Healthy Church
Healthy Church
Healthy Church
Healthy Church
WHAT CHURCH NEEDS
- Salvation—"Lord, let salvation spring up within my children, that they may obtain the salvation that is in Christ Jesus, with eternal glory." (Isa. 45:8;
““हे माथिको आकाश, धार्मिकताको वृष्टि खन्या। बादलले त्यो बर्साओस्। पृथ्वी विस्तृत रूपमा खोलिओस्, मुक्ति उत्पन्न होस्, धार्मिकता साथसाथै बढ्न पाओस्। म, परमप्रभुले नै यो सृष्टि गरेको हुँ।” यशैया 45:8
NNRV 2 Tim. 2:10)2 तिमोथी 2:10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
- Growth in Grace—"I pray that my children may grow in the grace and knowledge of our Lord and Savior Jesus Christ." (2 Pet. 3:18) “तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।” २ पत्रुस 3:18 NNRV
- Love—"Grant, Lord, that my children may learn to live a life of love, through the Spirit who dwells in them. (Gal. 5:25; Eph. 5:2) “हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं।” गलाती 5:25 NNRV “तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।” एफिसी 5:2 NNRV
- Honesty and Integrity—"May integrity and honesty be their virtue and their protection." (Ps. 25:21)
21ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंमा आशा राख्तछु।
- Self-Control—"Father, help my children not to be like many others around them, but let them be alert and self-controlled in all they do."(1 Thess. 5:6)> 6यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं।
- Love for God's Word—"May my children grow to find Your Word more precious than much pure gold and sweeter than honey from the comb." (Ps. 19:10) 10सुनभन्दा पनि ती बढ़ी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढ़ी, चाकाबाट टप्कने महभन्दा बढ़ी गुलिया।
- Justice—"God, help my children to love justice as You do and act justly in all they do." (Ps. 11:7; Mic. 6:8)
- Mercy—"May my children always be merciful, just as their Father is merciful." (Luke 6:36)
- Respect (for self, others, and authority)—"Father, grant that my children may show proper respect to everyone, as Your Word commands.(1 Pet. 2:17)
- Biblical Self-Esteem—"Help my children develop a strong self-esteem that is rooted in the realization that they are God's workmanship, created in Christ Jesus." (Eph. 2:10)
- Faithfulness—"Let love and faithfulness never leave my children, but bind these twin virtues around their necks and write them on the tablet of their hearts." (Prov. 3:3)
- Courage—"May my children always be strong and courageous in their character. (Deut. 31:6)
- Purity—"Create in them a pure heart, O God, and let that purity of heart be shown in their actions." (Ps. 51:10)
- Kindness—"Lord, may my children always try to be kind to each other and to everyone else." (1 Thess. 5:15)
- Generosity—"Grant that my children may be generous and willing to share, and so lay up treasure for themselves as a firm foundation for the coming age." (1 Tim. 6:18-19)
- Peace-Loving—"Father, let my children make every effort to do what leads to peace." (Rom. 14:19)
- Joy—"May my children be filled with the joy given by the Holy Spirit." (1 Thes. 1:6)
- Perseverance—"Lord, teach my children perseverance in all they do, and help them especially to run with perseverance the race marked out for them." (Heb. 12:1)
- Humility—"God, please cultivate in my children the ability to show true humility toward all." (Titus 3:2)
- Compassion—"Lord, please clothe my children with the virtue of compassion." (Col. 3:12)
- Responsibility—"Grant that my children may learn responsibility, for each one should carry his own load." (Gal. 6:5)
- Contentment—"Father, teach my children the secret of being content in any and every situation, through Him who gives them strength." (Phil. 4:12-13)
- Faith—"I pray that faith will find root and grow in my children's hearts, that by faith they may gain what has been promised to them." (Luke 17:5-6; Heb. 11:1-40)
- A Servant's Heart—"God, please help my children develop servant's hearts, that they may serve wholeheartedly, as if they were serving the Lord, not men." (Eph. 6:7)
- Hope—"May the God of hope grant that my children may overflow with hope and hopefulness by the power of the Holy Spirit." (Rom. 15:13)
- Willingness and Ability to Work—"Teach my children, Lord, to value work and to work at it with all their heart, as working for the Lord and not for men." (Col. 3:23)
- Passion for God—"Lord, please instill in my children a soul that 'followeth hard after thee,' one that clings passionately to You." (Ps. 63:8)
- Self-Discipline—"Father, I pray that my children may acquire a disciplined and prudent life, doing what is right and just and fair." (Prov. 1:3)
- Prayerfulness—"Grant, Lord, that my children's lives may be marked by prayerfulness, that they may learn to pray in the Spirit on all occasions with all kinds of prayers." (1 Thess. 5:17)
- Gratitude—"Help my children to live lives that are always overflowing with thankfulness and always giving thanks to God the Father for everything, in the name of our Lord Jesus Christ." (Eph. 5:20; Col. 2:7
Healthy Church
HEALTHY CHURCH = 1 - 9
बिषय : स्वस्थ मंडली (Healthy Church)
१. विश्वास र बप्तिस्मा 1. Faith and Baptism
२. वचन 2. The word
३. संगती 3. Fellowship
४. दिनु 4. To give
५. प्रभु भोज 5. Lord's Supper
६. प्रार्थना , उपवास र पर्मेस्वरको स्तुति 6. Prayer, fasting, and praise to God
७. चिन्ह र चमत्कार 7. Signs and miracles
८. गुणात्मक सुसमाचार फैलाउनु 8. Spreading the good news
९. अगुवा लाइ नियुक्त गर्नु 9. Appoint a leader
१. विश्वास र बप्तिस्मा
…………………………………………………………
१. विश्वास र बप्तिस्मा 1. Faith and Baptism
प्रेरित 8:26-40, 26. त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।” 27. अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। 28. उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए। 29. तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” 30. फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” 31. तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे। 32. अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। 33. उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।” 34. तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” 35. तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। 36. अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [ 37. फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”] 38. तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। 39. तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे। 40. तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
प्रेरित 16:13-15, 13. अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। 14. अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। 15. जब तिनी र तिनका घरका सबैको बप्तिस्मा भयो, तब तिनले हामीलाई बिन्ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्वासीनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस्।” र तिनले हामीलाई कर लगाइन्।
प्रेरित 10:44-48, 44. पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। 45. अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। 46. किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, 47. “हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” 48. अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे |
………………………………………………
२. वचन - WORD
२ तिमोथी 3:14-17, 14. तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। 15. तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। 16. सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, 17. ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
यूहन्ना 15:5-10, 5. “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। 6. कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्। 7. तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ। 8. तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। 9. “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। 10. यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
यहोशू 1:6-8, 6. “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्। 7. बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। 8. व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
………………………………………
३. संगती - FELLOWSHIP
प्रेरित 2:42-47, 42. तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। 43. हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। 44. विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। 45. तिनीहरूले आफ्ना सम्पत्ति र मालसामान बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। 46. तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, 47. र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
१ यूहन्ना 4:7-12, 7. प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। 8. प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। 9. परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि पुत्रद्वारा हामी जिउन सकौं। 10. प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। 11. प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। 12. परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
हिब्रू 10:24-25, 24. हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। 25. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
…………………………………………………………
४. दिनु 4. To give
२ कोरिन्थी 8:1-7
1. भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं।
2. कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए।
3. किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए।
4. तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।
5. हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।
6. यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं।
7. तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ।
प्रेरित 4:32-37
32. विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
33. ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
34. तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गाजमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे,
35. र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।
36. अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो),
37. उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।
२ कोरिन्थी 9:6-12
6. तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
7. अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
8. परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।
9. यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।”
10. छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
11. तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।
12. यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्।
…………………………………………………
५. प्रभु भोज 5. Lord's Supper
मर्कुस 14:22-26
22. अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।”
23. अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।
24. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ।
25. साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
26. अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
यूहन्ना 6:53-59
53. येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54. मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु।
55. किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो।
56. मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु।
57. जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58. स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59. उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
प्रेरित 2:42
42. तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
१ कोरिन्थी 11:23-32
23. किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,
24. र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।”
25. त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।”
26. किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
27. यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ।
28. हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्।
29. किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ।
30. यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ मरिसकेका छन्।
31. तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं।
32. तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, तब हामीलाई ताड़ना दिनुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं।
………………………………………………………
६. प्रार्थना , उपवास र पर्मेस्वरको स्तुति 6. Prayer, fasting, and praise to God
प्रेरित 4:23-31, 23. छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। 24. जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, 25. जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘अन्यजातिहरू किन झोकिए, र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे? 26. परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ 27. किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। 28. त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। 29. अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, 30. र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।” 31. तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।
मर्कुस 11:20-25, 20. बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। 21. अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ।” 22. येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख। 23. साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। 24. यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ। 25. जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।
मत्ती 6:16-18, 16. “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। 17. तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। 18. र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
…………………………………………………………….
७. चिन्ह र चमत्कार 7. Signs and miracles
प्रेरित 9:36-42, 36. योप्पा नगरमा तबीता, अर्थात् डोरकास (हरिणी) भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्। 37. ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे। 38. लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्।” 39. तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्त्रहरू देखाए। 40. तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्। 41. उनले तिनलाई आफ्ना हातले समाती जुरुक्कै उठाए, अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। 42. अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे।
प्रेरित 5:12-16, 12. अब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए। 13. तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। 14. प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भीड झन् बढ़ी थपिन लागे, 15. यहाँसम्म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही-कोहीमाथि परोस् भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्थे। 16. यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे।
प्रेरित 3:1-10, 1. पत्रुस र यूहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदैथिए। 2. मन्दिरभित्र पस्नेहरूबाट भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। 3. पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो। 4. यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” 5. तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। 6. तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” 7. तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। 8. अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। 9. तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। 10. तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भीख माग्न बसिरहने यही नै हो भनेर चिने, र त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म माने र आश्चर्यचकित भए।
…………………………………………………………
८. गुणात्मक सुसमाचार फैलाउनु 8. Spreading the good news
प्रेरित 8:1-8, 1. तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। 2. भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। 3. तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। 4. तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। 5. फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। 6. फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। 7. किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। 8. यसरी त्यस सहरमा ज्यादै आनन्द भयो।
प्रेरित 13:1-5, 1. एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। 2. तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” 3. तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए। 4. तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। 5. सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए।
प्रेरित 14:21-28, 21. तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के, 22. चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। 23. जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए। 24. त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। 25. पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। 26. अनि त्यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। 27. जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए। 28. तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे।
………………………………………………………
९. अगुवा लाइ नियुक्त गर्नु 9. Appoint a leader
प्रेरित 6:1-6, 1. ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए। 2. तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। 3. यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। 4. तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।” 5. यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने। 6. तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे।
२ तिमोथी 2:1-3, 1. यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। 2. धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। 3. ख्रीष्ट येशूका असल सिपाहीझैँ दु:ख-भोगमा हामीसँग सहभागी होऊ।
१ पत्रुस 5:1-6, 1. ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। 2. तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, 3. तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। 4. र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। 5. त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” 6. यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
…………………… END………………………
.........................................................................................................................