममा परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 
But thou must eat them before the LORD thy God in the place which the LORD thy God shall choose, thou, and thy son, and thy daughter, and thy manservant, and thy maidservant, and the Levite that is within thy gates: and thou shalt rejoice before the LORD thy God in all that thou puttest thine hands unto.
19होशियार बस, र आफ्‍नो देशमा रहुञ्‍जेल लेवीहरूको बेवास्‍ता नगर्नू।
Take heed to thyself that thou forsake not the Levite as long as thou livest upon the earth.
20जब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्‍णा हुनेछ र “म मासु खान्‍छु” भन्‍नेछौ, तब आफूले चाहेजति मासु खाओ।
When the LORD thy God shall enlarge thy border, as he hath promised thee, and thou shalt say, I will eat flesh, because thy soul longeth to eat flesh; thou mayest eat flesh, whatsoever thy soul lusteth after.
 21परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएका गाईबस्‍तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्‍नै सहरभित्र चाहेजति खाओ। 
If the place which the LORD thy God hath chosen to put his name there be too far from thee, then thou shalt kill of thy herd and of thy flock, which the LORD hath given thee, as I have commanded thee, and thou shalt eat in thy gates whatsoever thy soul lusteth after.
22हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्ति कसैले पनि ती खान सक्‍छ।
Even as the roebuck and the hart is eaten, so thou shalt eat them: the unclean and the clean shall eat of them alike.
 23केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन।  
Only be sure that thou eat not the blood: for the blood is the life; and thou mayest not eat the life with the flesh.
24तिमीहरूले त्‍यो रगत खानुहुँदैन। पानीझैँ त्‍यो भूइँमा पोखाइदिनू। 
Thou shalt not eat it; thou shalt pour it upon the earth as water.
25तिमीहरूले त्‍यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठीक छ त्‍यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।
Thou shalt not eat it; that it may go well with thee, and with thy children after thee, when thou shalt do that which is right in the sight of the LORD.
26तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जानू।
Only thy holy things which thou hast, and thy vows, thou shalt take, and go unto the place which the LORD shall choose:
 27तिमीहरूले आफ्‍ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको छेउमा खन्‍याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्‍छौ। 
And thou shalt offer thy burnt offerings, the flesh and the blood, upon the altar of the LORD thy God: and the blood of thy sacrifices shall be poured out upon the altar of the LORD thy God, and thou shalt eat the flesh.
28मैले तिमीहरूलाई दिएका विधिहरू मान्‍नलाई ध्‍यान देओ, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।
Observe and hear all these words which I command thee, that it may go well with thee, and with thy children after thee for ever, when thou doest that which is good and right in the sight of the LORD thy God.
29जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका सामुन्‍ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ, 
When the LORD thy God shall cut off the nations from before thee, whither thou goest to possess them, and thou succeedest them, and dwellest in their land;
30तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू। 
Take heed to thyself that thou be not snared by following them, after that they be destroyed from before thee; and that thou enquire not after their gods, saying, How did these nations serve their gods? even so will I do likewise.
31तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।
Thou shalt not do so unto the LORD thy God: for every abomination to the LORD, which he hateth, have they done unto their gods; for even their sons and their daughters they have burnt in the fire to their gods.
32जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। 

What thing soever I command you, observe to do it: thou shalt not add thereto, nor diminish from it.

 

DEUTERONOMY - 13:1-18

व्यवस्था 13

मूर्तिपूजाको विरुद्धमा चेताउनी
1तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ, 2र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने, 3तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो। 4तिमीहरूचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरका मार्गमा हिँड्‌नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू। 5तर त्‍यो अगमवक्ता वा स्‍वप्‍न-दर्शी मारिनुपर्छ, किनकि दासत्‍वको देश मिश्रबाट मुक्त गरेर ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्‍यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।
6तिमीहरूका आफ्‍नै दाजुभाइ, छोराछोरी, तिम्री प्‍यारी पत्‍नी वा घनिष्‍ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्‍क फकाए भने— 7चाहे तिमीहरूका वरिपरि बस्‍ने मानिसहरूका नजिकका देवता होऊन्‌ वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन्‌ वा अर्को छेउका— 8त्‍यो फुस्‍लाउनेको कुरा नसुन्‍नू, त्‍यसलाई नमान्‍नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई 9तिमीहरूले त्‍यसलाई निश्‍चय नै मारिहाल्‍नुपर्छ। त्‍यो कुरा सुन्‍ने मानिसले नै त्‍यसलाई मार्न पहिले हात उठाओस्, त्‍यसपछि सबै मानिसहरूले हात उठाऊन्‌। 10तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो। 11यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्‍तो खराबी फेरि कसैले गर्नेछैन।
12परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै सहरमा 13कतिपय दुष्‍ट मानिसहरू खड़ा भएर त्‍यहाँका बासिन्‍दाहरूलाई कहिल्‍यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्‍यौ भने, 14सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्‍यस्‍तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्‍यो भने, 15तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू। 16त्‍यहाँका सबै मालमत्तासमेत सहरको मध्‍ये भागमा बटुलेर त्‍यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति त्‍यो होमबलिझैँ हुनेछ। त्‍यो सधैँभरि ध्‍वस्‍त रहोस्, र त्‍यसको पुनर्निर्माण नगर्नू। 17निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्‍त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ, 18किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्‍टिमा उचित काम गर्छौ।
...............................................................................

Worshiping Other Gods

13 [a]If a prophet, or one who foretells by dreams, appears among you and announces to you a sign or wonder, and if the sign or wonder spoken of takes place, and the prophet says, “Let us follow other gods” (gods you have not known) “and let us worship them,” you must not listen to the words of that prophet or dreamer. The Lord your God is testing you to find out whether you love him with all your heart and with all your soul. It is the Lord your God you must follow, and him you must revere. Keep his commands and obey him; serve him and hold fast to him. That prophet or dreamer must be put to death for inciting rebellion against the Lord your God, who brought you out of Egypt and redeemed you from the land of slavery. That prophet or dreamer tried to turn you from the way the Lord your God commanded you to follow. You must purge the evil from among you.

If your very own brother, or your son or daughter, or the wife you love, or your closest friend secretly entices you, saying, “Let us go and worship other gods” (gods that neither you nor your ancestors have known, gods of the peoples around you, whether near or far, from one end of the land to the other), do not yield to them or listen to them. Show them no pity. Do not spare them or shield them. You must certainly put them to death. Your hand must be the first in putting them to death, and then the hands of all the people. 10 Stone them to death, because they tried to turn you away from the Lord your God, who brought you out of Egypt, out of the land of slavery. 11 Then all Israel will hear and be afraid, and no one among you will do such an evil thing again.

12 If you hear it said about one of the towns the Lord your God is giving you to live in 13 that troublemakers have arisen among you and have led the people of their town astray, saying, “Let us go and worship other gods” (gods you have not known), 14 then you must inquire, probe and investigate it thoroughly. And if it is true and it has been proved that this detestable thing has been done among you, 15 you must certainly put to the sword all who live in that town. You must destroy it completely,[b] both its people and its livestock. 16 You are to gather all the plunder of the town into the middle of the public square and completely burn the town and all its plunder as a whole burnt offering to the Lord your God. That town is to remain a ruin forever, never to be rebuilt, 17 and none of the condemned things[c] are to be found in your hands. Then the Lord will turn from his fierce anger, will show you mercy, and will have compassion on you. He will increase your numbers, as he promised on oath to your ancestors— 18 because you obey the Lord your God by keeping all his commands that I am giving you today and doing what is right in his eyes.

..........................................................................
ENG - NEP

व्यवस्था 13

मूर्तिपूजाको विरुद्धमा चेताउनी
1तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ, 
If there arise among you a prophet, or a dreamer of dreams, and giveth thee a sign or a wonder,
2र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने, 
And the sign or the wonder come to pass, whereof he spake unto thee, saying, Let us go after other gods, which thou hast not known, and let us serve them;
3तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो। 
Thou shalt not hearken unto the words of that prophet, or that dreamer of dreams: for the LORD your God proveth you, to know whether ye love the LORD your God with all your heart and with all your soul.
4तिमीहरूचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरका मार्गमा हिँड्‌नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू। 
Ye shall walk after the LORD your God, and fear him, and keep his commandments, and obey his voice, and ye shall serve him, and cleave unto him.
5तर त्‍यो अगमवक्ता वा स्‍वप्‍न-दर्शी मारिनुपर्छ, किनकि दासत्‍वको देश मिश्रबाट मुक्त गरेर ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्‍यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।
And that prophet, or that dreamer of dreams, shall be put to death; because he hath spoken to turn you away from the LORD your God, which brought you out of the land of Egypt, and redeemed you out of the house of bondage, to thrust thee out of the way which the LORD thy God commanded thee to walk in. So shalt thou put the evil away from the midst of thee.
6तिमीहरूका आफ्‍नै दाजुभाइ, छोराछोरी, तिम्री प्‍यारी पत्‍नी वा घनिष्‍ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्‍क फकाए भने—
If thy brother, the son of thy mother, or thy son, or thy daughter, or the wife of thy bosom, or thy friend, which is as thine own soul, entice thee secretly, saying, Let us go and serve other gods, which thou hast not known, thou, nor thy fathers;
 7चाहे तिमीहरूका वरिपरि बस्‍ने मानिसहरूका नजिकका देवता होऊन्‌ वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन्‌ वा अर्को छेउका—
Namely, of the gods of the people which are round about you, nigh unto thee, or far off from thee, from the one end of the earth even unto the other end of the earth;
 8त्‍यो फुस्‍लाउनेको कुरा नसुन्‍नू, त्‍यसलाई नमान्‍नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई
Thou shalt not consent unto him, nor hearken unto him; neither shall thine eye pity him, neither shalt thou spare, neither shalt thou conceal him:
 9तिमीहरूले त्‍यसलाई निश्‍चय नै मारिहाल्‍नुपर्छ। त्‍यो कुरा सुन्‍ने मानिसले नै त्‍यसलाई मार्न पहिले हात उठाओस्, त्‍यसपछि सबै मानिसहरूले हात उठाऊन्‌। 
But thou shalt surely kill him; thine hand shall be first upon him to put him to death, and afterwards the hand of all the people.
10तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो। 
And thou shalt stone him with stones, that he die; because he hath sought to thrust thee away from the LORD thy God, which brought thee out of the land of Egypt, from the house of bondage.
11यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्‍तो खराबी फेरि कसैले गर्नेछैन।
And all Israel shall hear, and fear, and shall do no more any such wickedness as this is among you.
12परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै सहरमा 
If thou shalt hear say in one of thy cities, which the LORD thy God hath given thee to dwell there, saying,
13कतिपय दुष्‍ट मानिसहरू खड़ा भएर त्‍यहाँका बासिन्‍दाहरूलाई कहिल्‍यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्‍यौ भने, 
Certain men, the children of Belial, are gone out from among you, and have withdrawn the inhabitants of their city, saying, Let us go and serve other gods, which ye have not known;
14सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्‍यस्‍तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्‍यो भने, 
Then shalt thou enquire, and make search, and ask diligently; and, behold, if it be truth, and the thing certain, that such abomination is wrought among you;
15तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू। 
Thou shalt surely smite the inhabitants of that city with the edge of the sword, destroying it utterly, and all that is therein, and the cattle thereof, with the edge of the sword.
16त्‍यहाँका सबै मालमत्तासमेत सहरको मध्‍ये भागमा बटुलेर त्‍यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति त्‍यो होमबलिझैँ हुनेछ। त्‍यो सधैँभरि ध्‍वस्‍त रहोस्, र त्‍यसको पुनर्निर्माण नगर्नू।
And thou shalt gather all the spoil of it into the midst of the street thereof, and shalt burn with fire the city, and all the spoil thereof every whit, for the LORD thy God: and it shall be an heap for ever; it shall not be built again.
 17निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्‍त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ, 
And there shall cleave nought of the cursed thing to thine hand: that the LORD may turn from the fierceness of his anger, and shew thee mercy, and have compassion upon thee, and multiply thee, as he hath sworn unto thy fathers;
18किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्‍टिमा उचित काम गर्छौ।

When thou shalt hearken to the voice of the LORD thy God, to keep all his commandments which I command thee this day, to do that which is right in the eyes of the LORD thy God.

 

DEUTERONOMY - 14:1-29

व्यवस्था 14

शुद्ध र अशुद्ध खानेकुरा
1तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।  2किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ। 
3तिमीहरूले कुनै घृणित थोक नखानू।  4तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्‌: गोरु, भेड़ा, बोका, 5मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा। 6पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ। 7तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌। 8सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।
9पानीमा हुनेमध्‍ये पखेटा र कत्‍ला भएका तिमीहरूले खानु हुन्‍छ। 10तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌।
11तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्‍छ। 12तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध, 13सबै थरीका रातो चील, र कालो चील, 14सबै थरीका काग, 15ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज, 16सानो लाटोकोसेरो, भुल्‍का, सेतो लाटोकोसेरो, 17मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा, 18सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
19बथान-बथानमा उड्‌ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्‌। ती नखानू। 20तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्‍छ।
21जे मरिसकेको भेट्टाउँछौ, त्‍यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्‍ने परदेशीलाई त्‍यो दिन सक्‍छौ, र त्‍यसले त्‍यो खाए हुन्‍छ, अथवा त्‍यो तिमीहरूले कुनै विदेशीलाई बेच्‍न सक्‍छौ। तर तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। 
बाख्राको पाठो माउको दूधमा नपकाउनू।
विधिपूर्वक दशांश दिने निर्देशन
22हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू।  23जुन स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुन्‍छ, त्‍यहीँ आफ्‍ना अन्‍न, दाखमद्य र तेलको दशांश र आफ्‍ना गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका बच्‍चा उहाँको सामुन्‍ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको भय सधैँ मान्‍न सिक्‍नेछौ।  24तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ, र तिमीहरूले आफ्‍नो दशांश बोकेर लैजान सक्‍दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्‍नुभएको आफ्‍नो नाउँको वासस्‍थान साह्रै टाढ़ा छ भने, 25आफ्‍नो दशांश बेची पैसा आफ्‍नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको स्‍थानमा जानू। 26आफ्‍नो इच्‍छाअनुसार गाईबस्‍तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्‍यही पैसाले किनेर आफ्‍नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाएर आनन्‍द मनाउनू। 27तिमीहरूका सहरमा बस्‍ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्‍ना केही हिस्‍सा वा अंश हुँदैन।
28प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू, 29के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।
............................................................................................

Clean and Unclean Food

14 You are the children of the Lord your God. Do not cut yourselves or shave the front of your heads for the dead, for you are a people holy to the Lord your God. Out of all the peoples on the face of the earth, the Lord has chosen you to be his treasured possession.

Do not eat any detestable thing. These are the animals you may eat: the ox, the sheep, the goat, the deer, the gazelle, the roe deer, the wild goat, the ibex, the antelope and the mountain sheep.[a] You may eat any animal that has a divided hoof and that chews the cud. However, of those that chew the cud or that have a divided hoof you may not eat the camel, the rabbit or the hyrax. Although they chew the cud, they do not have a divided hoof; they are ceremonially unclean for you. The pig is also unclean; although it has a divided hoof, it does not chew the cud. You are not to eat their meat or touch their carcasses.

Of all the creatures living in the water, you may eat any that has fins and scales. 10 But anything that does not have fins and scales you may not eat; for you it is unclean.

11 You may eat any clean bird. 12 But these you may not eat: the eagle, the vulture, the black vulture, 13 the red kite, the black kite, any kind of falcon, 14 any kind of raven, 15 the horned owl, the screech owl, the gull, any kind of hawk, 16 the little owl, the great owl, the white owl, 17 the desert owl, the osprey, the cormorant, 18 the stork, any kind of heron, the hoopoe and the bat.

19 All flying insects are unclean to you; do not eat them. 20 But any winged creature that is clean you may eat.

21 Do not eat anything you find already dead. You may give it to the foreigner residing in any of your towns, and they may eat it, or you may sell it to any other foreigner. But you are a people holy to the Lord your God.

Do not cook a young goat in its mother’s milk.

Tithes

22 Be sure to set aside a tenth of all that your fields produce each year. 23 Eat the tithe of your grain, new wine and olive oil, and the firstborn of your herds and flocks in the presence of the Lord your God at the place he will choose as a dwelling for his Name, so that you may learn to revere the Lord your God always. 24 But if that place is too distant and you have been blessed by the Lord your God and cannot carry your tithe (because the place where the Lord will choose to put his Name is so far away), 25 then exchange your tithe for silver, and take the silver with you and go to the place the Lord your God will choose. 26 Use the silver to buy whatever you like: cattle, sheep, wine or other fermented drink, or anything you wish. Then you and your household shall eat there in the presence of the Lord your God and rejoice. 27 And do not neglect the Levites living in your towns, for they have no allotment or inheritance of their own.

28 At the end of every three years, bring all the tithes of that year’s produce and store it in your towns, 29 so that the Levites (who have no allotment or inheritance of their own) and the foreigners, the fatherless and the widows who live in your towns may come and eat and be satisfied, and so that the Lord your God may bless you in all the work of your hands.

..........................................................................................
ENG - NEP

व्यवस्था 14

शुद्ध र अशुद्ध खानेकुरा
1तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू। 
Ye are the children of the LORD your God: ye shall not cut yourselves, nor make any baldness between your eyes for the dead.
 2किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ। 
For thou art an holy people unto the LORD thy God, and the LORD hath chosen thee to be a peculiar people unto himself, above all the nations that are upon the earth.
3तिमीहरूले कुनै घृणित थोक नखानू।  
Thou shalt not eat any abominable thing.
4तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्‌: गोरु, भेड़ा, बोका,
These are the beasts which ye shall eat: the ox, the sheep, and the goat,
 5मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा।
The hart, and the roebuck, and the fallow deer, and the wild goat, and the pygarg, and the wild ox, and the chamois.
 6पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ। 
And every beast that parteth the hoof, and cleaveth the cleft into two claws, and cheweth the cud among the beasts, that ye shall eat.
7तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌। 
Nevertheless these ye shall not eat of them that chew the cud, or of them that divide the cloven hoof; as the camel, and the hare, and the coney: for they chew the cud, but divide not the hoof; therefore they are unclean unto you.
8सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।
And the swine, because it divideth the hoof, yet cheweth not the cud, it is unclean unto you: ye shall not eat of their flesh, nor touch their dead carcase.
9पानीमा हुनेमध्‍ये पखेटा र कत्‍ला भएका तिमीहरूले खानु हुन्‍छ।
These ye shall eat of all that are in the waters: all that have fins and scales shall ye eat:
 10तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌।
And whatsoever hath not fins and scales ye may not eat; it is unclean unto you.
11तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्‍छ। 
Of all clean birds ye shall eat.
12तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध, 
But these are they of which ye shall not eat: the eagle, and the ossifrage, and the ospray,
13सबै थरीका रातो चील, र कालो चील, 
And the glede, and the kite, and the vulture after his kind,
14सबै थरीका काग, 
And every raven after his kind,
15ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज, 
And the owl, and the night hawk, and the cuckow, and the hawk after his kind,
16सानो लाटोकोसेरो, भुल्‍का, सेतो लाटोकोसेरो, 
The little owl, and the great owl, and the swan,
17मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा, 
And the pelican, and the gier eagle, and the cormorant,
18सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
And the stork, and the heron after her kind, and the lapwing, and the bat.
19बथान-बथानमा उड्‌ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्‌। ती नखानू। 
And every creeping thing that flieth is unclean unto you: they shall not be eaten.
20तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्‍छ।
But of all clean fowls ye may eat.
21जे मरिसकेको भेट्टाउँछौ, त्‍यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्‍ने परदेशीलाई त्‍यो दिन सक्‍छौ, र त्‍यसले त्‍यो खाए हुन्‍छ, अथवा त्‍यो तिमीहरूले कुनै विदेशीलाई बेच्‍न सक्‍छौ। तर तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। 
बाख्राको पाठो माउको दूधमा नपकाउनू।
Ye shall not eat of any thing that dieth of itself: thou shalt give it unto the stranger that is in thy gates, that he may eat it; or thou mayest sell it unto an alien: for thou art an holy people unto the LORD thy God. Thou shalt not seethe a kid in his mother's milk.
 
विधिपूर्वक दशांश दिने निर्देशन
22हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू।  
Thou shalt truly tithe all the increase of thy seed, that the field bringeth forth year by year.
23जुन स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुन्‍छ, त्‍यहीँ आफ्‍ना अन्‍न, दाखमद्य र तेलको दशांश र आफ्‍ना गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका बच्‍चा उहाँको सामुन्‍ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको भय सधैँ मान्‍न सिक्‍नेछौ। 
And thou shalt eat before the LORD thy God, in the place which he shall choose to place his name there, the tithe of thy corn, of thy wine, and of thine oil, and the firstlings of thy herds and of thy flocks; that thou mayest learn to fear the LORD thy God always.
 24तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ, र तिमीहरूले आफ्‍नो दशांश बोकेर लैजान सक्‍दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्‍नुभएको आफ्‍नो नाउँको वासस्‍थान साह्रै टाढ़ा छ भने,
And if the way be too long for thee, so that thou art not able to carry it; or if the place be too far from thee, which the LORD thy God shall choose to set his name there, when the LORD thy God hath blessed thee:
 25आफ्‍नो दशांश बेची पैसा आफ्‍नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको स्‍थानमा जानू।
Then shalt thou turn it into money, and bind up the money in thine hand, and shalt go unto the place which the LORD thy God shall choose:
 26आफ्‍नो इच्‍छाअनुसार गाईबस्‍तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्‍यही पैसाले किनेर आफ्‍नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाएर आनन्‍द मनाउनू। 
And thou shalt bestow that money for whatsoever thy soul lusteth after, for oxen, or for sheep, or for wine, or for strong drink, or for whatsoever thy soul desireth: and thou shalt eat there before the LORD thy God, and thou shalt rejoice, thou, and thine household,
27तिमीहरूका सहरमा बस्‍ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्‍ना केही हिस्‍सा वा अंश हुँदैन।
And the Levite that is within thy gates; thou shalt not forsake him; for he hath no part nor inheritance with thee.
28प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू, 
At the end of three years thou shalt bring forth all the tithe of thine increase the same year, and shalt lay it up within thy gates:
29के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

And the Levite, (because he hath no part nor inheritance with thee,) and the stranger, and the fatherless, and the widow, which are within thy gates, shall come, and shall eat and be satisfied; that the LORD thy God may bless thee in all the work of thine hand which thou doest.

 

DEUTERONOMY - 15:1-23

व्यवस्था 15

कर्जा-माफीको वर्ष
1प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ।  2त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ। 3परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। 4मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, 5किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ। 6आफ्‍नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्‌।
7यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।  8बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू। 9होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ। 10तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। 11देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। 
कमारा-कमारीलाई मुक्ति दिने विधि
12यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू।  13त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू, 14तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू। 15मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
16तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने, 17एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।
पहिले बियाएका पशुहरू
18त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।
19तिमीहरूका गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति अलग गर्नू। आफ्‍ना गाईबस्‍तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्‍ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू।  20जुन स्‍थान परमप्रभुले चुन्‍नुहुन्‍छ त्‍यहाँ तिमीहरूले आफ्‍ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने त्‍यो खानू। 21कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू। 22आफ्‍नो सहरमै त्‍यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्तिले त्‍यो खान सक्‍छ। 23केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू। 
.....................................................................................

The Year for Canceling Debts

15 At the end of every seven years you must cancel debts. This is how it is to be done: Every creditor shall cancel any loan they have made to a fellow Israelite. They shall not require payment from anyone among their own people, because the Lord’s time for canceling debts has been proclaimed. You may require payment from a foreigner, but you must cancel any debt your fellow Israelite owes you. However, there need be no poor people among you, for in the land the Lord your God is giving you to possess as your inheritance, he will richly bless you, if only you fully obey the Lord your God and are careful to follow all these commands I am giving you today. For the Lord your God will bless you as he has promised, and you will lend to many nations but will borrow from none. You will rule over many nations but none will rule over you.

If anyone is poor among your fellow Israelites in any of the towns of the land the Lord your God is giving you, do not be hardhearted or tightfisted toward them. Rather, be openhanded and freely lend them whatever they need. Be careful not to harbor this wicked thought: “The seventh year, the year for canceling debts, is near,” so that you do not show ill will toward the needy among your fellow Israelites and give them nothing. They may then appeal to the Lord against you, and you will be found guilty of sin. 10 Give generously to them and do so without a grudging heart; then because of this the Lord your God will bless you in all your work and in everything you put your hand to. 11 There will always be poor people in the land. Therefore I command you to be openhanded toward your fellow Israelites who are poor and needy in your land.

Freeing Servants

12 If any of your people—Hebrew men or women—sell themselves to you and serve you six years, in the seventh year you must let them go free. 13 And when you release them, do not send them away empty-handed. 14 Supply them liberally from your flock, your threshing floor and your winepress. Give to them as the Lord your God has blessed you. 15 Remember that you were slaves in Egypt and the Lord your God redeemed you. That is why I give you this command today.

16 But if your servant says to you, “I do not want to leave you,” because he loves you and your family and is well off with you, 17 then take an awl and push it through his earlobe into the door, and he will become your servant for life. Do the same for your female servant.

18 Do not consider it a hardship to set your servant free, because their service to you these six years has been worth twice as much as that of a hired hand. And the Lord your God will bless you in everything you do.

The Firstborn Animals

19 Set apart for the Lord your God every firstborn male of your herds and flocks. Do not put the firstborn of your cows to work, and do not shear the firstborn of your sheep. 20 Each year you and your family are to eat them in the presence of the Lord your God at the place he will choose. 21 If an animal has a defect, is lame or blind, or has any serious flaw, you must not sacrifice it to the Lord your God. 22 You are to eat it in your own towns. Both the ceremonially unclean and the clean may eat it, as if it were gazelle or deer. 23 But you must not eat the blood; pour it out on the ground like water.

..........................................................................................
ENG- NEP

व्यवस्था 15

कर्जा-माफीको वर्ष
1प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ। 
At the end of every seven years thou shalt make a release.
 2त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।
And this is the manner of the release: Every creditor that lendeth ought unto his neighbour shall release it; he shall not exact it of his neighbour, or of his brother; because it is called the LORD'S release.
 3परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ।
Of a foreigner thou mayest exact it again: but that which is thine with thy brother thine hand shall release;
 4मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन,
Save when there shall be no poor among you; for the LORD shall greatly bless thee in the land which the LORD thy God giveth thee for an inheritance to possess it:
 5किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ। 
Only if thou carefully hearken unto the voice of the LORD thy God, to observe to do all these commandments which I command thee this day.
6आफ्‍नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्‌।
For the LORD thy God blesseth thee, as he promised thee: and thou shalt lend unto many nations, but thou shalt not borrow; and thou shalt reign over many nations, but they shall not reign over thee.
7यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।
If there be among you a poor man of one of thy brethren within any of thy gates in thy land which the LORD thy God giveth thee, thou shalt not harden thine heart, nor shut thine hand from thy poor brother:
  8बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।
But thou shalt open thine hand wide unto him, and shalt surely lend him sufficient for his need, in that which he wanteth.
 9होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।
Beware that there be not a thought in thy wicked heart, saying, The seventh year, the year of release, is at hand; and thine eye be evil against thy poor brother, and thou givest him nought; and he cry unto the LORD against thee, and it be sin unto thee.
 10तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
Thou shalt surely give him, and thine heart shall not be grieved when thou givest unto him: because that for this thing the LORD thy God shall bless thee in all thy works, and in all that thou puttest thine hand unto.
 11देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। 
For the poor shall never cease out of the land: therefore I command thee, saying, Thou shalt open thine hand wide unto thy brother, to thy poor, and to thy needy, in thy land.
 
कमारा-कमारीलाई मुक्ति दिने विधि
12यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू। 
And if thy brother, an Hebrew man, or an Hebrew woman, be sold unto thee, and serve thee six years; then in the seventh year thou shalt let him go free from thee.
 13त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू, 
And when thou sendest him out free from thee, thou shalt not let him go away empty:
14तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू। 
Thou shalt furnish him liberally out of thy flock, and out of thy floor, and out of thy winepress: of that wherewith the LORD thy God hath blessed thee thou shalt give unto him.
15मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
And thou shalt remember that thou wast a bondman in the land of Egypt, and the LORD thy God redeemed thee: therefore I command thee this thing to day.
16तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने,
And it shall be, if he say unto thee, I will not go away from thee; because he loveth thee and thine house, because he is well with thee;
 17एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।
Then thou shalt take an aul, and thrust it through his ear unto the door, and he shall be thy servant for ever. And also unto thy maidservant thou shalt do likewise.
 
पहिले बियाएका पशुहरू
18त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।
It shall not seem hard unto thee, when thou sendest him away free from thee; for he hath been worth a double hired servant to thee, in serving thee six years: and the LORD thy God shall bless thee in all that thou doest.
19तिमीहरूका गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति अलग गर्नू। आफ्‍ना गाईबस्‍तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्‍ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू।
All the firstling males that come of thy herd and of thy flock thou shalt sanctify unto the LORD thy God: thou shalt do no work with the firstling of thy bullock, nor shear the firstling of thy sheep.
  20जुन स्‍थान परमप्रभुले चुन्‍नुहुन्‍छ त्‍यहाँ तिमीहरूले आफ्‍ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने त्‍यो खानू।
Thou shalt eat it before the LORD thy God year by year in the place which the LORD shall choose, thou and thy household.
 21कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू। 
And if there be any blemish therein, as if it be lame, or blind, or have any ill blemish, thou shalt not sacrifice it unto the LORD thy God.
22आफ्‍नो सहरमै त्‍यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्तिले त्‍यो खान सक्‍छ। 
Thou shalt eat it within thy gates: the unclean and the clean person shall eat it alike, as the roebuck, and as the hart.
23केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू। 

Only thou shalt not eat the blood thereof; thou shalt pour it upon the ground as water.

 

DEUTERONOMY - 16:1-22

व्यवस्था 16

निस्तार-चाड
1आबीब महिनाको सम्‍झना राखेर परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार-चाड़ मान्‍नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्‍याउनुभयो।  2जुन ठाउँ परमप्रभुले आफ्‍नो नाउँको निम्‍ति वासस्‍थान बनाउन छान्‍नुहुन्‍छ, त्‍यहीँ नै परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति भेड़ाबाख्रा र गाईबस्‍तुबाट निस्‍तार-चाड़को बलि चढ़ाउनू। 3खमिर हालेको रोटीसँग त्‍यो नखानू। सात दिनसम्‍म अखमिरी रोटी खानू। यो कष्‍टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्‍लेर आएको तिमीहरूले जीवनभरि सम्‍झना राख्‍नलाई यो खानुपरेको हो। 4सात दिनसम्‍म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्‌। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्‍म नरहोस्‌।
5परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा निस्‍तार-चाड़को बलि नचढ़ाउनू। 6तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुने ठाउँमा नै सूर्यास्‍तको समयमा तिमीहरू मिश्रबाट प्रस्‍थान गरेको बेलामा निस्‍तार-चाड़को बलि चढ़ाउनू। 7परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्‍यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्‍नो पालमा जानू। 8छ दिनसम्‍म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति एउटा सभा राख्‍नू। त्‍यस दिन केही काम नगर्नू।
साताहरूको चाड़
9पाकेको बाली काट्‌न सुरु गर्ने समयदेखि सात साता गन्‍नू।  10तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति साताहरूका चाड़ मान्‍नू। 11परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थान बनाउन छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्‍ने विधवाहरू सबैले आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 12याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।
छाप्रो-वासको चाड़
13आफ्‍नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्‍म छाप्रो-वासको चाड़ मान्‍नू।  14तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्‍ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्‍द मनाउनू। 15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा सात दिनसम्‍म उहाँको निम्‍ति चाड़ मान्‍नू, किनभने उहाँले नै तिमीहरूका उब्‍जनी र कामकाजमा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ र तिमीहरूको आनन्‍द पूरा हुनेछ।
16जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुनेछ, त्‍यहाँ वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्‍ने देखा परून्‌: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्‌। 17परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार हरेकले आफ्‍नो भेटी चढ़ाओस्‌।
न्‍यायकर्ताहरू
18परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्‍नो कुलअनुसार न्‍यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्‍पक्ष इन्‍साफ गर्नेछन्‌। 19न्‍याय भ्रष्‍ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्‍द गरिदिन्‍छ र धर्मी जनको वचन बङ्‌ग्‍याइदिन्‍छ।  20न्‍यायलाई पछ्याओ, न्‍यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।
21तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्‍बा खड़ा नगर्नू।  22तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ। 
...........................................................................................

The Passover

16 Observe the month of Aviv and celebrate the Passover of the Lord your God, because in the month of Aviv he brought you out of Egypt by night. Sacrifice as the Passover to the Lord your God an animal from your flock or herd at the place the Lord will choose as a dwelling for his Name. Do not eat it with bread made with yeast, but for seven days eat unleavened bread, the bread of affliction, because you left Egypt in haste—so that all the days of your life you may remember the time of your departure from Egypt. Let no yeast be found in your possession in all your land for seven days. Do not let any of the meat you sacrifice on the evening of the first day remain until morning.

You must not sacrifice the Passover in any town the Lord your God gives you except in the place he will choose as a dwelling for his Name. There you must sacrifice the Passover in the evening, when the sun goes down, on the anniversary[a] of your departure from Egypt. Roast it and eat it at the place the Lord your God will choose. Then in the morning return to your tents. For six days eat unleavened bread and on the seventh day hold an assembly to the Lord your God and do no work.

The Festival of Weeks

Count off seven weeks from the time you begin to put the sickle to the standing grain. 10 Then celebrate the Festival of Weeks to the Lord your God by giving a freewill offering in proportion to the blessings the Lord your God has given you. 11 And rejoice before the Lord your God at the place he will choose as a dwelling for his Name—you, your sons and daughters, your male and female servants, the Levites in your towns, and the foreigners, the fatherless and the widows living among you. 12 Remember that you were slaves in Egypt, and follow carefully these decrees.

The Festival of Tabernacles

13 Celebrate the Festival of Tabernacles for seven days after you have gathered the produce of your threshing floor and your winepress. 14 Be joyful at your festival—you, your sons and daughters, your male and female servants, and the Levites, the foreigners, the fatherless and the widows who live in your towns. 15 For seven days celebrate the festival to the Lord your God at the place the Lord will choose. For the Lord your God will bless you in all your harvest and in all the work of your hands, and your joy will be complete.

16 Three times a year all your men must appear before the Lord your God at the place he will choose: at the Festival of Unleavened Bread, the Festival of Weeks and the Festival of Tabernacles. No one should appear before the Lord empty-handed: 17 Each of you must bring a gift in proportion to the way the Lord your God has blessed you.

Judges

18 Appoint judges and officials for each of your tribes in every town the Lord your God is giving you, and they shall judge the people fairly. 19 Do not pervert justice or show partiality. Do not accept a bribe, for a bribe blinds the eyes of the wise and twists the words of the innocent. 20 Follow justice and justice alone, so that you may live and possess the land the Lord your God is giving you.

Worshiping Other Gods

21 Do not set up any wooden Asherah pole beside the altar you build to the Lord your God, 22 and do not erect a sacred stone, for these the Lord your God hates.

...........................................................................................
ENG-NEP

व्यवस्था 16

निस्तार-चाड
1आबीब महिनाको सम्‍झना राखेर परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार-चाड़ मान्‍नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्‍याउनुभयो।  
Observe the month of Abib, and keep the passover unto the LORD thy God: for in the month of Abib the LORD thy God brought thee forth out of Egypt by night.
2जुन ठाउँ परमप्रभुले आफ्‍नो नाउँको निम्‍ति वासस्‍थान बनाउन छान्‍नुहुन्‍छ, त्‍यहीँ नै परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति भेड़ाबाख्रा र गाईबस्‍तुबाट निस्‍तार-चाड़को बलि चढ़ाउनू।
Thou shalt therefore sacrifice the passover unto the LORD thy God, of the flock and the herd, in the place which the LORD shall choose to place his name there.
 3खमिर हालेको रोटीसँग त्‍यो नखानू। सात दिनसम्‍म अखमिरी रोटी खानू। यो कष्‍टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्‍लेर आएको तिमीहरूले जीवनभरि सम्‍झना राख्‍नलाई यो खानुपरेको हो।
Thou shalt eat no leavened bread with it; seven days shalt thou eat unleavened bread therewith, even the bread of affliction; for thou camest forth out of the land of Egypt in haste: that thou mayest remember the day when thou camest forth out of the land of Egypt all the days of thy life.
 4सात दिनसम्‍म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्‌। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्‍म नरहोस्‌।
And there shall be no leavened bread seen with thee in all thy coast seven days; neither shall there any thing of the flesh, which thou sacrificedst the first day at even, remain all night until the morning.
5परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा निस्‍तार-चाड़को बलि नचढ़ाउनू।
Thou mayest not sacrifice the passover within any of thy gates, which the LORD thy God giveth thee:
 6तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुने ठाउँमा नै सूर्यास्‍तको समयमा तिमीहरू मिश्रबाट प्रस्‍थान गरेको बेलामा निस्‍तार-चाड़को बलि चढ़ाउनू। 
But at the place which the LORD thy God shall choose to place his name in, there thou shalt sacrifice the passover at even, at the going down of the sun, at the season that thou camest forth out of Egypt.
7परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्‍यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्‍नो पालमा जानू।
And thou shalt roast and eat it in the place which the LORD thy God shall choose: and thou shalt turn in the morning, and go unto thy tents.
 8छ दिनसम्‍म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति एउटा सभा राख्‍नू। त्‍यस दिन केही काम नगर्नू।
Six days thou shalt eat unleavened bread: and on the seventh day shall be a solemn assembly to the LORD thy God: thou shalt do no work therein.
 
साताहरूको चाड़
9पाकेको बाली काट्‌न सुरु गर्ने समयदेखि सात साता गन्‍नू।  
Seven weeks shalt thou number unto thee: begin to number the seven weeks from such time as thou beginnest to put the sickle to the corn.
10तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति साताहरूका चाड़ मान्‍नू। 
And thou shalt keep the feast of weeks unto the LORD thy God with a tribute of a freewill offering of thine hand, which thou shalt give unto the LORD thy God, according as the LORD thy God hath blessed thee:
11परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थान बनाउन छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्‍ने विधवाहरू सबैले आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू। 
And thou shalt rejoice before the LORD thy God, thou, and thy son, and thy daughter, and thy manservant, and thy maidservant, and the Levite that is within thy gates, and the stranger, and the fatherless, and the widow, that are among you, in the place which the LORD thy God hath chosen to place his name there.
12याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।
And thou shalt remember that thou wast a bondman in Egypt: and thou shalt observe and do these statutes.
 
छाप्रो-वासको चाड़
13आफ्‍नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्‍म छाप्रो-वासको चाड़ मान्‍नू।
Thou shalt observe the feast of tabernacles seven days, after that thou hast gathered in thy corn and thy wine:
  14तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्‍ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्‍द मनाउनू। 
And thou shalt rejoice in thy feast, thou, and thy son, and thy daughter, and thy manservant, and thy maidservant, and the Levite, the stranger, and the fatherless, and the widow, that are within thy gates.
15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा सात दिनसम्‍म उहाँको निम्‍ति चाड़ मान्‍नू, किनभने उहाँले नै तिमीहरूका उब्‍जनी र कामकाजमा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ र तिमीहरूको आनन्‍द पूरा हुनेछ।
Seven days shalt thou keep a solemn feast unto the LORD thy God in the place which the LORD shall choose: because the LORD thy God shall bless thee in all thine increase, and in all the works of thine hands, therefore thou shalt surely rejoice.
16जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुनेछ, त्‍यहाँ वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्‍ने देखा परून्‌: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्‌। 
Three times in a year shall all thy males appear before the LORD thy God in the place which he shall choose; in the feast of unleavened bread, and in the feast of weeks, and in the feast of tabernacles: and they shall not appear before the LORD empty:
17परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार हरेकले आफ्‍नो भेटी चढ़ाओस्‌।
न्‍यायकर्ताहरू
Every man shall give as he is able, according to the blessing of the LORD thy God which he hath given thee.
18परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्‍नो कुलअनुसार न्‍यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्‍पक्ष इन्‍साफ गर्नेछन्‌। 
Judges and officers shalt thou make thee in all thy gates, which the LORD thy God giveth thee, throughout thy tribes: and they shall judge the people with just judgment.
19न्‍याय भ्रष्‍ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्‍द गरिदिन्‍छ र धर्मी जनको वचन बङ्‌ग्‍याइदिन्‍छ। 
Thou shalt not wrest judgment; thou shalt not respect persons, neither take a gift: for a gift doth blind the eyes of the wise, and pervert the words of the righteous.
 20न्‍यायलाई पछ्याओ, न्‍यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।
That which is altogether just shalt thou follow, that thou mayest live, and inherit the land which the LORD thy God giveth thee.
21तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्‍बा खड़ा नगर्नू।
Thou shalt not plant thee a grove of any trees near unto the altar of the LORD thy God, which thou shalt make thee.
  22तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ। 
Neither shalt thou set thee up any image; which the LORD thy God hateth.

 

DEUTERONOMY - 17:1-20

व्यवस्था 17

अरू देवताहरूको पूजा नगर्नू
1तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्‍ति त्‍यो घृणित हो।
2परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्‍ने कोही स्‍त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरको करार भङ्ग गरी 3उहाँको नजरमा दुष्‍ट काम गरेको तिमीहरूले चाल पायौ भने,  4तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने, 5यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू। 6मारिने व्‍यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू।  7त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ। 
मुद्दा-मामिलाहरू
8कुनै हत्‍याकाण्‍ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्‍यो भने, परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जानू। 9पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू। 10परमप्रभुले छान्‍नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्‍यान दिनू। 11तिनीहरूले सिकाएको व्‍यवस्‍था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्‍नू। 12शेखी गरेर त्‍यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवामा उपस्‍थित रहने पूजाहारी वा न्‍यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ। 13सबै मानिसहरूले यो सुन्‍नेछन्‌ र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्‌।
राजाको चुनाउ र कर्तव्‍य
14परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने,  15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्‍यक्तिलाई नै तिमीहरूले निश्‍चय गरेर आफ्‍ना राजा मान्‍नू। तिनी तिमीहरूका दाजुभाइमध्‍येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन। 16ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ।  17तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌। 
18जब तिनी आफ्‍नो राजसिंहासनमा बस्‍छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्‍यवस्‍थाको एक प्रति नकल एउटा पुस्‍तकमा तिनले उतारून्‌। 19त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌। 20तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌। 
...................................................................................

17 Do not sacrifice to the Lord your God an ox or a sheep that has any defect or flaw in it, for that would be detestable to him.

If a man or woman living among you in one of the towns the Lord gives you is found doing evil in the eyes of the Lord your God in violation of his covenant, and contrary to my command has worshiped other gods, bowing down to them or to the sun or the moon or the stars in the sky, and this has been brought to your attention, then you must investigate it thoroughly. If it is true and it has been proved that this detestable thing has been done in Israel, take the man or woman who has done this evil deed to your city gate and stone that person to death. On the testimony of two or three witnesses a person is to be put to death, but no one is to be put to death on the testimony of only one witness. The hands of the witnesses must be the first in putting that person to death, and then the hands of all the people. You must purge the evil from among you.

Law Courts

If cases come before your courts that are too difficult for you to judge—whether bloodshed, lawsuits or assaults—take them to the place the Lord your God will choose. Go to the Levitical priests and to the judge who is in office at that time. Inquire of them and they will give you the verdict. 10 You must act according to the decisions they give you at the place the Lord will choose. Be careful to do everything they instruct you to do. 11 Act according to whatever they teach you and the decisions they give you. Do not turn aside from what they tell you, to the right or to the left. 12 Anyone who shows contempt for the judge or for the priest who stands ministering there to the Lord your God is to be put to death. You must purge the evil from Israel. 13 All the people will hear and be afraid, and will not be contemptuous again.

The King

14 When you enter the land the Lord your God is giving you and have taken possession of it and settled in it, and you say, “Let us set a king over us like all the nations around us,” 15 be sure to appoint over you a king the Lord your God chooses. He must be from among your fellow Israelites. Do not place a foreigner over you, one who is not an Israelite. 16 The king, moreover, must not acquire great numbers of horses for himself or make the people return to Egypt to get more of them, for the Lord has told you, “You are not to go back that way again.” 17 He must not take many wives, or his heart will be led astray. He must not accumulate large amounts of silver and gold.

18 When he takes the throne of his kingdom, he is to write for himself on a scroll a copy of this law, taken from that of the Levitical priests. 19 It is to be with him, and he is to read it all the days of his life so that he may learn to revere the Lord his God and follow carefully all the words of this law and these decrees 20 and not consider himself better than his fellow Israelites and turn from the law to the right or to the left. Then he and his descendants will reign a long time over his kingdom in Israel.

..................................................................................
ENG-NEP

व्यवस्था 17

अरू देवताहरूको पूजा नगर्नू
1तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्‍ति त्‍यो घृणित हो।
Thou shalt not sacrifice unto the LORD thy God any bullock, or sheep, wherein is blemish, or any evilfavouredness: for that is an abomination unto the LORD thy God.
2परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्‍ने कोही स्‍त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरको करार भङ्ग गरी If there be found among you, within any of thy gates which the LORD thy God giveth thee, man or woman, that hath wrought wickedness in the sight of the LORD thy God, in transgressing his covenant,
3उहाँको नजरमा दुष्‍ट काम गरेको तिमीहरूले चाल पायौ भने,  
And hath gone and served other gods, and worshipped them, either the sun, or moon, or any of the host of heaven, which I have not commanded;
4तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने,
And it be told thee, and thou hast heard of it, and enquired diligently, and, behold, it be true, and the thing certain, that such abomination is wrought in Israel:
 5यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू। 
Then shalt thou bring forth that man or that woman, which have committed that wicked thing, unto thy gates, even that man or that woman, and shalt stone them with stones, till they die.
6मारिने व्‍यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू।  
At the mouth of two witnesses, or three witnesses, shall he that is worthy of death be put to death; but at the mouth of one witness he shall not be put to death.
7त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ। 
The hands of the witnesses shall be first upon him to put him to death, and afterward the hands of all the people. So thou shalt put the evil away from among you.
 
मुद्दा-मामिलाहरू
8कुनै हत्‍याकाण्‍ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्‍यो भने, परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जानू।
If there arise a matter too hard for thee in judgment, between blood and blood, between plea and plea, and between stroke and stroke, being matters of controversy within thy gates: then shalt thou arise, and get thee up into the place which the LORD thy God shall choose;
 9पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू।
And thou shalt come unto the priests the Levites, and unto the judge that shall be in those days, and enquire; and they shall shew thee the sentence of judgment:
 10परमप्रभुले छान्‍नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्‍यान दिनू।
And thou shalt do according to the sentence, which they of that place which the LORD shall choose shall shew thee; and thou shalt observe to do according to all that they inform thee:
 11तिनीहरूले सिकाएको व्‍यवस्‍था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्‍नू। 
According to the sentence of the law which they shall teach thee, and according to the judgment which they shall tell thee, thou shalt do: thou shalt not decline from the sentence which they shall shew thee, to the right hand, nor to the left.
12शेखी गरेर त्‍यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवामा उपस्‍थित रहने पूजाहारी वा न्‍यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ। 
And the man that will do presumptuously, and will not hearken unto the priest that standeth to minister there before the LORD thy God, or unto the judge, even that man shall die: and thou shalt put away the evil from Israel.
13सबै मानिसहरूले यो सुन्‍नेछन्‌ र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्‌।
And all the people shall hear, and fear, and do no more presumptuously.
 
राजाको चुनाउ र कर्तव्‍य
14परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने,
When thou art come unto the land which the LORD thy God giveth thee, and shalt possess it, and shalt dwell therein, and shalt say, I will set a king over me, like as all the nations that are about me;
  15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्‍यक्तिलाई नै तिमीहरूले निश्‍चय गरेर आफ्‍ना राजा मान्‍नू। तिनी तिमीहरूका दाजुभाइमध्‍येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन। 
Thou shalt in any wise set him king over thee, whom the LORD thy God shall choose: one from among thy brethren shalt thou set king over thee: thou mayest not set a stranger over thee, which is not thy brother.
16ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ।
But he shall not multiply horses to himself, nor cause the people to return to Egypt, to the end that he should multiply horses: forasmuch as the LORD hath said unto you, Ye shall henceforth return no more that way.
  17तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌। 
Neither shall he multiply wives to himself, that his heart turn not away: neither shall he greatly multiply to himself silver and gold.
18जब तिनी आफ्‍नो राजसिंहासनमा बस्‍छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्‍यवस्‍थाको एक प्रति नकल एउटा पुस्‍तकमा तिनले उतारून्‌। 
And it shall be, when he sitteth upon the throne of his kingdom, that he shall write him a copy of this law in a book out of that which is before the priests the Levites:
19त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌। 
And it shall be with him, and he shall read therein all the days of his life: that he may learn to fear the LORD his God, to keep all the words of this law and these statutes, to do them:
20तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌। 
That his heart be not lifted up above his brethren, and that he turn not aside from the commandment, to the right hand, or to the left: to the end that he may prolong his days in his kingdom, he, and his children, in the midst of Israel.

 

DEUTERONOMY - 18:1-22

व्यवस्था 18

पूजाहारी र लेवीहरूले पाउनुपर्ने भाग
1पूजाहारीहरू, जो लेवी हुन्‌— वास्‍तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्‍यही हो। 2तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्‍छ। 
3गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्‍द्रा-भुँड़ी। 4अन्‍न, नयाँ दाखमद्य र तेलको प्रथम उब्‍जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ। 5किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै कुलहरूमध्‍येबाट लेवी कुललाई नै छान्‍नुभएको छ।
6इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्‍लेर परमप्रभुले छान्‍नुहुने ठाउँमा उत्‍सुकतापूर्वक आए भने, 7त्‍यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँमा सेवा गरून्‌। 8आफ्‍नो परिवारका सम्‍पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्‌।
घृणित कार्यहरू
9परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। 10आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,  11टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।  12यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। 13परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने तिमीहरू निर्दोष हुनुपर्छ। 
मोशाजस्‍तै एक जना अगमवक्ता
14तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। 15परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका आफ्‍नै दाजुभाइमध्‍येबाट मजस्‍तै एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।  16किनकि “अब उप्रान्‍त परमप्रभु हाम्रा परमेश्‍वरको सोर सुन्‍नु नपरोस्‌ र यो डरलाग्‍दो अग्‍नि कहिल्‍यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरसँग तिमीहरूले यही बिन्‍ती गरेका थियौ।
17परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले ठीकै भनेका छन्‌। 18तिनीहरूका निम्‍ति तिनीहरूका दाजुभाइमध्‍येबाट तँजस्‍तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्‍नेछन्‌। 19ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु।  20तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”
21तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?” 22कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।
......................................................................

Offerings for Priests and Levites

18 The Levitical priests—indeed, the whole tribe of Levi—are to have no allotment or inheritance with Israel. They shall live on the food offerings presented to the Lord, for that is their inheritance. They shall have no inheritance among their fellow Israelites; the Lord is their inheritance, as he promised them.

This is the share due the priests from the people who sacrifice a bull or a sheep: the shoulder, the internal organs and the meat from the head. You are to give them the firstfruits of your grain, new wine and olive oil, and the first wool from the shearing of your sheep, for the Lord your God has chosen them and their descendants out of all your tribes to stand and minister in the Lord’s name always.

If a Levite moves from one of your towns anywhere in Israel where he is living, and comes in all earnestness to the place the Lord will choose, he may minister in the name of the Lord his God like all his fellow Levites who serve there in the presence of the Lord. He is to share equally in their benefits, even though he has received money from the sale of family possessions.

Occult Practices

When you enter the land the Lord your God is giving you, do not learn to imitate the detestable ways of the nations there. 10 Let no one be found among you who sacrifices their son or daughter in the fire, who practices divination or sorcery, interprets omens, engages in witchcraft, 11 or casts spells, or who is a medium or spiritist or who consults the dead. 12 Anyone who does these things is detestable to the Lord; because of these same detestable practices the Lord your God will drive out those nations before you. 13 You must be blameless before the Lord your God.

The Prophet

14 The nations you will dispossess listen to those who practice sorcery or divination. But as for you, the Lord your God has not permitted you to do so. 15 The Lord your God will raise up for you a prophet like me from among you, from your fellow Israelites. You must listen to him. 16 For this is what you asked of the Lord your God at Horeb on the day of the assembly when you said, “Let us not hear the voice of the Lord our God nor see this great fire anymore, or we will die.”

17 The Lord said to me: “What they say is good. 18 I will raise up for them a prophet like you from among their fellow Israelites, and I will put my words in his mouth. He will tell them everything I command him. 19 I myself will call to account anyone who does not listen to my words that the prophet speaks in my name. 20 But a prophet who presumes to speak in my name anything I have not commanded, or a prophet who speaks in the name of other gods, is to be put to death.”

21 You may say to yourselves, “How can we know when a message has not been spoken by the Lord?” 22 If what a prophet proclaims in the name of the Lord does not take place or come true, that is a message the Lord has not spoken. That prophet has spoken presumptuously, so do not be alarmed.

.....................................................................
ENG-NEP

व्यवस्था 18

पूजाहारी र लेवीहरूले पाउनुपर्ने भाग
1पूजाहारीहरू, जो लेवी हुन्‌— वास्‍तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्‍यही हो।
The priests the Levites, and all the tribe of Levi, shall have no part nor inheritance with Israel: they shall eat the offerings of the LORD made by fire, and his inheritance.
 2तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्‍छ। 
Therefore shall they have no inheritance among their brethren: the LORD is their inheritance, as he hath said unto them.
3गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्‍द्रा-भुँड़ी। 
And this shall be the priest's due from the people, from them that offer a sacrifice, whether it be ox or sheep; and they shall give unto the priest the shoulder, and the two cheeks, and the maw.
4अन्‍न, नयाँ दाखमद्य र तेलको प्रथम उब्‍जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ। 
The firstfruit also of thy corn, of thy wine, and of thine oil, and the first of the fleece of thy sheep, shalt thou give him.
5किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै कुलहरूमध्‍येबाट लेवी कुललाई नै छान्‍नुभएको छ।
For the LORD thy God hath chosen him out of all thy tribes, to stand to minister in the name of the LORD, him and his sons for ever.
6इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्‍लेर परमप्रभुले छान्‍नुहुने ठाउँमा उत्‍सुकतापूर्वक आए भने, 
And if a Levite come from any of thy gates out of all Israel, where he sojourned, and come with all the desire of his mind unto the place which the LORD shall choose;
7त्‍यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँमा सेवा गरून्‌।
Then he shall minister in the name of the LORD his God, as all his brethren the Levites do, which stand there before the LORD.
 8आफ्‍नो परिवारका सम्‍पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्‌।
They shall have like portions to eat, beside that which cometh of the sale of his patrimony.
 
घृणित कार्यहरू
9परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
When thou art come into the land which the LORD thy God giveth thee, thou shalt not learn to do after the abominations of those nations.
 10आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, 
There shall not be found among you any one that maketh his son or his daughter to pass through the fire, or that useth divination, or an observer of times, or an enchanter, or a witch,
 11टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। 
Or a charmer, or a consulter with familiar spirits, or a wizard, or a necromancer.
 12यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। 
For all that do these things are an abomination unto the LORD: and because of these abominations the LORD thy God doth drive them out from before thee.
13परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने तिमीहरू निर्दोष हुनुपर्छ। 
Thou shalt be perfect with the LORD thy God.
 
मोशाजस्‍तै एक जना अगमवक्ता
14तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।
For these nations, which thou shalt possess, hearkened unto observers of times, and unto diviners: but as for thee, the LORD thy God hath not suffered thee so to do.
 15परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका आफ्‍नै दाजुभाइमध्‍येबाट मजस्‍तै एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू। 
The LORD thy God will raise up unto thee a Prophet from the midst of thee, of thy brethren, like unto me; unto him ye shall hearken;
 16किनकि “अब उप्रान्‍त परमप्रभु हाम्रा परमेश्‍वरको सोर सुन्‍नु नपरोस्‌ र यो डरलाग्‍दो अग्‍नि कहिल्‍यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरसँग तिमीहरूले यही बिन्‍ती गरेका थियौ।
According to all that thou desiredst of the LORD thy God in Horeb in the day of the assembly, saying, Let me not hear again the voice of the LORD my God, neither let me see this great fire any more, that I die not.
17परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले ठीकै भनेका छन्‌। 
And the LORD said unto me, They have well spoken that which they have spoken.
18तिनीहरूका निम्‍ति तिनीहरूका दाजुभाइमध्‍येबाट तँजस्‍तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्‍नेछन्‌। 
I will raise them up a Prophet from among their brethren, like unto thee, and will put my words in his mouth; and he shall speak unto them all that I shall command him.
19ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु। 
And it shall come to pass, that whosoever will not hearken unto my words which he shall speak in my name, I will require it of him.
 20तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”
But the prophet, which shall presume to speak a word in my name, which I have not commanded him to speak, or that shall speak in the name of other gods, even that prophet shall die.
21तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?”
And if thou say in thine heart, How shall we know the word which the LORD hath not spoken?
 22कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।

When a prophet speaketh in the name of the LORD, if the thing follow not, nor come to pass, that is the thing which the LORD hath not spoken, but the prophet hath spoken it presumptuously: thou shalt not be afraid of him.

 

DEUTERONOMY - 19:1-21

व्यवस्था 19

शरण-नगरहरू
1परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,  2तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू। 3परमप्रभु परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्‍यानमारा त्‍यहाँ भागेर जान सकोस्‌।
4कसैलाई मारेर आफ्‍नो ज्‍यान बचाउनलाई त्‍यहाँ भाग्‍ने मानिसको विषयमा नियम यो हो— जसले आफ्‍नो छिमेकीलाई दुश्‍मनी नभई नचाहेरै मार्दछ। 5जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ। 6नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो। 7यसैकारण आफ्‍ना निम्‍ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।
8परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले 9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ। 10यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्‍नेछ, र त्‍यसको दोष तिमीहरूलाई नै लाग्‍नेछ।
11तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने, 12त्‍यसकै नगरका धर्म-गुरुहरूले मान्‍छे पठाई त्‍यसलाई त्‍यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्‍पिदेऊन्। 13त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।
14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू। 
साक्षीको नियम
15कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्‍ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्‍छ। 
16कसैमाथि दोषारोपण गर्न कोही दुष्‍ट मानिस खड़ा भयो भने, 17वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ। 18तब न्‍यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्‍नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने, 19त्‍यसले आफ्‍नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्‍यसलाई त्‍यसै गर्नू। तिमीहरूले आफ्‍नो मध्‍येबाट खराबीलाई हटाउनुपर्छ। 20यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन। 21तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ। 
.................................................................................

Cities of Refuge

19 When the Lord your God has destroyed the nations whose land he is giving you, and when you have driven them out and settled in their towns and houses, then set aside for yourselves three cities in the land the Lord your God is giving you to possess. Determine the distances involved and divide into three parts the land the Lord your God is giving you as an inheritance, so that a person who kills someone may flee for refuge to one of these cities.

This is the rule concerning anyone who kills a person and flees there for safety—anyone who kills a neighbor unintentionally, without malice aforethought. For instance, a man may go into the forest with his neighbor to cut wood, and as he swings his ax to fell a tree, the head may fly off and hit his neighbor and kill him. That man may flee to one of these cities and save his life. Otherwise, the avenger of blood might pursue him in a rage, overtake him if the distance is too great, and kill him even though he is not deserving of death, since he did it to his neighbor without malice aforethought. This is why I command you to set aside for yourselves three cities.

If the Lord your God enlarges your territory, as he promised on oath to your ancestors, and gives you the whole land he promised them, because you carefully follow all these laws I command you today—to love the Lord your God and to walk always in obedience to him—then you are to set aside three more cities. 10 Do this so that innocent blood will not be shed in your land, which the Lord your God is giving you as your inheritance, and so that you will not be guilty of bloodshed.

11 But if out of hate someone lies in wait, assaults and kills a neighbor, and then flees to one of these cities, 12 the killer shall be sent for by the town elders, be brought back from the city, and be handed over to the avenger of blood to die. 13 Show no pity. You must purge from Israel the guilt of shedding innocent blood, so that it may go well with you.

14 Do not move your neighbor’s boundary stone set up by your predecessors in the inheritance you receive in the land the Lord your God is giving you to possess.

Witnesses

15 One witness is not enough to convict anyone accused of any crime or offense they may have committed. A matter must be established by the testimony of two or three witnesses.

16 If a malicious witness takes the stand to accuse someone of a crime, 17 the two people involved in the dispute must stand in the presence of the Lord before the priests and the judges who are in office at the time. 18 The judges must make a thorough investigation, and if the witness proves to be a liar, giving false testimony against a fellow Israelite, 19 then do to the false witness as that witness intended to do to the other party. You must purge the evil from among you. 20 The rest of the people will hear of this and be afraid, and never again will such an evil thing be done among you. 21 Show no pity: life for life, eye for eye, tooth for tooth, hand for hand, foot for foot.

..................................................................................
ENG-NEP

व्यवस्था 19

शरण-नगरहरू
1परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,  
When the LORD thy God hath cut off the nations, whose land the LORD thy God giveth thee, and thou succeedest them, and dwellest in their cities, and in their houses;
2तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।
Thou shalt separate three cities for thee in the midst of thy land, which the LORD thy God giveth thee to possess it.
 3परमप्रभु परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्‍यानमारा त्‍यहाँ भागेर जान सकोस्‌।
Thou shalt prepare thee a way, and divide the coasts of thy land, which the LORD thy God giveth thee to inherit, into three parts, that every slayer may flee thither.
4कसैलाई मारेर आफ्‍नो ज्‍यान बचाउनलाई त्‍यहाँ भाग्‍ने मानिसको विषयमा नियम यो हो— जसले आफ्‍नो छिमेकीलाई दुश्‍मनी नभई नचाहेरै मार्दछ। 
And this is the case of the slayer, which shall flee thither, that he may live: Whoso killeth his neighbour ignorantly, whom he hated not in time past;
5जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ। 
As when a man goeth into the wood with his neighbour to hew wood, and his hand fetcheth a stroke with the axe to cut down the tree, and the head slippeth from the helve, and lighteth upon his neighbour, that he die; he shall flee unto one of those cities, and live:
6नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो।
Lest the avenger of the blood pursue the slayer, while his heart is hot, and overtake him, because the way is long, and slay him; whereas he was not worthy of death, inasmuch as he hated him not in time past.
 7यसैकारण आफ्‍ना निम्‍ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।
Wherefore I command thee, saying, Thou shalt separate three cities for thee.
8परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले 
And if the LORD thy God enlarge thy coast, as he hath sworn unto thy fathers, and give thee all the land which he promised to give unto thy fathers;
9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ। 
If thou shalt keep all these commandments to do them, which I command thee this day, to love the LORD thy God, and to walk ever in his ways; then shalt thou add three cities more for thee, beside these three:
10यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्‍नेछ, र त्‍यसको दोष तिमीहरूलाई नै लाग्‍नेछ।
That innocent blood be not shed in thy land, which the LORD thy God giveth thee for an inheritance, and so blood be upon thee.
11तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने, 
But if any man hate his neighbour, and lie in wait for him, and rise up against him, and smite him mortally that he die, and fleeth into one of these cities:
12त्‍यसकै नगरका धर्म-गुरुहरूले मान्‍छे पठाई त्‍यसलाई त्‍यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्‍पिदेऊन्। 
Then the elders of his city shall send and fetch him thence, and deliver him into the hand of the avenger of blood, that he may die.
13त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।
Thine eye shall not pity him, but thou shalt put away the guilt of innocent blood from Israel, that it may go well with thee.
14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू। 
Thou shalt not remove thy neighbour's landmark, which they of old time have set in thine inheritance, which thou shalt inherit in the land that the LORD thy God giveth thee to possess it.
 
साक्षीको नियम
15कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्‍ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्‍छ।
One witness shall not rise up against a man for any iniquity, or for any sin, in any sin that he sinneth: at the mouth of two witnesses, or at the mouth of three witnesses, shall the matter be established.
16कसैमाथि दोषारोपण गर्न कोही दुष्‍ट मानिस खड़ा भयो भने, 
If a false witness rise up against any man to testify against him that which is wrong;
17वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ।
Then both the men, between whom the controversy is, shall stand before the LORD, before the priests and the judges, which shall be in those days;
 18तब न्‍यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्‍नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने,
And the judges shall make diligent inquisition: and, behold, if the witness be a false witness, and hath testified falsely against his brother;
 19त्‍यसले आफ्‍नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्‍यसलाई त्‍यसै गर्नू। तिमीहरूले आफ्‍नो मध्‍येबाट खराबीलाई हटाउनुपर्छ।
Then shall ye do unto him, as he had thought to have done unto his brother: so shalt thou put the evil away from among you.
 20यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन। 
And those which remain shall hear, and fear, and shall henceforth commit no more any such evil among you.
21तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ। 

And thine eye shall not pity; but life shall go for life, eye for eye, tooth for tooth, hand for hand, foot for foot.

 

DEUTERONOMY - 20:1-20

व्यवस्था 20

युद्ध सम्बन्धी नियमहरू
1तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्‍दा असंख्‍य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ। 2युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्‍नुपर्छ, 3“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्‍ने भयभीत नहोओ। 4किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”
5तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो आफ्‍नो घरमा फर्केर जाओस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यसको घर अर्पण गर्नेछ। 6दाखबारी लगाएर त्‍यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो घर फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यो उपभोग गर्नेछ। 7कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्‍यो आफ्‍नो घरमा फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने अर्को मान्‍छेले त्‍यसलाई लैजाला।” 8अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्‍यो आफ्‍नो घर फर्कोस्‌। किनभने त्‍यसको कारणले त्‍यसका दाजुभाइहरूले हरेस खानेछन्‌।” 9अधिकृतहरूले मानिसहरूलाई सम्‍बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्‌।
10लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्‍यसका मानिसहरूका अगि शान्‍तिको प्रस्‍तावना राख्‍नू। 11यदि उनीहरूले शान्‍ति प्रस्‍तावना स्‍वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्‍यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्‍ति काम गर्नुपर्छ। 12तर उनीहरूले तिमीहरूसित शान्‍तिसम्‍बन्‍ध नराखेर लड़ाइँ गर्ने नै इच्‍छा गर्छन्‌ भने, त्‍यस सहरलाई घेर। 13परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो सहर तिमीहरूलाई सुम्‍पिदिनुभएपछि त्‍यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार। 14तर स्‍त्री, केटाकेटी, गाईबस्‍तु र त्‍यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्‍वरूप लिन सक्‍छौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्‍छौ। 15तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्‍यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।
16तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उत्तराधिकार स्‍वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्‌नू। 17तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू। 18नत्रता उनीहरूले आफ्‍ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।
19जब तिमीहरू कुनै सहर लिन त्‍यसको विरुद्धमा लड़ाइँ गरेर त्‍यस सहरलाई धेरै दिनसम्‍म घेरिराख्‍छौ, तब तिमीहरूले त्‍यसका रूखहरू नकाट्‌नू, किनकि तिमीहरूले तिनका फल खान सक्‍नेछौ। यसकारण ती काटेर नढाल्‍नू। के जङ्गलका रूखहरू मानिसहरू हुन्‌ र तिमीहरू ती घेरेर नष्‍ट गर्छौ? 20तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।

.............................................................................................

Going to War

20 When you go to war against your enemies and see horses and chariots and an army greater than yours, do not be afraid of them, because the Lord your God, who brought you up out of Egypt, will be with you. When you are about to go into battle, the priest shall come forward and address the army. He shall say: “Hear, Israel: Today you are going into battle against your enemies. Do not be fainthearted or afraid; do not panic or be terrified by them. For the Lord your God is the one who goes with you to fight for you against your enemies to give you victory.”

The officers shall say to the army: “Has anyone built a new house and not yet begun to live in it? Let him go home, or he may die in battle and someone else may begin to live in it. Has anyone planted a vineyard and not begun to enjoy it? Let him go home, or he may die in battle and someone else enjoy it. Has anyone become pledged to a woman and not married her? Let him go home, or he may die in battle and someone else marry her.” Then the officers shall add, “Is anyone afraid or fainthearted? Let him go home so that his fellow soldiers will not become disheartened too.” When the officers have finished speaking to the army, they shall appoint commanders over it.

10 When you march up to attack a city, make its people an offer of peace. 11 If they accept and open their gates, all the people in it shall be subject to forced labor and shall work for you. 12 If they refuse to make peace and they engage you in battle, lay siege to that city. 13 When the Lord your God delivers it into your hand, put to the sword all the men in it. 14 As for the women, the children, the livestock and everything else in the city, you may take these as plunder for yourselves. And you may use the plunder the Lord your God gives you from your enemies. 15 This is how you are to treat all the cities that are at a distance from you and do not belong to the nations nearby.

16 However, in the cities of the nations the Lord your God is giving you as an inheritance, do not leave alive anything that breathes. 17 Completely destroy[a] them—the Hittites, Amorites, Canaanites, Perizzites, Hivites and Jebusites—as the Lord your God has commanded you. 18 Otherwise, they will teach you to follow all the detestable things they do in worshiping their gods, and you will sin against the Lord your God.

19 When you lay siege to a city for a long time, fighting against it to capture it, do not destroy its trees by putting an ax to them, because you can eat their fruit. Do not cut them down. Are the trees people, that you should besiege them?[b] 20 However, you may cut down trees that you know are not fruit trees and use them to build siege works until the city at war with you falls.

...........................................................................................

ENG - NEP

व्यवस्था 20

युद्ध सम्बन्धी नियमहरू
1तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्‍दा असंख्‍य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
When thou goest out to battle against thine enemies, and seest horses, and chariots, and a people more than thou, be not afraid of them: for the LORD thy God is with thee, which brought thee up out of the land of Egypt.
 2युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्‍नुपर्छ, 
And it shall be, when ye are come nigh unto the battle, that the priest shall approach and speak unto the people,
3“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्‍ने भयभीत नहोओ। 
And shall say unto them, Hear, O Israel, ye approach this day unto battle against your enemies: let not your hearts faint, fear not, and do not tremble, neither be ye terrified because of them;
4किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”
For the LORD your God is he that goeth with you, to fight for you against your enemies, to save you.
5तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो आफ्‍नो घरमा फर्केर जाओस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यसको घर अर्पण गर्नेछ। 
And the officers shall speak unto the people, saying, What man is there that hath built a new house, and hath not dedicated it? let him go and return to his house, lest he die in the battle, and another man dedicate it.
6दाखबारी लगाएर त्‍यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो घर फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यो उपभोग गर्नेछ। 
And what man is he that hath planted a vineyard, and hath not yet eaten of it? let him also go and return unto his house, lest he die in the battle, and another man eat of it.
7कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्‍यो आफ्‍नो घरमा फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने अर्को मान्‍छेले त्‍यसलाई लैजाला।” And what man is there that hath betrothed a wife, and hath not taken her? let him go and return unto his house, lest he die in the battle, and another man take her.
 
8अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्‍यो आफ्‍नो घर फर्कोस्‌। किनभने त्‍यसको कारणले त्‍यसका दाजुभाइहरूले हरेस खानेछन्‌।” 
And the officers shall speak further unto the people, and they shall say, What man is there that is fearful and fainthearted? let him go and return unto his house, lest his brethren's heart faint as well as his heart.
9अधिकृतहरूले मानिसहरूलाई सम्‍बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्‌।
And it shall be, when the officers have made an end of speaking unto the people, that they shall make captains of the armies to lead the people.
10लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्‍यसका मानिसहरूका अगि शान्‍तिको प्रस्‍तावना राख्‍नू।
When thou comest nigh unto a city to fight against it, then proclaim peace unto it.
 11यदि उनीहरूले शान्‍ति प्रस्‍तावना स्‍वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्‍यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्‍ति काम गर्नुपर्छ। 
And it shall be, if it make thee answer of peace, and open unto thee, then it shall be, that all the people that is found therein shall be tributaries unto thee, and they shall serve thee.
12तर उनीहरूले तिमीहरूसित शान्‍तिसम्‍बन्‍ध नराखेर लड़ाइँ गर्ने नै इच्‍छा गर्छन्‌ भने, त्‍यस सहरलाई घेर। 
And if it will make no peace with thee, but will make war against thee, then thou shalt besiege it:
13परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो सहर तिमीहरूलाई सुम्‍पिदिनुभएपछि त्‍यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार। 
And when the LORD thy God hath delivered it into thine hands, thou shalt smite every male thereof with the edge of the sword:
14तर स्‍त्री, केटाकेटी, गाईबस्‍तु र त्‍यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्‍वरूप लिन सक्‍छौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्‍छौ।
But the women, and the little ones, and the cattle, and all that is in the city, even all the spoil thereof, shalt thou take unto thyself; and thou shalt eat the spoil of thine enemies, which the LORD thy God hath given thee.
 15तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्‍यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।
Thus shalt thou do unto all the cities which are very far off from thee, which are not of the cities of these nations.
16तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उत्तराधिकार स्‍वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्‌नू। 
But of the cities of these people, which the LORD thy God doth give thee for an inheritance, thou shalt save alive nothing that breatheth:
17तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू। 
But thou shalt utterly destroy them; namely, the Hittites, and the Amorites, the Canaanites, and the Perizzites, the Hivites, and the Jebusites; as the LORD thy God hath commanded thee:
18नत्रता उनीहरूले आफ्‍ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।
That they teach you not to do after all their abominations, which they have done unto their gods; so should ye sin against the LORD your God.
19जब तिमीहरू कुनै सहर लिन त्‍यसको विरुद्धमा लड़ाइँ गरेर त्‍यस सहरलाई धेरै दिनसम्‍म घेरिराख्‍छौ, तब तिमीहरूले त्‍यसका रूखहरू नकाट्‌नू, किनकि तिमीहरूले तिनका फल खान सक्‍नेछौ। यसकारण ती काटेर नढाल्‍नू। के जङ्गलका रूखहरू मानिसहरू हुन्‌ र तिमीहरू ती घेरेर नष्‍ट गर्छौ? 
When thou shalt besiege a city a long time, in making war against it to take it, thou shalt not destroy the trees thereof by forcing an axe against them: for thou mayest eat of them, and thou shalt not cut them down (for the tree of the field is man's life) to employ them in the siege:
20तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।

Only the trees which thou knowest that they be not trees for meat, thou shalt destroy and cut them down; and thou shalt build bulwarks against the city that maketh war with thee, until it be subdued.

DEUTERONOMY - 21:1-23

व्यवस्था 21

अज्ञात्‌ हत्या
1परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्‍यो र हत्‍याराको निधो भएन भने, 
If one be found slain in the land which the LORD thy God giveth thee to possess it, lying in the field, and it be not known who hath slain him:
2धर्म-गुरुहरू र न्‍यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्‍यो पत्ता लगाऊन्‌। 
Then thy elders and thy judges shall come forth, and they shall measure unto the cities which are round about him that is slain:
3उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर 
And it shall be, that the city which is next unto the slain man, even the elders of that city shall take an heifer, which hath not been wrought with, and which hath not drawn in the yoke;
4त्‍यसलाई नजोतिएको र बीउ नछरेको उपत्‍यकामा कुनै खोलानेर लगेर त्‍यसको घाँटी भाँचिदिनुपर्छ। 
And the elders of that city shall bring down the heifer unto a rough valley, which is neither eared nor sown, and shall strike off the heifer's neck there in the valley:
5तब परमप्रभु परमेश्‍वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्‍ति उहाँले छान्‍नुभएको हुनाले लेवीका सन्‍तानका पूजाहारीहरू त्‍यहाँ आऊन्‌। 
And the priests the sons of Levi shall come near; for them the LORD thy God hath chosen to minister unto him, and to bless in the name of the LORD; and by their word shall every controversy and every stroke be tried:
6त्‍यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्‍ना हात धोऊन्‌। 
And all the elders of that city, that are next unto the slain man, shall wash their hands over the heifer that is beheaded in the valley:
7तिनीहरूले यसो भनून्, “यो हत्‍या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्‍यो हुँदैगरेको देखे। 
And they shall answer and say, Our hands have not shed this blood, neither have our eyes seen it.
8हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्‍ति यो प्रायश्‍चित ग्रहण गर्नुहोस्, र आफ्‍नो प्रजा इस्राएललाई यो निर्दोषका हत्‍याको दोष नलागोस्‌।” अनि यो हत्‍याको प्रायश्‍चित पूरा हुनेछ।
Be merciful, O LORD, unto thy people Israel, whom thou hast redeemed, and lay not innocent blood unto thy people of Israel's charge. And the blood shall be forgiven them.
 9यसरी परमप्रभुको दृष्‍टिमा तिमीहरूले उचित काम गरेकाले आफ्‍ना बीचबाट त्‍यो निर्दोषका हत्‍याको दोष हटाउनेछौ।
So shalt thou put away the guilt of innocent blood from among you, when thou shalt do that which is right in the sight of the LORD.
 
युद्धबन्‍दी स्‍त्रीसम्‍बन्‍धी नियम
10तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका हातमा शत्रुहरू सुम्‍पेर उनीहरूलाई युद्धबन्‍दी बनाइ ल्‍याउँदा, 
When thou goest forth to war against thine enemies, and the LORD thy God hath delivered them into thine hands, and thou hast taken them captive,
11कैदीहरूमध्‍ये कुनै एउटी सुन्‍दरी स्‍त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्‍यसलाई पत्‍नी बनाउन सक्‍छौ। 
And seest among the captives a beautiful woman, and hast a desire unto her, that thou wouldest have her to thy wife;
12त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ र त्‍यसलाई आफ्‍नो कपाल खौरन र नङ काट्‌न लगाऊ, 
Then thou shalt bring her home to thine house; and she shall shave her head, and pare her nails;
13र कैदमा पर्दा त्‍यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्‍म त्‍यसले आफ्‍ना बुबा-आमाको निम्‍ति विलाप गरेपछि तिमी त्‍यसकहाँ जान सक्‍छौ र त्‍यसको पति बन्‍न सक्‍छौ, र त्‍यो तिम्री पत्‍नी हुन्‍छे। 
And she shall put the raiment of her captivity from off her, and shall remain in thine house, and bewail her father and her mother a full month: and after that thou shalt go in unto her, and be her husband, and she shall be thy wife.
14पछि त्‍यो स्‍त्री तिमीलाई मन परेन भने, त्‍यसलाई जहाँ इच्‍छा लाग्‍छ जान देऊ। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तो गरी व्‍यवहार गर्नुहुँदैन, किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।
जेठो अधिकार
And it shall be, if thou have no delight in her, then thou shalt let her go whither she will; but thou shalt not sell her at all for money, thou shalt not make merchandise of her, because thou hast humbled her.
15यदि कुनै मान्‍छेका दुई पत्‍नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्‍माई भने, 
If a man have two wives, one beloved, and another hated, and they have born him children, both the beloved and the hated; and if the firstborn son be hers that was hated:
16अंशबन्‍डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्‍छालाई अधिकार दिन पाउनेछैन। 
Then it shall be, when he maketh his sons to inherit that which he hath, that he may not make the son of the beloved firstborn before the son of the hated, which is indeed the firstborn:
17तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।
But he shall acknowledge the son of the hated for the firstborn, by giving him a double portion of all that he hath: for he is the beginning of his strength; the right of the firstborn is his.
 
दुष्‍ट छोराको सजाय
18आफ्‍ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्‍दैन भने, 
If a man have a stubborn and rebellious son, which will not obey the voice of his father, or the voice of his mother, and that, when they have chastened him, will not hearken unto them:
19त्‍यसका आमा-बुबाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्‌। 
Then shall his father and his mother lay hold on him, and bring him out unto the elders of his city, and unto the gate of his place;
20तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्‍यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” 
And they shall say unto the elders of his city, This our son is stubborn and rebellious, he will not obey our voice; he is a glutton, and a drunkard.
21तब त्‍यस सहरका सबै पुरुषहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हानून्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्‌।
And all the men of his city shall stone him with stones, that he die: so shalt thou put evil away from among you; and all Israel shall hear, and fear.
22कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने, 
And if a man have committed a sin worthy of death, and he be to be put to death, and thou hang him on a tree:
23त्‍यसको लाश रातभरि रूखमा झुण्‍ड्याएर नराख्‍नू, तर त्‍यही दिन त्‍यसलाई गाड़िहाल्‍नू, किनभने जो झुण्‍ड्याइन्‍छ त्‍यो परमेश्‍वरबाट श्रापित हुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार
His body shall not remain all night upon the tree, but thou shalt in any wise bury him that day; (for he that is hanged is accursed of God;) that thy land be not defiled, which the LORD thy God giveth thee for an inheritance.
....................................................................

Atonement for an Unsolved Murder

21 If someone is found slain, lying in a field in the land the Lord your God is giving you to possess, and it is not known who the killer was, your elders and judges shall go out and measure the distance from the body to the neighboring towns. Then the elders of the town nearest the body shall take a heifer that has never been worked and has never worn a yoke and lead it down to a valley that has not been plowed or planted and where there is a flowing stream. There in the valley they are to break the heifer’s neck. The Levitical priests shall step forward, for the Lord your God has chosen them to minister and to pronounce blessings in the name of the Lord and to decide all cases of dispute and assault. Then all the elders of the town nearest the body shall wash their hands over the heifer whose neck was broken in the valley, and they shall declare: “Our hands did not shed this blood, nor did our eyes see it done. Accept this atonement for your people Israel, whom you have redeemed, Lord, and do not hold your people guilty of the blood of an innocent person.” Then the bloodshed will be atoned for, and you will have purged from yourselves the guilt of shedding innocent blood, since you have done what is right in the eyes of the Lord.

Marrying a Captive Woman

10 When you go to war against your enemies and the Lord your God delivers them into your hands and you take captives, 11 if you notice among the captives a beautiful woman and are attracted to her, you may take her as your wife. 12 Bring her into your home and have her shave her head, trim her nails 13 and put aside the clothes she was wearing when captured. After she has lived in your house and mourned her father and mother for a full month, then you may go to her and be her husband and she shall be your wife. 14 If you are not pleased with her, let her go wherever she wishes. You must not sell her or treat her as a slave, since you have dishonored her.

The Right of the Firstborn

15 If a man has two wives, and he loves one but not the other, and both bear him sons but the firstborn is the son of the wife he does not love, 16 when he wills his property to his sons, he must not give the rights of the firstborn to the son of the wife he loves in preference to his actual firstborn, the son of the wife he does not love. 17 He must acknowledge the son of his unloved wife as the firstborn by giving him a double share of all he has. That son is the first sign of his father’s strength. The right of the firstborn belongs to him.

A Rebellious Son

18 If someone has a stubborn and rebellious son who does not obey his father and mother and will not listen to them when they discipline him, 19 his father and mother shall take hold of him and bring him to the elders at the gate of his town. 20 They shall say to the elders, “This son of ours is stubborn and rebellious. He will not obey us. He is a glutton and a drunkard.” 21 Then all the men of his town are to stone him to death. You must purge the evil from among you. All Israel will hear of it and be afraid.

Various Laws

22 If someone guilty of a capital offense is put to death and their body is exposed on a pole, 23 you must not leave the body hanging on the pole overnight. Be sure to bury it that same day, because anyone who is hung on a pole is under God’s curse. You must not desecrate the land the Lord your God is giving you as an inheritance.

....................................................................
ENG - NEP

व्यवस्था 21

अज्ञात्‌ हत्या
1परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्‍यो र हत्‍याराको निधो भएन भने, 2धर्म-गुरुहरू र न्‍यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्‍यो पत्ता लगाऊन्‌। 3उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर 4त्‍यसलाई नजोतिएको र बीउ नछरेको उपत्‍यकामा कुनै खोलानेर लगेर त्‍यसको घाँटी भाँचिदिनुपर्छ। 5तब परमप्रभु परमेश्‍वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्‍ति उहाँले छान्‍नुभएको हुनाले लेवीका सन्‍तानका पूजाहारीहरू त्‍यहाँ आऊन्‌। 6त्‍यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्‍ना हात धोऊन्‌। 7तिनीहरूले यसो भनून्, “यो हत्‍या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्‍यो हुँदैगरेको देखे। 8हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्‍ति यो प्रायश्‍चित ग्रहण गर्नुहोस्, र आफ्‍नो प्रजा इस्राएललाई यो निर्दोषका हत्‍याको दोष नलागोस्‌।” अनि यो हत्‍याको प्रायश्‍चित पूरा हुनेछ। 9यसरी परमप्रभुको दृष्‍टिमा तिमीहरूले उचित काम गरेकाले आफ्‍ना बीचबाट त्‍यो निर्दोषका हत्‍याको दोष हटाउनेछौ।
युद्धबन्‍दी स्‍त्रीसम्‍बन्‍धी नियम
10तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका हातमा शत्रुहरू सुम्‍पेर उनीहरूलाई युद्धबन्‍दी बनाइ ल्‍याउँदा, 11कैदीहरूमध्‍ये कुनै एउटी सुन्‍दरी स्‍त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्‍यसलाई पत्‍नी बनाउन सक्‍छौ। 12त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ र त्‍यसलाई आफ्‍नो कपाल खौरन र नङ काट्‌न लगाऊ, 13र कैदमा पर्दा त्‍यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्‍म त्‍यसले आफ्‍ना बुबा-आमाको निम्‍ति विलाप गरेपछि तिमी त्‍यसकहाँ जान सक्‍छौ र त्‍यसको पति बन्‍न सक्‍छौ, र त्‍यो तिम्री पत्‍नी हुन्‍छे। 14पछि त्‍यो स्‍त्री तिमीलाई मन परेन भने, त्‍यसलाई जहाँ इच्‍छा लाग्‍छ जान देऊ। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तो गरी व्‍यवहार गर्नुहुँदैन, किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।
जेठो अधिकार
15यदि कुनै मान्‍छेका दुई पत्‍नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्‍माई भने, 16अंशबन्‍डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्‍छालाई अधिकार दिन पाउनेछैन। 17तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।
दुष्‍ट छोराको सजाय
18आफ्‍ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्‍दैन भने, 19त्‍यसका आमा-बुबाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्‌। 20तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्‍यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” 21तब त्‍यस सहरका सबै पुरुषहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हानून्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्‌।
22कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने, 23त्‍यसको लाश रातभरि रूखमा झुण्‍ड्याएर नराख्‍नू, तर त्‍यही दिन त्‍यसलाई गाड़िहाल्‍नू, किनभने जो झुण्‍ड्याइन्‍छ त्‍यो परमेश्‍वरबाट श्रापित हुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार

 

 

DEUTERONOMY - 22:1-30

व्यवस्था 22

विविध नियमहरू
1आफ्‍नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्‍तै नगर। त्‍यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।  2तर त्‍यो भाइ नजिक बस्‍दैन वा तिमीले त्‍यसलाई चिनेका छैनौ भने, त्‍यसको पशुलाई त्‍यो खोज्‍न नआएसम्‍म सो आफ्‍नो घरमा ल्‍याएर राख। त्‍यसपछि त्यो पशु भाइलाई फर्काई देऊ। 3आफ्‍नो दाजुभाइको गधा वा लुगा वा त्‍यसले हराएको जेसुकै पायौ भने त्‍यसै गर्नू र चूप लागेर नबस्‍नू।
4आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।
5पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।
6बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ। 7माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।
8नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्‍यहाँबाट कोही मान्‍छे लोट्यो भने मृत्‍युको दोष तिमीहरूको घरलाई लाग्‍नेछैन।
9दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्‍जनीसमेत दुवै अशुद्ध हुनेछन्‌। 
10गोरु र गधा सँगै नारेर जोत्‍नुहुँदैन।
11ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।
12तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्‍का लगाओ। 
विवाहसम्‍बन्‍धी नियम
13कसैले विवाह गरेर पत्‍नीकहाँ जाँदा त्‍यसलाई ठीक लागेन, 14र बदनाम गराउने नियतले स्‍त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्‍याएकी पत्‍नीसँग सुत्‍दा त्‍यसमा कन्‍ये-केटीको गुण पाइनँ” भनेछ भने, 15त्‍यस कन्‍याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्‍वको प्रमाण ल्‍याऊन्‌। 16तब त्‍यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्‍यसले यसलाई तिरस्‍कार गर्छ। 17‘मैले तिम्री छोरीमा कुमारीत्‍वको प्रमाण पाइनँ’ भनेर यस मान्‍छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्‍वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्‍ने त्‍यो लुगा फिँजाओस्‌। 18अनि सहरकै धर्म-गुरुहरूले त्‍यसलाई लगेर सजाय देऊन्, 19र इस्राएलको एक कन्‍यामाथि कलङ्क लगाएकोले त्‍यसले केटीको बुबालाई चाँदीका एक सय सिक्‍का जरिमाना तिरोस्, र केटीचाहिँ त्‍यसकी पत्‍नी भइरहोस्‌। त्‍यो बाँचुञ्‍जेल त्‍यसले त्‍यस केटीलाई त्‍याग्‍न पाउनेछैन।
20तर यदि दोष सत्‍य ठहरियो र त्‍यस केटीमा कुमारीत्‍वको सबूत पाइएन भने, 21बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।
22कोही पुरुष अर्काकी पत्‍नीसँग सम्‍भोग गरिरहेको फेला पर्‍यो भने, त्‍यससँग सुत्‍ने त्‍यो पुरुष र त्‍यो स्‍त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्‍तो खराबी हटाउनुपर्छ।
23मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्‍यससँग सम्‍भोग गरेको फेला पर्‍यो भने, 24ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्‍च्‍याएकीले त्‍यस स्‍त्रीलाई मार्नू, र आफ्‍नो दाजुभाइकी पत्‍नीको सतीत्‍व नष्‍ट पारेकोले त्‍यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्‍ना बीचबाट यस्‍तो खराबी हटाउनुपर्छ।
25तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्‍थानमा भेटाएर बलात्‍कार गर्‍यो भने त्‍यस पुरुषलाई मात्र मार्नू। 26तर त्‍यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्‍यको कुनै पाप त्‍यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्‍नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्‍तै हो। 27किनभने त्‍यस मगनी भएकी केटीले चिच्‍च्‍याउँदा पनि निर्जन स्‍थानमा बलात्‍कार हुँदा त्‍यसलाई बचाउने त्‍यहाँ कोही थिएन।
28कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्‍कार गरेको फेला पर्‍यो भने,  29त्‍यस पुरुषले त्‍यस केटीको बुबालाई चाँदीका पचास सिक्‍का दिनुपर्छ। त्‍यस पुरुषले त्‍यस केटीलाई बलात्‍कार गरेको हुनाले त्‍यसलाई आफ्‍नो पत्‍नी बनाउनुपर्छ, र त्‍यसलाई जीवनभरि त्‍याग्‍न पाउनेछैन।
30कुनै मानिसले आफ्‍नो बुबाकी पत्‍नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्‌। 
...................................................................

22 If you see your fellow Israelite’s ox or sheep straying, do not ignore it but be sure to take it back to its owner. If they do not live near you or if you do not know who owns it, take it home with you and keep it until they come looking for it. Then give it back. Do the same if you find their donkey or cloak or anything else they have lost. Do not ignore it.

If you see your fellow Israelite’s donkey or ox fallen on the road, do not ignore it. Help the owner get it to its feet.

A woman must not wear men’s clothing, nor a man wear women’s clothing, for the Lord your God detests anyone who does this.

If you come across a bird’s nest beside the road, either in a tree or on the ground, and the mother is sitting on the young or on the eggs, do not take the mother with the young. You may take the young, but be sure to let the mother go, so that it may go well with you and you may have a long life.

When you build a new house, make a parapet around your roof so that you may not bring the guilt of bloodshed on your house if someone falls from the roof.

Do not plant two kinds of seed in your vineyard; if you do, not only the crops you plant but also the fruit of the vineyard will be defiled.[a]

10 Do not plow with an ox and a donkey yoked together.

11 Do not wear clothes of wool and linen woven together.

12 Make tassels on the four corners of the cloak you wear.

Marriage Violations

13 If a man takes a wife and, after sleeping with her, dislikes her 14 and slanders her and gives her a bad name, saying, “I married this woman, but when I approached her, I did not find proof of her virginity,” 15 then the young woman’s father and mother shall bring to the town elders at the gate proof that she was a virgin. 16 Her father will say to the elders, “I gave my daughter in marriage to this man, but he dislikes her. 17 Now he has slandered her and said, ‘I did not find your daughter to be a virgin.’ But here is the proof of my daughter’s virginity.” Then her parents shall display the cloth before the elders of the town, 18 and the elders shall take the man and punish him. 19 They shall fine him a hundred shekels[b] of silver and give them to the young woman’s father, because this man has given an Israelite virgin a bad name. She shall continue to be his wife; he must not divorce her as long as he lives.

20 If, however, the charge is true and no proof of the young woman’s virginity can be found, 21 she shall be brought to the door of her father’s house and there the men of her town shall stone her to death. She has done an outrageous thing in Israel by being promiscuous while still in her father’s house. You must purge the evil from among you.

22 If a man is found sleeping with another man’s wife, both the man who slept with her and the woman must die. You must purge the evil from Israel.

23 If a man happens to meet in a town a virgin pledged to be married and he sleeps with her, 24 you shall take both of them to the gate of that town and stone them to death—the young woman because she was in a town and did not scream for help, and the man because he violated another man’s wife. You must purge the evil from among you.

25 But if out in the country a man happens to meet a young woman pledged to be married and rapes her, only the man who has done this shall die. 26 Do nothing to the woman; she has committed no sin deserving death. This case is like that of someone who attacks and murders a neighbor, 27 for the man found the young woman out in the country, and though the betrothed woman screamed, there was no one to rescue her.

28 If a man happens to meet a virgin who is not pledged to be married and rapes her and they are discovered, 29 he shall pay her father fifty shekels[c] of silver. He must marry the young woman, for he has violated her. He can never divorce her as long as he lives.

30 A man is not to marry his father’s wife; he must not dishonor his father’s bed.[d]

..................................................................
ENG-NEP

व्यवस्था 22

विविध नियमहरू
1आफ्‍नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्‍तै नगर। त्‍यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।  
Thou shalt not see thy brother's ox or his sheep go astray, and hide thyself from them: thou shalt in any case bring them again unto thy brother.
2तर त्‍यो भाइ नजिक बस्‍दैन वा तिमीले त्‍यसलाई चिनेका छैनौ भने, त्‍यसको पशुलाई त्‍यो खोज्‍न नआएसम्‍म सो आफ्‍नो घरमा ल्‍याएर राख। त्‍यसपछि त्यो पशु भाइलाई फर्काई देऊ। 
And if thy brother be not nigh unto thee, or if thou know him not, then thou shalt bring it unto thine own house, and it shall be with thee until thy brother seek after it, and thou shalt restore it to him again.
3आफ्‍नो दाजुभाइको गधा वा लुगा वा त्‍यसले हराएको जेसुकै पायौ भने त्‍यसै गर्नू र चूप लागेर नबस्‍नू।
In like manner shalt thou do with his ass; and so shalt thou do with his raiment; and with all lost thing of thy brother's, which he hath lost, and thou hast found, shalt thou do likewise: thou mayest not hide thyself.
4आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।
Thou shalt not see thy brother's ass or his ox fall down by the way, and hide thyself from them: thou shalt surely help him to lift them up again.
5पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।
The woman shall not wear that which pertaineth unto a man, neither shall a man put on a woman's garment: for all that do so are abomination unto the LORD thy God.
6बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ। 
If a bird's nest chance to be before thee in the way in any tree, or on the ground, whether they be young ones, or eggs, and the dam sitting upon the young, or upon the eggs, thou shalt not take the dam with the young:
7माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।
But thou shalt in any wise let the dam go, and take the young to thee; that it may be well with thee, and that thou mayest prolong thy days.
8नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्‍यहाँबाट कोही मान्‍छे लोट्यो भने मृत्‍युको दोष तिमीहरूको घरलाई लाग्‍नेछैन।
When thou buildest a new house, then thou shalt make a battlement for thy roof, that thou bring not blood upon thine house, if any man fall from thence.
9दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्‍जनीसमेत दुवै अशुद्ध हुनेछन्‌। 
Thou shalt not sow thy vineyard with divers seeds: lest the fruit of thy seed which thou hast sown, and the fruit of thy vineyard, be defiled.
10गोरु र गधा सँगै नारेर जोत्‍नुहुँदैन।
Thou shalt not plow with an ox and an ass together.
11ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।
Thou shalt not wear a garment of divers sorts, as of woollen and linen together.
12तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्‍का लगाओ। 
Thou shalt make thee fringes upon the four quarters of thy vesture, wherewith thou coverest thyself.
 
विवाहसम्‍बन्‍धी नियम
13कसैले विवाह गरेर पत्‍नीकहाँ जाँदा त्‍यसलाई ठीक लागेन, 
If any man take a wife, and go in unto her, and hate her,
14र बदनाम गराउने नियतले स्‍त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्‍याएकी पत्‍नीसँग सुत्‍दा त्‍यसमा कन्‍ये-केटीको गुण पाइनँ” भनेछ भने,
And give occasions of speech against her, and bring up an evil name upon her, and say, I took this woman, and when I came to her, I found her not a maid:
 15त्‍यस कन्‍याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्‍वको प्रमाण ल्‍याऊन्‌। 
Then shall the father of the damsel, and her mother, take and bring forth the tokens of the damsel's virginity unto the elders of the city in the gate:
16तब त्‍यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्‍यसले यसलाई तिरस्‍कार गर्छ। 
And the damsel's father shall say unto the elders, I gave my daughter unto this man to wife, and he hateth her;
17‘मैले तिम्री छोरीमा कुमारीत्‍वको प्रमाण पाइनँ’ भनेर यस मान्‍छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्‍वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्‍ने त्‍यो लुगा फिँजाओस्‌।
And, lo, he hath given occasions of speech against her, saying, I found not thy daughter a maid; and yet these are the tokens of my daughter's virginity. And they shall spread the cloth before the elders of the city.
 18अनि सहरकै धर्म-गुरुहरूले त्‍यसलाई लगेर सजाय देऊन्, 
And the elders of that city shall take that man and chastise him;
19र इस्राएलको एक कन्‍यामाथि कलङ्क लगाएकोले त्‍यसले केटीको बुबालाई चाँदीका एक सय सिक्‍का जरिमाना तिरोस्, र केटीचाहिँ त्‍यसकी पत्‍नी भइरहोस्‌। त्‍यो बाँचुञ्‍जेल त्‍यसले त्‍यस केटीलाई त्‍याग्‍न पाउनेछैन।
And they shall amerce him in an hundred shekels of silver, and give them unto the father of the damsel, because he hath brought up an evil name upon a virgin of Israel: and she shall be his wife; he may not put her away all his days.
20तर यदि दोष सत्‍य ठहरियो र त्‍यस केटीमा कुमारीत्‍वको सबूत पाइएन भने, 
But if this thing be true, and the tokens of virginity be not found for the damsel:
21बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।
Then they shall bring out the damsel to the door of her father's house, and the men of her city shall stone her with stones that she die: because she hath wrought folly in Israel, to play the whore in her father's house: so shalt thou put evil away from among you.
22कोही पुरुष अर्काकी पत्‍नीसँग सम्‍भोग गरिरहेको फेला पर्‍यो भने, त्‍यससँग सुत्‍ने त्‍यो पुरुष र त्‍यो स्‍त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्‍तो खराबी हटाउनुपर्छ।
If a man be found lying with a woman married to an husband, then they shall both of them die, both the man that lay with the woman, and the woman: so shalt thou put away evil from Israel.
23मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्‍यससँग सम्‍भोग गरेको फेला पर्‍यो भने, 
If a damsel that is a virgin be betrothed unto an husband, and a man find her in the city, and lie with her;
24ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्‍च्‍याएकीले त्‍यस स्‍त्रीलाई मार्नू, र आफ्‍नो दाजुभाइकी पत्‍नीको सतीत्‍व नष्‍ट पारेकोले त्‍यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्‍ना बीचबाट यस्‍तो खराबी हटाउनुपर्छ।
Then ye shall bring them both out unto the gate of that city, and ye shall stone them with stones that they die; the damsel, because she cried not, being in the city; and the man, because he hath humbled his neighbour's wife: so thou shalt put away evil from among you.
25तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्‍थानमा भेटाएर बलात्‍कार गर्‍यो भने त्‍यस पुरुषलाई मात्र मार्नू। 
But if a man find a betrothed damsel in the field, and the man force her, and lie with her: then the man only that lay with her shall die:
26तर त्‍यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्‍यको कुनै पाप त्‍यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्‍नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्‍तै हो। 
But unto the damsel thou shalt do nothing; there is in the damsel no sin worthy of death: for as when a man riseth against his neighbour, and slayeth him, even so is this matter:
27किनभने त्‍यस मगनी भएकी केटीले चिच्‍च्‍याउँदा पनि निर्जन स्‍थानमा बलात्‍कार हुँदा त्‍यसलाई बचाउने त्‍यहाँ कोही थिएन।
For he found her in the field, and the betrothed damsel cried, and there was none to save her.
28कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्‍कार गरेको फेला पर्‍यो भने,  If a man find a damsel that is a virgin, which is not betrothed, and lay hold on her, and lie with her, and they be found;
29त्‍यस पुरुषले त्‍यस केटीको बुबालाई चाँदीका पचास सिक्‍का दिनुपर्छ। त्‍यस पुरुषले त्‍यस केटीलाई बलात्‍कार गरेको हुनाले त्‍यसलाई आफ्‍नो पत्‍नी बनाउनुपर्छ, र त्‍यसलाई जीवनभरि त्‍याग्‍न पाउनेछैन।
Then the man that lay with her shall give unto the damsel's father fifty shekels of silver, and she shall be his wife; because he hath humbled her, he may not put her away all his days.
30कुनै मानिसले आफ्‍नो बुबाकी पत्‍नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्‌। 
A man shall not take his father's wife, nor discover his father's skirt.

 

DEUTERONOMY - 23:1-25

व्यवस्था 23

सभाका नियमहरू
1लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।
2निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।
3अम्‍मोनी वा मोआबी परमप्रभुको सभामा पस्‍न पाउनेछैन। दश पुस्‍तासम्‍म उनीहरूको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।  4किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए।  5तापनि परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन, तर उहाँले त्‍यो सरापलाई आशिष्‌मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्‍छ।  6तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।
7कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्‌। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। 8उनीहरूबाट जन्‍मेका तेस्रो पुस्‍ताका सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछन्‌।
विभिन्‍न नियमहरू
9तिमीहरू आफ्‍ना शत्रुहरूसँग लड्‌न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस। 10कुनै पुरुष स्‍वप्‍न-दोषले अशुद्ध भएको छ भने, त्‍यो छाउनीबाट बाहिर जाओस्‌ र त्‍यहीँ बसोस्‌। 11साँझ हुँदैजाँदा नुहाएर सूर्यास्‍त भएपछि त्‍यो छाउनीभित्र आउन सक्‍छ।
12दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक। 13तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू। 14किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्‌डुल गर्नुहुन्‍छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्‍नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्‍छ।
15कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको मालिककहाँ नसुम्‍प। 16त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।
17कुनै इस्राएली पुरुष वा स्‍त्रीले मन्‍दिरका वेश्‍याको काम नगरोस्‌।  18कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।
19ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।  20विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।
21तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ।  22तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्‍नेछैन। 23जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।
24तिम्रो छिमेकीको दाखबारीमा पस्‍यौ भने खान मन लागेको जति दाख खान सक्‍छौ, तर आफ्‍नो डालोमा केही नहाल। 25तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।
..................................................................

Exclusion From the Assembly

23 [a]No one who has been emasculated by crushing or cutting may enter the assembly of the Lord.

No one born of a forbidden marriage[b] nor any of their descendants may enter the assembly of the Lord, not even in the tenth generation.

No Ammonite or Moabite or any of their descendants may enter the assembly of the Lord, not even in the tenth generation. For they did not come to meet you with bread and water on your way when you came out of Egypt, and they hired Balaam son of Beor from Pethor in Aram Naharaim[c] to pronounce a curse on you. However, the Lord your God would not listen to Balaam but turned the curse into a blessing for you, because the Lord your God loves you. Do not seek a treaty of friendship with them as long as you live.

Do not despise an Edomite, for the Edomites are related to you. Do not despise an Egyptian, because you resided as foreigners in their country. The third generation of children born to them may enter the assembly of the Lord.

Uncleanness in the Camp

When you are encamped against your enemies, keep away from everything impure. 10 If one of your men is unclean because of a nocturnal emission, he is to go outside the camp and stay there. 11 But as evening approaches he is to wash himself, and at sunset he may return to the camp.

12 Designate a place outside the camp where you can go to relieve yourself. 13 As part of your equipment have something to dig with, and when you relieve yourself, dig a hole and cover up your excrement. 14 For the Lord your God moves about in your camp to protect you and to deliver your enemies to you. Your camp must be holy, so that he will not see among you anything indecent and turn away from you.

Miscellaneous Laws

15 If a slave has taken refuge with you, do not hand them over to their master. 16 Let them live among you wherever they like and in whatever town they choose. Do not oppress them.

17 No Israelite man or woman is to become a shrine prostitute. 18 You must not bring the earnings of a female prostitute or of a male prostitute[d] into the house of the Lord your God to pay any vow, because the Lord your God detests them both.

19 Do not charge a fellow Israelite interest, whether on money or food or anything else that may earn interest. 20 You may charge a foreigner interest, but not a fellow Israelite, so that the Lord your God may bless you in everything you put your hand to in the land you are entering to possess.

21 If you make a vow to the Lord your God, do not be slow to pay it, for the Lord your God will certainly demand it of you and you will be guilty of sin. 22 But if you refrain from making a vow, you will not be guilty. 23 Whatever your lips utter you must be sure to do, because you made your vow freely to the Lord your God with your own mouth.

24 If you enter your neighbor’s vineyard, you may eat all the grapes you want, but do not put any in your basket. 25 If you enter your neighbor’s grainfield, you may pick kernels with your hands, but you must not put a sickle to their standing grain.

....................................................................
ENG-NEP

व्यवस्था 23

सभाका नियमहरू
1लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।
He that is wounded in the stones, or hath his privy member cut off, shall not enter into the congregation of the LORD.
2निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।
A bastard shall not enter into the congregation of the LORD; even to his tenth generation shall he not enter into the congregation of the LORD.
3अम्‍मोनी वा मोआबी परमप्रभुको सभामा पस्‍न पाउनेछैन। दश पुस्‍तासम्‍म उनीहरूको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन। 
An Ammonite or Moabite shall not enter into the congregation of the LORD; even to their tenth generation shall they not enter into the congregation of the LORD for ever:
 4किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए। 
Because they met you not with bread and with water in the way, when ye came forth out of Egypt; and because they hired against thee Balaam the son of Beor of Pethor of Mesopotamia, to curse thee.
 5तापनि परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन, तर उहाँले त्‍यो सरापलाई आशिष्‌मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्‍छ।  
Nevertheless the LORD thy God would not hearken unto Balaam; but the LORD thy God turned the curse into a blessing unto thee, because the LORD thy God loved thee.
6तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।
Thou shalt not seek their peace nor their prosperity all thy days for ever.
7कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्‌। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। 
Thou shalt not abhor an Edomite; for he is thy brother: thou shalt not abhor an Egyptian; because thou wast a stranger in his land.
8उनीहरूबाट जन्‍मेका तेस्रो पुस्‍ताका सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछन्‌।
The children that are begotten of them shall enter into the congregation of the LORD in their third generation.
 
विभिन्‍न नियमहरू
9तिमीहरू आफ्‍ना शत्रुहरूसँग लड्‌न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस। 
When the host goeth forth against thine enemies, then keep thee from every wicked thing.
10कुनै पुरुष स्‍वप्‍न-दोषले अशुद्ध भएको छ भने, त्‍यो छाउनीबाट बाहिर जाओस्‌ र त्‍यहीँ बसोस्‌। 
If there be among you any man, that is not clean by reason of uncleanness that chanceth him by night, then shall he go abroad out of the camp, he shall not come within the camp:
11साँझ हुँदैजाँदा नुहाएर सूर्यास्‍त भएपछि त्‍यो छाउनीभित्र आउन सक्‍छ।
But it shall be, when evening cometh on, he shall wash himself with water: and when the sun is down, he shall come into the camp again.
12दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक। 
Thou shalt have a place also without the camp, whither thou shalt go forth abroad:
13तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू। 
And thou shalt have a paddle upon thy weapon; and it shall be, when thou wilt ease thyself abroad, thou shalt dig therewith, and shalt turn back and cover that which cometh from thee:
14किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्‌डुल गर्नुहुन्‍छ।
तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्‍नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्‍छ।
For the LORD thy God walketh in the midst of thy camp, to deliver thee, and to give up thine enemies before thee; therefore shall thy camp be holy: that he see no unclean thing in thee, and turn away from thee.
15कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको
मालिककहाँ नसुम्‍प। 
Thou shalt not deliver unto his master the servant which is escaped from his master unto thee:
16त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।
He shall dwell with thee, even among you, in that place which he shall choose in one of thy gates, where it liketh him best: thou shalt not oppress him.
17कुनै इस्राएली पुरुष वा स्‍त्रीले मन्‍दिरका वेश्‍याको काम नगरोस्‌। 
There shall be no whore of the daughters of Israel, nor a sodomite of the sons of Israel.
 18कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।
Thou shalt not bring the hire of a whore, or the price of a dog, into the house of the LORD thy God for any vow: for even both these are abomination unto the LORD thy God.
19ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।  
Thou shalt not lend upon usury to thy brother; usury of money, usury of victuals, usury of any thing that is lent upon usury:
20विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।
Unto a stranger thou mayest lend upon usury; but unto thy brother thou shalt not lend upon usury: that the LORD thy God may bless thee in all that thou settest thine hand to in the land whither thou goest to possess it.
21तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ।  
When thou shalt vow a vow unto the LORD thy God, thou shalt not slack to pay it: for the LORD thy God will surely require it of thee; and it would be sin in thee.
22तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्‍नेछैन। 
But if thou shalt forbear to vow, it shall be no sin in thee.
23जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।
That which is gone out of thy lips thou shalt keep and perform; even a freewill offering, according as thou hast vowed unto the LORD thy God, which thou hast promised with thy mouth.
24तिम्रो छिमेकीको दाखबारीमा पस्‍यौ भने खान मन लागेको जति दाख खान सक्‍छौ, तर आफ्‍नो डालोमा केही नहाल। 
When thou comest into thy neighbour's vineyard, then thou mayest eat grapes thy fill at thine own pleasure; but thou shalt not put any in thy vessel.
25तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।
When thou comest into the standing corn of thy neighbour, then thou mayest pluck the ears with thine hand; but thou shalt not move a sickle unto thy neighbour's standing corn.

 

DEUTERONOMY - 24:1-22

व्यवस्था 24

विविध विधानहरू
1आफ्‍नो विवाह गरेकी स्‍त्रीमा केही खोट पाएर त्‍यससँग असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर कसैले आफ्‍नो घरबाट निकालिदियो भने,  2र यदि घर छोड़ेपछि त्‍यो अर्को मानिसकी पत्‍नी भई 3र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने, 4त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।
5नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्‍य कुनै कामको अभिभारा त्‍यसलाई नदिनू। एक वर्षसम्‍म त्‍यो घरमा ढुक्‍कै बसोस्‌ र आफूले ल्‍याएकी पत्‍नीलाई आनन्‍द देओस्‌।
6ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्‍लो ढुङ्गा पनि नलिनू, किनभने त्‍यो मानिसको जीविका नै बन्‍धकमा लिएको जस्‍तो हुन्‍छ।
7कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ। 
8कुष्‍ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।  9तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई गर्नुभएको कुरो याद राख! 
10आफ्‍नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्‍यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।  11तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्‍याइदेओस्‌। 12त्‍यो मानिस गरीब छ भने त्‍यसको बन्‍धक राखेर तिमीहरू नसुत। 13सूर्यास्‍तसम्‍ममा तिमीहरूले त्‍यो बन्‍धक फर्काइदिनू, र त्‍यो आफ्‍नो ओढ्‌नेमा सुतेर त्‍यसले तिमीहरूलाई आशीर्वाद देओस्‌। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको नजरमा यो तिमीहरूका निम्‍ति धार्मिकता ठहरिनेछ।
14तिमीहरूको इस्राएली भाइ होस्‌ वा तिमीहरूका सहरहरूमध्‍ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्‍यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।  15सूर्यास्‍तअघि नै प्रतिदिन त्‍यसको ज्‍याला दिइहाल्‍नू, किनकि त्‍यो एक गरीब हो र त्‍यो आफ्‍नो ज्‍यालामा नै भर परेको हुन्‍छ। नत्रता त्‍यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्‍यो भने, तिमीहरूलाई पाप लाग्‍नेछ।
16बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधको लागि मरोस्‌। 
17परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ।  18तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
19खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌।  20भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू। 21आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू। 22मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्‍झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
............................................................

24 If a man marries a woman who becomes displeasing to him because he finds something indecent about her, and he writes her a certificate of divorce, gives it to her and sends her from his house, and if after she leaves his house she becomes the wife of another man, and her second husband dislikes her and writes her a certificate of divorce, gives it to her and sends her from his house, or if he dies, then her first husband, who divorced her, is not allowed to marry her again after she has been defiled. That would be detestable in the eyes of the Lord. Do not bring sin upon the land the Lord your God is giving you as an inheritance.

If a man has recently married, he must not be sent to war or have any other duty laid on him. For one year he is to be free to stay at home and bring happiness to the wife he has married.

Do not take a pair of millstones—not even the upper one—as security for a debt, because that would be taking a person’s livelihood as security.

If someone is caught kidnapping a fellow Israelite and treating or selling them as a slave, the kidnapper must die. You must purge the evil from among you.

In cases of defiling skin diseases,[a] be very careful to do exactly as the Levitical priests instruct you. You must follow carefully what I have commanded them. Remember what the Lord your God did to Miriam along the way after you came out of Egypt.

10 When you make a loan of any kind to your neighbor, do not go into their house to get what is offered to you as a pledge. 11 Stay outside and let the neighbor to whom you are making the loan bring the pledge out to you. 12 If the neighbor is poor, do not go to sleep with their pledge in your possession. 13 Return their cloak by sunset so that your neighbor may sleep in it. Then they will thank you, and it will be regarded as a righteous act in the sight of the Lord your God.

14 Do not take advantage of a hired worker who is poor and needy, whether that worker is a fellow Israelite or a foreigner residing in one of your towns. 15 Pay them their wages each day before sunset, because they are poor and are counting on it. Otherwise they may cry to the Lord against you, and you will be guilty of sin.

16 Parents are not to be put to death for their children, nor children put to death for their parents; each will die for their own sin.

17 Do not deprive the foreigner or the fatherless of justice, or take the cloak of the widow as a pledge. 18 Remember that you were slaves in Egypt and the Lord your God redeemed you from there. That is why I command you to do this.

19 When you are harvesting in your field and you overlook a sheaf, do not go back to get it. Leave it for the foreigner, the fatherless and the widow, so that the Lord your God may bless you in all the work of your hands. 20 When you beat the olives from your trees, do not go over the branches a second time. Leave what remains for the foreigner, the fatherless and the widow. 21 When you harvest the grapes in your vineyard, do not go over the vines again. Leave what remains for the foreigner, the fatherless and the widow. 22 Remember that you were slaves in Egypt. That is why I command you to do this.

.........................................................
ENG-NEP

व्यवस्था 24

विविध विधानहरू
1आफ्‍नो विवाह गरेकी स्‍त्रीमा केही खोट पाएर त्‍यससँग असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर कसैले आफ्‍नो घरबाट निकालिदियो भने,
When a man hath taken a wife, and married her, and it come to pass that she find no favour in his eyes, because he hath found some uncleanness in her: then let him write her a bill of divorcement, and give it in her hand, and send her out of his house.
  2र यदि घर छोड़ेपछि त्‍यो अर्को मानिसकी पत्‍नी भई 
And when she is departed out of his house, she may go and be another man's wife.
3र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने, 
And if the latter husband hate her, and write her a bill of divorcement, and giveth it in her hand, and sendeth her out of his house; or if the latter husband die, which took her to be his wife;
4त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।
Her former husband, which sent her away, may not take her again to be his wife, after that she is defiled; for that is abomination before the LORD: and thou shalt not cause the land to sin, which the LORD thy God giveth thee for an inheritance.
5नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्‍य कुनै कामको अभिभारा त्‍यसलाई नदिनू। एक वर्षसम्‍म त्‍यो घरमा ढुक्‍कै बसोस्‌ र आफूले ल्‍याएकी पत्‍नीलाई आनन्‍द देओस्‌।
When a man hath taken a new wife, he shall not go out to war, neither shall he be charged with any business: but he shall be free at home one year, and shall cheer up his wife which he hath taken.
6ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्‍लो ढुङ्गा पनि नलिनू, किनभने त्‍यो मानिसको जीविका नै बन्‍धकमा लिएको जस्‍तो हुन्‍छ।
No man shall take the nether or the upper millstone to pledge: for he taketh a man's life to pledge.
7कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ। 
If a man be found stealing any of his brethren of the children of Israel, and maketh merchandise of him, or selleth him; then that thief shall die; and thou shalt put evil away from among you.
8कुष्‍ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।  
Take heed in the plague of leprosy, that thou observe diligently, and do according to all that the priests the Levites shall teach you: as I commanded them, so ye shall observe to do.
9तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई गर्नुभएको कुरो याद राख! 
Remember what the LORD thy God did unto Miriam by the way, after that ye were come forth out of Egypt.
10आफ्‍नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्‍यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।  
When thou dost lend thy brother any thing, thou shalt not go into his house to fetch his pledge.
11तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्‍याइदेओस्‌। 
Thou shalt stand abroad, and the man to whom thou dost lend shall bring out the pledge abroad unto thee.
12त्‍यो मानिस गरीब छ भने त्‍यसको बन्‍धक राखेर तिमीहरू नसुत।
And if the man be poor, thou shalt not sleep with his pledge:
 13सूर्यास्‍तसम्‍ममा तिमीहरूले त्‍यो बन्‍धक फर्काइदिनू, र त्‍यो आफ्‍नो ओढ्‌नेमा सुतेर त्‍यसले तिमीहरूलाई आशीर्वाद देओस्‌। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको नजरमा यो तिमीहरूका निम्‍ति धार्मिकता ठहरिनेछ।
In any case thou shalt deliver him the pledge again when the sun goeth down, that he may sleep in his own raiment, and bless thee: and it shall be righteousness unto thee before the LORD thy God.
14तिमीहरूको इस्राएली भाइ होस्‌ वा तिमीहरूका सहरहरूमध्‍ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्‍यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।  
Thou shalt not oppress an hired servant that is poor and needy, whether he be of thy brethren, or of thy strangers that are in thy land within thy gates:
15सूर्यास्‍तअघि नै प्रतिदिन त्‍यसको ज्‍याला दिइहाल्‍नू, किनकि त्‍यो एक गरीब हो र त्‍यो आफ्‍नो ज्‍यालामा नै भर परेको हुन्‍छ। नत्रता त्‍यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्‍यो भने, तिमीहरूलाई पाप लाग्‍नेछ।
At his day thou shalt give him his hire, neither shall the sun go down upon it; for he is poor, and setteth his heart upon it: lest he cry against thee unto the LORD, and it be sin unto thee.
16बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधको लागि मरोस्‌। 
The fathers shall not be put to death for the children, neither shall the children be put to death for the fathers: every man shall be put to death for his own sin.
17परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ।  
Thou shalt not pervert the judgment of the stranger, nor of the fatherless; nor take a widow's raiment to pledge:
18तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
But thou shalt remember that thou wast a bondman in Egypt, and the LORD thy God redeemed thee thence: therefore I command thee to do this thing.
19खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌। 
When thou cuttest down thine harvest in thy field, and hast forgot a sheaf in the field, thou shalt not go again to fetch it: it shall be for the stranger, for the fatherless, and for the widow: that the LORD thy God may bless thee in all the work of thine hands.
 20भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू। 
When thou beatest thine olive tree, thou shalt not go over the boughs again: it shall be for the stranger, for the fatherless, and for the widow.
21आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू।
When thou gatherest the grapes of thy vineyard, thou shalt not glean it afterward: it shall be for the stranger, for the fatherless, and for the widow.
 22मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्‍झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
And thou shalt remember that thou wast a bondman in the land of Egypt: therefore I command thee to do this thing.

 

DEUTERONOMY - 25:1-19

व्यवस्था 25

विभिन्‍न विधानहरू
1जब मानिसहरूका बीचमा झगड़ा हुन्‍छ, तिनीहरूले त्‍यो अड्डामा लैजाऊन्‌ र न्‍यायकर्ताहरूले फैसला गरून्‌— निर्दोषलाई छोड़िदेऊन्‌ र अपराधीलाई दोषी ठहराऊन्‌। 
If there be a controversy between men, and they come unto judgment, that the judges may judge them; then they shall justify the righteous, and condemn the wicked.
2दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्‍यायकर्ताले त्‍यसलाई लम्‍पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्, 
And it shall be, if the wicked man be worthy to be beaten, that the judge shall cause him to lie down, and to be beaten before his face, according to his fault, by a certain number.
3तर चालीस कोर्राभन्‍दा बढ़ी हान्‍न नलगाऊन्‌। त्‍यसभन्‍दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्‍टिमा तिमीहरूको भाइको अपमान हुनेछ। 
Forty stripes he may give him, and not exceed: lest, if he should exceed, and beat him above these with many stripes, then thy brother should seem vile unto thee.
4दाइँ गर्दा गोरुलाई महला नलगाओ। 
Thou shalt not muzzle the ox when he treadeth out the corn.
5सँगै बसेका दाजुभाइमध्‍येको कोही छोरा नभई मर्‍यो भने, त्‍यसकी पत्‍नीले बाहिरको कुलमा विवाह नगरोस्‌। मर्नेकै दाजु वा भाइले त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्‍य पूरा गरोस्‌।  
If brethren dwell together, and one of them die, and have no child, the wife of the dead shall not marry without unto a stranger: her husband's brother shall go in unto her, and take her to him to wife, and perform the duty of an husband's brother unto her.
6त्‍यसले जन्‍माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्‍यसको नाउँ इस्राएलमा नमेटिओस्‌।
And it shall be, that the firstborn which she beareth shall succeed in the name of his brother which is dead, that his name be not put out of Israel.
7तर देवरले आफ्‍नी भाउजूलाई राख्‍न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्‍नो दाजुको नाउँ इस्राएलमा कायम राख्‍न मान्‍दैन। त्‍यसले मसित देवरले गर्नुपर्ने कर्तव्‍य पालन गर्दैन।”  
And if the man like not to take his brother's wife, then let his brother's wife go up to the gate unto the elders, and say, My husband's brother refuseth to raise up unto his brother a name in Israel, he will not perform the duty of my husband's brother.
8तब त्‍यसको सहरका धर्म-गुरुहरूले त्‍यसलाई बोलाएर सम्‍झाऊन्‌। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्‍यो आफ्‍नो कुरामा अड़िएर बस्‍यो भने, 
Then the elders of his city shall call him, and speak unto him: and if he stand to it, and say, I like not to take her;
9भाउजूले धर्म-गुरुहरूकै सामु त्‍यसकहाँ गएर त्‍यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्‍यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्‍नो दाजुभाइको परिवार वृद्धि गर्न मान्‍दैन, त्‍यसलाई यसै गरिनेछ।” 
Then shall his brother's wife come unto him in the presence of the elders, and loose his shoe from off his foot, and spit in his face, and shall answer and say, So shall it be done unto that man that will not build up his brother's house.
10अनि इस्राएलमा त्‍यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।
And his name shall be called in Israel, The house of him that hath his shoe loosed.
11आपसमा लड्‌ने दुई पुरुषमध्‍ये एक जनाकी पत्‍नी आएर आफ्‍नो पतिलाई बचाउन विरोधीको गुप्‍त अङ्ग अँठ्याई भने, 
When men strive together one with another, and the wife of the one draweth near for to deliver her husband out of the hand of him that smiteth him, and putteth forth her hand, and taketh him by the secrets:
12तिमीहरूले त्‍यसको हात काटिदिनू, त्‍यसलाई टिठ्याउँदै नटिठ्याउनू।
Then thou shalt cut off her hand, thine eye shall not pity her.
13तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्‍यादा ओजन भएका ढकहरू नराख्‍नू।  
Thou shalt not have in thy bag divers weights, a great and a small.
14तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्‍नू। 
Thou shalt not have in thine house divers measures, a great and a small.
15तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्‌। 
But thou shalt have a perfect and just weight, a perfect and just measure shalt thou have: that thy days may be lengthened in the land which the LORD thy God giveth thee.
16किनकि यस्‍ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।
For all that do such things, and all that do unrighteously, are an abomination unto the LORD thy God.
17मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्‍यवहार नभुल।  
Remember what Amalek did unto thee by the way, when ye were come forth out of Egypt;
18तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्‍वरको डर मानेनन्‌। 
How he met thee by the way, and smote the hindmost of thee, even all that were feeble behind thee, when thou wast faint and weary; and he feared not God.
19परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्‍वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्‍यै नभुल्‍नू।
Therefore it shall be, when the LORD thy God hath given thee rest from all thine enemies round about, in the land which the LORD thy God giveth thee for an inheritance to possess it, that thou shalt blot out the remembrance of Amalek from under heaven; thou shalt not forget it.
............................................................................

25 When people have a dispute, they are to take it to court and the judges will decide the case, acquitting the innocent and condemning the guilty. If the guilty person deserves to be beaten, the judge shall make them lie down and have them flogged in his presence with the number of lashes the crime deserves, but the judge must not impose more than forty lashes. If the guilty party is flogged more than that, your fellow Israelite will be degraded in your eyes.

Do not muzzle an ox while it is treading out the grain.

If brothers are living together and one of them dies without a son, his widow must not marry outside the family. Her husband’s brother shall take her and marry her and fulfill the duty of a brother-in-law to her. The first son she bears shall carry on the name of the dead brother so that his name will not be blotted out from Israel.

However, if a man does not want to marry his brother’s wife, she shall go to the elders at the town gate and say, “My husband’s brother refuses to carry on his brother’s name in Israel. He will not fulfill the duty of a brother-in-law to me.” Then the elders of his town shall summon him and talk to him. If he persists in saying, “I do not want to marry her,” his brother’s widow shall go up to him in the presence of the elders, take off one of his sandals, spit in his face and say, “This is what is done to the man who will not build up his brother’s family line.” 10 That man’s line shall be known in Israel as The Family of the Unsandaled.

11 If two men are fighting and the wife of one of them comes to rescue her husband from his assailant, and she reaches out and seizes him by his private parts, 12 you shall cut off her hand. Show her no pity.

13 Do not have two differing weights in your bag—one heavy, one light. 14 Do not have two differing measures in your house—one large, one small. 15 You must have accurate and honest weights and measures, so that you may live long in the land the Lord your God is giving you. 16 For the Lord your God detests anyone who does these things, anyone who deals dishonestly.

17 Remember what the Amalekites did to you along the way when you came out of Egypt. 18 When you were weary and worn out, they met you on your journey and attacked all who were lagging behind; they had no fear of God. 19 When the Lord your God gives you rest from all the enemies around you in the land he is giving you to possess as an inheritance, you shall blot out the name of Amalek from under heaven. Do not forget!

..........................................................................
ENG-NEP

व्यवस्था 25

विभिन्‍न विधानहरू
1जब मानिसहरूका बीचमा झगड़ा हुन्‍छ, तिनीहरूले त्‍यो अड्डामा लैजाऊन्‌ र न्‍यायकर्ताहरूले फैसला गरून्‌— निर्दोषलाई छोड़िदेऊन्‌ र अपराधीलाई दोषी ठहराऊन्‌। 2दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्‍यायकर्ताले त्‍यसलाई लम्‍पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्, 3तर चालीस कोर्राभन्‍दा बढ़ी हान्‍न नलगाऊन्‌। त्‍यसभन्‍दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्‍टिमा तिमीहरूको भाइको अपमान हुनेछ। 
4दाइँ गर्दा गोरुलाई महला नलगाओ। 
5सँगै बसेका दाजुभाइमध्‍येको कोही छोरा नभई मर्‍यो भने, त्‍यसकी पत्‍नीले बाहिरको कुलमा विवाह नगरोस्‌। मर्नेकै दाजु वा भाइले त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्‍य पूरा गरोस्‌।  6त्‍यसले जन्‍माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्‍यसको नाउँ इस्राएलमा नमेटिओस्‌।
7तर देवरले आफ्‍नी भाउजूलाई राख्‍न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्‍नो दाजुको नाउँ इस्राएलमा कायम राख्‍न मान्‍दैन। त्‍यसले मसित देवरले गर्नुपर्ने कर्तव्‍य पालन गर्दैन।”  8तब त्‍यसको सहरका धर्म-गुरुहरूले त्‍यसलाई बोलाएर सम्‍झाऊन्‌। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्‍यो आफ्‍नो कुरामा अड़िएर बस्‍यो भने, 9भाउजूले धर्म-गुरुहरूकै सामु त्‍यसकहाँ गएर त्‍यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्‍यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्‍नो दाजुभाइको परिवार वृद्धि गर्न मान्‍दैन, त्‍यसलाई यसै गरिनेछ।” 10अनि इस्राएलमा त्‍यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।
11आपसमा लड्‌ने दुई पुरुषमध्‍ये एक जनाकी पत्‍नी आएर आफ्‍नो पतिलाई बचाउन विरोधीको गुप्‍त अङ्ग अँठ्याई भने, 12तिमीहरूले त्‍यसको हात काटिदिनू, त्‍यसलाई टिठ्याउँदै नटिठ्याउनू।
13तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्‍यादा ओजन भएका ढकहरू नराख्‍नू।  14तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्‍नू। 15तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्‌। 16किनकि यस्‍ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।
17मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्‍यवहार नभुल।  18तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्‍वरको डर मानेनन्‌। 19परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्‍वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्‍यै नभुल्‍नू।

 

 

DEUTERONOMY - 26:1-19

व्यवस्था 26

अगौटे फल र दशांश चढाउने नियम
1परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि 2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ,  3र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।” 4तब पूजाहारीले तिमीहरूका हातबाट त्‍यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको अगि तिनले राखिदिनेछन्‌। 5तब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने यसो भन्‍नू: “मेरा पुर्खा फिरन्‍ते अरामी थिए। उनी आफ्‍नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्‍यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्‍य जाति उत्‍पन्‍न भयो। 6तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे। 7तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो। 8यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो। 9उहाँले हामीलाई यस ठाउँमा ल्‍याएर यो दूध र मह बग्ने देश दिनुभयो। 10अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू। 11तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।
12दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्‍ना सबै उब्‍जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्‍यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्‍यो खाऊन्‌ र तृप्‍त होऊन्‌।  13त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु। 14शोक गर्ने बेलामा त्‍यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्‍यसबाट केही निकालेको छु, न त त्‍यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु। 15आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”
परमप्रभुको आज्ञापालन गर्नू
16यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर। 17“परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका मार्गमा हिँड्‌नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्‍नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्‍चय गरेका छौ। 18आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्‍नै प्रजा र उहाँको अमूल्‍य सम्‍पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।  19तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्‍दा बढ़ी प्रशंसा, सम्‍मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।
.............................................................

Firstfruits and Tithes

26 When you have entered the land the Lord your God is giving you as an inheritance and have taken possession of it and settled in it, take some of the firstfruits of all that you produce from the soil of the land the Lord your God is giving you and put them in a basket. Then go to the place the Lord your God will choose as a dwelling for his Name and say to the priest in office at the time, “I declare today to the Lord your God that I have come to the land the Lord swore to our ancestors to give us.” The priest shall take the basket from your hands and set it down in front of the altar of the Lord your God. Then you shall declare before the Lord your God: “My father was a wandering Aramean, and he went down into Egypt with a few people and lived there and became a great nation, powerful and numerous. But the Egyptians mistreated us and made us suffer, subjecting us to harsh labor. Then we cried out to the Lord, the God of our ancestors, and the Lord heard our voice and saw our misery, toil and oppression. So the Lord brought us out of Egypt with a mighty hand and an outstretched arm, with great terror and with signs and wonders. He brought us to this place and gave us this land, a land flowing with milk and honey; 10 and now I bring the firstfruits of the soil that you, Lord, have given me.” Place the basket before the Lord your God and bow down before him. 11 Then you and the Levites and the foreigners residing among you shall rejoice in all the good things the Lord your God has given to you and your household.

12 When you have finished setting aside a tenth of all your produce in the third year, the year of the tithe, you shall give it to the Levite, the foreigner, the fatherless and the widow, so that they may eat in your towns and be satisfied. 13 Then say to the Lord your God: “I have removed from my house the sacred portion and have given it to the Levite, the foreigner, the fatherless and the widow, according to all you commanded. I have not turned aside from your commands nor have I forgotten any of them. 14 I have not eaten any of the sacred portion while I was in mourning, nor have I removed any of it while I was unclean, nor have I offered any of it to the dead. I have obeyed the Lord my God; I have done everything you commanded me. 15 Look down from heaven, your holy dwelling place, and bless your people Israel and the land you have given us as you promised on oath to our ancestors, a land flowing with milk and honey.”

Follow the Lord’s Commands

16 The Lord your God commands you this day to follow these decrees and laws; carefully observe them with all your heart and with all your soul. 17 You have declared this day that the Lord is your God and that you will walk in obedience to him, that you will keep his decrees, commands and laws—that you will listen to him. 18 And the Lord has declared this day that you are his people, his treasured possession as he promised, and that you are to keep all his commands. 19 He has declared that he will set you in praise, fame and honor high above all the nations he has made and that you will be a people holy to the Lord your God, as he promised.

..........................................................
ENG-NEP

व्यवस्था 26

अगौटे फल र दशांश चढाउने नियम
1परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि 
And it shall be, when thou art come in unto the land which the LORD thy God giveth thee for an inheritance, and possessest it, and dwellest therein;
2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ,  
That thou shalt take of the first of all the fruit of the earth, which thou shalt bring of thy land that the LORD thy God giveth thee, and shalt put it in a basket, and shalt go unto the place which the LORD thy God shall choose to place his name there.
3र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।” 
And thou shalt go unto the priest that shall be in those days, and say unto him, I profess this day unto the LORD thy God, that I am come unto the country which the LORD sware unto our fathers for to give us.
4तब पूजाहारीले तिमीहरूका हातबाट त्‍यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको अगि तिनले राखिदिनेछन्‌। 
And the priest shall take the basket out of thine hand, and set it down before the altar of the LORD thy God.
5तब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने यसो भन्‍नू: “मेरा पुर्खा फिरन्‍ते अरामी थिए। उनी आफ्‍नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्‍यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्‍य जाति उत्‍पन्‍न भयो।
And thou shalt speak and say before the LORD thy God, A Syrian ready to perish was my father, and he went down into Egypt, and sojourned there with a few, and became there a nation, great, mighty, and populous:
 6तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे। 
And the Egyptians evil entreated us, and afflicted us, and laid upon us hard bondage:
7तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो। 
And when we cried unto the LORD God of our fathers, the LORD heard our voice, and looked on our affliction, and our labour, and our oppression:
8यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो। 
And the LORD brought us forth out of Egypt with a mighty hand, and with an outstretched arm, and with great terribleness, and with signs, and with wonders:
9उहाँले हामीलाई यस ठाउँमा ल्‍याएर यो दूध र मह बग्ने देश दिनुभयो।
And he hath brought us into this place, and hath given us this land, even a land that floweth with milk and honey.
 10अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू। 
And now, behold, I have brought the firstfruits of the land, which thou, O LORD, hast given me. And thou shalt set it before the LORD thy God, and worship before the LORD thy God:
11तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।
And thou shalt rejoice in every good thing which the LORD thy God hath given unto thee, and unto thine house, thou, and the Levite, and the stranger that is among you.12दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्‍ना सबै उब्‍जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्‍यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्‍यो खाऊन्‌ र तृप्‍त होऊन्‌।  
When thou hast made an end of tithing all the tithes of thine increase the third year, which is the year of tithing, and hast given it unto the Levite, the stranger, the fatherless, and the widow, that they may eat within thy gates, and be filled;
13त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु। 
Then thou shalt say before the LORD thy God, I have brought away the hallowed things out of mine house, and also have given them unto the Levite, and unto the stranger, to the fatherless, and to the widow, according to all thy commandments which thou hast commanded me: I have not transgressed thy commandments, neither have I forgotten them:
14शोक गर्ने बेलामा त्‍यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्‍यसबाट केही निकालेको छु, न त त्‍यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु। 
I have not eaten thereof in my mourning, neither have I taken away ought thereof for any unclean use, nor given ought thereof for the dead: but I have hearkened to the voice of the LORD my God, and have done according to all that thou hast commanded me.
15आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”
Look down from thy holy habitation, from heaven, and bless thy people Israel, and the land which thou hast given us, as thou swarest unto our fathers, a land that floweth with milk and honey.
 
परमप्रभुको आज्ञापालन गर्नू
16यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर। 
This day the LORD thy God hath commanded thee to do these statutes and judgments: thou shalt therefore keep and do them with all thine heart, and with all thy soul.
17“परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका मार्गमा हिँड्‌नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्‍नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्‍चय गरेका छौ। 
Thou hast avouched the LORD this day to be thy God, and to walk in his ways, and to keep his statutes, and his commandments, and his judgments, and to hearken unto his voice:
18आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्‍नै प्रजा र उहाँको अमूल्‍य सम्‍पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।  
And the LORD hath avouched thee this day to be his peculiar people, as he hath promised thee, and that thou shouldest keep all his commandments;
19तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्‍दा बढ़ी प्रशंसा, सम्‍मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।
And to make thee high above all nations which he hath made, in praise, and in name, and in honour; and that thou mayest be an holy people unto the LORD thy God, as he hath spoken.

 

 

DEUTERONOMY - 27:1-26

व्यवस्था 27

एबाल डाँडामा भएको वेदी
1मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्‍तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर। 2जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्‍नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्‍नू।  3तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्‍यवस्‍थाका सबै वचनहरू त्‍यसमा लेख्‍नू। 4यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्‍थापना गरेर कमेरोले पोत्‍नू। 5त्‍यहीँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति ढुङ्गाको वेदी बनाउनू। त्‍यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू।  6तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू। 7तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू। 8तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”
एबाल डाँड़ामा दिइने श्रापहरू
9तब मोशा र लेवी पूजाहारीहरूले जम्‍मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका प्रजा भएका छौ। 10आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।”
11त्‍यही दिन मोशाले मानिसहरूलाई यस्‍तो आदेश दिए:
12तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार, योसेफ र बेन्‍यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्‍जीम डाँड़ामा खड़ा होऊन्‌।  13रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌। 14अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्‍च सोरले यसो भनेर घोषणा गरून्‌:
15“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
16“आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
17“आफ्‍ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
18“अन्‍धालाई उल्‍टो बाटो देखाइदिने मान्‍छे श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
19“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
20“आफ्‍ना बुबाकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्‍यसले आफ्‍ना बुबाको ओछ्यानको अपमान गर्दछ।” 
तब सबै जनाले भनून्, “आमेन।”
21“पशुसँग सम्‍भोग गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
22“आफ्‍ना बुबा वा आमाकी छोरी, अर्थात्‌ आफ्‍नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
23“आफ्‍नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
24“गोप्‍य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।”
तब सबै जनाले भनून्, “आमेन।”
25“निर्दोष मान्‍छेको हत्‍या गर्नलाई घूस लिने मानिस श्रापित होस्‌।”
तब सबै जनाले भनून्, “आमेन।”
26“यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
...............................................................

The Altar on Mount Ebal

27 Moses and the elders of Israel commanded the people: “Keep all these commands that I give you today. When you have crossed the Jordan into the land the Lord your God is giving you, set up some large stones and coat them with plaster. Write on them all the words of this law when you have crossed over to enter the land the Lord your God is giving you, a land flowing with milk and honey, just as the Lord, the God of your ancestors, promised you. And when you have crossed the Jordan, set up these stones on Mount Ebal, as I command you today, and coat them with plaster. Build there an altar to the Lord your God, an altar of stones. Do not use any iron tool on them. Build the altar of the Lord your God with fieldstones and offer burnt offerings on it to the Lord your God. Sacrifice fellowship offerings there, eating them and rejoicing in the presence of the Lord your God. And you shall write very clearly all the words of this law on these stones you have set up.”

Curses From Mount Ebal

Then Moses and the Levitical priests said to all Israel, “Be silent, Israel, and listen! You have now become the people of the Lord your God. 10 Obey the Lord your God and follow his commands and decrees that I give you today.”

11 On the same day Moses commanded the people:

12 When you have crossed the Jordan, these tribes shall stand on Mount Gerizim to bless the people: Simeon, Levi, Judah, Issachar, Joseph and Benjamin. 13 And these tribes shall stand on Mount Ebal to pronounce curses: Reuben, Gad, Asher, Zebulun, Dan and Naphtali.

14 The Levites shall recite to all the people of Israel in a loud voice:

15 “Cursed is anyone who makes an idol—a thing detestable to the Lord, the work of skilled hands—and sets it up in secret.”

Then all the people shall say, “Amen!”

16 “Cursed is anyone who dishonors their father or mother.”

Then all the people shall say, “Amen!”

17 “Cursed is anyone who moves their neighbor’s boundary stone.”

Then all the people shall say, “Amen!”

18 “Cursed is anyone who leads the blind astray on the road.”

Then all the people shall say, “Amen!”

19 “Cursed is anyone who withholds justice from the foreigner, the fatherless or the widow.”

Then all the people shall say, “Amen!”

20 “Cursed is anyone who sleeps with his father’s wife, for he dishonors his father’s bed.”

Then all the people shall say, “Amen!”

21 “Cursed is anyone who has sexual relations with any animal.”

Then all the people shall say, “Amen!”

22 “Cursed is anyone who sleeps with his sister, the daughter of his father or the daughter of his mother.”

Then all the people shall say, “Amen!”

23 “Cursed is anyone who sleeps with his mother-in-law.”

Then all the people shall say, “Amen!”

24 “Cursed is anyone who kills their neighbor secretly.”

Then all the people shall say, “Amen!”

25 “Cursed is anyone who accepts a bribe to kill an innocent person.”

Then all the people shall say, “Amen!”

26 “Cursed is anyone who does not uphold the words of this law by carrying them out.”

Then all the people shall say, “Amen!”

 

..................................................................
ENG-NEP

व्यवस्था 27

एबाल डाँडामा भएको वेदी
1मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्‍तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर। 
And Moses with the elders of Israel commanded the people, saying, Keep all the commandments which I command you this day.
2जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्‍नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्‍नू। 
And it shall be on the day when ye shall pass over Jordan unto the land which the LORD thy God giveth thee, that thou shalt set thee up great stones, and plaister them with plaister:
 3तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्‍यवस्‍थाका सबै वचनहरू त्‍यसमा लेख्‍नू। 
And thou shalt write upon them all the words of this law, when thou art passed over, that thou mayest go in unto the land which the LORD thy God giveth thee, a land that floweth with milk and honey; as the LORD God of thy fathers hath promised thee.
4यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्‍थापना गरेर कमेरोले पोत्‍नू। 
Therefore it shall be when ye be gone over Jordan, that ye shall set up these stones, which I command you this day, in mount Ebal, and thou shalt plaister them with plaister.
5त्‍यहीँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति ढुङ्गाको वेदी बनाउनू। त्‍यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू।  
And there shalt thou build an altar unto the LORD thy God, an altar of stones: thou shalt not lift up any iron tool upon them.
6तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू। 
Thou shalt build the altar of the LORD thy God of whole stones: and thou shalt offer burnt offerings thereon unto the LORD thy God:
7तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू। 
And thou shalt offer peace offerings, and shalt eat there, and rejoice before the LORD thy God.
8तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”
And thou shalt write upon the stones all the words of this law very plainly.
 
एबाल डाँड़ामा दिइने श्रापहरू
9तब मोशा र लेवी पूजाहारीहरूले जम्‍मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका प्रजा भएका छौ। 
And Moses and the priests the Levites spake unto all Israel, saying, Take heed, and hearken, O Israel; this day thou art become the people of the LORD thy God.
10आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।”
Thou shalt therefore obey the voice of the LORD thy God, and do his commandments and his statutes, which I command thee this day.
11त्‍यही दिन मोशाले मानिसहरूलाई यस्‍तो आदेश दिए:
And Moses charged the people the same day, saying,
12तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार, योसेफ र बेन्‍यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्‍जीम डाँड़ामा खड़ा होऊन्‌।  
These shall stand upon mount Gerizim to bless the people, when ye are come over Jordan; Simeon, and Levi, and Judah, and Issachar, and Joseph, and Benjamin:
13रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌। 
And these shall stand upon mount Ebal to curse; Reuben, Gad, and Asher, and Zebulun, Dan, and Naphtali.
14अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्‍च सोरले यसो भनेर घोषणा गरून्‌:
And the Levites shall speak, and say unto all the men of Israel with a loud voice,
15“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be the man that maketh any graven or molten image, an abomination unto the LORD, the work of the hands of the craftsman, and putteth it in a secret place. And all the people shall answer and say, Amen.
16“आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that setteth light by his father or his mother. And all the people shall say, Amen.
17“आफ्‍ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्‌।”
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that removeth his neighbour's landmark. And all the people shall say, Amen.
18“अन्‍धालाई उल्‍टो बाटो देखाइदिने मान्‍छे श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that maketh the blind to wander out of the way. And all the people shall say, Amen.
19“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that perverteth the judgment of the stranger, fatherless, and widow. And all the people shall say, Amen.
20“आफ्‍ना बुबाकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्‍यसले आफ्‍ना बुबाको ओछ्यानको अपमान गर्दछ।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that lieth with his father's wife; because he uncovereth his father's skirt. And all the people shall say, Amen.
21“पशुसँग सम्‍भोग गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that lieth with any manner of beast. And all the people shall say, Amen.
22“आफ्‍ना बुबा वा आमाकी छोरी, अर्थात्‌ आफ्‍नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that lieth with his sister, the daughter of his father, or the daughter of his mother. And all the people shall say, Amen.
23“आफ्‍नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that lieth with his mother in law. And all the people shall say, Amen.
24“गोप्‍य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।”
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that smiteth his neighbour secretly. And all the people shall say, Amen.
25“निर्दोष मान्‍छेको हत्‍या गर्नलाई घूस लिने मानिस श्रापित होस्‌।”
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that taketh reward to slay an innocent person. And all the people shall say, Amen.
26“यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” 
तब सबै जनाले भनून्, “आमेन।”
Cursed be he that confirmeth not all the words of this law to do them. And all the people shall say, Amen.
 

 

 

DEUTERONOMY - 28:1-68

व्यवस्था 28

आज्ञापालन गर्नेलाई आशिष्‌
1आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।  2परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ। 10तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌। 11तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। 13मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ। 14मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
आज्ञापालन नगर्नेहरूका निम्‍ति श्रापहरू
15तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌: 
16तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
17तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
18तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ। 21तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ। 22क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ। 23अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌। 24परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
25परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ। 26तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन। 27निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ। 28परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ। 29अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
30तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ। 31तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन। 32तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन। 33तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ। 34तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ। 35परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
36तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ। 37परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
38तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌। 39तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌। 40तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌। 41तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌। 42तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
43तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ। 44त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
45परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌। 46तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌। 47तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ। 48यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ, 50एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन। 51अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌। 52तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
53घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ। 54तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन, 55यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन। 56तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई 57त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे। 
58यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने, 59परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ। 60मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌। 61यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ। 62तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ। 63जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ। 65ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ। 66तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन। 67तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!” 68अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।
..........................................................................

Blessings for Obedience

28 If you fully obey the Lord your God and carefully follow all his commands I give you today, the Lord your God will set you high above all the nations on earth. All these blessings will come on you and accompany you if you obey the Lord your God:

You will be blessed in the city and blessed in the country.

The fruit of your womb will be blessed, and the crops of your land and the young of your livestock—the calves of your herds and the lambs of your flocks.

Your basket and your kneading trough will be blessed.

You will be blessed when you come in and blessed when you go out.

The Lord will grant that the enemies who rise up against you will be defeated before you. They will come at you from one direction but flee from you in seven.

The Lord will send a blessing on your barns and on everything you put your hand to. The Lord your God will bless you in the land he is giving you.

The Lord will establish you as his holy people, as he promised you on oath, if you keep the commands of the Lord your God and walk in obedience to him. 10 Then all the peoples on earth will see that you are called by the name of the Lord, and they will fear you. 11 The Lord will grant you abundant prosperity—in the fruit of your womb, the young of your livestock and the crops of your ground—in the land he swore to your ancestors to give you.

12 The Lord will open the heavens, the storehouse of his bounty, to send rain on your land in season and to bless all the work of your hands. You will lend to many nations but will borrow from none. 13 The Lord will make you the head, not the tail. If you pay attention to the commands of the Lord your God that I give you this day and carefully follow them, you will always be at the top, never at the bottom. 14 Do not turn aside from any of the commands I give you today, to the right or to the left, following other gods and serving them.

Curses for Disobedience

15 However, if you do not obey the Lord your God and do not carefully follow all his commands and decrees I am giving you today, all these curses will come on you and overtake you:

16 You will be cursed in the city and cursed in the country.

17 Your basket and your kneading trough will be cursed.

18 The fruit of your womb will be cursed, and the crops of your land, and the calves of your herds and the lambs of your flocks.

19 You will be cursed when you come in and cursed when you go out.

20 The Lord will send on you curses, confusion and rebuke in everything you put your hand to, until you are destroyed and come to sudden ruin because of the evil you have done in forsaking him.[a] 21 The Lord will plague you with diseases until he has destroyed you from the land you are entering to possess. 22 The Lord will strike you with wasting disease, with fever and inflammation, with scorching heat and drought, with blight and mildew, which will plague you until you perish. 23 The sky over your head will be bronze, the ground beneath you iron. 24 The Lord will turn the rain of your country into dust and powder; it will come down from the skies until you are destroyed.

25 The Lord will cause you to be defeated before your enemies. You will come at them from one direction but flee from them in seven, and you will become a thing of horror to all the kingdoms on earth. 26 Your carcasses will be food for all the birds and the wild animals, and there will be no one to frighten them away. 27 The Lord will afflict you with the boils of Egypt and with tumors, festering sores and the itch, from which you cannot be cured. 28 The Lord will afflict you with madness, blindness and confusion of mind. 29 At midday you will grope about like a blind person in the dark. You will be unsuccessful in everything you do; day after day you will be oppressed and robbed, with no one to rescue you.

30 You will be pledged to be married to a woman, but another will take her and rape her. You will build a house, but you will not live in it. You will plant a vineyard, but you will not even begin to enjoy its fruit. 31 Your ox will be slaughtered before your eyes, but you will eat none of it. Your donkey will be forcibly taken from you and will not be returned. Your sheep will be given to your enemies, and no one will rescue them. 32 Your sons and daughters will be given to another nation, and you will wear out your eyes watching for them day after day, powerless to lift a hand. 33 A people that you do not know will eat what your land and labor produce, and you will have nothing but cruel oppression all your days. 34 The sights you see will drive you mad. 35 The Lord will afflict your knees and legs with painful boils that cannot be cured, spreading from the soles of your feet to the top of your head.

36 The Lord will drive you and the king you set over you to a nation unknown to you or your ancestors. There you will worship other gods, gods of wood and stone. 37 You will become a thing of horror, a byword and an object of ridicule among all the peoples where the Lord will drive you.

38 You will sow much seed in the field but you will harvest little, because locusts will devour it. 39 You will plant vineyards and cultivate them but you will not drink the wine or gather the grapes, because worms will eat them. 40 You will have olive trees throughout your country but you will not use the oil, because the olives will drop off. 41 You will have sons and daughters but you will not keep them, because they will go into captivity. 42 Swarms of locusts will take over all your trees and the crops of your land.

43 The foreigners who reside among you will rise above you higher and higher, but you will sink lower and lower. 44 They will lend to you, but you will not lend to them. They will be the head, but you will be the tail.

45 All these curses will come on you. They will pursue you and overtake you until you are destroyed, because you did not obey the Lord your God and observe the commands and decrees he gave you. 46 They will be a sign and a wonder to you and your descendants forever. 47 Because you did not serve the Lord your God joyfully and gladly in the time of prosperity, 48 therefore in hunger and thirst, in nakedness and dire poverty, you will serve the enemies the Lord sends against you. He will put an iron yoke on your neck until he has destroyed you.

49 The Lord will bring a nation against you from far away, from the ends of the earth, like an eagle swooping down, a nation whose language you will not understand, 50 a fierce-looking nation without respect for the old or pity for the young. 51 They will devour the young of your livestock and the crops of your land until you are destroyed. They will leave you no grain, new wine or olive oil, nor any calves of your herds or lambs of your flocks until you are ruined. 52 They will lay siege to all the cities throughout your land until the high fortified walls in which you trust fall down. They will besiege all the cities throughout the land the Lord your God is giving you.

53 Because of the suffering your enemy will inflict on you during the siege, you will eat the fruit of the womb, the flesh of the sons and daughters the Lord your God has given you. 54 Even the most gentle and sensitive man among you will have no compassion on his own brother or the wife he loves or his surviving children, 55 and he will not give to one of them any of the flesh of his children that he is eating. It will be all he has left because of the suffering your enemy will inflict on you during the siege of all your cities. 56 The most gentle and sensitive woman among you—so sensitive and gentle that she would not venture to touch the ground with the sole of her foot—will begrudge the husband she loves and her own son or daughter 57 the afterbirth from her womb and the children she bears. For in her dire need she intends to eat them secretly because of the suffering your enemy will inflict on you during the siege of your cities.

58 If you do not carefully follow all the words of this law, which are written in this book, and do not revere this glorious and awesome name—the Lord your God— 59 the Lord will send fearful plagues on you and your descendants, harsh and prolonged disasters, and severe and lingering illnesses. 60 He will bring on you all the diseases of Egypt that you dreaded, and they will cling to you. 61 The Lord will also bring on you every kind of sickness and disaster not recorded in this Book of the Law, until you are destroyed. 62 You who were as numerous as the stars in the sky will be left but few in number, because you did not obey the Lord your God. 63 Just as it pleased the Lord to make you prosper and increase in number, so it will please him to ruin and destroy you. You will be uprooted from the land you are entering to possess.

64 Then the Lord will scatter you among all nations, from one end of the earth to the other. There you will worship other gods—gods of wood and stone, which neither you nor your ancestors have known. 65 Among those nations you will find no repose, no resting place for the sole of your foot. There the Lord will give you an anxious mind, eyes weary with longing, and a despairing heart. 66 You will live in constant suspense, filled with dread both night and day, never sure of your life. 67 In the morning you will say, “If only it were evening!” and in the evening, “If only it were morning!”—because of the terror that will fill your hearts and the sights that your eyes will see. 68 The Lord will send you back in ships to Egypt on a journey I said you should never make again. There you will offer yourselves for sale to your enemies as male and female slaves, but no one will buy you.

........................................................................
ENG -NEP

व्यवस्था 28

आज्ञापालन गर्नेलाई आशिष्‌
1आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ। 
And it shall come to pass, if thou shalt hearken diligently unto the voice of the LORD thy God, to observe and to do all his commandments which I command thee this day, that the LORD thy God will set thee on high above all nations of the earth:
 2परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
And all these blessings shall come on thee, and overtake thee, if thou shalt hearken unto the voice of the LORD thy God.
3तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
Blessed shalt thou be in the city, and blessed shalt thou be in the field.
4तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
Blessed shall be the fruit of thy body, and the fruit of thy ground, and the fruit of thy cattle, the increase of thy kine, and the flocks of thy sheep.
5तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
Blessed shall be thy basket and thy store.
6भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
Blessed shalt thou be when thou comest in, and blessed shalt thou be when thou goest out.
7तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
The LORD shall cause thine enemies that rise up against thee to be smitten before thy face: they shall come out against thee one way, and flee before thee seven ways.
8परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
The LORD shall command the blessing upon thee in thy storehouses, and in all that thou settest thine hand unto; and he shall bless thee in the land which the LORD thy God giveth thee.
9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
The LORD shall establish thee an holy people unto himself, as he hath sworn unto thee, if thou shalt keep the commandments of the LORD thy God, and walk in his ways.
 10तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌। 
And all people of the earth shall see that thou art called by the name of the LORD; and they shall be afraid of thee.
11तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
And the LORD shall make thee plenteous in goods, in the fruit of thy body, and in the fruit of thy cattle, and in the fruit of thy ground, in the land which the LORD sware unto thy fathers to give thee.
12परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। 
The LORD shall open unto thee his good treasure, the heaven to give the rain unto thy land in his season, and to bless all the work of thine hand: and thou shalt lend unto many nations, and thou shalt not borrow.
13मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
And the LORD shall make thee the head, and not the tail; and thou shalt be above only, and thou shalt not be beneath; if that thou hearken unto the commandments of the LORD thy God, which I command thee this day, to observe and to do them:
 14मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
And thou shalt not go aside from any of the words which I command thee this day, to the right hand, or to the left, to go after other gods to serve them.
 
आज्ञापालन नगर्नेहरूका निम्‍ति श्रापहरू
15तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌: 
But it shall come to pass, if thou wilt not hearken unto the voice of the LORD thy God, to observe to do all his commandments and his statutes which I command thee this day; that all these curses shall come upon thee, and overtake thee:
16तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
17तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
Cursed shall be thy basket and thy store.
18तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
Cursed shall be the fruit of thy body, and the fruit of thy land, the increase of thy kine, and the flocks of thy sheep.
19भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
Cursed shalt thou be when thou comest in, and cursed shalt thou be when thou goest out.
20उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ। 
The LORD shall send upon thee cursing, vexation, and rebuke, in all that thou settest thine hand unto for to do, until thou be destroyed, and until thou perish quickly; because of the wickedness of thy doings, whereby thou hast forsaken me.
21तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ। 
The LORD shall make the pestilence cleave unto thee, until he have consumed thee from off the land, whither thou goest to possess it.
22क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ। 
The LORD shall smite thee with a consumption, and with a fever, and with an inflammation, and with an extreme burning, and with the sword, and with blasting, and with mildew; and they shall pursue thee until thou perish.
23अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌। 
And thy heaven that is over thy head shall be brass, and the earth that is under thee shall be iron.
24परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
The LORD shall make the rain of thy land powder and dust: from heaven shall it come down upon thee, until thou be destroyed.
25परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।
The LORD shall cause thee to be smitten before thine enemies: thou shalt go out one way against them, and flee seven ways before them: and shalt be removed into all the kingdoms of the earth.
 26तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन। 
And thy carcase shall be meat unto all fowls of the air, and unto the beasts of the earth, and no man shall fray them away.
27निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ। 
The LORD will smite thee with the botch of Egypt, and with the emerods, and with the scab, and with the itch, whereof thou canst not be healed.
28परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ। 
The LORD shall smite thee with madness, and blindness, and astonishment of heart:
29अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
And thou shalt grope at noonday, as the blind gropeth in darkness, and thou shalt not prosper in thy ways: and thou shalt be only oppressed and spoiled evermore, and no man shall save thee.
30तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।
Thou shalt betroth a wife, and another man shall lie with her: thou shalt build an house, and thou shalt not dwell therein: thou shalt plant a vineyard, and shalt not gather the grapes thereof.
 31तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन। 
Thine ox shall be slain before thine eyes, and thou shalt not eat thereof: thine ass shall be violently taken away from before thy face, and shall not be restored to thee: thy sheep shall be given unto thine enemies, and thou shalt have none to rescue them.
32तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन। 
Thy sons and thy daughters shall be given unto another people, and thine eyes shall look, and fail with longing for them all the day long: and there shall be no might in thine hand.
33तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
The fruit of thy land, and all thy labours, shall a nation which thou knowest not eat up; and thou shalt be only oppressed and crushed alway:
 34तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ। 
So that thou shalt be mad for the sight of thine eyes which thou shalt see.
35परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
The LORD shall smite thee in the knees, and in the legs, with a sore botch that cannot be healed, from the sole of thy foot unto the top of thy head.
36तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।
The LORD shall bring thee, and thy king which thou shalt set over thee, unto a nation which neither thou nor thy fathers have known; and there shalt thou serve other gods, wood and stone.
 37परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
And thou shalt become an astonishment, a proverb, and a byword, among all nations whither the LORD shall lead thee.
38तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।
Thou shalt carry much seed out into the field, and shalt gather but little in; for the locust shall consume it.
 39तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌। 
Thou shalt plant vineyards, and dress them, but shalt neither drink of the wine, nor gather the grapes; for the worms shall eat them.
40तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।
Thou shalt have olive trees throughout all thy coasts, but thou shalt not anoint thyself with the oil; for thine olive shall cast his fruit.
 41तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌। 
Thou shalt beget sons and daughters, but thou shalt not enjoy them; for they shall go into captivity.
42तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
All thy trees and fruit of thy land shall the locust consume.
43तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ। 
The stranger that is within thee shall get up above thee very high; and thou shalt come down very low.
44त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
He shall lend to thee, and thou shalt not lend to him: he shall be the head, and thou shalt be the tail.
45परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।
Moreover all these curses shall come upon thee, and shall pursue thee, and overtake thee, till thou be destroyed; because thou hearkenedst not unto the voice of the LORD thy God, to keep his commandments and his statutes which he commanded thee:
 46तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।
And they shall be upon thee for a sign and for a wonder, and upon thy seed for ever.
 47तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ। 
Because thou servedst not the LORD thy God with joyfulness, and with gladness of heart, for the abundance of all things;
48यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
Therefore shalt thou serve thine enemies which the LORD shall send against thee, in hunger, and in thirst, and in nakedness, and in want of all things: and he shall put a yoke of iron upon thy neck, until he have destroyed thee.
49परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ, 
The LORD shall bring a nation against thee from far, from the end of the earth, as swift as the eagle flieth; a nation whose tongue thou shalt not understand;
50एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन। 
A nation of fierce countenance, which shall not regard the person of the old, nor shew favour to the young:
51अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
And he shall eat the fruit of thy cattle, and the fruit of thy land, until thou be destroyed: which also shall not leave thee either corn, wine, or oil, or the increase of thy kine, or flocks of thy sheep, until he have destroyed thee.
 52तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
And he shall besiege thee in all thy gates, until thy high and fenced walls come down, wherein thou trustedst, throughout all thy land: and he shall besiege thee in all thy gates throughout all thy land, which the LORD thy God hath given thee.
53घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
And thou shalt eat the fruit of thine own body, the flesh of thy sons and of thy daughters, which the LORD thy God hath given thee, in the siege, and in the straitness, wherewith thine enemies shall distress thee:
 54तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन, 
So that the man that is tender among you, and very delicate, his eye shall be evil toward his brother, and toward the wife of his bosom, and toward the remnant of his children which he shall leave:
55यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
So that he will not give to any of them of the flesh of his children whom he shall eat: because he hath nothing left him in the siege, and in the straitness, wherewith thine enemies shall distress thee in all thy gates.
 56तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई
The tender and delicate woman among you, which would not adventure to set the sole of her foot upon the ground for delicateness and tenderness, her eye shall be evil toward the husband of her bosom, and toward her son, and toward her daughter,
 57त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे। 
And toward her young one that cometh out from between her feet, and toward her children which she shall bear: for she shall eat them for want of all things secretly in the siege and straitness, wherewith thine enemy shall distress thee in thy gates.
58यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने, 
If thou wilt not observe to do all the words of this law that are written in this book, that thou mayest fear this glorious and fearful name, THE LORD THY GOD;
59परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ। 
Then the LORD will make thy plagues wonderful, and the plagues of thy seed, even great plagues, and of long continuance, and sore sicknesses, and of long continuance.
60मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌। 
Moreover he will bring upon thee all the diseases of Egypt, which thou wast afraid of; and they shall cleave unto thee.
61यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ। 
Also every sickness, and every plague, which is not written in the book of this law, them will the LORD bring upon thee, until thou be destroyed.
62तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ। 
And ye shall be left few in number, whereas ye were as the stars of heaven for multitude; because thou wouldest not obey the voice of the LORD thy God.
63जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
And it shall come to pass, that as the LORD rejoiced over you to do you good, and to multiply you; so the LORD will rejoice over you to destroy you, and to bring you to nought; and ye shall be plucked from off the land whither thou goest to possess it.
64तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
And the LORD shall scatter thee among all people, from the one end of the earth even unto the other; and there thou shalt serve other gods, which neither thou nor thy fathers have known, even wood and stone.
 65ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
And among these nations shalt thou find no ease, neither shall the sole of thy foot have rest: but the LORD shall give thee there a trembling heart, and failing of eyes, and sorrow of mind:
 66तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन। 
And thy life shall hang in doubt before thee; and thou shalt fear day and night, and shalt have none assurance of thy life:
67तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!” 
In the morning thou shalt say, Would God it were even! and at even thou shalt say, Would God it were morning! for the fear of thine heart wherewith thou shalt fear, and for the sight of thine eyes which thou shalt see.
68अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

And the LORD shall bring thee into Egypt again with ships, by the way whereof I spake unto thee, Thou shalt see it no more again: and there ye shall be sold unto your enemies for bondmen and bondwomen, and no man shall buy you.

 

DEUTERONOMY - 29:1-29

व्यवस्था 29

अर्ती र चेताउनीहरू
1होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्‌।
2मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने:
परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्‍ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ। 3ठूला-ठूला कष्‍टहरू, आश्‍चर्य चिन्‍हहरू र ती महान्‌ अचम्‍मका कामहरू आफ्‍ना आँखाले देख्‍यौ। 4तर आजसम्‍म परमप्रभुले तिमीहरूलाई बुझ्‍ने मन, देख्‍ने आँखा र सुन्‍ने कान दिनुभएको छैन। 5मैले चालीस वर्षसम्‍म तिमीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्‌। 6तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले बुझ्‍न सक भनेर मैले यसो गरें।
7तिमीहरू यस ठाउँमा आइपुग्‍दा हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्‌नलाई निस्‍केर आए, र हामीले उनीहरूलाई परास्‍त गर्‍यौं।  8अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्‍शेका आधा कुललाई त्‍यो अंशको रूपमा दियौं। 
9यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ। 10आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू, 11तिमीहरूका बालबच्‍चा र पत्‍नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत। 12परमप्रभु तिमीहरूका परमेश्‍वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्‍दैहुनुहुन्‍छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्‍छ। 13जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्‍यसरी नै उहाँ तिमीहरूका परमेश्‍वर बन्‍नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्‍नै प्रजा हुनलाई परमप्रभुले पक्‍का गर्दैहुनुहुन्‍छ। 14म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्‍वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्‍दिनँ, 15तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्‍दछु।
16हामी कसरी मिश्रदेशमा बस्‍यौं, र यहाँ आइपुग्‍न हामी अरू देशहरूबाट भएर कसरी पार गर्‍यौं सो तिमीहरू जान्‍दछौ। 17उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्‍यौ। 18होशियार! तिमीहरूमध्‍येका कोही पुरुष वा स्‍त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्‍वरदेखि बरालिएर नजाओस्‌। होश गर, तिमीहरूका बीचमा यस्‍तो तीतो विष उत्‍पन्‍न गर्ने कुनै जरो नहोस्‌। 
19जब त्‍यस्‍तो मानिसले यस शपथका वचनहरू सुन्‍छ, तब त्‍यसले आफैलाई आशिष्‌ दिन्‍छ र सोच्‍छ, “म आफ्‍नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्‍खा जमिनमाथि पनि विपत्ति ल्‍याउँछ। 20त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ। 21व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्‍यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्‍ति छुट्ट्याउनुहुनेछ।
22तिमीहरूका पछि आउने सन्‍तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्‍यसमाथि ल्‍याउनुभएका रोगहरू देख्‍नेछन्‌। 23परमप्रभुले आफ्‍नो डरलाग्‍दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्‍वंस गर्नुभएको जस्‍तै समस्‍त देशमा गन्‍धक र नून जलेको खाक मात्र हुनेछ। त्‍यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्‍म पनि नउम्रने बाँझो हुनेछ।  24सबै जातिहरूले सोध्‍नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्‍किने क्रोध किन?”
25तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्‍याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करार तिनीहरूले त्‍यागेकाले हो। 26तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्‍डवत्‌ गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्‍दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। 27यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्‍कियो, र यस पुस्‍तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्‍याउनुभयो। 28परमप्रभुले डरलाग्‍दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्‍नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्‍तो आज भएको छ।”
29प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।
.....................................................

Renewal of the Covenant

29 [a]These are the terms of the covenant the Lord commanded Moses to make with the Israelites in Moab, in addition to the covenant he had made with them at Horeb.

Moses summoned all the Israelites and said to them:

Your eyes have seen all that the Lord did in Egypt to Pharaoh, to all his officials and to all his land. With your own eyes you saw those great trials, those signs and great wonders. But to this day the Lord has not given you a mind that understands or eyes that see or ears that hear. Yet the Lord says, “During the forty years that I led you through the wilderness, your clothes did not wear out, nor did the sandals on your feet. You ate no bread and drank no wine or other fermented drink. I did this so that you might know that I am the Lord your God.”

When you reached this place, Sihon king of Heshbon and Og king of Bashan came out to fight against us, but we defeated them. We took their land and gave it as an inheritance to the Reubenites, the Gadites and the half-tribe of Manasseh.

Carefully follow the terms of this covenant, so that you may prosper in everything you do. 10 All of you are standing today in the presence of the Lord your God—your leaders and chief men, your elders and officials, and all the other men of Israel, 11 together with your children and your wives, and the foreigners living in your camps who chop your wood and carry your water. 12 You are standing here in order to enter into a covenant with the Lord your God, a covenant the Lord is making with you this day and sealing with an oath, 13 to confirm you this day as his people, that he may be your God as he promised you and as he swore to your fathers, Abraham, Isaac and Jacob. 14 I am making this covenant, with its oath, not only with you 15 who are standing here with us today in the presence of the Lord our God but also with those who are not here today.

16 You yourselves know how we lived in Egypt and how we passed through the countries on the way here. 17 You saw among them their detestable images and idols of wood and stone, of silver and gold. 18 Make sure there is no man or woman, clan or tribe among you today whose heart turns away from the Lord our God to go and worship the gods of those nations; make sure there is no root among you that produces such bitter poison.

19 When such a person hears the words of this oath and they invoke a blessing on themselves, thinking, “I will be safe, even though I persist in going my own way,” they will bring disaster on the watered land as well as the dry. 20 The Lord will never be willing to forgive them; his wrath and zeal will burn against them. All the curses written in this book will fall on them, and the Lord will blot out their names from under heaven. 21 The Lord will single them out from all the tribes of Israel for disaster, according to all the curses of the covenant written in this Book of the Law.

22 Your children who follow you in later generations and foreigners who come from distant lands will see the calamities that have fallen on the land and the diseases with which the Lord has afflicted it. 23 The whole land will be a burning waste of salt and sulfur—nothing planted, nothing sprouting, no vegetation growing on it. It will be like the destruction of Sodom and Gomorrah, Admah and Zeboyim, which the Lord overthrew in fierce anger. 24 All the nations will ask: “Why has the Lord done this to this land? Why this fierce, burning anger?”

25 And the answer will be: “It is because this people abandoned the covenant of the Lord, the God of their ancestors, the covenant he made with them when he brought them out of Egypt. 26 They went off and worshiped other gods and bowed down to them, gods they did not know, gods he had not given them. 27 Therefore the Lord’s anger burned against this land, so that he brought on it all the curses written in this book. 28 In furious anger and in great wrath the Lord uprooted them from their land and thrust them into another land, as it is now.”

29 The secret things belong to the Lord our God, but the things revealed belong to us and to our children forever, that we may follow all the words of this law.

...................................................
ENG -NEP

व्यवस्था 29

अर्ती र चेताउनीहरू
1होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्‌।
 
2मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने:
परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्‍ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ। 
 
3ठूला-ठूला कष्‍टहरू, आश्‍चर्य चिन्‍हहरू र ती महान्‌ अचम्‍मका कामहरू आफ्‍ना आँखाले देख्‍यौ। 
 
4तर आजसम्‍म परमप्रभुले तिमीहरूलाई बुझ्‍ने मन, देख्‍ने आँखा र सुन्‍ने कान दिनुभएको छैन। 
 
5मैले चालीस वर्षसम्‍म तिमीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्‌।
 
 6तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले बुझ्‍न सक भनेर मैले यसो गरें।
 
7तिमीहरू यस ठाउँमा आइपुग्‍दा हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्‌नलाई निस्‍केर आए, र हामीले उनीहरूलाई परास्‍त गर्‍यौं।
 
  8अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्‍शेका आधा कुललाई त्‍यो अंशको रूपमा दियौं। 
 
9यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ। 
 
10आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू, 
 
11तिमीहरूका बालबच्‍चा र पत्‍नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत। 
 
12परमप्रभु तिमीहरूका परमेश्‍वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्‍दैहुनुहुन्‍छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्‍छ।
 
 13जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्‍यसरी नै उहाँ तिमीहरूका परमेश्‍वर बन्‍नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्‍नै प्रजा हुनलाई परमप्रभुले पक्‍का गर्दैहुनुहुन्‍छ।
 
 14म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्‍वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्‍दिनँ, 
 
15तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्‍दछु।
 
16हामी कसरी मिश्रदेशमा बस्‍यौं, र यहाँ आइपुग्‍न हामी अरू देशहरूबाट भएर कसरी पार गर्‍यौं सो तिमीहरू जान्‍दछौ।
 
 17उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्‍यौ। 
 
18होशियार! तिमीहरूमध्‍येका कोही पुरुष वा स्‍त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्‍वरदेखि बरालिएर नजाओस्‌। होश गर, तिमीहरूका बीचमा यस्‍तो तीतो विष उत्‍पन्‍न गर्ने कुनै जरो नहोस्‌। 
 
19जब त्‍यस्‍तो मानिसले यस शपथका वचनहरू सुन्‍छ, तब त्‍यसले आफैलाई आशिष्‌ दिन्‍छ र सोच्‍छ, “म आफ्‍नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्‍खा जमिनमाथि पनि विपत्ति ल्‍याउँछ।
 
 20त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ।
 
 21व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्‍यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्‍ति छुट्ट्याउनुहुनेछ।
 
22तिमीहरूका पछि आउने सन्‍तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्‍यसमाथि ल्‍याउनुभएका रोगहरू देख्‍नेछन्‌।
 
 23परमप्रभुले आफ्‍नो डरलाग्‍दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्‍वंस गर्नुभएको जस्‍तै समस्‍त देशमा गन्‍धक र नून जलेको खाक मात्र हुनेछ। त्‍यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्‍म पनि नउम्रने बाँझो हुनेछ।
 
  24सबै जातिहरूले सोध्‍नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्‍किने क्रोध किन?”
 
25तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्‍याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करार तिनीहरूले त्‍यागेकाले हो।
 
 26तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्‍डवत्‌ गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्‍दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। 
 
27यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्‍कियो, र यस पुस्‍तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्‍याउनुभयो।
 
 28परमप्रभुले डरलाग्‍दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्‍नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्‍तो आज भएको छ।”
 
29प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।

 

 

DEUTERONOMY - 30:1-20

व्यवस्था 30

जीवन र वृद्धि प्रदान गरिएको
1परमप्रभु परमेश्‍वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष्‌ र श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिनको स्‍मरण गरेर 2तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ, 3तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ। 4तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ। 5तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ। 6परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक। 7परमप्रभु तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्‍याउनुहुनेछ। 8तिमीहरूले फेरि परमप्रभुको वचन मान्‍नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ। 9तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। 10व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।
11आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्‍ति साह्रै गाह्रो वा टाढ़ो छैन। 12“हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।  13“कसले सागर पारि गएर हामीलाई त्‍यो ल्‍याइदिएर हामीलाई सुनाइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो सागरको पल्‍लो छेउमा पनि छैन। 14तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
15हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु। 16परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
17तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्‍य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्‍न र सेवा गर्न लाग्‍यौ भने, 18तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्‍नेछैनौ।
19आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक, 20र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। 
..........................................................

Prosperity After Turning to the Lord

30 When all these blessings and curses I have set before you come on you and you take them to heart wherever the Lord your God disperses you among the nations, and when you and your children return to the Lord your God and obey him with all your heart and with all your soul according to everything I command you today, then the Lord your God will restore your fortunes[a] and have compassion on you and gather you again from all the nations where he scattered you. Even if you have been banished to the most distant land under the heavens, from there the Lord your God will gather you and bring you back. He will bring you to the land that belonged to your ancestors, and you will take possession of it. He will make you more prosperous and numerous than your ancestors. The Lord your God will circumcise your hearts and the hearts of your descendants, so that you may love him with all your heart and with all your soul, and live. The Lord your God will put all these curses on your enemies who hate and persecute you. You will again obey the Lord and follow all his commands I am giving you today. Then the Lord your God will make you most prosperous in all the work of your hands and in the fruit of your womb, the young of your livestock and the crops of your land. The Lord will again delight in you and make you prosperous, just as he delighted in your ancestors, 10 if you obey the Lord your God and keep his commands and decrees that are written in this Book of the Law and turn to the Lord your God with all your heart and with all your soul.

The Offer of Life or Death

11 Now what I am commanding you today is not too difficult for you or beyond your reach. 12 It is not up in heaven, so that you have to ask, “Who will ascend into heaven to get it and proclaim it to us so we may obey it?” 13 Nor is it beyond the sea, so that you have to ask, “Who will cross the sea to get it and proclaim it to us so we may obey it?” 14 No, the word is very near you; it is in your mouth and in your heart so you may obey it.

15 See, I set before you today life and prosperity, death and destruction. 16 For I command you today to love the Lord your God, to walk in obedience to him, and to keep his commands, decrees and laws; then you will live and increase, and the Lord your God will bless you in the land you are entering to possess.

17 But if your heart turns away and you are not obedient, and if you are drawn away to bow down to other gods and worship them, 18 I declare to you this day that you will certainly be destroyed. You will not live long in the land you are crossing the Jordan to enter and possess.

19 This day I call the heavens and the earth as witnesses against you that I have set before you life and death, blessings and curses. Now choose life, so that you and your children may live 20 and that you may love the Lord your God, listen to his voice, and hold fast to him. For the Lord is your life, and he will give you many years in the land he swore to give to your fathers, Abraham, Isaac and Jacob.

.......................................................
ENG-NEP

व्यवस्था 30

जीवन र वृद्धि प्रदान गरिएको
1परमप्रभु परमेश्‍वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष्‌ र श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिनको स्‍मरण गरेर 
 
2तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ, 
 
3तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ। 
 
4तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ।
 
 5तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ। 
 
6परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक। 
 
7परमप्रभु तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्‍याउनुहुनेछ।
 
 8तिमीहरूले फेरि परमप्रभुको वचन मान्‍नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ।
 
 9तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। 
 
10व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।
 
11आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्‍ति साह्रै गाह्रो वा टाढ़ो छैन।
 
 12“हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।
 
  13“कसले सागर पारि गएर हामीलाई त्‍यो ल्‍याइदिएर हामीलाई सुनाइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो सागरको पल्‍लो छेउमा पनि छैन। 
 
14तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
 
15हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु। 
 
16परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
 
17तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्‍य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्‍न र सेवा गर्न लाग्‍यौ भने, 
 
18तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्‍नेछैनौ।
 
19आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक, 
 
20र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। 

 

 

DEUTERONOMY - 31:1-30

व्यवस्था 31

मोशाको अन्तिम आदेश
1तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: 2“आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ।  3परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌। 4एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।  5परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। 6बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”
7तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्‍ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्‍छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्‍यो तिनीहरूलाई तिनीहरूका अंशको निम्‍ति तिमीले बाँड़िदिनुपर्छ। 8परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।” 
मोशाले पूजाहारीहरूलाई व्‍यवस्‍था सुम्‍पेका
9अनि मोशाले व्‍यवस्‍था लेखेर परमप्रभुका करारको सन्‍दूक बोक्‍ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। 10तब मोशाले तिनीहरूलाई यस्‍तो आदेश दिए: “प्रत्‍येक सात वर्षको अन्‍तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा,  11उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्‍ने गरी तिमीहरूले यो व्‍यवस्‍था पढ्‌नू। 12पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌।  13यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्‍जेल यो व्‍यवस्‍था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिक्‍नुपर्नेछ।
मोशा र यहोशूलाई दिइएको परमेश्‍वरको आदेश
14अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तेरो मृत्‍युको दिन नजिक आइपुग्‍यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्‍यहाँ म त्‍यसलाई कार्यभार सुम्‍पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।
15तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्‍यो बादल पालको ढोकामाथि स्‍थिर भयो। 16अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा पिता-पुर्खाहरूजस्‍तै तँ मर्न लागेको छस्‌। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्‍मिक व्‍यभिचारझैँ गर्नेछन्‌। मलाई त्‍यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्‌नेछन्‌। 17त्‍यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्‍कनेछ र म तिनीहरूलाई त्‍याग्‍नेछु, र आफ्‍नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्‍ट हुनेछन्‌। धेरै आपत्‌विपद्‌हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्‌। तब त्‍यस दिन तिनीहरूले भन्‍नेछन्, ‘हाम्रा परमेश्‍वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्‍ता विपत्तिहरू आएका होइनन्‌ र?’ 18अन्‍य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्‍यस दिन म निश्‍चय नै आफ्‍नो मुख लुकाउनेछु।
19“यसकारण अब तिमीहरूले आफ्‍नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्‍ति एउटा गवाही होस्‌। 20तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्‍ने देशमा मैले तिनीहरूलाई पुर्‍याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्‍य देवताहरूतिर लाग्‍नेछन्‌ र यिनीहरूलाई पुज्‍नेछन्, अनि मलाई तिरस्‍कार गरेर मेरो करार उल्‍लङ्घन गर्नेछन्‌। 21धेरै आपत्‌-विपत्‌ र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्‍यो तिनीहरूका सन्‍तानहरूले कहिल्‍यै बिर्सनेछैनन्‌। तिनीहरूलाई प्रतिज्ञामा दिन्‍छु भनेको देशमा पुर्‍याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।” 22तब मोशाले त्‍यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए।
23परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्‍याउनेछस्, र म आफै तँसँग हुनेछु।” 
24मोशाले यस व्‍यवस्‍थाका वचनहरू सुरुदेखि अन्‍त्‍यसम्‍म लेखिसिद्ध्याएपछि 25परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई यो आज्ञा गरे: 26“व्‍यवस्‍थाको यो पुस्‍तक परमप्रभु तिमीहरूका परमेश्‍वरका करारको सन्‍दूकको छेउमा राख, र त्‍यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्‍यहाँ रहोस्‌। 27किनकि म तिमीहरूको विद्रोह र हठ जान्‍दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्‍युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ! 28तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्‍नेछु। 29किनकि मलाई थाहा छ कि मेरो मृत्‍युपछि तिमीहरू निश्‍चय नै अति भ्रष्‍ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”
30अनि मोशाले यस भजनका शब्‍दहरू सुरुदेखि अन्‍त्‍यसम्‍म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—

.......................................................

Joshua to Succeed Moses

31 Then Moses went out and spoke these words to all Israel: “I am now a hundred and twenty years old and I am no longer able to lead you. The Lord has said to me, ‘You shall not cross the Jordan.’ The Lord your God himself will cross over ahead of you. He will destroy these nations before you, and you will take possession of their land. Joshua also will cross over ahead of you, as the Lord said. And the Lord will do to them what he did to Sihon and Og, the kings of the Amorites, whom he destroyed along with their land. The Lord will deliver them to you, and you must do to them all that I have commanded you. Be strong and courageous. Do not be afraid or terrified because of them, for the Lord your God goes with you; he will never leave you nor forsake you.”

Then Moses summoned Joshua and said to him in the presence of all Israel, “Be strong and courageous, for you must go with this people into the land that the Lord swore to their ancestors to give them, and you must divide it among them as their inheritance. The Lord himself goes before you and will be with you; he will never leave you nor forsake you. Do not be afraid; do not be discouraged.”

Public Reading of the Law

So Moses wrote down this law and gave it to the Levitical priests, who carried the ark of the covenant of the Lord, and to all the elders of Israel. 10 Then Moses commanded them: “At the end of every seven years, in the year for canceling debts, during the Festival of Tabernacles, 11 when all Israel comes to appear before the Lord your God at the place he will choose, you shall read this law before them in their hearing. 12 Assemble the people—men, women and children, and the foreigners residing in your towns—so they can listen and learn to fear the Lord your God and follow carefully all the words of this law. 13 Their children, who do not know this law, must hear it and learn to fear the Lord your God as long as you live in the land you are crossing the Jordan to possess.”

Israel’s Rebellion Predicted

14 The Lord said to Moses, “Now the day of your death is near. Call Joshua and present yourselves at the tent of meeting, where I will commission him.” So Moses and Joshua came and presented themselves at the tent of meeting.

15 Then the Lord appeared at the tent in a pillar of cloud, and the cloud stood over the entrance to the tent. 16 And the Lord said to Moses: “You are going to rest with your ancestors, and these people will soon prostitute themselves to the foreign gods of the land they are entering. They will forsake me and break the covenant I made with them. 17 And in that day I will become angry with them and forsake them; I will hide my face from them, and they will be destroyed. Many disasters and calamities will come on them, and in that day they will ask, ‘Have not these disasters come on us because our God is not with us?’ 18 And I will certainly hide my face in that day because of all their wickedness in turning to other gods.

19 “Now write down this song and teach it to the Israelites and have them sing it, so that it may be a witness for me against them. 20 When I have brought them into the land flowing with milk and honey, the land I promised on oath to their ancestors, and when they eat their fill and thrive, they will turn to other gods and worship them, rejecting me and breaking my covenant. 21 And when many disasters and calamities come on them, this song will testify against them, because it will not be forgotten by their descendants. I know what they are disposed to do, even before I bring them into the land I promised them on oath.” 22 So Moses wrote down this song that day and taught it to the Israelites.

23 The Lord gave this command to Joshua son of Nun: “Be strong and courageous, for you will bring the Israelites into the land I promised them on oath, and I myself will be with you.”

24 After Moses finished writing in a book the words of this law from beginning to end, 25 he gave this command to the Levites who carried the ark of the covenant of the Lord: 26 “Take this Book of the Law and place it beside the ark of the covenant of the Lord your God. There it will remain as a witness against you. 27 For I know how rebellious and stiff-necked you are. If you have been rebellious against the Lord while I am still alive and with you, how much more will you rebel after I die! 28 Assemble before me all the elders of your tribes and all your officials, so that I can speak these words in their hearing and call the heavens and the earth to testify against them. 29 For I know that after my death you are sure to become utterly corrupt and to turn from the way I have commanded you. In days to come, disaster will fall on you because you will do evil in the sight of the Lord and arouse his anger by what your hands have made.”

The Song of Moses

30 And Moses recited the words of this song from beginning to end in the hearing of the whole assembly of Israel:

..........................................................

ENG-NEP

व्यवस्था 31

मोशाको अन्तिम आदेश
1तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: 
And Moses went and spake these words unto all Israel.
2“आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ।  
And he said unto them, I am an hundred and twenty years old this day; I can no more go out and come in: also the LORD hath said unto me, Thou shalt not go over this Jordan.
3परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌। 
The LORD thy God, he will go over before thee, and he will destroy these nations from before thee, and thou shalt possess them: and Joshua, he shall go over before thee, as the LORD hath said.
4एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।
And the LORD shall do unto them as he did to Sihon and to Og, kings of the Amorites, and unto the land of them, whom he destroyed.
  5परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। 
And the LORD shall give them up before your face, that ye may do unto them according unto all the commandments which I have commanded you.
6बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”
Be strong and of a good courage, fear not, nor be afraid of them: for the LORD thy God, he it is that doth go with thee; he will not fail thee, nor forsake thee.
7तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्‍ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्‍छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्‍यो तिनीहरूलाई तिनीहरूका अंशको निम्‍ति तिमीले बाँड़िदिनुपर्छ। 
And Moses called unto Joshua, and said unto him in the sight of all Israel, Be strong and of a good courage: for thou must go with this people unto the land which the LORD hath sworn unto their fathers to give them; and thou shalt cause them to inherit it.
8परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।” 
And the LORD, he it is that doth go before thee; he will be with thee, he will not fail thee, neither forsake thee: fear not, neither be dismayed.
 
मोशाले पूजाहारीहरूलाई व्‍यवस्‍था सुम्‍पेका
9अनि मोशाले व्‍यवस्‍था लेखेर परमप्रभुका करारको सन्‍दूक बोक्‍ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। 
And Moses wrote this law, and delivered it unto the priests the sons of Levi, which bare the ark of the covenant of the LORD, and unto all the elders of Israel.
10तब मोशाले तिनीहरूलाई यस्‍तो आदेश दिए: “प्रत्‍येक सात वर्षको अन्‍तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा,  
And Moses commanded them, saying, At the end of every seven years, in the solemnity of the year of release, in the feast of tabernacles,
11उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्‍ने गरी तिमीहरूले यो व्‍यवस्‍था पढ्‌नू।
When all Israel is come to appear before the LORD thy God in the place which he shall choose, thou shalt read this law before all Israel in their hearing.
 12पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌। 
Gather the people together, men, and women, and children, and thy stranger that is within thy gates, that they may hear, and that they may learn, and fear the LORD your God, and observe to do all the words of this law:
 13यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्‍जेल यो व्‍यवस्‍था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिक्‍नुपर्नेछ।
And that their children, which have not known any thing, may hear, and learn to fear the LORD your God, as long as ye live in the land whither ye go over Jordan to possess it.
 
मोशा र यहोशूलाई दिइएको परमेश्‍वरको आदेश
14अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तेरो मृत्‍युको दिन नजिक आइपुग्‍यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्‍यहाँ म त्‍यसलाई कार्यभार सुम्‍पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।
And the LORD said unto Moses, Behold, thy days approach that thou must die: call Joshua, and present yourselves in the tabernacle of the congregation, that I may give him a charge. And Moses and Joshua went, and presented themselves in the tabernacle of the congregation.
15तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्‍यो बादल पालको ढोकामाथि स्‍थिर भयो। 
And the LORD appeared in the tabernacle in a pillar of a cloud: and the pillar of the cloud stood over the door of the tabernacle.
16अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा पिता-पुर्खाहरूजस्‍तै तँ मर्न लागेको छस्‌। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्‍मिक व्‍यभिचारझैँ गर्नेछन्‌। मलाई त्‍यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्‌नेछन्‌। 
And the LORD said unto Moses, Behold, thou shalt sleep with thy fathers; and this people will rise up, and go a whoring after the gods of the strangers of the land, whither they go to be among them, and will forsake me, and break my covenant which I have made with them.
17त्‍यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्‍कनेछ र म तिनीहरूलाई त्‍याग्‍नेछु, र आफ्‍नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्‍ट हुनेछन्‌। धेरै आपत्‌विपद्‌हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्‌। तब त्‍यस दिन तिनीहरूले भन्‍नेछन्, ‘हाम्रा परमेश्‍वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्‍ता विपत्तिहरू आएका होइनन्‌ र?’ 
Then my anger shall be kindled against them in that day, and I will forsake them, and I will hide my face from them, and they shall be devoured, and many evils and troubles shall befall them; so that they will say in that day, Are not these evils come upon us, because our God is not among us?
18अन्‍य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्‍यस दिन म निश्‍चय नै आफ्‍नो मुख लुकाउनेछु।
And I will surely hide my face in that day for all the evils which they shall have wrought, in that they are turned unto other gods.
19“यसकारण अब तिमीहरूले आफ्‍नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्‍ति एउटा गवाही होस्‌।
Now therefore write ye this song for you, and teach it the children of Israel: put it in their mouths, that this song may be a witness for me against the children of Israel.
 20तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्‍ने देशमा मैले तिनीहरूलाई पुर्‍याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्‍य देवताहरूतिर लाग्‍नेछन्‌ र यिनीहरूलाई पुज्‍नेछन्, अनि मलाई तिरस्‍कार गरेर मेरो करार उल्‍लङ्घन गर्नेछन्‌। 
For when I shall have brought them into the land which I sware unto their fathers, that floweth with milk and honey; and they shall have eaten and filled themselves, and waxen fat; then will they turn unto other gods, and serve them, and provoke me, and break my covenant.
21धेरै आपत्‌-विपत्‌ र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्‍यो तिनीहरूका सन्‍तानहरूले कहिल्‍यै बिर्सनेछैनन्‌। तिनीहरूलाई प्रतिज्ञामा दिन्‍छु भनेको देशमा पुर्‍याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।” 
And it shall come to pass, when many evils and troubles are befallen them, that this song shall testify against them as a witness; for it shall not be forgotten out of the mouths of their seed: for I know their imagination which they go about, even now, before I have brought them into the land which I sware.
22तब मोशाले त्‍यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए।
Moses therefore wrote this song the same day, and taught it the children of Israel.
23परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्‍याउनेछस्, र म आफै तँसँग हुनेछु।” 
And he gave Joshua the son of Nun a charge, and said, Be strong and of a good courage: for thou shalt bring the children of Israel into the land which I sware unto them: and I will be with thee.
24मोशाले यस व्‍यवस्‍थाका वचनहरू सुरुदेखि अन्‍त्‍यसम्‍म लेखिसिद्ध्याएपछि
And it came to pass, when Moses had made an end of writing the words of this law in a book, until they were finished,
 25परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई यो आज्ञा गरे: 
That Moses commanded the Levites, which bare the ark of the covenant of the LORD, saying,
26“व्‍यवस्‍थाको यो पुस्‍तक परमप्रभु तिमीहरूका परमेश्‍वरका करारको सन्‍दूकको छेउमा राख, र त्‍यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्‍यहाँ रहोस्‌। 
Take this book of the law, and put it in the side of the ark of the covenant of the LORD your God, that it may be there for a witness against thee.
27किनकि म तिमीहरूको विद्रोह र हठ जान्‍दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्‍युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ! 
For I know thy rebellion, and thy stiff neck: behold, while I am yet alive with you this day, ye have been rebellious against the LORD; and how much more after my death?
28तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्‍नेछु।
Gather unto me all the elders of your tribes, and your officers, that I may speak these words in their ears, and call heaven and earth to record against them.
 29किनकि मलाई थाहा छ कि मेरो मृत्‍युपछि तिमीहरू निश्‍चय नै अति भ्रष्‍ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”
For I know that after my death ye will utterly corrupt yourselves, and turn aside from the way which I have commanded you; and evil will befall you in the latter days; because ye will do evil in the sight of the LORD, to provoke him to anger through the work of your hands.
30अनि मोशाले यस भजनका शब्‍दहरू सुरुदेखि अन्‍त्‍यसम्‍म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—
And Moses spake in the ears of all the congregation of Israel the words of this song, until they were ended.

 

DEUTERONOMY - 32:1-52

व्यवस्था 32

मोशाको स्तुतिगान
1हे आकाश, सुन, म बोल्‍दछु, हे पृथ्‍वी, कान थाप, मेरा मुखका वचनहरूप्रति।
2मेरा शिक्षा झरीझैँ बर्सन देओ,
मेरो वचन शीतझैँ झर्न देओ,
कलिलो घाँसमाथि सिमसिमे पानीझैँ,
झारपातमाथि दर्कने पानीझैँ।
3म परमप्रभुका नाउँको घोषणा गर्नेछु।
परमेश्‍वरका महानताको प्रशंसा गर!
4उहाँ नै चट्टान हुनुहुन्‍छ।
उहाँका काम सिद्ध छन्,
र उहाँका सबै चाल न्‍यायोचित छन्‌।
एउटा विश्‍वासयोग्‍य परमेश्‍वर जसले भूल गर्नुहुन्‍न,
न्‍यायी र सत्‍य उहाँ हुनुहुन्‍छ।
5तिनीहरूले उहाँसँग भ्रष्‍ट व्‍यवहार गरे।
लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्‍तान होइनन्‌।
तिनीहरू बाङ्गो र टेढ़ो पुस्‍ताका मानिसहरू हुन्‌।
6के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ,
हे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्‍टि गर्ने र बनाउने
उहाँ नै तिमीहरूका पिता,
तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?
7उहिले-उहिलेका दिनको स्‍मरण गर,
युग-युगअघिका पुस्‍ताका बारेमा सोच।
तिमीहरूका बुबालाई सोध,
र तिनले तिमीहरूलाई बताउनेछन्,
तिमीहरूका बुढापाकालाई सोध,
र तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।
8जब सर्वोच्‍चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, 
जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो,
तब उहाँले इस्राएलीहरूका सन्‍तानको संख्‍याअनुसार
जाति-जातिका सिमाना ठहराइदिनुभयो।
9परमप्रभुको निज हिस्‍सा उहाँका मानिसहरू हुन्,
याकूब उहाँका अंशको भाग हुन्‌।
10उहाँले तिनलाई निर्जन स्‍थानमा भेट्टाउनुभयो,
गर्जने आवाजले भरिएको उजाड़ ठाउँमा।
उहाँले तिनलाई जोगाउनुभयो
र तिनको वास्‍ता गर्नुभयो,
उहाँले तिनलाई आफ्‍नो आँखाको
नानीझैँ रक्षा गर्नुभयो—
11गुँड़लाई हल्‍लाएर आफ्‍ना
बचेराहरूमाथि हावामा उड़िरहने,
पखेटा फैलाई बचेराहरूलाई थाम्‍ने,
र आफ्‍ना प्‍वाँखमाथि ती बोक्‍ने गरुडले झैँ।
12परमप्रभु एक्‍लैले तिनलाई अगुवाइ गर्नुभयो,
उहाँसँग विदेशी देवता थिएन।
13उहाँले तिनलाई पृथ्‍वीका अग्‍ला ठाउँहरूमाथि सवार गराउनुभयो,
अनि तिनलाई खेतको उब्‍जनी खुवाउनुभयो।
उहाँले तिनलाई पहराको मह
र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।
14गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही,
अनि पोस्‍याइएका थुमा र बाख्राहरू,
बाशानका छानिएका भेड़ाहरू,
र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो।
तिमीहरूले फीँज उठेको दाखरस पियौ।
15तर यशूरूनले
मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्‍ला भए।
तब तिनले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्‍यागे,
र आफ्‍ना उद्धारकर्ता चट्टानलाई तुच्‍छ ठाने।
16तिनीहरूले आफ्‍ना अन्‍य देवताहरूको कारण
उहाँलाई डाही तुल्‍याए,
र आफ्‍ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।
17तिनीहरूले भूतहरूका निम्‍ति बलि चढ़ाए,
जो ईश्‍वर होइनन्,  तिनीहरूले नचिनेका देवताहरूलाई,
भर्खरै देखा परेका देवताहरूलाई,
तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।
18तिमीहरूलाई जन्‍माउने चट्टानलाई तिमीहरूले त्‍याग्‍यौ,
तिमीहरूलाई जन्‍म दिनुहुने
परमेश्‍वरलाई तिमीहरूले बिर्स्‍यौ।
19त्‍यो देखेर परमप्रभुले
तिनीहरूलाई तिरस्‍कार गर्नुभयो,
किनभने उहाँका छोराछोरीहरूको
कारण उहाँलाई रीस उठ्यो।
20तब उहाँले भन्‍नुभयो,
“म तिनीहरूबाट आफ्‍नो मुख लुकाउनेछु”
अनि तिनीहरूको अन्‍त के हुनेछ, म हेर्नेछु।
किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्,
विश्‍वासघाती सन्‍तानहरू हुन्‌।
21जो ईश्‍वर होइन,
त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, 
तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए।
एउटा जाति नै नभएका
मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु,
समझै नभएको एउटा जातिद्वारा
तिनीहरूको रीस उठाउनेछु।
22किनकि मेरो रीसले एउटा आगो सल्‍काएको छ,
जसले तल मृत्‍युको राज्‍यसम्‍मै जलाउँछ।
त्‍यसले पृथ्‍वी र त्‍यसको उब्‍जनीलाई भस्‍म पार्नेछ,
र पहाड़हरूका जगमा आगो लाउनेछ।
23“म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु,
म आफ्‍ना काँड़ तिनीहरूमाथि चलाउनेछु।
24म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु,
क्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध
जङ्गली जनावरका दाह्रा पठाउनेछु,
र भूइँमा घस्रने विषालु सर्पहरू।
25गल्‍ली-गल्‍लीमा तरवारले तिनीहरूलाई निस्‍सन्‍तान बनाउनेछ,
तिनीहरूका घर-घरमा आतङ्कले राज्‍य गर्नेछ।
युवक-युवतीहरू दुवै नष्‍ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।
26मैले भनें, ‘म तिनीहरूलाई
टाढ़ा-टाढ़ासम्‍म तितरबितर पार्नेछु,
र मानव-जातिको बीचबाट
तिनीहरूको सम्‍झना मेटिदिनेछु’।
27तर मलाई शत्रुको खिसी मन परेन,
कहीँ विरोधीले गल्‍ती सम्‍झेर भन्‍ला,
‘हाम्रो हातले विजय पायो,
परमप्रभुले यो सब गर्नुभएको होइन’।”
28तिनीहरू समझ नभएको जाति हुन्,
र तिनीहरूमा केही अन्‍तर्दृष्‍टि नै छैन।
29तिनीहरू बुद्धिमान्‌ भएर यो कुरो बुझ्‍न सक्‍ने भएको भए,
र तिनीहरूको अन्‍त के हुन्‍छ सो देखेको भए!
30तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए,
परमप्रभुले तिनीहरूलाई त्‍यागी नसक्‍नुभएको भए,
कसरी एक जनाले एक हजारलाई खेद्‌न सक्‍थ्‍यो,
वा दुई जनाले दश हजारलाई?
31किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्‍तो होइन,
हाम्रा शत्रुहरू आफैले पनि यो स्‍वीकार गर्छन्‌।
32उनीहरूको लहरा सदोमको लहराबाट
र गमोराका बारीहरूबाट आएको हो।
उनीहरूका दाख विषले भरिएका छन्‌
र उनीहरूका दाखका झुप्‍पाहरू तीतोपनले।
33उनीहरूको दाखमद्य सर्पहरूको विष,
गोमनको कड़ा विष हो।
34“के यो मैले साँचेर राखेको छैनँ,
र मेरा भण्‍डारमा छाप मारेर राखेको छैनँ?
35बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। 
ठीक समयमा उनीहरूको खुट्टा चिप्‍लनेछ,
उनीहरूको पतनको दिन नजिक आएको छ।
उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”
36जब तिनीहरूको बल घटेको 
र बँधुवा वा फुक्‍का केही नरहेको उहाँले देख्‍नुहुन्‍छ।
तब परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ,
र आफ्‍ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।
37उहाँले भन्‍नुहुनेछ,
“उनीहरूका देवताहरू कहाँ छन्,
उनीहरूले शरण लिएको चट्टान?
38यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे,
र उनीहरूका अर्घको दाखमद्य पिउँथे?
यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌!
यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!
39“अब हेर, म उही हुँ,
मबाहेक अरू कोही ईश्‍वर छैन।
म नै मार्दछु, र म नै जीवित पार्दछु।
म नै चोट लाउँछु, र म नै निको पार्छु,
र कसैले मेरो हातबाट छुटाउन सक्‍दैन।
40म आफ्‍नो हात स्‍वर्गतिर उठाएर घोषणा गर्छु:
म सधैँको लागि जिएझैँ
41जब म आफ्‍नो चम्‍कने तरवारमा शान लगाउँछु,
र मेरो हातले इन्‍साफमा त्‍यो पक्रन्‍छ,
तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु,
र मलाई तिरस्‍कार गर्नेहरूलाई साटो फेर्नेछु।
42म मेरा काँड़हरूलाई रगतले मत्‍याउनेछु,
जब मेरो तरवारले मासु खाँदछ,
मारिएका र कैदमा परेकाहरूको रगत,
शत्रुहरूका नायकहरूका शिर!”
43हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, 
किनकि उहाँले आफ्‍ना दासहरूका रगतको बदला लिनुहुनेछ।
उहाँले आफ्‍ना शत्रुहरूमाथि साटो लिनुहुनेछ,
र आफ्‍नो देश र आफ्‍नो प्रजाको लागि प्रायश्‍चित गर्नुहुनेछ।
44मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्‍दहरू सुनाए। 45जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू भनिसिद्ध्याए, 46तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्‍भीरतापूर्वक दिएका सबै वचनहरू आफ्‍नो मनमा राख, ताकि आफ्‍ना छोराछोरीहरूलाई पनि यस व्‍यवस्‍थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक। 47यी तिमीहरूका लागि व्‍यर्थका शब्‍द होइनन्‌। यी तिमीहरूका लागि जीवन हुन्‌। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”
48परमप्रभुले त्‍यही दिन मोशालाई यसो भन्‍नुभयो,  49“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्‍लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्‌। 50अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्‍यो अनि मरिगएका आफन्‍तहरूकहाँ गयो, त्‍यसरी तँ उक्‍लेर जाने त्‍यस पर्वतमा मर्नेछस्‌ र मरिगएका तेरा आफन्‍तहरूकहाँ जानेछस्‌। 51किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्‍थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्‍वासघात गर्‍यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ। 52त्‍यसैकारण मैले इस्राएलीहरूलाई दिने त्‍यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्‍नेछस्, तर त्‍यहाँ तँ जान पाउनेछैनस्‌।”
....................................................

 

Listen, you heavens, and I will speak;
    hear, you earth, the words of my mouth.
Let my teaching fall like rain
    and my words descend like dew,
like showers on new grass,
    like abundant rain on tender plants.

I will proclaim the name of the Lord.
    Oh, praise the greatness of our God!
He is the Rock, his works are perfect,
    and all his ways are just.
A faithful God who does no wrong,
    upright and just is he.

They are corrupt and not his children;
    to their shame they are a warped and crooked generation.
Is this the way you repay the Lord,
    you foolish and unwise people?
Is he not your Father, your Creator,[a]
    who made you and formed you?

Remember the days of old;
    consider the generations long past.
Ask your father and he will tell you,
    your elders, and they will explain to you.
When the Most High gave the nations their inheritance,
    when he divided all mankind,
he set up boundaries for the peoples
    according to the number of the sons of Israel.[b]
For the Lord’s portion is his people,
    Jacob his allotted inheritance.

10 In a desert land he found him,
    in a barren and howling waste.
He shielded him and cared for him;
    he guarded him as the apple of his eye,
11 like an eagle that stirs up its nest
    and hovers over its young,
that spreads its wings to catch them
    and carries them aloft.
12 The Lord alone led him;
    no foreign god was with him.

13 He made him ride on the heights of the land
    and fed him with the fruit of the fields.
He nourished him with honey from the rock,
    and with oil from the flinty crag,
14 with curds and milk from herd and flock
    and with fattened lambs and goats,
with choice rams of Bashan
    and the finest kernels of wheat.
You drank the foaming blood of the grape.

15 Jeshurun[c] grew fat and kicked;
    filled with food, they became heavy and sleek.
They abandoned the God who made them
    and rejected the Rock their Savior.
16 They made him jealous with their foreign gods
    and angered him with their detestable idols.
17 They sacrificed to false gods, which are not God—
    gods they had not known,
    gods that recently appeared,
    gods your ancestors did not fear.
18 You deserted the Rock, who fathered you;
    you forgot the God who gave you birth.

19 The Lord saw this and rejected them
    because he was angered by his sons and daughters.
20 “I will hide my face from them,” he said,
    “and see what their end will be;
for they are a perverse generation,
    children who are unfaithful.
21 They made me jealous by what is no god
    and angered me with their worthless idols.
I will make them envious by those who are not a people;
    I will make them angry by a nation that has no understanding.
22 For a fire will be kindled by my wrath,
    one that burns down to the realm of the dead below.
It will devour the earth and its harvests
    and set afire the foundations of the mountains.

23 “I will heap calamities on them
    and spend my arrows against them.
24 I will send wasting famine against them,
    consuming pestilence and deadly plague;
I will send against them the fangs of wild beasts,
    the venom of vipers that glide in the dust.
25 In the street the sword will make them childless;
    in their homes terror will reign.
The young men and young women will perish,
    the infants and those with gray hair.
26 I said I would scatter them
    and erase their name from human memory,
27 but I dreaded the taunt of the enemy,
    lest the adversary misunderstand
and say, ‘Our hand has triumphed;
    the Lord has not done all this.’”

28 They are a nation without sense,
    there is no discernment in them.
29 If only they were wise and would understand this
    and discern what their end will be!
30 How could one man chase a thousand,
    or two put ten thousand to flight,
unless their Rock had sold them,
    unless the Lord had given them up?
31 For their rock is not like our Rock,
    as even our enemies concede.
32 Their vine comes from the vine of Sodom
    and from the fields of Gomorrah.
Their grapes are filled with poison,
    and their clusters with bitterness.
33 Their wine is the venom of serpents,
    the deadly poison of cobras.

34 “Have I not kept this in reserve
    and sealed it in my vaults?
35 It is mine to avenge; I will repay.
    In due time their foot will slip;
their day of disaster is near
    and their doom rushes upon them.”

36 The Lord will vindicate his people
    and relent concerning his servants
when he sees their strength is gone
    and no one is left, slave or free.[d]
37 He will say: “Now where are their gods,
    the rock they took refuge in,
38 the gods who ate the fat of their sacrifices
    and drank the wine of their drink offerings?
Let them rise up to help you!
    Let them give you shelter!

39 “See now that I myself am he!
    There is no god besides me.
I put to death and I bring to life,
    I have wounded and I will heal,
    and no one can deliver out of my hand.
40 I lift my hand to heaven and solemnly swear:
    As surely as I live forever,
41 when I sharpen my flashing sword
    and my hand grasps it in judgment,
I will take vengeance on my adversaries
    and repay those who hate me.
42 I will make my arrows drunk with blood,
    while my sword devours flesh:
the blood of the slain and the captives,
    the heads of the enemy leaders.”

43 Rejoice, you nations, with his people,[e][f]
    for he will avenge the blood of his servants;
he will take vengeance on his enemies
    and make atonement for his land and people.

44 Moses came with Joshua[g] son of Nun and spoke all the words of this song in the hearing of the people. 45 When Moses finished reciting all these words to all Israel, 46 he said to them, “Take to heart all the words I have solemnly declared to you this day, so that you may command your children to obey carefully all the words of this law. 47 They are not just idle words for you—they are your life. By them you will live long in the land you are crossing the Jordan to possess.”

Moses to Die on Mount Nebo

48 On that same day the Lord told Moses, 49 “Go up into the Abarim Range to Mount Nebo in Moab, across from Jericho, and view Canaan, the land I am giving the Israelites as their own possession. 50 There on the mountain that you have climbed you will die and be gathered to your people, just as your brother Aaron died on Mount Hor and was gathered to his people. 51 This is because both of you broke faith with me in the presence of the Israelites at the waters of Meribah Kadesh in the Desert of Zin and because you did not uphold my holiness among the Israelites. 52 Therefore, you will see the land only from a distance; you will not enter the land I am giving to the people of Israel.”

...................................................
ENG-NEP

व्यवस्था 32

मोशाको स्तुतिगान
1हे आकाश, सुन, म बोल्‍दछु, हे पृथ्‍वी, कान थाप, मेरा मुखका वचनहरूप्रति।
Give ear, O ye heavens, and I will speak; and hear, O earth, the words of my mouth.
2मेरा शिक्षा झरीझैँ बर्सन देओ,
मेरो वचन शीतझैँ झर्न देओ,
कलिलो घाँसमाथि सिमसिमे पानीझैँ,
झारपातमाथि दर्कने पानीझैँ।
My doctrine shall drop as the rain, my speech shall distil as the dew, as the small rain upon the tender herb, and as the showers upon the grass:
3म परमप्रभुका नाउँको घोषणा गर्नेछु।
परमेश्‍वरका महानताको प्रशंसा गर!
Because I will publish the name of the LORD: ascribe ye greatness unto our God.
4उहाँ नै चट्टान हुनुहुन्‍छ।
उहाँका काम सिद्ध छन्,
र उहाँका सबै चाल न्‍यायोचित छन्‌।
एउटा विश्‍वासयोग्‍य परमेश्‍वर जसले भूल गर्नुहुन्‍न,
न्‍यायी र सत्‍य उहाँ हुनुहुन्‍छ।
He is the Rock, his work is perfect: for all his ways are judgment: a God of truth and without iniquity, just and right is he.
5तिनीहरूले उहाँसँग भ्रष्‍ट व्‍यवहार गरे।
लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्‍तान होइनन्‌।
तिनीहरू बाङ्गो र टेढ़ो पुस्‍ताका मानिसहरू हुन्‌।
They have corrupted themselves, their spot is not the spot of his children: they are a perverse and crooked generation.
6के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ,
हे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्‍टि गर्ने र बनाउने
उहाँ नै तिमीहरूका पिता,
तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?
Do ye thus requite the LORD, O foolish people and unwise? is not he thy father that hath bought thee? hath he not made thee, and established thee?
7उहिले-उहिलेका दिनको स्‍मरण गर,
युग-युगअघिका पुस्‍ताका बारेमा सोच।
तिमीहरूका बुबालाई सोध,
र तिनले तिमीहरूलाई बताउनेछन्,
तिमीहरूका बुढापाकालाई सोध,
र तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।
Remember the days of old, consider the years of many generations: ask thy father, and he will shew thee; thy elders, and they will tell thee.
8जब सर्वोच्‍चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, 
जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो,
तब उहाँले इस्राएलीहरूका सन्‍तानको संख्‍याअनुसार
जाति-जातिका सिमाना ठहराइदिनुभयो।
When the most High divided to the nations their inheritance, when he separated the sons of Adam, he set the bounds of the people according to the number of the children of Israel.
9परमप्रभुको निज हिस्‍सा उहाँका मानिसहरू हुन्,
याकूब उहाँका अंशको भाग हुन्‌।
For the LORD'S portion is his people; Jacob is the lot of his inheritance.
10उहाँले तिनलाई निर्जन स्‍थानमा भेट्टाउनुभयो,
गर्जने आवाजले भरिएको उजाड़ ठाउँमा।
उहाँले तिनलाई जोगाउनुभयो
र तिनको वास्‍ता गर्नुभयो,
उहाँले तिनलाई आफ्‍नो आँखाको
नानीझैँ रक्षा गर्नुभयो—
He found him in a desert land, and in the waste howling wilderness; he led him about, he instructed him, he kept him as the apple of his eye.
11गुँड़लाई हल्‍लाएर आफ्‍ना
बचेराहरूमाथि हावामा उड़िरहने,
पखेटा फैलाई बचेराहरूलाई थाम्‍ने,
र आफ्‍ना प्‍वाँखमाथि ती बोक्‍ने गरुडले झैँ।
As an eagle stirreth up her nest, fluttereth over her young, spreadeth abroad her wings, taketh them, beareth them on her wings:
12परमप्रभु एक्‍लैले तिनलाई अगुवाइ गर्नुभयो,
उहाँसँग विदेशी देवता थिएन।
So the LORD alone did lead him, and there was no strange god with him.
13उहाँले तिनलाई पृथ्‍वीका अग्‍ला ठाउँहरूमाथि सवार गराउनुभयो,
अनि तिनलाई खेतको उब्‍जनी खुवाउनुभयो।
उहाँले तिनलाई पहराको मह
र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।
He made him ride on the high places of the earth, that he might eat the increase of the fields; and he made him to suck honey out of the rock, and oil out of the flinty rock;
14गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही,
अनि पोस्‍याइएका थुमा र बाख्राहरू,
बाशानका छानिएका भेड़ाहरू,
र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो।
तिमीहरूले फीँज उठेको दाखरस पियौ।
Butter of kine, and milk of sheep, with fat of lambs, and rams of the breed of Bashan, and goats, with the fat of kidneys of wheat; and thou didst drink the pure blood of the grape.
15तर यशूरूनले
मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्‍ला भए।
तब तिनले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्‍यागे,
र आफ्‍ना उद्धारकर्ता चट्टानलाई तुच्‍छ ठाने।
But Jeshurun waxed fat, and kicked: thou art waxen fat, thou art grown thick, thou art covered with fatness; then he forsook God which made him, and lightly esteemed the Rock of his salvation.
16तिनीहरूले आफ्‍ना अन्‍य देवताहरूको कारण
उहाँलाई डाही तुल्‍याए,
र आफ्‍ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।
They provoked him to jealousy with strange gods, with abominations provoked they him to anger.
17तिनीहरूले भूतहरूका निम्‍ति बलि चढ़ाए,
जो ईश्‍वर होइनन्,  तिनीहरूले नचिनेका देवताहरूलाई,
भर्खरै देखा परेका देवताहरूलाई,
तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।
They sacrificed unto devils, not to God; to gods whom they knew not, to new gods that came newly up, whom your fathers feared not.
18तिमीहरूलाई जन्‍माउने चट्टानलाई तिमीहरूले त्‍याग्‍यौ,
तिमीहरूलाई जन्‍म दिनुहुने
परमेश्‍वरलाई तिमीहरूले बिर्स्‍यौ।
Of the Rock that begat thee thou art unmindful, and hast forgotten God that formed thee.
19त्‍यो देखेर परमप्रभुले
तिनीहरूलाई तिरस्‍कार गर्नुभयो,
किनभने उहाँका छोराछोरीहरूको
कारण उहाँलाई रीस उठ्यो।
And when the LORD saw it, he abhorred them, because of the provoking of his sons, and of his daughters.
20तब उहाँले भन्‍नुभयो,
“म तिनीहरूबाट आफ्‍नो मुख लुकाउनेछु”
अनि तिनीहरूको अन्‍त के हुनेछ, म हेर्नेछु।
किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्,
विश्‍वासघाती सन्‍तानहरू हुन्‌।
And he said, I will hide my face from them, I will see what their end shall be: for they are a very froward generation, children in whom is no faith.
21जो ईश्‍वर होइन,
त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, 
तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए।
एउटा जाति नै नभएका
मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु,
समझै नभएको एउटा जातिद्वारा
तिनीहरूको रीस उठाउनेछु।
They have moved me to jealousy with that which is not God; they have provoked me to anger with their vanities: and I will move them to jealousy with those which are not a people; I will provoke them to anger with a foolish nation.
22किनकि मेरो रीसले एउटा आगो सल्‍काएको छ,
जसले तल मृत्‍युको राज्‍यसम्‍मै जलाउँछ।
त्‍यसले पृथ्‍वी र त्‍यसको उब्‍जनीलाई भस्‍म पार्नेछ,
र पहाड़हरूका जगमा आगो लाउनेछ।
For a fire is kindled in mine anger, and shall burn unto the lowest hell, and shall consume the earth with her increase, and set on fire the foundations of the mountains.
23“म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु,
म आफ्‍ना काँड़ तिनीहरूमाथि चलाउनेछु।
I will heap mischiefs upon them; I will spend mine arrows upon them.
24म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु,
क्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध
जङ्गली जनावरका दाह्रा पठाउनेछु,
र भूइँमा घस्रने विषालु सर्पहरू।
They shall be burnt with hunger, and devoured with burning heat, and with bitter destruction: I will also send the teeth of beasts upon them, with the poison of serpents of the dust.
25गल्‍ली-गल्‍लीमा तरवारले तिनीहरूलाई निस्‍सन्‍तान बनाउनेछ,
तिनीहरूका घर-घरमा आतङ्कले राज्‍य गर्नेछ।
युवक-युवतीहरू दुवै नष्‍ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।
The sword without, and terror within, shall destroy both the young man and the virgin, the suckling also with the man of gray hairs.
26मैले भनें, ‘म तिनीहरूलाई
टाढ़ा-टाढ़ासम्‍म तितरबितर पार्नेछु,
र मानव-जातिको बीचबाट
तिनीहरूको सम्‍झना मेटिदिनेछु’।
I said, I would scatter them into corners, I would make the remembrance of them to cease from among men:
27तर मलाई शत्रुको खिसी मन परेन,
कहीँ विरोधीले गल्‍ती सम्‍झेर भन्‍ला,
‘हाम्रो हातले विजय पायो,
परमप्रभुले यो सब गर्नुभएको होइन’।”
Were it not that I feared the wrath of the enemy, lest their adversaries should behave themselves strangely, and lest they should say, Our hand is high, and the LORD hath not done all this.
28तिनीहरू समझ नभएको जाति हुन्,
र तिनीहरूमा केही अन्‍तर्दृष्‍टि नै छैन।
For they are a nation void of counsel, neither is there any understanding in them.
29तिनीहरू बुद्धिमान्‌ भएर यो कुरो बुझ्‍न सक्‍ने भएको भए,
र तिनीहरूको अन्‍त के हुन्‍छ सो देखेको भए!
O that they were wise, that they understood this, that they would consider their latter end!
30तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए,
परमप्रभुले तिनीहरूलाई त्‍यागी नसक्‍नुभएको भए,
कसरी एक जनाले एक हजारलाई खेद्‌न सक्‍थ्‍यो,
वा दुई जनाले दश हजारलाई?
How should one chase a thousand, and two put ten thousand to flight, except their Rock had sold them, and the LORD had shut them up?
31किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्‍तो होइन,
हाम्रा शत्रुहरू आफैले पनि यो स्‍वीकार गर्छन्‌।
For their rock is not as our Rock, even our enemies themselves being judges.
32उनीहरूको लहरा सदोमको लहराबाट
र गमोराका बारीहरूबाट आएको हो।
उनीहरूका दाख विषले भरिएका छन्‌
र उनीहरूका दाखका झुप्‍पाहरू तीतोपनले।
For their vine is of the vine of Sodom, and of the fields of Gomorrah: their grapes are grapes of gall, their clusters are bitter:
33उनीहरूको दाखमद्य सर्पहरूको विष,
गोमनको कड़ा विष हो।
Their wine is the poison of dragons, and the cruel venom of asps.
34“के यो मैले साँचेर राखेको छैनँ,
र मेरा भण्‍डारमा छाप मारेर राखेको छैनँ?
Is not this laid up in store with me, and sealed up among my treasures?
35बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। 
ठीक समयमा उनीहरूको खुट्टा चिप्‍लनेछ,
उनीहरूको पतनको दिन नजिक आएको छ।
उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”
To me belongeth vengeance, and recompence; their foot shall slide in due time: for the day of their calamity is at hand, and the things that shall come upon them make haste.
36जब तिनीहरूको बल घटेको 
र बँधुवा वा फुक्‍का केही नरहेको उहाँले देख्‍नुहुन्‍छ।
तब परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ,
र आफ्‍ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।
For the LORD shall judge his people, and repent himself for his servants, when he seeth that their power is gone, and there is none shut up, or left.
37उहाँले भन्‍नुहुनेछ,
“उनीहरूका देवताहरू कहाँ छन्,
उनीहरूले शरण लिएको चट्टान?
And he shall say, Where are their gods, their rock in whom they trusted,
38यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे,
र उनीहरूका अर्घको दाखमद्य पिउँथे?
यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌!
यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!
Which did eat the fat of their sacrifices, and drank the wine of their drink offerings? let them rise up and help you, and be your protection.
39“अब हेर, म उही हुँ,
मबाहेक अरू कोही ईश्‍वर छैन।
म नै मार्दछु, र म नै जीवित पार्दछु।
म नै चोट लाउँछु, र म नै निको पार्छु,
र कसैले मेरो हातबाट छुटाउन सक्‍दैन।
See now that I, even I, am he, and there is no god with me: I kill, and I make alive; I wound, and I heal: neither is there any that can deliver out of my hand.
40म आफ्‍नो हात स्‍वर्गतिर उठाएर घोषणा गर्छु:
म सधैँको लागि जिएझैँ
For I lift up my hand to heaven, and say, I live for ever.
41जब म आफ्‍नो चम्‍कने तरवारमा शान लगाउँछु,
र मेरो हातले इन्‍साफमा त्‍यो पक्रन्‍छ,
तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु,
र मलाई तिरस्‍कार गर्नेहरूलाई साटो फेर्नेछु।
If I whet my glittering sword, and mine hand take hold on judgment; I will render vengeance to mine enemies, and will reward them that hate me.
42म मेरा काँड़हरूलाई रगतले मत्‍याउनेछु,
जब मेरो तरवारले मासु खाँदछ,
मारिएका र कैदमा परेकाहरूको रगत,
शत्रुहरूका नायकहरूका शिर!”
I will make mine arrows drunk with blood, and my sword shall devour flesh; and that with the blood of the slain and of the captives, from the beginning of revenges upon the enemy.
43हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, 
किनकि उहाँले आफ्‍ना दासहरूका रगतको बदला लिनुहुनेछ।
उहाँले आफ्‍ना शत्रुहरूमाथि साटो लिनुहुनेछ,
र आफ्‍नो देश र आफ्‍नो प्रजाको लागि प्रायश्‍चित गर्नुहुनेछ।
Rejoice, O ye nations, with his people: for he will avenge the blood of his servants, and will render vengeance to his adversaries, and will be merciful unto his land, and to his people.
44मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्‍दहरू सुनाए। 
And Moses came and spake all the words of this song in the ears of the people, he, and Hoshea the son of Nun.
45जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू भनिसिद्ध्याए, 
And Moses made an end of speaking all these words to all Israel:
46तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्‍भीरतापूर्वक दिएका सबै वचनहरू आफ्‍नो मनमा राख, ताकि आफ्‍ना छोराछोरीहरूलाई पनि यस व्‍यवस्‍थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक। 
And he said unto them, Set your hearts unto all the words which I testify among you this day, which ye shall command your children to observe to do, all the words of this law.
47यी तिमीहरूका लागि व्‍यर्थका शब्‍द होइनन्‌। यी तिमीहरूका लागि जीवन हुन्‌। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”
For it is not a vain thing for you; because it is your life: and through this thing ye shall prolong your days in the land, whither ye go over Jordan to possess it.
48परमप्रभुले त्‍यही दिन मोशालाई यसो भन्‍नुभयो,  
And the LORD spake unto Moses that selfsame day, saying,
49“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्‍लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्‌। 
Get thee up into this mountain Abarim, unto mount Nebo, which is in the land of Moab, that is over against Jericho; and behold the land of Canaan, which I give unto the children of Israel for a possession:
50अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्‍यो अनि मरिगएका आफन्‍तहरूकहाँ गयो, त्‍यसरी तँ उक्‍लेर जाने त्‍यस पर्वतमा मर्नेछस्‌ र मरिगएका तेरा आफन्‍तहरूकहाँ जानेछस्‌। 
And die in the mount whither thou goest up, and be gathered unto thy people; as Aaron thy brother died in mount Hor, and was gathered unto his people:
51किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्‍थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्‍वासघात गर्‍यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ। 
Because ye trespassed against me among the children of Israel at the waters of Meribah-Kadesh, in the wilderness of Zin; because ye sanctified me not in the midst of the children of Israel.
52त्‍यसैकारण मैले इस्राएलीहरूलाई दिने त्‍यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्‍नेछस्, तर त्‍यहाँ तँ जान पाउनेछैनस्‌।”
Yet thou shalt see the land before thee; but thou shalt not go thither unto the land which I give the children of Israel.

 

 

DEUTERONOMY - 33:1-29

व्यवस्था 33

मोशाले बाह्र कुललाई आशिष्‌ दिएका
1परमेश्‍वरका मानिस मोशाले आफ्‍नो मृत्‍युभन्‍दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो।
2तिनले भने:
“परमप्रभु सीनैबाट आउनुभयो,
र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो।
उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो।
लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट,
आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।
3निश्‍चय नै तपाईं मानिसहरूलाई प्‍यारो गर्ने हुनुहुन्‍छ,
सबै पवित्र जनहरू तपाईंकै हातमा छन्‌।
तिनीहरू सबै तपाईंका पाउमा दण्‍डवत्‌ गर्छन्,
र तपाईंबाट अर्ती लिन्‍छन्‌—
4मोशाले दिएको व्‍यवस्‍था,
याकूबका समुदायको सम्‍पत्ति।
5उहाँ यशूरूनमाथि राजा हुनुभयो,
जब प्रजाका नेताहरू,
इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए।
6“रूबेन बाँचिरहून्, र नमरून्,
र तिनका मानिसहरू थोरै नहोऊन्‌।”
7यहूदाको विषयमा तिनले भने:
“हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्,
र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌।
आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌।
तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।”
8लेवीको विषयमा तिनले भने: 
“तपाईंको ‘तुम्‍मीम’ र तपाईंको
‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्,
जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो,
जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।
9तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने,
‘म उनीहरूको आदर गर्दिनँ’।
तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे,
आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌।
तर तिनले तपाईंका वचनको रखवाली गरे,
र तपाईंका करारको रक्षा गरे।
10तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्‌,
र इस्राएललाई तपाईंको व्‍यवस्‍था सिकाउँछन्‌।
तिनले तपाईंको सामु धूप चढ़ाउँछन्,
र सम्‍पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्‌।
11हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष्‌ दिनुहोस्,
र तिनका हातका काम ग्रहण गर्नुहोस्‌।
तिनको विरुद्धमा उठ्‌ने सबैको कम्‍मरमा हिर्काउनुहोस्,
फेरि उठ्‌न नसक्‍ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्‌।”
12बेन्‍यामीनको विषयमा तिनले भने:
“परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्,
किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ,
र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ,
तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌।
13योसेफको विषयमा तिनले भने:
माथि आकाशबाट आउने अमूल्‍य शीतले
र तलका गहिराइका पानीले सिँचेर,
परमप्रभुले तिनको देशलाई आशिष्‌ देऊन्‌—
14घामले उब्‍जाउने सबभन्‍दा उत्तम कुरा,
र जूनले दिन सक्‍ने सबभन्‍दा असल कुरा,
15प्राचीन पर्वतहरूका सबभन्‍दा मनपर्दा उपहारहरू,
र अनन्‍तका डाँड़ाहरूका प्रचुरता,
16पृथ्‍वी र त्‍यसको परिपूर्णताका उत्तम उपहारहरू,
र बलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाह—
यी सबै योसेफको शिरमाथि रहून्,
आफ्‍ना दाजुभाइहरूमध्‍येका
राजकुमारको आँखीभुइँमाथि।
17प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्,
तिनका सीङ अर्नाका सीङ हुन्‌।
यीद्वारा तिनले जातिहरूलाई,
पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌।
एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्,
मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।”
18जबूलूनको विषयमा तिनले भने:
“ए जबूलून, तिमी बाहिर यताउता जाँदा,
र ए इस्‍साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।
19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्,
र त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्‌।
तिनीहरूले समुद्रको प्रचुर सम्‍पत्ति
र बालुवामा भएका गुप्‍त धन उपभोग गर्नेछन्‌।”
20गादको विषयमा तिनले भने:
“गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌।
21तिनले आफ्‍नो निम्‍ति सबभन्‍दा उत्तम जग्‍गा छाने,
नायकको हिस्‍सा तिनको निम्‍ति छुट्ट्याइएको थियो।
जब मानिसहरूका नेताहरू भेला भएका थिए,
तिनले परमप्रभुको धार्मिक इच्‍छा
र इस्राएलको सम्‍बन्‍धमा उहाँका इन्‍साफहरू पूरा गरे।
22दानको विषयमा तिनले भने:
“बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।”
23नप्‍तालीको विषयमा तिनले भने:
“परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌।
तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”
24आशेरको विषयमा तिनले भने:
“छोराहरूमध्‍ये सबैभन्‍दा आशिष्‌ पाउने आशेर हुन्‌।
तिनी आफ्‍ना दाजुभाइहरूको अति प्रिय होऊन्,
अनि तिनको आफ्‍ना खुट्टा तेलले धोऊन्‌।
25तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्,
जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ।
26“यशूरूनका परमेश्‍वरजस्‍तो अरू कोही छैन,
जो तिमीहरूको सहायताको लागि
आकाशमाथि सवारी हुनुहुन्‍छ,
र आफ्‍नो प्रतापमा बादलमाथि।
27अनन्‍तका परमेश्‍वर तिमीहरूको वासस्‍थान हुनुहुन्‍छ,
र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्‌।
‘त्‍यसलाई नाश गर’ भन्‍दै उहाँले
तिमीहरूका सामुन्‍नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।
28अन्‍न र नयाँ दाखमद्यको देशमा,
जहाँ आकाशले शीत झार्छ,
इस्राएल एकलै सुरक्षामा रहनेछ,
याकूबको मूल सुरक्षित छ।
29ए इस्राएल, तिमी धन्‍यका हौ,
परमप्रभुद्वारा मुक्ति पाएको जाति,
तिमीजस्‍तो को छ र?
उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्‍छ,
र तिम्रो महिमित तरवार। तिम्रा
शत्रुहरू तिम्रा अगि लुरूक्‍क परेर आउनेछन्,
र तिमीले उनीहरूका अल्‍गा ठाउँहरूमा टेक्‍नेछौ।”
..........................................

Moses Blesses the Tribes

33 This is the blessing that Moses the man of God pronounced on the Israelites before his death. He said:

“The Lord came from Sinai
    and dawned over them from Seir;
    he shone forth from Mount Paran.
He came with[a] myriads of holy ones
    from the south, from his mountain slopes.[b]
Surely it is you who love the people;
    all the holy ones are in your hand.
At your feet they all bow down,
    and from you receive instruction,
the law that Moses gave us,
    the possession of the assembly of Jacob.
He was king over Jeshurun[c]
    when the leaders of the people assembled,
    along with the tribes of Israel.

“Let Reuben live and not die,
    nor[d] his people be few.”

And this he said about Judah:

“Hear, Lord, the cry of Judah;
    bring him to his people.
With his own hands he defends his cause.
    Oh, be his help against his foes!”

About Levi he said:

“Your Thummim and Urim belong
    to your faithful servant.
You tested him at Massah;
    you contended with him at the waters of Meribah.
He said of his father and mother,
    ‘I have no regard for them.’
He did not recognize his brothers
    or acknowledge his own children,
but he watched over your word
    and guarded your covenant.
10 He teaches your precepts to Jacob
    and your law to Israel.
He offers incense before you
    and whole burnt offerings on your altar.
11 Bless all his skills, Lord,
    and be pleased with the work of his hands.
Strike down those who rise against him,
    his foes till they rise no more.”

12 About Benjamin he said:

“Let the beloved of the Lord rest secure in him,
    for he shields him all day long,
    and the one the Lord loves rests between his shoulders.”

13 About Joseph he said:

“May the Lord bless his land
    with the precious dew from heaven above
    and with the deep waters that lie below;
14 with the best the sun brings forth
    and the finest the moon can yield;
15 with the choicest gifts of the ancient mountains
    and the fruitfulness of the everlasting hills;
16 with the best gifts of the earth and its fullness
    and the favor of him who dwelt in the burning bush.
Let all these rest on the head of Joseph,
    on the brow of the prince among[e] his brothers.
17 In majesty he is like a firstborn bull;
    his horns are the horns of a wild ox.
With them he will gore the nations,
    even those at the ends of the earth.
Such are the ten thousands of Ephraim;
    such are the thousands of Manasseh.”

18 About Zebulun he said:

“Rejoice, Zebulun, in your going out,
    and you, Issachar, in your tents.
19 They will summon peoples to the mountain
    and there offer the sacrifices of the righteous;
they will feast on the abundance of the seas,
    on the treasures hidden in the sand.”

20 About Gad he said:

“Blessed is he who enlarges Gad’s domain!
    Gad lives there like a lion,
    tearing at arm or head.
21 He chose the best land for himself;
    the leader’s portion was kept for him.
When the heads of the people assembled,
    he carried out the Lord’s righteous will,
    and his judgments concerning Israel.”

22 About Dan he said:

“Dan is a lion’s cub,
    springing out of Bashan.”

23 About Naphtali he said:

“Naphtali is abounding with the favor of the Lord
    and is full of his blessing;
    he will inherit southward to the lake.”

24 About Asher he said:

“Most blessed of sons is Asher;
    let him be favored by his brothers,
    and let him bathe his feet in oil.
25 The bolts of your gates will be iron and bronze,
    and your strength will equal your days.

26 “There is no one like the God of Jeshurun,
    who rides across the heavens to help you
    and on the clouds in his majesty.
27 The eternal God is your refuge,
    and underneath are the everlasting arms.
He will drive out your enemies before you,
    saying, ‘Destroy them!’
28 So Israel will live in safety;
    Jacob will dwell[f] secure
in a land of grain and new wine,
    where the heavens drop dew.
29 Blessed are you, Israel!
    Who is like you,
    a people saved by the Lord?
He is your shield and helper
    and your glorious sword.
Your enemies will cower before you,
    and you will tread on their heights.”

 

..........................................
NEP - ENG

व्यवस्था 33

मोशाले बाह्र कुललाई आशिष्‌ दिएका
1परमेश्‍वरका मानिस मोशाले आफ्‍नो मृत्‍युभन्‍दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो।
And this is the blessing, wherewith Moses the man of God blessed the children of Israel before his death.
2तिनले भने:
“परमप्रभु सीनैबाट आउनुभयो,
र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो।
उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो।
लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट,
आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।
And he said, The LORD came from Sinai, and rose up from Seir unto them; he shined forth from mount Paran, and he came with ten thousands of saints: from his right hand went a fiery law for them.
3निश्‍चय नै तपाईं मानिसहरूलाई प्‍यारो गर्ने हुनुहुन्‍छ,
सबै पवित्र जनहरू तपाईंकै हातमा छन्‌।
तिनीहरू सबै तपाईंका पाउमा दण्‍डवत्‌ गर्छन्,
र तपाईंबाट अर्ती लिन्‍छन्‌—
Yea, he loved the people; all his saints are in thy hand: and they sat down at thy feet; every one shall receive of thy words.
4मोशाले दिएको व्‍यवस्‍था,
याकूबका समुदायको सम्‍पत्ति।
Moses commanded us a law, even the inheritance of the congregation of Jacob.
5उहाँ यशूरूनमाथि राजा हुनुभयो,
जब प्रजाका नेताहरू,
इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए।
And he was king in Jeshurun, when the heads of the people and the tribes of Israel were gathered together.
6“रूबेन बाँचिरहून्, र नमरून्,
र तिनका मानिसहरू थोरै नहोऊन्‌।”
Let Reuben live, and not die; and let not his men be few.
7यहूदाको विषयमा तिनले भने:
“हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्,
र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌।
आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌।
तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।”
And this is the blessing of Judah: and he said, Hear, LORD, the voice of Judah, and bring him unto his people: let his hands be sufficient for him; and be thou an help to him from his enemies.
8लेवीको विषयमा तिनले भने: 
“तपाईंको ‘तुम्‍मीम’ र तपाईंको
‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्,
जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो,
जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।
And of Levi he said, Let thy Thummim and thy Urim be with thy holy one, whom thou didst prove at Massah, and with whom thou didst strive at the waters of Meribah;
9तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने,
‘म उनीहरूको आदर गर्दिनँ’।
तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे,
आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌।
तर तिनले तपाईंका वचनको रखवाली गरे,
र तपाईंका करारको रक्षा गरे।
Who said unto his father and to his mother, I have not seen him; neither did he acknowledge his brethren, nor knew his own children: for they have observed thy word, and kept thy covenant.
10तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्‌,
र इस्राएललाई तपाईंको व्‍यवस्‍था सिकाउँछन्‌।
तिनले तपाईंको सामु धूप चढ़ाउँछन्,
र सम्‍पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्‌।
They shall teach Jacob thy judgments, and Israel thy law: they shall put incense before thee, and whole burnt sacrifice upon thine altar.
11हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष्‌ दिनुहोस्,
र तिनका हातका काम ग्रहण गर्नुहोस्‌।
तिनको विरुद्धमा उठ्‌ने सबैको कम्‍मरमा हिर्काउनुहोस्,
फेरि उठ्‌न नसक्‍ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्‌।”
Bless, LORD, his substance, and accept the work of his hands: smite through the loins of them that rise against him, and of them that hate him, that they rise not again.
12बेन्‍यामीनको विषयमा तिनले भने:
“परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्,
किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ,
र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ,
तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌।
And of Benjamin he said, The beloved of the LORD shall dwell in safety by him; and the LORD shall cover him all the day long, and he shall dwell between his shoulders.
13योसेफको विषयमा तिनले भने:
माथि आकाशबाट आउने अमूल्‍य शीतले
र तलका गहिराइका पानीले सिँचेर,
परमप्रभुले तिनको देशलाई आशिष्‌ देऊन्‌—
And of Joseph he said, Blessed of the LORD be his land, for the precious things of heaven, for the dew, and for the deep that coucheth beneath,
14घामले उब्‍जाउने सबभन्‍दा उत्तम कुरा,
र जूनले दिन सक्‍ने सबभन्‍दा असल कुरा,
And for the precious fruits brought forth by the sun, and for the precious things put forth by the moon,
15प्राचीन पर्वतहरूका सबभन्‍दा मनपर्दा उपहारहरू,
र अनन्‍तका डाँड़ाहरूका प्रचुरता,
And for the chief things of the ancient mountains, and for the precious things of the lasting hills,
16पृथ्‍वी र त्‍यसको परिपूर्णताका उत्तम उपहारहरू,
र बलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाह—
यी सबै योसेफको शिरमाथि रहून्,
आफ्‍ना दाजुभाइहरूमध्‍येका
राजकुमारको आँखीभुइँमाथि।
And for the precious things of the earth and fulness thereof, and for the good will of him that dwelt in the bush: let the blessing come upon the head of Joseph, and upon the top of the head of him that was separated from his brethren.
17प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्,
तिनका सीङ अर्नाका सीङ हुन्‌।
यीद्वारा तिनले जातिहरूलाई,
पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌।
एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्,
मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।”
His glory is like the firstling of his bullock, and his horns are like the horns of unicorns: with them he shall push the people together to the ends of the earth: and they are the ten thousands of Ephraim, and they are the thousands of Manasseh.
18जबूलूनको विषयमा तिनले भने:
“ए जबूलून, तिमी बाहिर यताउता जाँदा,
र ए इस्‍साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।
And of Zebulun he said, Rejoice, Zebulun, in thy going out; and, Issachar, in thy tents.
19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्,
र त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्‌।
तिनीहरूले समुद्रको प्रचुर सम्‍पत्ति
र बालुवामा भएका गुप्‍त धन उपभोग गर्नेछन्‌।”
And of Gad he said, Blessed be he that enlargeth Gad: he dwelleth as a lion, and teareth the arm with the crown of the head.
20गादको विषयमा तिनले भने:
“गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌।
And of Gad he said, Blessed be he that enlargeth Gad: he dwelleth as a lion, and teareth the arm with the crown of the head.
21तिनले आफ्‍नो निम्‍ति सबभन्‍दा उत्तम जग्‍गा छाने,
नायकको हिस्‍सा तिनको निम्‍ति छुट्ट्याइएको थियो।
जब मानिसहरूका नेताहरू भेला भएका थिए,
तिनले परमप्रभुको धार्मिक इच्‍छा
र इस्राएलको सम्‍बन्‍धमा उहाँका इन्‍साफहरू पूरा गरे।
And he provided the first part for himself, because there, in a portion of the lawgiver, was he seated; and he came with the heads of the people, he executed the justice of the LORD, and his judgments with Israel.
22दानको विषयमा तिनले भने:
“बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।”
And of Dan he said, Dan is a lion's whelp: he shall leap from Bashan.
23नप्‍तालीको विषयमा तिनले भने:
“परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌।
तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”
And of Naphtali he said, O Naphtali, satisfied with favour, and full with the blessing of the LORD: possess thou the west and the south.
24आशेरको विषयमा तिनले भने:
“छोराहरूमध्‍ये सबैभन्‍दा आशिष्‌ पाउने आशेर हुन्‌।
तिनी आफ्‍ना दाजुभाइहरूको अति प्रिय होऊन्,
अनि तिनको आफ्‍ना खुट्टा तेलले धोऊन्‌।
And of Asher he said, Let Asher be blessed with children; let him be acceptable to his brethren, and let him dip his foot in oil.
25तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्,
जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ।
Thy shoes shall be iron and brass; and as thy days, so shall thy strength be.
26“यशूरूनका परमेश्‍वरजस्‍तो अरू कोही छैन,
जो तिमीहरूको सहायताको लागि
आकाशमाथि सवारी हुनुहुन्‍छ,
र आफ्‍नो प्रतापमा बादलमाथि।
There is none like unto the God of Jeshurun, who rideth upon the heaven in thy help, and in his excellency on the sky.
27अनन्‍तका परमेश्‍वर तिमीहरूको वासस्‍थान हुनुहुन्‍छ,
र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्‌।
‘त्‍यसलाई नाश गर’ भन्‍दै उहाँले
तिमीहरूका सामुन्‍नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।
The eternal God is thy refuge, and underneath are the everlasting arms: and he shall thrust out the enemy from before thee; and shall say, Destroy them.
28अन्‍न र नयाँ दाखमद्यको देशमा,
जहाँ आकाशले शीत झार्छ,
इस्राएल एकलै सुरक्षामा रहनेछ,
याकूबको मूल सुरक्षित छ।
Israel then shall dwell in safety alone: the fountain of Jacob shall be upon a land of corn and wine; also his heavens shall drop down dew.
29ए इस्राएल, तिमी धन्‍यका हौ,
परमप्रभुद्वारा मुक्ति पाएको जाति,
तिमीजस्‍तो को छ र?
उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्‍छ,
र तिम्रो महिमित तरवार। तिम्रा
शत्रुहरू तिम्रा अगि लुरूक्‍क परेर आउनेछन्,
र तिमीले उनीहरूका अल्‍गा ठाउँहरूमा टेक्‍नेछौ।”
Happy art thou, O Israel: who is like unto thee, O people saved by the LORD, the shield of thy help, and who is the sword of thy excellency! and thine enemies shall be found liars unto thee; and thou shalt tread upon their high places.

 

 

DEUTERONOMY - 34:1-12

व्यवस्था 34

मोशाको मृत्यु
1त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म, 2समस्‍त नप्‍ताली, एफ्राइम र मनश्‍शेको देश, पश्‍चिमको समुद्रसम्‍मको यहूदाको समस्‍त देश, 3नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म। 4तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।” 
5तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन। 7मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। 8मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।
9अब नूनका छोरा यहोशू बुद्धिको आत्‍माले परिपूर्ण थिए, किनकि मोशाले आफ्‍ना हात तिनीमाथि राखेका थिए।
तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
10त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो।  11तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो। 12किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।
........................................................

The Death of Moses

34 Then Moses climbed Mount Nebo from the plains of Moab to the top of Pisgah, across from Jericho. There the Lord showed him the whole land—from Gilead to Dan, all of Naphtali, the territory of Ephraim and Manasseh, all the land of Judah as far as the Mediterranean Sea, the Negev and the whole region from the Valley of Jericho, the City of Palms, as far as Zoar. Then the Lord said to him, “This is the land I promised on oath to Abraham, Isaac and Jacob when I said, ‘I will give it to your descendants.’ I have let you see it with your eyes, but you will not cross over into it.”

And Moses the servant of the Lord died there in Moab, as the Lord had said. He buried him[a] in Moab, in the valley opposite Beth Peor, but to this day no one knows where his grave is. Moses was a hundred and twenty years old when he died, yet his eyes were not weak nor his strength gone. The Israelites grieved for Moses in the plains of Moab thirty days, until the time of weeping and mourning was over.

Now Joshua son of Nun was filled with the spirit[b] of wisdom because Moses had laid his hands on him. So the Israelites listened to him and did what the Lord had commanded Moses.

10 Since then, no prophet has risen in Israel like Moses, whom the Lord knew face to face, 11 who did all those signs and wonders the Lord sent him to do in Egypt—to Pharaoh and to all his officials and to his whole land. 12 For no one has ever shown the mighty power or performed the awesome deeds that Moses did in the sight of all Israel.

....................................................
ENG -NEP

व्यवस्था 34

मोशाको मृत्यु
1त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म, 
And Moses went up from the plains of Moab unto the mountain of Nebo, to the top of Pisgah, that is over against Jericho. And the LORD shewed him all the land of Gilead, unto Dan,
2समस्‍त नप्‍ताली, एफ्राइम र मनश्‍शेको देश, पश्‍चिमको समुद्रसम्‍मको यहूदाको समस्‍त देश,
And all Naphtali, and the land of Ephraim, and Manasseh, and all the land of Judah, unto the utmost sea,
 3नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म। 
And the south, and the plain of the valley of Jericho, the city of palm trees, unto Zoar.
4तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।” 
And the LORD said unto him, This is the land which I sware unto Abraham, unto Isaac, and unto Jacob, saying, I will give it unto thy seed: I have caused thee to see it with thine eyes, but thou shalt not go over thither.
5तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। 
So Moses the servant of the LORD died there in the land of Moab, according to the word of the LORD.
6मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन। 
And he buried him in a valley in the land of Moab, over against Beth-peor: but no man knoweth of his sepulchre unto this day.
7मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। 
And Moses was an hundred and twenty years old when he died: his eye was not dim, nor his natural force abated.
8मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।
And the children of Israel wept for Moses in the plains of Moab thirty days: so the days of weeping and mourning for Moses were ended.
9अब नूनका छोरा यहोशू बुद्धिको आत्‍माले परिपूर्ण थिए, किनकि मोशाले आफ्‍ना हात तिनीमाथि राखेका थिए।
तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
And Joshua the son of Nun was full of the spirit of wisdom; for Moses had laid his hands upon him: and the children of Israel hearkened unto him, and did as the LORD commanded Moses.
10त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो।  
And there arose not a prophet since in Israel like unto Moses, whom the LORD knew face to face,
11तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो। 
In all the signs and the wonders, which the LORD sent him to do in the land of Egypt to Pharaoh, and to all his servants, and to all his land,
12किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।
And in all that mighty hand, and in all the great terror which Moses shewed in the sight of all Israel.

 

 

DEUTERONOMY - 

Our Services

Training Programs

Our training programs cover a wide range of topics to enhance skills and knowledge. From job readiness to personal development, we offer courses tailored to individual needs.

Social Services

We provide a variety of social services to support the local community. From counseling to outreach programs, we are here to lend a helping hand when needed.

Opportunities

DEUTERONOMY creates opportunities for individuals to excel and thrive. Whether it's through job placements or community initiatives, we aim to make a positive impact on every life we touch.

Ready to Grow with Us?

Join DEUTERONOMY today and embark on a journey of growth and empowerment. Together, we can create a better tomorrow for everyone in our community.