Fellowship

FELLOWSHIP
1 = MT 5:13-16,
2 = HEB 10:25,
3 = 1 JN 1:5-7,
4 = ACT 2:42-47
5 = NEH 8:5-12,

MT 5:13-16, “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। 15मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। 16यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

HEB 10:25, 25कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

1 JN 1:5-7, 5जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन। 6यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं। 7तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

ACT 2:42-47,
42तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे। 43हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए। 44विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए। 45तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे। 46तिनीहरू एकै मनका भई मन्‍दिरमा एकसाथ उपस्‍थित हुन्‍थे, र घर-घरमा रोटी भाँच्‍थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्‍थे, 47र परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्‍छा पाउँदै बस्‍थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्‍यामा थपिदिनुहुन्‍थ्‍यो।

NEH 8:5-12,
5एज्राले पुस्‍तक खोले। सबै मानिसहरूले तिनलाई देख्‍न सके, किनकि तिनीहरूभन्‍दा तिनी उच्‍चमा खड़ा भएका थिए। जसै तिनले पुस्‍तक खोले, सबै मानिसहरू खड़ा भए। 6एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे।
7लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए। 8तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक राम्ररी पढ़ेर त्‍यसको अर्थ मानिसहरूले बुझ्‍न सक्‍ने गरी बुझाइदिए।
9तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए।
10तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।”
11लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।”
12तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे।