Song Book

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

प्रभु मेरा चरवाहा, प्रभु मेरा रखवाला,कोई घटी मुझे नहीं है

1. सुखदायी झरने के पास, ले जाता बुझाने मेरी प्यास,

धर्म के मार्ग में वो, ले चलता है मुझे अपने साथ

2.शत्रुओं के सामने, आदर बढ़ाता है मेरा,

आनन्द के तेल से उसे, अभिषेक करता है मेरा

3. घोर अन्धकार से भरी, घाटी से यदि मैं चलूं,

   कोई हानि से न डरूंगा, प्रभु मेरी करता है रक्षा

4.  करूणा भलाई और जीवन, निश्चय मेरे साथ रहेगा,

अपने प्रभु के भवन में, सर्वदा मैं वास करूंगा

 

 

आज का दिनयहोवा ने बनाया है,हम उसमें आनंदित हो,आनंदित हों-2

1. प्रभु को महिमा मिले,

चाहे हो मेरा अपमान

वो बड़े मैं घटू,

रहे उसी का ध्यान-2

2. स्तुति प्रशंसा करें,

क्यों ना कुछ होता रहे

उसको हम भाते रहें,

चाहे जहाँ भी रहें-2

3. आता हूँ तेरे पास,

मुझको है तुझसे आस

मुझको कबूल कर ले,

पापों से शुद्ध कर दे-2

................


मुक्ति दिलाये यीशु नाम
शांति दिलाये यीशु नाम, बोलो 2
1. यीशु दया का बहता सागर
यीशु है दाता महान 2
2. चरणी में तूने जन्म लिया यीशु
सूली पे किया बलिदान 2
3. हम पर भी यीशु कृपा करना
हम है पापी नादान 2
4. हम सबके पापों को मिटाने
यीशु हुआ बलिदान 2
5. क्रूस पे अपना खून बहाया
सारा चुकाया दाम 2

आशीष तुझसे चाहते हैं,हे स्वर्गीय पिता हम आते हैं

1  कोई खूबी है ना लियाकत,

    बक्शो हम को अपनी ताकत

    खाली दिलों को लाते हैं-2 

2  हमनें बहुत खताएं की हैं,

    रहे निकम्मे ज़फ़ाएं की हैं

    शर्म से सिर झुक जाते हैं-2

3  तुम हो शक्तिमान, प्रभुजी

    कुदरत तुम्हारी शान यीशु जी

    हम्द-ओ-सना हम गाते हैं-2

4 बंदे को तू कभी ना भूले

    दुःख सहे दुनिया में तूने

    उसी प्यार को चाहते हैं-2

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 CHRISTIAN SONG BOOK 

 

को. अशान्तिमा जिउँनेहरू (ख्रीष्टले तिमीलाई खोजिरहेछन्‌) (२) (अशान्तिमा शान्ति दिन बोलाइरहेछ) (२) १. टाढ़ा भागी नजाउ ख्रीष्टको प्रेमदेखि ख्रीष्टले तिमीलाई बिर्सन सक्दैँन (२) (आकाशभन्दा टाढ़ो छ तिमी प्रति ख्रीष्टको प्रेम सागर भन्दा गहिरो छ तिमी प्रति उनको प्रेम) (२) २. संसारमा रहुँन्जेल माया गर्छन्‌ धेरैले एक दिन मरेपछि माया गर्छन्‌ कसले (२) (संसारको आफन्तले रुँदै विदा देलान्‌ छैनन्‌ कोही ख्रीष्ट बाहेक माया गर्ने तिमीलाई) (२)

.........................................................................................

सम्झेर त्यो दिन स्केल D, ताल c कोः सम्झेर त्यो दिन आज मेरो, परेली भिजेको छ (२) प्रभु येशूलाई रोपेको भाला, मुटुमा बिजेको छ (२) १. कति दुःख भयो होला क्रूसको भारी बोक्दा कति पीडा भयो होला हात पाउमा काँटी ठोक्दा (२) हाँसी हाँसी प्रभुले प्राण त्याग्नुभो (म जस्तो पापीलाई जीवन दिनुभो) २ २. मानिसलाई माया गरी आफै धोका पाउनुभयो तै पनि खुशी भई क्षमा पनि गर्नुभयो (२) साँच्ची नै प्रभु मायाकै खानी हुन् हो (मजस्तो तुच्छलाई अङ्गालो हाल्नुभो) २

.............................................................................................

हेर न हेर सृष्टिको सुन्दरता स्केल D, ताल c कोः हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता, धनी र गरीब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेरन हेर सृष्टिको सुन्दरता। १. खेतका आलीहरू, अन्न र बालीहरू, बादल, वृष्टि र बतासहरू (२) चरा–चुरुङ्गी उड्दै माथि आकाश छुँदा (२) *स्वर्ग नै पुगिदिन्छ मन मेरो। २. अनौठा बातहरू, जीव–जीवातहरू, उज्याला दिन अनि रातहरू (२) असंख्य जातिहरू, विभिन्न रीतहरू (२) उदेकले भरिन्छ यो मन मेरो। गरन गर ईश्वरको प्रशंसा, सम्पूर्ण हृदयको उपासना, मान्छे–मान्छेको सबै भिन्नता मेटियो हेर उनको आँगनमा।

................................................................................................

 

 


SONGS

 

को.    ख्रीष्टको माया बोकी रहुँला हृदयमा सज्जाएर (२)
   उनको साथ कहिलै नछोड़ी ख्रीष्टमा बाँचौला (२)
१.    ख्रीष्टले जीवन चढ़ाइदिए गलगथाको माटोमा
   ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा ()
   नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
२.    ख्रीष्टको दुःखलाई सम्झेर ल्याउदा मन मेरो कल्पिन्छ
   उनको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२)
   नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)


...................

को.    गहभरि आँशुको धारा प्रेमी प्रभु येशू राजाको
   कत्रो पीर येशू राजालाई कलवरीको त्यो श्रापित क्रूसैमा (२)
१.    आफ्नो भन्नु कोही थिएन त्यहाँ न ता सँगै रोई दिने (२)
   नरोऊ भन्ने एउटै थिएन सबै नै रूवाई दिने (२)
   तिमी पनि नरूवाऊ है प्रभुलाई हो... हो...
२.    दुःख र कष्ट भोग्दै भोका र प्यासा बनी (२)
   गरीब र दु:खी भई निन्दा र गिल्ला सहँदै (२)
   अझै पनि नरूवाऊ है प्रभुलाई हो... हो...

......................................................................

को.  बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले

  सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)

१.  पापको श्राप मेट्नलाई येशूजी आउनु भयो

  मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)

  स्वर्गको ढोका खोलेछ उनैको कृपाले

  माया गरेर पापीहरूलाई उनैले बचाए

  बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२.  हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा

  बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
  खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा

  के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !

  बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई

.................................................................

को.  यदि रून परे रोई देऊ आज ख्रीष्टको निम्ति भनेर
  हाँसोहरू साँचीदेऊ भोलिलाई भनेर अ... अ... अ...
१.   थकित नबन बोक्नुपर्छ, क्रूसको भारी साँघुरो बाटोमा (२)
  एक्लो छैनौँ हामी सब संसारमा, ख्रीष्ट सँधैँ छ साथमा (२)
२.   ब्याकुल नबन सहनु पर्डा चोटहरू ती केहीदिन मात्रै छ (२)
  तिम्रो दुःखको अन्त चाँड़ै छ, ख्रीष्ट लिनलाई आउँदैछ (२)
३.  दुःखित नबन रूनु पर्दा, ती रूवाइभित्र एक अमरजीत छ (२)
  तिम्रो आँसुको बुँदाहरूभित्र, ख्रीष्टको अमरजीत छ (२)

...................................................................

को.  येशू बोलाउँछन्‌ सबलाई (२),
  प्रेमसाथ बोलाउँछन्‌ अङ्गालोमा उनको, येशू बोलाउँछन्‌ सबलाई
१.   हृदय तिम्रो हताश भए, शक्ति छ तिम्रोलागि (२)
  मुक्ति र ज्योति तिम्रैलागि येशूकहाँ, लिन आऊ आज (२)
२.  सब रोगलाई निको पार्ने शक्ति छ उनीकहाँ (२)
  तत्पर छन्‌ तिम्रो मुक्तिदाता प्यार गर्न सधैँ तिमीलाई (२)

......................................................................

को.  प्रभुजी, अर्जी मेरो सुनिलेऊ, लौ है चढ़ाएँ

  प्रभुजी, लौ है आज चढ़ाएँ, लौ है चढ़ाएँ

  प्रभुजी, मनको मैलो धोइदेऊ, लौ है चढ़ाएँ

१.  संसारै छ पापैले भरेको (२)

  धनको लोभमा सबै परेको (२)

  लौन बिन्ती आज मैले चढ़ाएँ (२)

२.  संसाररूपी समुद्र चौड़ा छ (२)

  जीवनरूपी नाउ पुरानो छ (२)

  लौन मेरो नाउलाई पार लगाइदेऊ (२)

३.  राता-सेता फूलै फुलेका (२)

  मायाजालमा दुनियाँ भुलेका (२)

  लौन जगको मायाजाललाई फुकाइदेऊ (२)

४.  डाँड़ापारि घामै डुबिगो (२)

  चारै दिशा घोर अन्धकार भो (२)

  लौन अन्धकारमा मलाई ज्योति देऊ (२)

................................................................................

को.  मेरो प्रभु आउँनेछन्‌ बादलमा, जान्छु म त उनैको साथैमा

  जान्छु म त उनैको साथैमा बस्नेछु म उनैको काखैमा ।

१.  सँधै नै रहने यो जीवन छैन यो संसारमा

  फर्की जानु छ एक दिन फेरि प्रभु येशूको साथमा

  हामीलाई लिनु आउँदैछन्‌ येशूजी महिमित बादलको साथमा
२.  फर्की आऊ है दाज्यू भाई संसारदेखि आज नै

  हामी सबै नै जाऊँ है प्रभु येशूको साथमा

  हामीलाई लिनु आउँदैछन्‌ प्रभुजी महिमित बादलको साथमा

....................................................................

को.  सम्झ है बुझ है एकपल्ट सोच है (२)
१.   हाम्रो जीवन के छ र ? माटोको शरीर माटोमा हो
  एक दिन त माटोमा मिल्नुछ (२)
२.   परमप्रभुलाई भुलेर हामीले पाउनु के छ र ?
  नरकको आनोमा तड्पीनु छ (२)
३.   पवित्र बाइबलले भन्दछ प्रभुलाई भुल्ने नाश हुनेछ
  उम्कने ठाउँ कहाँ छ र ? (२)
४.   अनन्तसम्म नरककुण्डमा दन्किरहेको आगोमा
  बचाउने को होला त्यो दिनमा (२)
५.   येशूको रगतमा शक्ति छ नरकदेखि बचाउनलाई
  पछुताउने पापीलाई मौका छ (२)

...........................................................................

को.  सम्झिदेऊ आज नै ईश्वरलाई, भुलिदेऊ आज नै संसारलाई
  भुलेर नजाऊ संसारमा गन्धक र आगो जल्दैछ (२)
१.  पाप गर्दै व्यर्थमा हामीले, संसारमा भुलिरहेछौँ
  दुनियाँलाई भुलेर आज नै, सम्झिदेऊ आज नै ईश्वरलाई (२)
२.  संसारको रीतिरिवाकले दुइ-चार दिन केवल राज गर्छन्‌
  तपाईं र मेरा ईश्वरले अनन्त काल तक राज गर्छन्‌ (२)
३.  संसारिक धेरै मार्गले डरलाग्दा सागरमा पुर्याउँछन्‌
  जीवनको हरेक मार्गमा प्रभुले हामीलाई डोर्याउँछन्‌ (२)

....................................................................................

को.  अङ्ग-प्रत्याङ्गका मालिक म गर्छु प्रणाम्‌
  धन्य धन्य सृष्टिकर्ता अमर छ तिम्रै नाम (२) ।
१.   तिम्रा सृष्टि यी दुइ हात छन्‌ कति राम्रा
  तिम्रा सृष्टि यी दुइ पाउ छन्‌ कति राम्रा
  यी मेरा हात यी मेरा पाउ अङ्ग हुन्‌ तिम्रा
  जे गरूँ म, जहाँ जाऊँ म, होस्‌ तिम्रै महिमा ।
२.   तिम्रा सृष्टि यी दुई कान छन्‌ कति राम्रा
  तिम्रा सृष्टि यी दुइ ओठ छन्‌ कति प्यारा
  यी मेरा कान, यी मेरा ओठ अङ हुन्‌ तिम्रा
  जे सुनूँ म, जे बोलूँ म, होस्‌ तिम्रै महिमा ।
३.   तिम्रा सृष्टि यी दुइ आँखा छन्‌ कति राम्रा
  अन्धो हुन्‌ त मनका आँखा छन्‌ ती चनाखा
  छन्‌ जो मेरा यी दुइ आँखा अङ्ग हुन्‌ तिम्रा
  जहाँ जे जति देखेँ मैले, होस्‌ तिम्रै महिमा ।

.......................................................................

को.  आहा, कति मीठो वचन, प्रभुले दिएको रचना (२)

१.  जब म वचन पढ़्दछु झन्‌ ठूलो इच्छा बढ़्दछ

  जब म वचन सुन्दछु तब मन खुशीले भर्दछ ।

२.  जब म पापले भरेथेँ तब अन्धकारले छोपेथेँ

  प्रभुले मलाई बोलाउनुभो’ अनि खुशीको खबर सुनाउनुभो’

३.  म, तिमी, हामी, सबै पापी थियौँ अनि साँचो प्रभुलाई चिन्दैनथ्यौँ

  प्रभु आए आफै स्वर्ग छोड़ेर, हाम्रोलागि उज्यालो ज्योति बालेर ।

४.  क्रूसमा प्रभु मर्नुभयो, हाम्रो पापको भार उठाउनुभयो

  मृत्युबाट प्रभु बौरी उठ्नुभो’ र हामीलाई स्वर्गको ढोका खोल्नुभो’ ।

५.  आऊ दाज्यू-भाइ दिदी-बहिनी, प्रभुको मीठो बचन पढ़्न

  आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गरन ।

.....................................................................

को.  ख्रीष्ट मेरो मुक्तिदाता हुन्‌, उनी हुन्‌ मित्र पापीको

  सदा स्तुति होस्‌ प्रभुको आदर महिमा उनैको

१.  येशू संसारका ज्योति हुन्‌, येशू स्वर्गका बाटो हुन्‌

  येशू तारणहार हुन्‌, पापीका केवल सहारा हुन्‌ (२)

२.  त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दुःख

  दिए येशूले क्रुसमा प्राण गराउन पापीहरूको त्राण (२)

..........................................................................

को.  गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली, प्रभुको स्तुति

१.  हृदय-वीणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,

  आफ्नो सृजनहारलाई (जयजयकार गरौँ, स्वरमा स्वर मिलाई) (२)

२.  ईर्ष्या र द्वेषको जाल फाड़ी (२) एकताको सूत्रमा सबैलाई बाँधी

  प्रेमको सन्देश बाँड़ी, (कठिनाईलाई पर सारी) (२)

३.  अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नून बनी

  हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२)

..........................................................................

को.  जाग उठ, निद्राबाट जागृतको बेला आएको छ,
  रात धेरै नै वितिसक्यो, अब दिन आउनै लागेको छ ।
१.   ज्ञानी कुमारी झैं पर्खनेहरू, दुलहाको घरमा प्रवेश गर्छन्‌ (२)
  मूर्ख कुमारी झैं जिउनेहरू, “खोल न खोल ढोका” भन्दै रुन्छन्‌ (२)
२.   ज्योतिका हतियारलाई धारण गरी, ख्रीष्टका असल सेवक बनौं (२)
  विश्वासको उत्तम लड़न्त लड़ी, जीवनको मुकुट प्राप्त गरौँ (२)
३.   हठी र बागी मानिस बनी, संसार मै किन फर्कि जान्छौ (२)
  दुइ दिनको सुखलाई रोजी तिमी, युगानुयुगसम्म किन रुन्छौ ? (२)
४.   प्रतिपल आफैले आफैलाई जाँची, पश्चात्तापी हामी बनिँदै जाऔँ (२)
  नजीक छ अब न्यायको घड़ी, निर्दोष र निष्कलंक बनिँदै जाऔँ (२)

.............................................................................

को.  भजौँ मीठो नाम, प्रभु येशू नाम,
  प्यारो प्रभु येशूलाई, गरौँ आदर मान
  भजौँ मीठो नाम
१.  सारा भूलोक भरका पापीहरूलाई, येशू मात्र छन्‌ शुद्ध गर्नलाई (२)
  उनको मीठो वाणी सुन मन मगाई, चढ़ाउँदै हृदय भेटी उनलाई
  (हा हा) (२) भजौँ मीठो नाम ।
२.  येशू हाम्रो लागि संसारमा आए, हाम्रो आत्मालाई अति प्रेम गर (२)
  क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी हृदय
  (हा हा) (२) भजौँ मीठो नाम ।
३.  नरकभन्दा ठूलो दण्ड केही छैन जहाँ सधैँ आगो, गन्धक निभ्दैन (२)
  फर्कौं आज सबै चढ़ाऔँ ख्रीष्टलाई मन, रमाउँदै गरौँ उनको भजन
  (हा हा) (२) भजौँ मीठो नाम ।

............................................................................

को.  महान्‌ प्रभु अति उच्चमा दूतगणले गर्छन्‌ महिमा

  हे प्रभु तपाईंको मण्डली आराधना गर्छौ तपाईंलाई

१.  प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२)

  सम्झन्छु क्रूसको दुःखलाई, अर्पन्छु सर्वाङ्ग तपाईंलाई (२)

२.  आउनु भो’ प्रभु हाम्रो माझमा, जड़िएको मन मन्दिरमा (२)

  भरपूर छु, भरिइरहन्छु, झन्‌ नजीक हुन चाहन्छु (२)

३.  महिमा, आदर र धन्यवाद सर्वदा गर्दछु दण्डवत्‌ (२)

  तपाईंको गम्भीर प्रेमको सागरमा डुबेँ प्रभु म (२)

............................................................................

को.  म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको,

  कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको

  भाँड़ो मलाई बनाउनुहोस्‌ (२)

१.  म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस्‌ (२)

  तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस्‌ (२)

२.  पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस्‌ (२)

  कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस्‌ (२)

३.  येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)

  तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस्‌ (२)

...............................................................

को.  येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार

१.  दुनियाँमा आई, क्रूसैमा चढ़ी देखाए आफ्नो प्यार

  आत्मा बचाउन, शान्ति दिन येशू भए बलिदान ।

२.  स्वर्गको मुनि, मान्छेको बीचमा कुनै अरू नामै छैन

  येशू नाम मात्र, सबै दुनियाँमा पापीलाई गर्न उद्धार ।

.................................................................

को.  हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऔँ
  आनन्दसाथ उनको सेवा गर, भजन गाएर उनको सामने आओ
१.   परमप्रभु नै परमेश्वर हुन्‌, उहाँले हामीलाई बनाउनुभयो (२)
  हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ (२)
२.   धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस (२)
  उहाँलाई धन्यवाद चढ़ाऔँ, उहाँको नाउँलाई धन्यको भन (२)
३.   परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ (२)
  अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ (२)

..............................................................................

को.  आउँदछु तपाईंको चरणमा, पर्दछु तपाईंको शरणमा
  पापको बोझ छ जीवनमा, हटाई बस्नुहोस्‌ हृदयमा
१.   सिकाउनुहोस्‌ मलाई प्यार गर्न तपाईंलाई (२)
  प्रभु मलाई तपाईंले प्यार गर्नुभो’ पहिले (२)
२.   समाती मेरो हात राख्नुहोस्‌ मलाई साथ (२)
  जीवनको ज्योति दिई चम्काउनुहोस्‌ मलाई (२)

.......................................................................

को.  तोड़फोड़ गरी जोड़्नुहोस्‌ फेरि ख्रीष्ट स्वयं जिउनुहोस्‌
  सृष्टि अघिको इच्छा तपाईंको, हे प्रभु पूर्ण होस्‌
१.   स्वार्थमय जीवन जीएर कति तपाईंलाई रूवाएँ (२)
  तपाईंको आज्ञा तोड़ेर मैले धेर काँड़ा उमारे
  ती काँड़ाबाट एक मुकुट बनाई प्रभुलाई पहिर्याएँ
  पाप गर्दै यहाँ बाँचेर कैयौँ बार क्रूसमा चढ़ाएँ ।
२.   जिउन चाहन्नँ हारेको जीवन ख्रीष्टरहित भएर (२)
  जिउन चाहन्छु जयवन्त जीवन ख्रीष्टभित्र भएर
  यसकारण प्रभु हारपूर्ण जीवन तपाईंलाई अर्पन्छु
  मेरो सट्टामा येशू जिउनुहोस्‌ यो विनय बिछाउँछु ।

.......................................................................

को.  प्रभु तपाईंको चरणमा म आउन सक्दछु
  जुनै घड़ी भए पनि म आउन सक्दछु (२)
१.   म अधर्मी पापी तुच्छ्लाई तपाईंले प्रेम गर्नुभो’
  श्रापित क्रूसमा मेरै लागि तपाईं नै मर्नु भयो (२)
२.   तपाईंको पवित्र हातले मलाई छुनु भयो
  तपाईंको अनमोल रगतले मलाई धुनुभयो (२)
३.   तपाईंको अपार प्रेमको वर्णन कसरी गरूँ
  दिन केही अरू सक्दिन म यो जीवन अर्पन्छु (२)

......................................................................

को.  भाइ-बहिनी पापी मनलाई पखाली

  येशूको छेउमा जाऔं (२)

१.  पिलातुसले येशूज्यूलाई कोर्रा लगाइदिए (२)

  क्रूस बोक्नु कुरेनी भाइले येशूलाई सघाई दिए ।
२.  सबै मिली येशूज्यूलाई काँटी ठोकिदिए (२)

  सबै हाम्रो पापको भारी येशूले बोकिदिए ।
३.  क्रूसबाट बग्यो ठूलो रगतको धारा (२)

  पापी सबै प्रवेश गर्ने यही हो मुक्तिको द्वार ।
४.  गलगथाको पहाड़ैमा बलिदान भए (२)

  प्यारो प्रभु येशूज्यूले प्राण दान गरिदिए ।
५.  शुक्रवारको तेस्रो पहरमा येशूले प्राण त्यागे (२)

  मृत्यु नींदमा परेका प्रभु तेस्रो दिनमा जागे ।

.........................................................................

को.  म आउँछु तिम्रो चरणमा प्रभु येशू मेरो मसिह
  मेरा पापहरू धोइ उद्धार देऊ मसिहा (२)
१.  स्वर्ग धाम त्यागि आयौ उद्धार दिन मलाई (२)
  तिम्रो चरणमा आउँछु हृदय यो चढ़ाउँछु मसिहा (२)
२.  मलाई पापबाट छुड़ाउन रगत क्रूसैमा बगायौ (२)
  कति गहिरो प्यार गर्यो भुल्न त्यो सक्दिन मसिहा (२)
३.  स्वीकार गरी प्रभु मलाई आफ्नो राज्यमा लेऊ (२)
  आऊ मेरो जीवनमा जीवन यो हो तिम्रो मसिहा (२)

..........................................................................

को.  येशू बोलाउँछन्‌ सबलाई (२),
  प्रेमसाथ बोलाउँछन्‌ अङ्गालोमा उनको, येशू बोलाउँछन्‌ सबलाई
१.   हृदय तिम्रो हताश भए, शक्ति छ तिम्रोलागि (२)
  मुक्ति र ज्योति तिम्रैलागि येशूकहाँ, लिन आऊ आज (२)
२.  सब रोगलाई निको पार्ने शक्ति छ उनीकहाँ (२)
  तत्पर छन्‌ तिम्रो मुक्तिदाता प्यार गर्न सधैँ तिमीलाई (२)

...................................................................

को.  हे ख्रीष्टलाई भूलेर जाने हो अब अरू अघि नजाऊ है

  अनन्त जीवन दिनेलाई फर्केर हेरी देऊ ।

१.  निराश जीवन लिई अंगाली संसारलाई

  उद्धार छैन यहाँ न त छ यहाँ कुनै जीत

  खोजी देऊ आज सत्य ईश्वरलाई । (२)

  उनै हुन्‌ प्रभु ख्रीष्ट... । (२)
२.  पापको अत्याचारले दुनियाँ भरपूर छ

  प्राण आत्मा शरीरलाई नाश गर्नुमा पुर्याउँछ (२)

  कलवरी कूसको रगतले आलै छ तिमीलाई बचाउन... (२)

  हे ख्रीष्टलाई... ।

.........................................................................

को.  पहाड़ पाखा कति रमाईलो हो... हो...
  हरियो पातले ढाकेको (२)
  हामी पनि सजाउन जीवन हो... हो...
  पवित्र बाइबल पढ़ेर (२)
१.   त्यागन पापलाई आजको दिन,
  आफूलाई सम्भाल प्रभुलाई सम्झ (गर्छन्‌ उद्धार) (२)
२.  येशू राजाले जीवन दिए कलवरी क्रूसमा
  हाम्रो निम्ति लहु बहाए (त्यो पट भूमिमा) (२)

........................................................

को.  (बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ, क्रूसको झण्डा काँधमा लिई,
  अघि बड़्दै जाऔँ) (२)
१.   (सेना हामी ख्रीष्टका हौ, युद्ध गर्दै जाऔँ,
  कनान देशको बाटोमा सब कदम बढ़ाऔँ) (२)
  कदम बढ़ाउँदै जाऔँ, बैरीलाई हराऔँ
  कनान देशमा हामी सब जयवन्तको गीत गाऔँ ।
२.   (कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्‌
  तरवार हाम्रो आत्माको, झिलम धर्मको) (२)
  सायता उनी गर्छन्‌ जीवन संग्राममा
  दैनिक जीवनको हाम्रो कदम-कदममा ।
३.   (बैरी धेरै भए, हमी तै हरेस नखाऔँ
  जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔँ) (२)
  शत्रुलाई हराऔँ, झण्डा फर्फराऔँ
  हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔँ ।

.............................................................

को.  येशूले दिन्छन्‌ स्वर्गको साँचो

  संसारको दुःखबीचमा स्वर्ग ल्याइदिने

  कलवरी डाँड़ाको क्रूसलाई हेर

  त्यसैले खोल्दछ स्वर्गको सानो द्वार

१.  कठिनाइ देखी निराश नहोऊ संकष्ट देखेर (२)

  ती सबै भिन्न साँचाहरू हुन स्वर्गीय हर्षको ।

२.  संसरको पछि नजाऊ है तिमी भ्रममा परेर (२)

  क्रूस बोकी आऊ, येशूले भने सर्वस्व त्यागेर ।

३.  दुःखमा खुशी, आँसुमा हाँसो येशूले दिनेछन्‌ (२)

  प्रकट हुने भावी आनन्द अवर्णनीय छ ।

.....................................................................

को.  सम्झेर ख्रीष्टको प्यारलाई जवानी तिम्रो ख्रीष्टलाई देऊ

  बेहोशी तिम्रो जीवनलाई सम्हाली आज ख्रीष्टलाई देऊ ।

१.  अहिलेसम्म बाँच्नेछु ख्रीष्टको गीत गाउँनेछु

  त्यो पारी शहर गाउँ बजार येशूको सन्देश सुनाउँछु । (२)
२.  येशूको आगमन आई सक्यो सोचेको छौ तिमीले

  येशूसँग जान्छौं भने आत्मा तयार बनाऊ है । (२)

.......................................................................

को.  सबैले भन्छन्‌ स्वर्ग मै जान्छु, जान्छौ पो भाइ कसरी

  नेपाल हाम्रो देश कति राम्रो ख्रीष्टको पाइला टेकेर

१.  उकाली बाटो नधाउँदै पापको बोझ लिएर

  सुखले बाँचौँ संसारमा, येशूलाई जीवन दिएर ।

२.  बुझ्छन्‌ र कसले रोएको, आँसुको घुटको पिएर

  सुखको माने भुलेर के होला व्यर्थै जिएर ।

३.  हाँसेर आँसु सुक्दैन, रोएर दुःख लुक्दैन

  ख्रीष्टलाई विनानसम्झी, स्वर्गमा हामी पुग्दैनौँ ।

४.  बुद्धिले घमण्ड गरेर, जीवन यहाँ के होला

  पापबाट पश्चात्ताप आज नै, भोलि त अबेर होइजाला ।

५.  हेरन आज पिताले हामीलाई कस्तो प्रेम गरे

  तपाईं र मेरो पापको साटोमा ख्रीष्ट मरेथे ।

६.  क्रूसको बन्धन के मीठो उद्धार पाउनु जीवनमा

  मूर्खता मात्र हुनेछ नाश हुने वाला जीवनमा ।

......................................................

को.  कृतज्ञ भई, शिर झुकाई जीवन चढ़ाउन आएकोछु,
  अमूल्य भेट अरू के छ र ? (जीवन मेरै अर्पेको छु) (२)
१.   टाढ़ो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको (२)
  (हुन्छु नजीक) (२) (तिम्रो नै सक्तिनँ म जान टाड़ो) (२)
२.  मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा (२)
  ख्रीष्टको अद्भूत प्रेमैको निम्ति त्यागछु यिनलाई मनैबाट (२)
३.   प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन (२)
  अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ (२)
४.   जगको निम्ति जिउँदिनँ, प्रभु, न ता जिउँछु आफ्नै निम्ति (२)
  सक्तिनँ म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति (२)
५.   दुःखित छु म समयको निम्ति बितेथ्यो जो सहँदा पापमा (२)
  बाँकी जीवन कृतज्ञतामा अर्पित होस्‌ प्रभुकै सेवामा (२)

........................................................................

को.  उड़ी जाने बादल झैँ, बगी जाने खोला झैँ
  व्यर्थै न सम्झी देऊ तिम्रो मेरो जीवनलाई (२)
१.   हार मात्र होइन यहाँ जीत पनि छ
  आँशु मात्र होइन यहाँ हाँसो पनि छ
  सित्तैमा लिन आऊ येशूमा भरपूर्ण जीवन ल्याऊ येशूमा (२)
२.   आफू मात्र होइन यहाँ धेरै बाँच्नु छ
  पहाड़ मात्र होइन यहाँ मधेश पनि छ
  मुक्तिको सन्देश फैलाउनु छ आशाको दियो जलाउनु छ (२)

................................................................

१.  जगत्‌ संसार केही पनि छैन सुन दाज्यू-भाइ (२)
  विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई (२)
को.  ख्रीष्ट येशू छन्‌, ख्रीष्ट येशू छन्‌
  ख्रीष्ट येशू छन्‌, तयार मुक्ति दिनलाई
२.  लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२)
  यी सबै थोक केही पनि होइन साथमा जानलाई (२)
३.  आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२)
  येशूबाहेक अरू छन्‌ छैन केही उपाय (२)
४.  आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२)
  ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई (२)

..................................................................

को.  तिम्रो जीवन व्यर्थै नजाओस्‌ जिन्दगीले अर्थ पाओस्‌
  भनी येशू संसारमा आए उनको जीवन हाम्रो निम्ति बलि दिनलाई,
  मानिसको चोला लिई मानिसैको लागि मरे
  कोई छैन अरू यहाँ येशू बाहेक हाम्रो निम्ति जीवन दिनलाई (२)
१.   धेरै आए धेरै गए यस्तो उस्तो सबैलाई भन्ने
  जाँची हेर येशू मात्र एउटै बाटो म हुँ भन्ने (२)
  (उनको बाटो साँचो छ है बुझी लेऊ सबै
    जसलाई यसको खाँचो छ है आउ हिँड्नलाई) (२)
२.  थाकेकालाई विश्राम दिने हारेकालाई जीत दिने
  बाँधेकालाई खोलिदिने, भागेकालाई थामिदिने (२)
  (यही बाटो हिँड्नु छ है जुनीभरिलाई
  सत्य, शान्ति येशू राजाको आशीष पाई) (२)

.................................................................

को.  लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन

  मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)

१.  कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)

  मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा

  त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)

२.  जीवन हाम्रो छोटो छ है, लामो जीवन येशूमा (२)

  बुझिराख आज नै, नत्र भोलि समय छैन

  हाम्रो येशू आउनै लागेछन्‌ । ओ (२)

........................................................

को.  सुसन्देश छ पापमा डुब्नेलाई जीवन छ ख्रीष्टमा जिउनेलाई
१.   सुनन मित्र सुनन प्रभुको वचनलाई सुनन
  आज नै सुनौलो समय छ प्रभुमा विश्वास गरन (२)
२.  संसारमा बसेर के हेर्नु छ फूल जस्तो जीवन जीएर
  माटोको शरीर माटोमै हामी एक दिन मिल्नुपर्नेछ (२)
३.   सुनेर विश्वास गर्दैनैँ भने पापको ज्याला मृत्यु हो
  रूनु न हाँस्नु हुनेछौँ तिमी प्रभुको दोस्रो आगमनमा (२)

............................................................

को.  अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)

  प्रभु ख्रीष्टमा विश्वास गर मनलाई जगाएर है, सुन नेपाली

१.  सुख, शान्ति नेपालीको मैला पखालेर (२)

  अमर जीवन मिल्ने छैन, धेरै पर्खिएर है, सुन नेपाली ।

२.  मुक्ति छैन संसारमा मनले गुनिलिए (२)

  दाज्यू-भाइ, दिदी-बहिनी, विश्वास गरिलिए है, सुन नेपाली ।

३.  सुनी विश्वास नगरेमा ठूलो हाम्रो भूल (२)

  मुक्ति दिने प्रभु येशू जीवनको मूल है, सुन नेपाली ।

४.  स्वर्गबाट प्रभु आए मुक्ति लिएर (२)

  क्रूसमाथि मर्नुभयो जीवन दिनलाई है, सुन नेपाली ।

५.  पापको बोझा उठाइलाने अर्को छैन कोही (२)

  एउटै मात्रै प्रभु येशू जीवन दिने उनै है, सुन नेपाली ।

....................................................................

को.  शिखरहरू हिउँले ढाकेझैँ,
  यो भूमिलाई वचनले ढाक्नैपर्छ
  किनारहरू बालुवाले ढाकेझैँ,
  यो पुस्तालाई येशू चिनाउनैपर्छ (२)
१.   (निराशा छन्‌ पहाड़मा साइँला-माइलाहरू
  अशान्त छन्‌ तराईमा सानी-ठूलीहरू) (२)
  (चौबाटोमा सबैजना बाटो खोजिरहछन्‌
  येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्‌) (२)
२.   (रोएका छन्‌ शहरमा घर-घरानाहरू,
  भुलेका छन्‌ पापैमा हाम्रा मानिसहरू) (२)
  (दोधारमा सबैजना अल्मलिरहेका छन्‌,
  येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेकछन्‌) (२)

...........................................................

को.  हेर न हेर सृष्टिको सुन्दरता

  यसलाई बनाउने प्रभुको महानता

  धनी र गरीब दुवै मिलेर

  भन्न सक्छ प्रभु धन्यवाद!

१.  खेतका आलीहरू, अन्न र बालीहरू

  बादल, वृष्टि र बतासहरू (२)

  चरा-चुरूङ्गी उड्दै माथि आकाश छुँदा (२)

  बैकुण्ठै पुगिदिन्छ मन मेरो ।
२.  अनौठो बातहरू जीव-जीवातहरू

  उज्यालो दिन अनि रातहरू
  असंख्या जातिहरू विभिन्न रीतहरू (२)

  उदेकले भरिन्छ यो मन मेरो ।
  गर न गर ईश्वरको प्रशंसा

  सम्पूर्ण हृदयको उपासना
  मान्छे-मान्छेको सबै भिन्नता

  मेटियो हेर उनको आँगमनमा ।।

.......................................................

प्रचारक दाई :  यो हाम्रो चोला के-पो हुन्छ होला भोलिको दिनैमा, मरेर लानु छैन है केही यो पापी संसारमा

  भेट्ने छौं हामी अनन्तसम्म स्वर्गीया त्यो लोकमा ।

पण्डित बाजे :  के मीठो गाना सुनीरहूँ जस्तै मन नै लोभ्याउने, बसन एक छिन थकाई मार ए भरिया दाई

  राम्रोमा अझै जाने जति लौ सुनौं भनन...

प्रचारक दाई :  मर्नेछौं हामी अघि र पछि कंकाल भएर, एक मुठी सास फ्याक्नै पर्छ अन्तमा रोएर

  पानी र झरी सहनै पर्छ दुई दिनको जीवनमा, दुःख र सुख खप्नै पर्छ अभाग्य खप्परमा

  ईश्वरको पुत्र संसारमा आए पापीलाई बचाउन, क्रूसमा मरी प्राण है त्यागे हामीलाई बचाउन ।

पण्डित बाजे :  धर्मको कुरा गरेमा दाई ३३ कोटी देवदेवता छन्‌, समुद्र पारीको देवदेवता भन्दा स्वदेशमा धेरै छन्‌

  किन-पो-ल्यौ अर्काको देवता पुज्न कुल देवता, सबैले आफ्नो धर्म बिर्सी को पुज्ने त्यो देवता

  रीति-रीवाज क्रिया कार्य गर्नुको दुःखले, मानिसहरू धर्ममा पस्छन्‌ तै पनि आशाले ।

प्रचारक दाई :  धर्म त बाजे कसैको पेवा कहिले हुँदैन, जति नै धर्म अप्नाए पनि शान्ति त पाइन्न... ।

पण्डित बाजे :  धर्मको कुरा नगर भाई त्यो हामी जान्दछौं, कुल देवी देवता पुज्नलाई हामी त्रिवेनी जाँदैछौं

  कुखुरा, बाख्रा, परेवा पंक्षी साथमा लिएर, दोभानमा गई चढ़ाउँछौं बलि पापलाई सम्झेर ।

प्रचारक दाई :  लौ अब बाजे विचार गर बाइबलले के भन्छ, जतिनै रगत बगाए पनि तिमीलाई के हुन्छ,

  मान्छेको निम्ति मान्छेको रगत बगाउनु पर्दछ, त्यो रगत बगाउनु ईश्वरको पुत्र क्रूसमा मर्दछ

  ईश्करको प्रेम अपार छ- है बुझ्न सकिन्न, हातमा कलम लिएर बसे लेख्न सकिन्न ।

पण्डित बाजे :  पोहोर साल छोरा बिमार हुँदा कुखुरा, काटियो झन्‌ छोरा जाती हुन्छ-कि भन्दा

  झन्‌-पो-लाटियो आशा त मेरो मरेर, गयो दशा यो देखेर छोराले पनि अन्तिम

  सास फेर्यो मतिर हेरेर तेतीको दिन, बितेर गयो चिनिन येशूलाई डाँड़ामा

  घाम झैं भएको बेला भेटीयो तपाईंलाई, लिनुहोस्‌ मेरो सम्पूर्ण जीवन अर्पन्छु

  अपाईंलाई आत्मामा उड़ी आउँदैछु प्रभु, तपाईंको हातमा ॥

..............................................................................

को.  अघि बढ़, ख्रीष्टीय जवान हो

  समयलाई नपर्ख भाइ हो, (हाम्रा दुलहा आउँदैछन्‌) (२)

१.  अन्तिम चिह्न देखिँदैछ, भविष्यवाणी पूरा हुँदैछ (२)

  सांसारिक जीवनलाई त्यागी आऊ प्रभुमा नयाँ भई (२)

२.  जीवन प्रभुमा अर्पण गरी सम्पूर्ण वचन पालना गरी (२)

  प्रभुको यो क्रूस उठाई अघि बढ़ उनमा भई (२)

३.  जयवन्त जीवन बिताउँदै जाऊ प्रभुको काममा व्यस्त भई (२)

  उनमा सदा आशा राख्दै बढ़ अझ थकित नभई (२)

....................................................................

को.  सत्य, सुन्दर, सिद्ध मानिस हुनुहुन्छ प्रभु ख्रीष्ट (२)

  उहाँसँग साटेँ मैले अनन्त-अनन्तलाई चोखो प्रीत

१.  सिद्ध ईश्वर, सिद्ध मानिस, मेरो जीवन स्वामीलाई (२)

  अन्तरात्मादेखि श्रद्धा, भक्ति छ तपाईंलाई ।

२.  तपाईं मेरो, म तपाईंको, अनन्तलाई हाम्रो प्रीत (२)

  दुःख-सुखमा दिलोज्यानले, रात-दिन गाउँछु ख्रीष्टको गीत ।

...................................................................

 

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

CORAS

जीउँदो छन्‌, येशू जीउँदो छन्‌,
मेरो मनमा येशू जीउँदो छन्‌
संकटमा मेरो सहारा हुन्‌,
येशू सधैँ जीउँदो छन्‌ ।

.....................................................................

को.  येशू पार्दछन्‌ पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा
  येशू पार्दछन्‌ पूरै स्वतन्त्र, उनको नाउँको जय;
१.   (यसैकारण म गाउँछु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) गाउँछु ।
२.   (यसैकारण म खुशी छु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) खुशी छु ।
३.   (यसैकारण म नाच्छु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) नाच्छु ।

...........................................................................................................

१.  आऊ पुजौँ राजपुजारी, आऊ भजौँ, पवित्र जाति

  भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)

२.  धन्य भन उहाँको नाउँलाई, धन्य भनौँ उहाँको नाउँलाई

  भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)

..........................................................................................................................

स्तुतिपूर्ण ओठले, हात उचाली भन्दछु

प्रभु म तपाईंलाई (धन्यको भन्दछु) (३)

प्रभु म तपाईंलाई धन्यको भन्दछ ।

..............................................................................................

प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु (२)

आनन्द, आनन्द फेरि पनि भन्दछु (२)

प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु

.........................................................................................

१.  ((धन्यावाद येशू) (३) मेरो मनदेखि) (२)
२.  ((स्तुति होस्‌ प्रभु) (३) मेरो मनदेखि) (२)
३.  ((हल्लेलूयाह येशू) (३) मेरो मनदेखि) (२)
४.  ((प्रशंसा होस्‌ प्रभु) (३) मेरो मनदेखि) (२)
५.  ((जयजयकार होस्‌ प्रभु) (३) मेरो मनदेखि) (२)

..................................................................................................

(आजको दिन) (२), (उनले सिर्जेका) (२)
रमाउँदै जाऊँ, खुशी मनाऊँ, (र आनन्द गरौँ) (२)
आजको दिन उनले सिर्जेका, रमाउँदै जाऊँ र खुसी मनाऊँ
(आजको दिन) (२), उनले सिर्जेका

..................................................................................................

१.   ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
  सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को.  (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
२.   रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
  जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३.   माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
  घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह

...................................................................................................

खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)

भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)

मेरोलागि आए, मेरोलागि जिए (२)

मेरोलागि येशूले दुःख उठाए (२)

मेरोलागि मारिएथे, मेरोलागि गाडिएथे (२)

मेरोलागि बौरी उठे, मेरो हुन्‌ येशू

म येशूको हुँ, हामी येशूका हौँ ।

खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)

भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)

......................................................................................................

१.  तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)

को.  धन्यको भन्छु, स्तुति म गर्छु,

  तपाईंको दया जीवनभन्दा श्रेष्ठ

२.  हात उचाल्दछु तपाईंको नाउँमा (२)

३.  सेवा गर्चू प्रभु, सारा हृदयले (२)

............................................................................................................

१.   ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा
को.  ज्य हल्लेलूयाह (३) आनन्द मनाऊँ ।
२.   सियोनको राजा येशू (३) राज गर्दै जाऊँ
३.  प्रेमी छन्‌ सियोनमा (३) प्रेम गर्दै जाऊँ
४.  नाच्दै जाऊ सियोनमा (३) प्रेमी येशूकहाँ

.....................................................................................................

(महिमा, महिमा, महिमा होस्‌) (२)

(ईश्वरलाई महिमा होस्‌, महिमा होस्‌) (२)

(प्रशंसा, प्रशंसा, प्रशंसा होस्‌) (२)

(ईश्वरलाई प्रशंसा होस्‌, प्रशंसा होस्‌) (२)

(धन्यवाद धन्यवाद धन्यवाद होस्‌) (२)

(ईश्वरलाई धन्यवाद होस्‌, धन्यवाद होस्‌) (२)

..................................................................................................

हे सबै जातिका मानिस हो,

हल्लेलूयाह हे, सबै जन हो,

उहाँको तारीफ गर

किनभने हामीप्रति उहाँको करुणा अपार छ

(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)

हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह ।

(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)

.............................................................................................

धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु, आँगनभित्र प्रशंसासाथ
भन्नेछु यो त्यही दिन जो प्रभुले बनाउनुभो’,
खुशी छु, उहाँले खुशी पार्नुभो
(खुशी पार्नुभो’, खुशी पार्नुभो’, खुशी छु उहाँले खुशी पर्नुभो’) (२)

.................................................................................................................

स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि भएका हरेक प्रणीले
येशूको नाउँमा घुँडा टेक्नुपर्छ,
परमेश्वर पिताको महिमाको निम्ति हरेक जिब्रोले
येशूलाई नै प्रभु हो भन्नुपर्नेछ ।

..............................................................................................

पर्वतहरूतिर म आफ्नो आँखा उठाउँछु,
मलाई गोहार कहाँबाट आउँछ ?
मलाई गोहार परमप्रभुबाट नै आउँछ,
जसले स्वर्ग र पृथ्वी सृजनुभो’ ।

.........................................................................................

(येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२)
एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर
अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

.....................................................................................................

१.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई ।

२.  महिमा, महिमा, महिमा येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।

३.  प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, प्रशंसा येशू राजालाई ।

................................................................................................

धन्य होस्‌ प्रभु येशूको नाउँ, उनी छन्‌ प्रशंसा भक्तिका योग्य

यसैले उचालौ एक साथ हाम्रो हात गाउँदै, धन्य होस्‌ त्यो हाउँ,

धन्य होस्‌ त्यो नाउँ

धन्य होस्‌ प्रभु येशूको नाउँ ।

...................................................................................................

१.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,

  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

२.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,

  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,

  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

............................................................................................

तपाईं प्रभु, सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ,
(सबै देवहरूभन्दा माहन्‌ परमेश्वर) (२)
म उचाल्छु (३), तपाईंलाई (स्तुति गर्छु) (३) तपाईंलै ।

..................................................................................................

१.   (गाऊँ हल्लेलूयाह प्रभुलाई) (२) (गाऊँ हल्लेलूयाह) (२)
  गाऊँ हल्लेलूयाह प्रभुलाई ।
२.   (येशू संसारका ज्योति हुन्‌) (२) (येशू संसारको) (२)
  येशू संसारका ज्योति हुन्‌ ।
३.   (राज गर्न फेरि आउनेछन्‌) (२) (राज गर्न फेरि) (२)
  राज गर्न फेरि आउनेछन्‌ ।

....................................................................................................

को.  परमेश्वरको चोखो वेदीमा, चढाउँछु यो मेरो जीवन (२)
  मेरो सारा हृदयले (२) तपाईंलाई महिमा होस्‌ (२)
१.   मेरो परमेश्वर, मेरो सहारा, तपाईंको वचन मेरो ज्योति (२)
  अन्धकारमा पनि ज्योति दिने (२) तपाईंलाई महिमा होस्‌ (२)
२.   उचाल्छु मेरा यी दुइ हात धन्यवादको भेटी दिनलाई (२)
  मेरो सारा हृदयले (२) तपाईंलाई जयजयकार होस्‌ (२)

.............................................................................................

न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले (२)

यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

यो आँधी थामिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

..............................................................................................

सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
प्रशंसा गर उनका सबै सेवकहरू हो
उनको नाउँको प्रशंसा, उनको नाउँ धन्यको होस्‌
अहिलेदेखि, सदासर्वदा ।

...........................................................................................

एउटै बनाउनुहोस्‌, एउटै बनाउनुहोस्‌,
एउटै बनाउनुहोस्‌, हामीलाई (२)
एउटै बनाउनुहोस्‌, पिताको नाउँम,
पिताको नाउँमा हामीलाई (२)

एउटै बनाउनुहोस्‌, येशूको नाउँमा
येशूको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्‌, पवित्रआत्मामा,
पवित्रआत्मामा हामीलाई (२)

................................................................................

(मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२)
तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र
हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

.........................................................................................

हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल

जागिसके मण्डली आत्माको शक्तिमा ।

दायाँ-बायाँ, उत्तर-दक्षिण, अघि-पछि

पूर्व-पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा

हात बाँधी होइन, कम्मर कसी बढाँ, नाउँ येशूको लिएर पछि नहटौँ

अघि-अघि बढाँ, अघि-अघि बढाँ...

काला-सेता सबै नेपाली, धनी गरीब वीर गोर्खाली

मारेर होइन, मरेर जितौँ विश्वलाई येशूमा

आफू साँढे होइन, नम्र सैनिक बनौँ, नाउँ येशूको लिएर

पछि नहटौँ अघि-अघि बढाँ, अघि-अघि बढाँ । हरबर...

.............................................................................................

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

WORSHIP - SONGS

...........................................................

को.  येशू पार्दछन्‌ पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा
  येशू पार्दछन्‌ पूरै स्वतन्त्र, उनको नाउँको जय;
१.   (यसैकारण म गाउँछु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) गाउँछु ।
२.   (यसैकारण म खुशी छु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) खुशी छु ।
३.   (यसैकारण म नाच्छु) (२) मेरो पाप क्षमा भयो,
  स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) नाच्छु ।

.......................................................................................................

१.   ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा
को.  ज्य हल्लेलूयाह (३) आनन्द मनाऊँ ।
२.   सियोनको राजा येशू (३) राज गर्दै जाऊँ
३.  प्रेमी छन्‌ सियोनमा (३) प्रेम गर्दै जाऊँ
४.  नाच्दै जाऊ सियोनमा (३) प्रेमी येशूकहाँ

.............................................................................................................

१.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई ।

२.  महिमा, महिमा, महिमा येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।

३.  प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)

  उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,

  हाम्रो प्रभुलाई स्तुति होस्‌, प्रशंसा येशू राजालाई ।

.................................................................................................................

१.   (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)
  (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)
२.   (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)
  (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)
३.   (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)
  (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)
४.   (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)
  (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)

............................................................................................................................

एउटै बनाउनुहोस्‌, एउटै बनाउनुहोस्‌,
एउटै बनाउनुहोस्‌, हामीलाई (२)
एउटै बनाउनुहोस्‌, पिताको नाउँम,
पिताको नाउँमा हामीलाई (२)

एउटै बनाउनुहोस्‌, येशूको नाउँमा
येशूको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्‌, पवित्रआत्मामा,
पवित्रआत्मामा हामीलाई (२)

.....................................................................................................

हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल

जागिसके मण्डली आत्माको शक्तिमा ।

दायाँ-बायाँ, उत्तर-दक्षिण, अघि-पछि

पूर्व-पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा

हात बाँधी होइन, कम्मर कसी बढाँ, नाउँ येशूको लिएर पछि नहटौँ

अघि-अघि बढाँ, अघि-अघि बढाँ...

काला-सेता सबै नेपाली, धनी गरीब वीर गोर्खाली

मारेर होइन, मरेर जितौँ विश्वलाई येशूमा

आफू साँढे होइन, नम्र सैनिक बनौँ, नाउँ येशूको लिएर

पछि नहटौँ अघि-अघि बढाँ, अघि-अघि बढाँ । हरबर...

OFFERING - SONGS

को.  प्रभुजी, तिमीलाई के चढ़ाऊँ, यो मेरो सब जीवन तिम्रै हो

  धन्यवाद तिमीलाई छ सदा, स्तुति लेऊ मबाट सर्वदा

१.  तिम्रो प्रेम उदेकको जो ममा प्रकट भो’

  म अधर्मी पापीको, अधर्म क्षमा भो’

  बढ़ाइ होस्‌ प्रभु येशूको ।

२.  येशू ख्रीष्ट राज गर्नू हरेकको हृदयमा

  चाहन्छन्‌ डोर्याउन जीवनको बाटोमा

  छिटो आउ प्रभु येशूकहाँ ।

...............................................................................................

को.  सब थोक दिन्छु म सब थोक दिन्छु म

  मुक्तिदाता तपाईंलाई म सब थोक दिन्छु म (२)

१.  येशूलाई म सब थोक दिन्छु सबै थोक अर्पण गर्छु

  प्रतिदिन तपाईंको साथमा प्रेम र विश्वासमा बढ़्छु (२)
२.  येशूलाई म सब थोक दिन्छु, दण्डवत गर्छु तपाईंलाई

  सांसारिक इच्छामा छोड़्छु तपाईं लिनुहोस्‌ मलाई (२)
३.  येशूलाई म सब थोक दिन्छु आफ्नै बनाउनोस्‌ मलाई

  पवित्रात्मा हवस्‌ साक्षी ख्रीष्ट हुन्‌ मेरो, म ख्रीष्टकै (२)
४.  येशूलाई म सब थोक दिन्छु मेरो जीवन लिनुहोस्‌

  प्रेम र शाक्ति ममा भर्नोस्‌ आशीषले भरपूर गर्नोस्‌ (२)
५.  येशूलाई म सब थोक दिन्छु पवित्रात्मा याद गर्छु

  पूरा मुक्तिमा खुशी छु उनको नाउँको जय गाउँछु (२)

......................................................................................................................

को.  हृदय भेटी चढ़ाऔँ प्रभुलाई, स्तुति जयगान पनि,
  हामी सब सन्तगण मिली (२)
१.   पापको भार उठाउन, आए ख्रीष्ट नरलोकमा (२)
  पापी जन सबको पाप मेटाई (२), जीवन सनातन दिन ।
२.   असाध्य दुःख उठाए, नम्र र दीन बनी (२)
  खोली उद्धारको द्धार प्रभुजी (२), अमर आशा दिलाई ।
३.   धन्य स्वर्गीय यो प्रेम, हामी अधर्मीप्रति (२)
  नभूलौँ फेरि दुष्ट बनेर (२), संसारमा फेरि फर्की ।
४.   समर्पण गर्छौं तपाईंलाई प्राण आत्मा हृदय पनि (२)
  रक्षा गर्नुहोस्‌ यो जीवनको (२), विनय छ हाम्रो यही ।

................................................................................................................

१.   बिहान समय रोप्छौँ, दयारुपी बीउलाई
  दिउँसो पनि गर्छौं, साँझ नपरुञ्जेल
  धीरजले काम गर्छौं, फलको आशा राखी
  ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
को. कामको पूरो फल (२), ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल
२.  दुःख सही रोप्छौँ, सुख भोगी रोप्छौँ
  झरीमा, जाड़ोमा, रहन्छौँ अटल
  काट्ने बेला हामी, पाकेको फल पाउँछौँ
  ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
३.   प्रभु ख्रीष्टको लागि, रुँदै पनि रोपौँ
  हानिलाई देखेर, नबनौँ चञ्चल
  दुःखको अन्त हुन्छ, इनाम पनि आउँछ
  ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।

.................................................................................................

 

को.    चढ़ाउँछु प्रभु धन्यवाद आज क्रूसको त्यो प्रेमको निम्ति

   थुकाइ र कुटाइ सहुनुभो’ जति ती सब थिए मेरै निम्ति (२)

१.    काँड़े मुकुट पहिरी शिरमा, हात-पाउलाई जड़ी क्रूसमा (२)

   हुनुभो’ बलि मेरो नै निम्ति निर्दोष पाठोको रूपमा (२)

२.    पीड़ा तपाईंलाई, शान्ति मलाई, क्रूस तपाईंको, मुकुट मेरो (२)

   मृत्यु तपाईंलाई, जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (२)

३.    देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाई मेरो (२)

   हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको (२)

४.    घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने

.............

को. धन सम्पति चाँहिदैन है न त मूल्यवान चीज नै
(चाहिन्छ मात्र तिम्रै सिंगो विश्वास) (२) (ग्रहण गरन उद्धारकर्तालाई) (२)
१. जगत सारा हात पर्यो जीवनमा तिमीले
(प्राण चाहि आफ्नो गुमायौ भने फाइदा के भयो र) (२)
(ईश्वरको स्वरूपमा सृजना भएको तिम्रो यो जीवन को मूल्य नै के भयो र) (२)
(मानिसको जीवन बगानको फूल हो) (२) (औइलेर झर्दछ सुकेर जाँदछ) (२)
(तर येशूमा भएको जीवन अनन्त छ) (२)
२. स्वर्गराजको बाटो भेटिन्न दान र पुन्यले
(नता त्यसलाई त्यसलाई पाईन्छ धर्म र कर्मले) (२)
(बाटो विराएको पापिष्टहरूलाई स्वयम बाटो बनी आए प्रभु ख्रीष्ट) (२)
(पछ्‌याउन यो बाटो आउन फकेर) (२) (तिम्रो त्यो मनलाई कठोर नबनाउ) (२)
(तर सुनी पुकार ख्रीष्टको नजाऊ तर्केर) (२)

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

CAROL - SONGS

को.  गाऔँ येशूजीको जयगान, गाऔँ येशूजीको शुभनाम

१.  यरूशलेम शहरको, बेथलेहेम गावैँमा (२)

  आज जन्मे बालक, जसको येशू नाम (२)

  शान्तिको राजा, येशूलाई प्रणाम्‌ (२)

२.  इम्मानुएलले जन्म लिए, हाम्रो भव भो’ उज्यालो (२)

  पापको विनाश भयो, सत्यले जित्यो (२)

  सत्यको राजा, येशूलाई प्रणाम्‌ (२)

३.  मसीह येशू अवतार भए, घृणा, हेला टाढ़ो भयो (२)

  प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़्दै गो’ (२)

  प्रेमिलो राजा, येशूलाई प्रणाम्‌ (२)

.....................................................................................

को.  लाग्दछ मलाई रमाइलो, त्यो उज्यालो ताराको
  बेथलेहेम गाउँको त्यो सानो गोठ, येशू जन्मेको सानो डुँड़
१.  (अन्धकारको माझमा उज्ज्वल प्रकाश दिई आए) (२)
  जगलाई उद्धार गराउन सत्यको जग बसाल्न
  निँदबाट जाग, भाइ हो, मुक्तिको पथमा चल्नलाई,
  लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।
२.  (खुशीयाली रात मनाऊँ, यस धरतीलाई उज्ज्वल गराऊँ) (२)
  स्वर्गदूतले गाउँछन्‌ गीत, बालक ख्रीष्टको महिमा
  हामी पनि गाऊँ है गीत, बालक ख्रीष्टको चरणमा,
  लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।

...................................................................................

को.  हेरन आकाशमा ताराको उज्यालो

  नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो ।

१.  ईश्वरको वचन पूरा गर्नलाई आए प्रभु जगमा

  मानवको सबै दुःख बुझ्नलाई पस्रिए डोंड़ैमा,

  गोठालाहरू छक्क परे जब (२) देखे स्वर्गदूतलाई

  ढाडस पाई रमाई गए खबर दिनलाई ।
२.  तारालाई आफ्नो लक्ष्य बनाई बढ़े ज्योतिषीगण

  भेटी चढ़ाए दर्शन पाई गराए आनन्दित मन

  पापी जनको तारणहार (२) मानिसको रूपमा

  ख्याल नराखी डाँड़ा-काँड़ा बड़ौं सबै प्रभुमा ।

.........................................................................................

१.  भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो

  (लौ अब ल्याए गोठैमा गोठालाहरूले) (२)

२.  आगोका वरि नि परि गोठाला बसे

  (आफ्ना नि आफ्ना खोरैमा भेड़ी है सबै पसे) (२)

३.  सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो

  (यो ज्योति केको भन्दै नि गोठाला सबै उठे) (२)

४.  स्वर्गदूत छेउमा देखि डरले सब कामे

  (“नडराऊ, सुन सुसमाचार” भनी है दूतले थामे) (२)

५.  गाईको गोठैमा सुन बेथलेहेम गाउँमा

  (तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा) (२)

.........................................................................................

को.  हाँस-खेल गर्दै भनिदेऊ संसार सबैलाई
   धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता
   मानिसको चोला लिएर गरीब गोठैमा (२)
१.  गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
   दूतगण आई भन्न लागे साँझको बेलामा
   तारणहार प्रभु जन्मिए दाऊदको शहरमा (२)
   गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
२.   पूर्वको ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
   साँझको नौलो तारा देखी हर्षले रमाए
   राजाहरूका राजा जन्मेको पत्तो लगाए (२)
   परमपितालाई मन खोली धन्यवाद चढ़ाए (२)

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

DEATH - SONGS

 

को.  आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
  ख्रीष्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ ।
१.   मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाइ बक्सियोस्‌
  ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्‌,
  विगत दिनहरू व्यर्थै गुमाएँ वर्तमान चड़ाउँछु
  येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु ।
२.   विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हुँ
  यो बाटो फेरि म हिँड्ने छैन एक तीर्थयात्री हुँ
  विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
  सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।

............................................................

को.  एक बारको जुनी यो, लानु त के छ र, मरेर जाने हो
  जीवन यहाँ यो अमर छैन नै, (माटोमा मिल्ने हो) (२)
१.   मृत्युपछि तर जीवन अर्को छ विश्वासी सबैलाई
  विश्वास गरौँ न (स्वर्गीय पितालाई) (२)
२.   क्रूसको निर्दयी मृत्युलाई सहनु प्रभु नै आउनुभो’
  उनैले हाम्रो पाप (उठाइ लानुभो’) (२)
३.   ज-जसले उनमाथि विश्वास गर्नेछ नाश हुने छैन नै
  पाउनेछन्‌ तिनैले (अनन्त जीवन) (२)

.........................................................

को.  हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२)
  हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२)
  हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
१.   यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२)
  यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन (२)
  हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
२.   यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२)
  यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन (२)
  हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।

........................................................

को.  हाम्रो यो जीवन घाम-छाया मात्र हो
  हाम्रो यो जीवन बगेको खोलो हो
  फर्केर आउँदैन बितेको जीवन यो
  रोएर फिर्दैन गएको यौवन यो
१.   मिलेर-झुलेर सबैले जयजयकार मनाऔँ
  हाँसेर गाएर सबैले प्रभुको वचन सुनाऔँ ।
२.   आजलाई अनि भोलिलाई स्वर्गको मार्ग बनाऔँ
  सम्झाउँदै-बुझाउँदै अरूलाई प्रभुको वचन सुनाऔँ ।

........................................................

को.  हाम्रो स्वदेश स्वर्ग हो संसारका होइन हामी
  फर्कि जानु छ एक दिन बादलमा ख्रीष्टसँगै ।
१.   ख्रीष्टयन दल हामी ख्रीष्ट हुन्‌ हाम्रो नेता
  क्रूस हाम्रो झण्डा फहराउने छन्‌ संसारमा,
  जिउनु त हाम्रो लागि प्रियतम ख्रीष्ट येशू हो
  मर्नु त हाम्रो लागि कोटी-कोटी लाभ हो ।
२.   भनी देऊ संसारलाई मसिहमा उद्धार छ
  सुनाई देऊ दुनियाँलाई उनमा अनन्त जीवन छ,
  प्रियतम पवित्र आत्मा अदृष्य सामर्थ हाम्रो
  ख्रीष्टको बौरी उठाई सारा संसारलाई हाम्रो ।

............................................................

को.  जीवन यहाँ गुलाबको फूल झैँ झरेर जाने हो
  दुइ दिने चोला पानीको वाफ झैँ उड़ेर जाने हो
  विन्ती यो तिमीलाई छ है, आज नै यो भौका छ है (२)
  समय छँदै आफूलाई अहिले ने जाँची देऊ
  मुक्तिदाता येशूसँग साइनो गाँसी देऊ (२)
१.   आज भन्दै भोलि जीवन अस्ताउँछ (२)
  ख्रीष्टमा सधैँ जिउनेहरू, मृत्यु पारी उदाउँछ (२)
  मानवको जीवन यस्तै हो, पाहुना मात्रै दुइ दिनको (२)
२.   सुख-दुःख जन्म-मरण सधैँभरि चल्दछ (२)
  जीवनको हरेक मोड़हरूमा हाँसो-रोदन हुँदछ (२)
  वचनमा जो हड़िरहन्छ, जीवनको मुकुट पाउनेछ (२)

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

Song Title 1

 

 

...................................................................

 

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

Song Title 1

 

 

...................................................................

 

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

Song Title 1

 

 

...................................................................

 

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

BBBBBBBBBBBBBBBBBB

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.

AAAAAAAAAAAAAA

Song Title 2

A powerful song of hope and perseverance, reminding us of the strength we find in our community and faith. Let's raise our voices together in unity.



Join Us in Song and Celebration!

Experience the joy and spirit of our community through music. Come be a part of our gatherings and enjoy the uplifting songs that bring us together.