Welcome to PHELEMON - A Community Development Hub

PHELEMON - INTRODUCTION

पुस्तक परिचय

कैदी भएकै समयमा पावलले यो पत्र ईस्वी सम्बत्‌ ६०-६१ मा रोमबाट लेखिपठाए। यो पत्र कलस्सीहरूलाई लेखेको पत्रसँगसँगै पठाइएको थियो (हेर्नोस्‌ कलस्सीको परिचय)।

फिलेमोनचाहिँ कलस्से भन्‍ने सहरका एक जना बासिन्दा थिए, जसको घरमा घरेलु सँगति अथवा “घरको मण्‍डली” भेला हुन्थे (पद २)। ओनेसिमस नाउँ भएको तिनको कमारो कुनै चीज चोरेर भागेको थियो। त्यसपछि ओनेसिमस रोममा पुग्यो, जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रीष्‍टमा विश्वास गर्‍यो।

ओनेसिमसलाई आफ्‍नो मालिक फिलेमोन कहाँ पठाइदिनुपर्छ भन्‍ने कुरा पावललाई महसूस भयो। पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरी लागू थियो। त्यतिबेला रोमी कानूनअनुसार कमाराहरू आ-आफ्‍ना मालिकको सम्पत्ति जस्तै गनिन्थे। तर ओनेसिमसलाई फर्काउनमा एउटा ठूलो समस्या थियो, किनभने भागेका कमाराहरूलाई कानूनअनुसार कडा दण्ड दिनुपर्ने चलन थियो। कोही त्यस्ता कमाराहरू मारिने गर्थे। त्यसकारण पावलले ओनेसिमसप्रति दया र क्षमा होस्‌ भनेर अनुरोध गर्नलाई फिलेमोनलाई यो पत्र लेखे। एकातिर ओनेसिमसले अवश्‍य पश्चात्ताप गरेर चोरेको चीज फिर्ता गर्नुपर्‍यो। अर्कोतिर फिलेमोनले ओनेसिमसलाई हृदयले नै क्षमा गर्नु आवश्यक थियो। किनभने तिनीहरू ख्रीष्‍टियान दाजुभाइ भएका थिए। रोमी चलन र कानूनअनुसार एक जना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रीष्‍टमा समान थिए।

दासत्व अवश्य एउटा दुष्‍ट र खराव चलन थियो। यस्तो दुष्‍ट चलनमाथि कसरी विजय गर्नुपर्ने हो भन्‍ने पावलको एउटा तरीका यस पत्रमा हामी देख्छौं, अर्थात्‌ मालिक र दास दुवैले एक-अर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नु।

पावलले ओनेसिमसलाई आफूसँग राख्‍न सक्‍ने थिए। पावलले अरू कमाराहरूलाई भाग्‍नका निम्ति सल्‍लाह र साहस दिन सक्‍नेथिए। तिनी रोमी कानून भङ्ग गरेर त्यसको विरूद्धमा खुल्‍लमखुल्‍ला कराउन पनि सक्‍नेथिए। तर तिनको तरीका त्यस्तो थिएन। तिनको तरीकाचाहिँ प्रेमको कानून मान्‍नू नै थियो। सबभन्दा ठूलो कानून मानिसको होइन तर परमेश्‍वरको हो, अर्थात्‌ ख्रीष्‍टका आज्ञाहरू, विशेष गरी प्रेमको आज्ञा। संसारमा भएका सबै कानूनहरू भन्दा प्रेम बलियो छ। ख्रीष्‍टको प्रेममा मालिक र कमारो एक समान बन्दछन्‌ (गलाती ३:२८)।

PHELEMON 1:1-25,

फिलेमोन 1

1ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, 2हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्‍फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्‍पस, र तिम्रो घरका मण्‍डलीलाई:
3तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट शान्‍ति!
धन्‍यवाद ज्ञापन र प्रार्थना
4मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्‍मरण गर्दछु तब म मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु, 5किनकि प्रभु येशूमाथिको तिम्रो विश्‍वासको विषयमा र सन्‍तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्‍दछु। 6म प्रार्थना गर्दछु कि तिम्रो विश्‍वासको सहभागिताले ख्रीष्‍टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌। 7मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।
ओनेसिमसको निम्‍ति पावलको बिन्‍ती
8तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्‍टमा मलाई साहस भए तापनि, 9प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्‍छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्‍ट येशूको एक कैदी 10मेरा छोरा ओनेसिमसको निम्‍ति म निवेदन गर्दछु, जसको निम्‍ति मेरो कैदी अवस्‍थामा म पिता बनेको छु। 11तिनी अगाडि तिम्रो निम्‍ति बेकम्‍मा थिए, तर अहिले तिम्रो निम्‍ति र मेरो निम्‍ति पनि काम लाग्‍ने भएका छन्‌। 12म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। 13तिनलाई मसँगै राख्‍न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्‍ति मेरो बन्‍दी अवस्‍थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्‍तथिए, 14तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्‍नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्‍नै स्‍वइच्‍छाले गरिएको होस्‌।
15शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌— 16अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति। 17यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। 18यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ। 19म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ। 20प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्‍ने म चाहन्‍छु। ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। 21तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्‍दा झन्‌ बढ़ी गर्नेछौ भन्‍ठानेर म तिमीलाई लेख्‍दैछु।
22साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु।
23येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌। 24त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि।
25प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌।

..................................................................

 

.................................................................

फिलेमोन 1

1ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, 
Paul, a prisoner of Jesus Christ, and Timothy our brother, unto Philemon our dearly beloved, and fellowlabourer,
2हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्‍फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्‍पस, र तिम्रो घरका मण्‍डलीलाई:
And to our beloved Apphia, and Archippus our fellowsoldier, and to the church in thy house:
3तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट शान्‍ति!
Grace to you, and peace, from God our Father and the Lord Jesus Christ.
................................................
धन्‍यवाद ज्ञापन र प्रार्थना
4मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्‍मरण गर्दछु तब म मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु, 
I thank my God, making mention of thee always in my prayers,
5किनकि प्रभु येशूमाथिको तिम्रो विश्‍वासको विषयमा र सन्‍तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्‍दछु। 
Hearing of thy love and faith, which thou hast toward the Lord Jesus, and toward all saints;
6म प्रार्थना गर्दछु कि तिम्रो विश्‍वासको सहभागिताले ख्रीष्‍टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌।
That the communication of thy faith may become effectual by the acknowledging of every good thing which is in you in Christ Jesus.
 7मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।
For we have great joy and consolation in thy love, because the bowels of the saints are refreshed by thee, brother.
...........................................
ओनेसिमसको निम्‍ति पावलको बिन्‍ती
8तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्‍टमा मलाई साहस भए तापनि, 
Wherefore, though I might be much bold in Christ to enjoin thee that which is convenient,
9प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्‍छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्‍ट येशूको एक कैदी 
Yet for love's sake I rather beseech thee, being such an one as Paul the aged, and now also a prisoner of Jesus Christ.
10मेरा छोरा ओनेसिमसको निम्‍ति म निवेदन गर्दछु, जसको निम्‍ति मेरो कैदी अवस्‍थामा म पिता बनेको छु। 
I beseech thee for my son Onesimus, whom I have begotten in my bonds:
11तिनी अगाडि तिम्रो निम्‍ति बेकम्‍मा थिए, तर अहिले तिम्रो निम्‍ति र मेरो निम्‍ति पनि काम लाग्‍ने भएका छन्‌। 
Which in time past was to thee unprofitable, but now profitable to thee and to me:
12म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। 
Whom I have sent again: thou therefore receive him, that is, mine own bowels:
13तिनलाई मसँगै राख्‍न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्‍ति मेरो बन्‍दी अवस्‍थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्‍तथिए, 
Whom I would have retained with me, that in thy stead he might have ministered unto me in the bonds of the gospel:
14तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्‍नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्‍नै स्‍वइच्‍छाले गरिएको होस्‌।
But without thy mind would I do nothing; that thy benefit should not be as it were of necessity, but willingly.
15शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌
For perhaps he therefore departed for a season, that thou shouldest receive him for ever;
 16अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति। 
Not now as a servant, but above a servant, a brother beloved, specially to me, but how much more unto thee, both in the flesh, and in the Lord?
17यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। 
If thou count me therefore a partner, receive him as myself.
18यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ। 
If he hath wronged thee, or oweth thee ought, put that on mine account;
19म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ। 
I Paul have written it with mine own hand, I will repay it: albeit I do not say to thee how thou owest unto me even thine own self besides.
20प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्‍ने म चाहन्‍छु। ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ।
Yea, brother, let me have joy of thee in the Lord: refresh my bowels in the Lord.
 21तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्‍दा झन्‌ बढ़ी गर्नेछौ भन्‍ठानेर म तिमीलाई लेख्‍दैछु।
Having confidence in thy obedience I wrote unto thee, knowing that thou wilt also do more than I say.
22साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु।
But withal prepare me also a lodging: for I trust that through your prayers I shall be given unto you.
23येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌। 
There salute thee Epaphras, my fellowprisoner in Christ Jesus;
24त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि।
Marcus, Aristarchus, Demas, Lucas, my fellowlabourers.
25प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌।
The grace of our Lord Jesus Christ be with your spirit. Amen.

 

At PHELEMON, we are dedicated to fostering a strong sense of community and empowerment through various programs and services.

Our Mission

Simon Thapa, the founder of PHELEMON, has a deep commitment to building a supportive community that thrives on unity and growth. Our mission is to provide community service programs, volunteer opportunities, and resource networking to uplift and empower individuals and families.

Impact of Simon Thapa's Fellowship

Simon Thapa's church fellowship has made a significant impact on the community by fostering spiritual growth and providing counseling services to those in need. Through faith-based initiatives, we aim to support individuals on their journey towards personal and communal well-being.

Join Us in Building a Stronger Community

Experience the power of community support and growth with PHELEMON. Get involved in our programs, volunteer your time, and connect with valuable resources.