Paul’s Journey - 1,2,3, Rome

'

Paul’s Missionary Journey
1st , 2nd, 3rd ,
Rome Journey

PAUL FIRST MISSINARY JOURNEY 44 – 46 AD.
ACT 13;4 – 14; 1- 28, JOURNEY TO CYPRUS AND ASIA MINOR


ACT 13;4-52, तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।5सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्‍ना तिनीहरूसँग थिए। 6जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए।7त्‍यो जादूगर एउटा प्रान्‍तका शासक सर्गियस पौलससँग बस्‍तथियो। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा गरे।8तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो।9तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे,10“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌?11अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।” अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो।12तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए। 13पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के।14तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे ।15अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।” 16तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्‌,17इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो।18उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो।19तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो।20“यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो।21त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो।22उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’ 23“यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो।24उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए।25यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’ 26“ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ।27किनभने यरूशलेमका बासिन्‍दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्‍डको आज्ञा दिई ती वचन पूरा गरे।28ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे,29र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे।30तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो।31आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्‍म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्‌। 32“परमेश्‍वरले पिता-पुर्खालाई गर्नुभएको त्‍यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्‍याउँछौं।33अर्थात्‌, कसरी परमेश्‍वरले येशूलाई जीवित पारी उठाएर त्‍यो कुरो हामी, तिनीहरूका सन्‍तानका निम्‍ति पूरा गरिदिनुभयो, जस्‍तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ,
आजको दिन मैले तिमीलाई जन्‍माएको छु।’34उहाँले ख्रीष्‍टलाई कहिले नसड्‌ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्‍नुभएको छ,
‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’35किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’ 36“किनकि उनको आफ्‍नै पुस्‍तामा परमेश्‍वरको उद्देश्‍यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो।37तर जसलाई परमेश्‍वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन। 38“यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्‌, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्‍छ भन्‍ने घोषणा तपाईंहरूलाई गरिएको छ।39तपाईं विश्‍वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्‍यवस्‍थाद्वारा तपाईंहरूका निम्‍ति सम्‍भव थिएन।40यसकारण होशियार रहनुहोस्‌, नत्रता अगमवक्ताहरूका पुस्‍तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्‌:41‍‘हे निन्‍दा गर्ने हो, हेर र आश्‍चर्य मान,
अनि नष्‍ट भइजाओ,
किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु,
यस्‍तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि
तिमीहरूले कहिल्‍यै विश्‍वास गर्नेछैनौ’।”
42पावल र बारनाबास सभाघरबाट निस्‍केर जान लाग्‍दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदेऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई बिन्‍ती गरे।43सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे। 44अर्को शबाथमा झण्‍डै सम्‍पूर्ण सहर परमेश्‍वरको वचन सुन्‍नलाई उल्‍टेर आयो।45भीड़लाई देख्‍दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्‍डन गरे, र तिनको निन्‍दा गरे। 46तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्‍वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्‍यक थियो। तपाईंहरूले यसलाई इन्‍कार गरी आफैलाई अनन्‍त जीवनको अयोग्‍य ठहराउनुभएकोले हामी अब अन्‍यजातिहरूकहाँ जानेछौं।47किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ,
‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन
मैले तिमीलाई अन्‍यजातिहरूका निम्‍ति
ज्‍योति हुन नियुक्त गरेको छु’।”
48जब अन्‍यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्‍वरको वचनको प्रशंसा गरे, र अनन्‍त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्‍वास गरे। 49प्रभुको वचन सबै इलाकाभरि फैलियो।50तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्‍ठित स्‍त्रीहरू र सहरका मुख्‍य-मुख्‍य मानिसहरूलाई उक्‍साए, र उनीहरूलाई आफ्‍नो साँधसिमाना बाहिर कटाइदिए।51तर उनीहरूचाहिँ आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्‍याएर, आइकोनियनमा आए।52चेलाहरू आनन्‍द र पवित्र आत्‍माले परिपूर्ण भए।

ACT 14;1-28, अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो।2तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए।3प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो।4तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे।5अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे।6तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए,7र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे। 8अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन।9पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन10ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो। 11जब पावलले गरेको यो काम भीड़ले देख्‍यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्‍च सोरले यसो भने, “देवहरू मान्‍छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्‌।”12तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्‍न लागे, किनकि यिनीचाहिँ मुख्‍य वक्ता थिए।13सहरको अगिल्‍तिर भएको जिउसको मन्‍दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्‍याएर त्‍यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्‍छा गरे। 14तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्‍नो वस्‍त्र च्‍याती यसो भन्‍दै कराएर मानिसहरूका बीचमा दौड्‌दैगए र भने,15“मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दु:ख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।16उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो।17तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।”18यी कुरा भनेर तिनीहरूले मुश्‍किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके। 19तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे।20तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्‍ट बारनाबाससँग निस्‍केर डर्बीमा गए। 21तिनीहरूले त्‍यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्‍त्रा, आइकोनियन र एन्‍टिओखियामा फर्के,22चेलाहरूका आत्‍मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्‍वासमा रहिरहने अर्ती दिए, र धेरै कष्‍ट सहेर हामी परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।23जब तिनीहरूले उनीहरूको हरेक मण्‍डलीमा एल्‍डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्‍वास गरेका प्रभुको जिम्‍मामा उनीहरूलाई सुम्‍पिदिए।24त्‍यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए।25पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। 26अनि त्‍यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्‍टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्‍ति परमेश्‍वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो।27जब तिनीहरू एन्‍टिओखियामा आइपुगे, तब मण्‍डलीलाई भेला गराए, अनि परमेश्‍वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्‍यजातिहरूका निम्‍ति विश्‍वासको ढोका खोलिदिनुभयो सो सुनाए।28तिनीहरू त्‍यहाँ चेलाहरूसँग निकै दिन बसे।

........................................................................................................................................................................................................................................................................


ACT 15;40 – 18;1-22 = SECOND MISSINIONARY JOURNEY
JOURNEY TO MACEDONIA AND GREECE


ACT 15;40 – 41, तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्‍वरको अनुग्रहमा अर्पण भई बिदा भए।41मण्‍डलीहरूलाई बलिया गराउँदै तिनी सिरिया र किलिकियाको भ्रमण गरे।

ACT 16;1-40, पावल डर्बी र लुस्‍त्रामा पनि आए। त्‍यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।2लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।3तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो।4अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्‍डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए।5यसरी मण्‍डलीहरू विश्‍वासमा दह्रिला हुँदै र संख्‍यामा दिनहुँ बढ्‌दैगए। 6पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।7माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन।8तब माइसिया भएर तिनीहरू त्रोआसमा गए।9राती पावललाई एउटा दर्शन भयो– माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्‌, र हामीलाई सहायता गर्नोस्‌।”10जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ। 11तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्‍ट नियापोलिसमा आइपुग्‍यौं,12र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं। 13अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्‍यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्‍यहाँ हामी बस्‍यौं र जम्‍मा भएका स्‍त्रीहरूसँग बातचित गर्न लाग्‍यौं।14अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।15जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्‌, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌। 16जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी।17त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।”18त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो। 19तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।20अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्‌, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।21यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।” 22तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।23उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।24यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। 25तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।26तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।27झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते।28तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्‌, किनकि हामी सबै यहीँ छौं।” 29तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे।30तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” 31अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले।”32तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।33तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।34त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए। 35तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”36तब झ्‍यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्‍केर शान्‍तिसँग जानुहोस्‌।” 37तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्‍ने पिटे, र झ्‍यालखानमा पनि हाले, र अब हामीलाई गुप्‍तमा निकाल्‍न खोज्‍छन्‌? यो हुन सक्‍दैन। उनीहरू आफै आऊन्‌ र हामीलाई निकालेर लैजाऊन्‌।” 38ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।39उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे।40तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

ACT 17; 1-34, पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्‍यहाँ यहूदीहरूको एउटा सभाघर थियो।2पावल आफ्‍नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्‍म धर्मशास्‍त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।3“ख्रीष्‍टलाई अवश्‍य दु:ख भोग्‍नु र मृतकबाट जीवित हुनुपर्थ्‍यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ” भन्‍ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए।4तिनीहरूमध्‍ये कति जना विश्‍वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्‍यामा ईश्‍वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए। 5तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्‍मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्‍चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्‍ने ल्‍याउन खोजे।6तिनीहरूलाई फेला पार्न नसक्‍दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्‍स्‍याएर ल्‍याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्‌।7तिनीहरू यासोनका पाहुना भएका छन्‌, र तिनीहरू सबैले येशू भन्‍ने एक जना अर्कै राजा छन्‌ भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्‌।”8यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।9उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए। 10भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।11यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्‍दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।12यसकारण यिनीहरूमध्‍ये धेरैले, साथै निकै जना उच्‍च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्‍वास गरे। 13तर जब परमेश्‍वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्‍ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्‍यहाँ पनि भीड़हरूलाई उचाल्‍न र उक्‍साउन आइपुगे।14तब भाइहरूले तुरुन्‍तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ नै बसे।15पावललाई पुर्‍याउन जानेहरूले तिनलाई एथेन्‍ससम्‍म ल्‍याए। सिलास र तिमोथीचाहिँ जति सक्‍दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्‍ने आज्ञा पाएर तिनीहरू फर्के। 16पावलले तिनीहरूलाई एथेन्‍समा पर्खिरहँदा, त्‍यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्‍मा तिनीभित्र व्‍याकुल भयो।17यसैकारण तिनले यहूदीहरू र ईश्‍वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे।18इपिक्‍युरी र स्‍तोइकी दार्शनिकहरूमध्‍ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्‍छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्‍तो देखिन्‍छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे।19तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्‍न सक्‍छौं?20किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्‍छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्‍न चाहन्‍छौं।”21सबै एथेन्सबासीहरू र त्‍यहाँ बस्‍ने विदेशीहरू नौलो-नौलो कुरा भन्‍न वा सुन्‍नबाहेक आफ्‍नो समय अरू कुनै कुरामा बिताउँदैनथे। 22पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्‍सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्‍तछु,23किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्‍ने वस्‍तुहरू मैले देखे। मैले एउटा यस्‍तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्‍ति” भन्‍ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्‍नुहुन्‍छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु। 24“परमेश्‍वर, जसले संसार र त्‍यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्‍वर्ग र पृथ्‍वीका प्रभु भएका हुनाले हातले बनाएको मन्‍दिरमा वास गर्नुहुन्‍न,25उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस्‌। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।26उहाँले एक जनाबाट समस्‍त पृथ्‍वीमा वास गर्न मानिसको प्रत्‍येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो,27तिनीहरूले परमेश्‍वरलाई खोजून्‌, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न। 28किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्‌, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’ 29“तब हामी परमेश्‍वरका सन्‍तान भएका हुनाले, परमेश्‍वर सुन, चाँदी वा पत्‍थरजस्‍तै हो भनी हामीले ठान्‍नुहुँदैन– यिनीहरूचाहिँ मान्‍छेका कला र कल्‍पनाका प्रतिरूप मात्र हुन्‌।30यस्‍तो अज्ञानताका समयलाई परमेश्‍वरले ध्‍यान दिनुभएन, तर अब प्रत्‍येक ठाउँमा सब मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्‍छ।31किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।” 32जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्‍ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्‍नेछौं” भने।33त्‍यसपछि पावल तिनीहरूका बीचबाट गए।34तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्‍वास गरे। तिनीहरूमध्‍ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्‍त्री, र अरूहरू पनि थिए।

ACT 18;1 – 22, त्‍यसपछि तिनी एथेन्‍सबाट बिदा भएर कोरिन्‍थमा गए।2तिनले पोन्‍टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्‍नी पत्‍नी प्रिस्‍किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट्‌ क्‍लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्‍किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्‌न गए।3एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो।4हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्‍न गर्थे। 5जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्‍यस्‍त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनले शिक्षा दिँदैथिए।6तर जब उनीहरूले विरोध गरेर तिनको निन्‍दा गर्न लागे, तब तिनले आफ्‍नो लुगा टकटक्‍याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्‍लोमा परोस्‌, म निर्दोष छु। अब उप्रान्‍त म अन्‍यजातिहरूकहाँ जानेछु।” 7तब तिनी त्‍यहाँबाट परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो।8सभाघरका शासक क्रिस्‍पसले सपरिवार प्रभुमा विश्‍वास गरे, र कोरिन्‍थीहरूमध्‍ये पनि धेरैले पावलका वचन सुनेर विश्‍वास गरे, र बप्‍तिस्‍मा लिए। 9एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग,10किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।”11अनि परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्‍म तिनीहरूसँग बसे। 12जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए,13र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” 14जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो।15तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।”16अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए।17तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌। 18यसपछि पावल धेरै दिनसम्‍म त्‍यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्‍किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्‍नो कपाल खौरे।19तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्‍यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे।20तब उनीहरूले तिनलाई अझ केही दिन बस्‍ने बिन्‍ती गर्दा तिनले इन्‍कार गरे।21उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्‍वरको इच्‍छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए। 22जब तिनी कैसरियामा उत्रे तब माथि उक्‍लेर मण्‍डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्‍टिओखियातिर ओर्ले।

....................................................................................................................................................................................................................


ACT 18;23–21;1–15, THIRD MISSIONARY JOURNEY JOURNEY TO EPHESUS,EUROPE AND ASIA MINOR


ACT 18;23-28 तिनले त्‍यहाँ केही दिन बिताएर त्‍यहाँबाट निस्‍की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्‍न-भिन्‍न स्‍थानमा गए। 24अलेक्‍जेन्ड्रिया-निवासी अपोल्‍लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्‍त्रमा पोख्‍त थिए।25तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्‍मामा उत्‍साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्‍ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्‍नाको बप्‍तिस्‍मा मात्र जानेका थिए।26तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए। 27तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्‍यहाँ जाने प्रोत्‍साहन दिए, र तिनलाई ग्रहण गरून्‌ भनी त्‍यहाँका चेलाहरूलाई उत्‍साह दिएर पत्र लेखे। तिनले त्‍यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।28किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।

ACT 19;1-41, अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।2तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।” 3अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।” 4तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”5यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए।6जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे।7उनीहरू प्राय: बाह्र जना जति थिए। 8पावल सभाघरमा पसिकन तीन महिनासम्‍म परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।9तर जब कुनै-कुनैले हठी भएर विश्‍वास गरेनन्‌, र यस समुदायको विरुद्धमा झुण्‍डको सामुन्‍ने बोल्‍न लागे, तब पावल तिनीहरूबाट अलग्‍ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्‍नसको विद्यालयमा बहस गर्न लागे।10यो काम दुई वर्षसम्‍म चलिरह्यो, र एशियाका सबै बासिन्‍दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने। 11परमेश्‍वरले पावलको हातबाट असाधारण आश्‍चर्य कामहरू गर्नुभयो,12यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे। 13तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्‍मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्‍चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”14त्‍यहाँ एक जना स्‍केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे।15तब भूतात्‍माले जवाफ दिएर तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, र पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”16त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यौ र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे। 17यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।18विश्‍वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्‍ना-आफ्‍ना दुष्‍ट कामहरूको स्‍वीकार गरे र ती प्रकट गरे।19तिनीहरूमध्‍ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आफ्‍ना-आफ्‍ना पुस्‍तकहरू बटुलेर ल्‍याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्‍काको हिसाब लाग्‍यो।20यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो। 21यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ”22तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे। 23त्‍यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्‍चियो।24किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्‍पकारले आर्तेमिस देवीका चाँदीका स-साना मन्‍दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्‍यो।25तब यिनीहरूलाई र अरू यस्‍तै पेशा भएकाहरूलाई त्‍यसले जम्‍मा गरेर भन्‍यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्‍यापारबाट हामीलाई राम्रो आम्‍दानी हुन्‍छ।26तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्‍त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्‍लाएर बहकाई लगेको छ।27यसकारण हाम्रो व्‍यापारको प्रतिष्‍ठा नाश हुने मात्र होइन तर महान्‌ देवी आर्तेमिसको मन्‍दिरसमेत बेकम्‍मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्‍नो गौरवबाट पतित हुनेछिन्‌।” 28यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे।29सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे।30पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌।31एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस्‌ भनी बिन्‍ती गरी पठाए। 32तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌।33भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे।34तर तिनीहरूले त्‍यो त यहूदी रहेछ भन्‍ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्‍टा जति “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌” भन्‍दै कराए। 35नगरका हाकिमले मानिसहरूलाई शान्‍त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान्‌ आर्तेमिसको मन्‍दिर र आकाशबाट खसेको उसको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?36तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।37किनभने तपाईंहरूले ल्‍याउनुभएका यी मानिसहरूले मन्‍दिर लुटेका छैनन्‌ र हाम्री देवीको अपमान पनि गरेका छैनन्‌।38यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्‌, र न्‍यायाधीशहरू पनि छँदैछन्‌, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।39तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्‍छ भनेता त्‍यसको फैसला नियमित सभामा हुनेछ,40किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्‍ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्‍पष्‍टीकरण हामी दिन सक्‍नेछैनौं।”41यति भनेर तिनले सभालाई विसर्जन गरे।

ACT 20;1-38, यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे।2त्‍यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्‍साहन दिएपछि तिनी ग्रीसमा गए।3त्‍यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्‍दा यहूदीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्‍चय गरे।4तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्‍तार्खस र सिकन्‍दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।5यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए।6तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्‍पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्‍यहाँ सात दिन रह्यौं। 7हप्‍ताको पहिलो दिनमा जब हामी रोटी भाँच्‍नलाई जम्‍मा भयौं, तब पावलले चाहिँ भोलिपल्‍ट जाने इच्‍छा गरेका हुनाले, तिनीहरूसँग मध्‍यरातसम्‍म बातचित गरिरहे।8हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।9युटिकस नाउँ भएको एक जना युवक झ्‍यालमा बसेको थियो। पावलले धेरै बेरसम्‍म कुरा गरिरहँदा त्‍यो गहिरो निद्रामा पर्‍यो र निद्राको वशमा परी त्‍यो तेस्रो तलाबाट खस्‍यो र त्‍यसलाई तिनीहरूले मृत अवस्‍थामा उठाए।10तब पावल तल ओर्ले, र घोप्‍टो परी त्‍यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्‍यो जीवितै छ।”11तब तिनी माथि उक्‍ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्‍यालो नभइञ्‍जेल धेरै बेर बातचित गरिबसे। त्‍यसपछि बिदा भए।12अनि तिनीहरूले त्‍यस युवकलाई जीवित अवस्‍थामै लगे र धेरै सान्‍त्‍वना पाए। 13हामी अघिबाटै जहाजसम्‍म गयौं र जहाजमा चढ़ी हामी अस्‍सोस गयौं। हामी पावललाई त्‍यहाँ जहाजमा चढ़ाउन चाहन्‍थ्‍यौं। पावलले यस्‍तै बन्‍दोबस्‍त गरेर तिनी अस्‍सोससम्‍म पैदलै गएका थिए।14अनि जब तिनले हामीलाई अस्‍सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं।15त्‍यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्‍ट खियसको छेउमा आइपुग्‍यौं, र पर्सिपल्‍ट सामोसमा आइपुग्‍यौं। त्‍यसको अर्को दिन मिलेटसमा आयौं,16एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्‍चय गरे। किनभने सम्‍भव भए पेन्‍तिकोसको दिन यरूशलेममै पुग्‍ने तिनले आतुरी गरिरहेका थिए। 17तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्‍डलीका एल्‍डरहरूलाई बोलाइपठाए।18जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्‍त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्‍नुहुन्‍छ।19पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्‌यन्‍त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।20तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्‍ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्‍ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ।21यहूदीहरूलाई र ग्रीकहरूलाई पश्‍चात्ताप गरेर परमेश्‍वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास राख्‍नू भन्‍ने कुराको गवाही मैले दिएको छु। 22“अब हेर्नुहोस्‌, म पवित्र आत्‍मामा बाध्‍य भएर यरूशलेमतिर जाँदैछु, त्‍यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्‍दिनँ।23यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ।24तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ। 25“अब हेर्नुहोस्‌, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।26यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ।27किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ।28तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।29किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍नेछन्‌, जसले बगाललाई बाँकी राख्‍नेछैनन्‌।30तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌नेछन्‌, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजानेछन्‌।31यसकारण यो सम्‍झेर होशियार हुनुहोस्‌, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें। 32“अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ।33मैले कुनै मानिसको सुन, चाँदी, कि वस्‍त्रको लोभ गरिनँ।34तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि मेरा यिनै हातले मेरो आफ्‍नै र मेरा साथमा भएकाहरूको आवश्‍यकतालाई पूरा गरेका छन्‌।35मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्‌, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि ‘लिनुभन्‍दा दिनु अझ धन्‍य हो।’ ” 36यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे।37उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्‍बन गरे।38उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।

ACT 21;1-15, उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्‍ट रोडसमा र त्‍यहाँबाट पटारामा आइपुग्‍यौं।2अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्‍यसैमा चढ़ेर गयौं।3जब साइप्रस देखा पर्‍यो, तब हामी त्‍यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्‍यहाँ उतार्नुपरेको थियो।4चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्‍यहाँ बस्‍यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्‍माद्वारा भने।5त्‍यहाँबाट हाम्रो हिँड्‌ने बेला भएपछि हामी बिदा भएर आफ्‍नो यात्रामा निक्‍लियौं। आफ्‍ना जहान र बालबच्‍चाहरूसमेत तिनीहरू जम्‍मै हामीलाई सहर बाहिरसम्‍म पुर्‍याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्‍यौं, र एक-अर्कासँग बिदा भयौं।6तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्‍ना घर फर्के। 7टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्‍यौं। त्‍यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्‍यौं।8भोलिपल्‍ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्‍यौं। तिनी ती सात जनामध्‍ये एक थिए, र हामी तिनीसँग बस्‍यौं।9अगमवाणी बोल्‍ने तिनका चार जना अविवाहित छोरीहरू थिए। 10हामी त्‍यहाँ केही दिन बस्‍दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए।11उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्‍नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्‍मा यसो भन्‍नुहुन्‍छ, ‘यो पटुका जुन मानिसको हो, त्‍यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्‍नेछन्‌ र अन्‍यजातिहरूका हातमा सुम्‍पिदिनेछन्‌’।” 12यो कुरा सुनेर, हामी र त्‍यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस्‌ भनी बिन्‍ती गर्‍यौं।13तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्‍ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”14तिनलाई मनाउन नसक्‍दा “प्रभुको इच्‍छा पूरा होस्‌” भनेर हामी चूप लाग्‍यौं। 15ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्‍यौं।


............................................................................................................................................................................................................................................................

ACT 27;1-28;1-16 FOURTH MISSIONARY JOURNEY
JOURNEY TO MALTA AND ROME


ACT 27;1-44, समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्‍ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट्‌ अगस्‍टसका फौजको युलियस नामक कप्‍तानको जिम्‍मा लाइदिए।2एड्रामिटेनोसबाट एशियाका विभिन्‍न बन्‍दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्‍यौं। अरिस्‍तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए। 3भोलिपल्‍ट हामीले सीदोनमा लङ्गर हाल्‍यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए।4त्‍यहाँबाट जहाज फेरि समुद्रतिर लाग्‍यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं।5किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्‍यौं।6त्‍यहाँ इटालिया जाने अलेक्‍जेन्‍ड्रियाको एउटा जहाज भेट्टाएर कप्‍तानले हामीलाई त्‍यसमा चढ़ाइदिए।7धेरै दिनसम्‍म बिस्‍तारबिस्‍तार गएर कठिनतासाथ क्‍नीडसमा आइपुग्‍यौं र बतासले अझ अगि बढ्‌न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं।8कठिनसँग त्‍यसको किनार-किनार लागेर हामी सुन्‍दर बन्‍दरगाह भनिने ठाउँमा आयौं। त्‍यहाँबाट लासिया सहर नजिकै थियो। 9समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्‍चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई10यसो भन्‍दै सम्‍झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्‍यानको समेत खतरा र नोक्‍सानी होला भन्‍ने म देख्‍तछु।”11तर कप्‍तानले पावलको कुराभन्‍दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्‍यार गरे।12यो बन्‍दरगाह हिउँद काट्‌नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्‍समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्‍यहाँबाट जहाज चलाइहाल्‍ने नै सल्‍लाह दिए। फोनिक्‍सचाहिँ क्रेटको एउटा बन्‍दरगाह हो, जो दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिमपट्टि फर्केको छ। 13जब दक्षिणी बतास मन्‍द गतिले चल्‍न थाल्‍यो, तिनीहरूको उद्देश्‍य सिद्ध भयो भन्‍ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे।14तर थोरै समयपछि त्‍यस टापूबाट प्रचण्‍ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्‍यो।15जब जहाज आँधीको चपेटामा पर्‍यो, त्‍यसले तूफानको सामना गर्न सकेन, र हामीले त्‍यसलाई जता जान्‍छ जाओस्‌ भनेर छोडिदियौं।16क्‍लौडा भन्‍ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्‍किलले जहाजको डुङ्गालाई जोगाउन सक्‍यौं।17त्‍यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्‍तिरबाट बाँध्‍दै ल्‍याए, र सिरटिस भन्‍ने बलौटे धापमा फसिन्‍छ भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्‍यो।18अब आँधीले हामीहरूलाई ज्‍यादै उचाल्‍न र पछार्न थाल्‍यो, र भोलिपल्‍ट तिनीहरूले जहाजका मालसामान फ्‍याँक्‍न थाले।19अनि तेस्रो दिन तिनीहरूले आफ्‍नै हातले जहाजका लठारा मिल्‍काइदिए।20धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं। 21धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन।22अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ।23किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए।24उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’25यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ।26तर हामीचाहिँ कुनै एउटा टापूमा बजारिनुपर्नेछ।” 27तर जब चौधौँ रात भएथ्‍यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्‍ने अनुमान गरे,28र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्‍दा तिनीहरूले छब्‍बीस मिटर पत्ता लगाए।29अनि कुनै चट्टानमाथि ठक्‍कर खान पुग्‍छौं कि भन्‍ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस्‌ भनी प्रार्थना गर्न लागे।30जब नावीहरू जहाजबाट भाग्‍न खोजिरहेका थिए, र अगिल्‍तिर लङ्गर खसाल्‍ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए,31तब पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन्‌ भने तपाईंहरू बाँच्‍न सक्‍नुहुनेछैन।”32तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए। 33मिरमिरे उज्‍यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्‍यो, तपाईंहरू अलमल्‍लमा परेर भोकभोकै केही नखाई बस्‍नुभएको छ।34यसकारण केही खानुहोस्‌ भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन।”35यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्‍ने परमेश्‍वरलाई धन्‍यवाद चढ़ाएर सो भाँचेर खान लागे।36तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए।37(जहाजमा हुने हामी जम्‍मा दुई सय छयहत्तर जना थियौं।)38तिनीहरूले अघाउञ्‍जेल खाएपछि, जहाज हलुङ्गो तुल्‍याउन समुद्रमा गहूँ फालिदिए। 39उज्‍यालो भएपछि पनि तिनीहरूले त्‍यो ठाउँ चिन्‍न सकेनन्‌, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्‍भव भए जहाजलाई त्‍यहीँ किनार लाउने योजना तिनीहरूले गरे।40तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्‍यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्‍तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।41तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्‍यहीँ भासियो, जहाजको अगिल्‍लो भाग अड्‌कियो र चल्‍नै सकेन, अनि पछिल्‍लो भागचाहिँ छालहरूका झोक्‍काले टुक्रिन थाल्‍यो। 42कैदीहरू पौड़ेर भाग्‍लान्‌ कि भन्‍ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे।43तर कप्‍तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्‍यसो गर्नदेखि रोके। पौड्‌न सक्‍ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्‍ने हुकुम तिनले दिए,44र बाँकी रहेकाहरूचाहिँ फल्‍याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।

ACT 28;1-16, हामी सकुशल किनार लागेपछि त्‍यस टापूको नाउँ माल्‍टा रहेछ भन्‍ने हामीलाई थाहा लाग्‍यो।2त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे।3पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो।4त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।”5तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन।6तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।” 7त्‍यस टापूका पब्‍लियस नाउँ भएका मुखियाको जग्‍गाजमिन त्‍यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्‍वागत गरे, र तीन दिनसम्‍म उनको घरमा हाम्रो अतिथिसेवा गरे।8पब्‍लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्‍नो हात तिनीमाथि राखी तिनलाई निको पारे।9यो घटना भएपछि, त्‍यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए।10तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए। 11तीन महिनापछि, हामी अलेक्‍जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्‍लो भागमा जुम्‍ल्‍याहा देवको प्रतिमा कपेको थियो12सुराकुसाईमा पुगेर हामी त्‍यहाँ तीन दिन बस्‍यौं।13त्‍यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्‍यौं। एक दिनपछि दक्षिणी बतास चल्‍यो, र भोलिपल्‍ट हामी पटिओलीमा आइपुग्‍यौं।14त्‍यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्‍म उनीहरूका साथमा रहनलाई बिन्‍ती गरे। यसरी हामी रोममा आइपुग्‍यौं।15त्‍यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्‌न अप्‍पियसको बजार र तीन-पाटी भन्‍ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्‍वरमा धन्‍यवाद चढ़ाए, र साहस पाए। 16जब हामी रोममा पस्‍यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्‍ने अनुमति मिल्‍यो।
PAUL MISSIONARY JOURNEY
1 = 1st CYPRUS ASIA MINOR
2 = 2nd MACEDONIA GREECE
3 = 3rd EPHESUS ASIA MINOR
4 = 4th MALTA AND ROME

'