Favorite Songs from Solomi Thapa
Favorite Songs from Solomi Thapa
Favorite Songs from Solomi Thapa
Favorite Songs from Solomi Thapa
Favorite Songs from Solomi Thapa
Favorite Songs from Solomi Thapa
हाम्रो जीवन यहाँ मित्र फुल जस्तै छ
हाम्रो जीवन यहाँ मित्र फुल जस्तै छ
फुलेको केहि दिनमा ओईलियेर झर्छ
फुलेको केहि दिनमा ओईलियेर झर्छ
यति छोटो जीवन लिएर ढुक्क भई तिमि नबस
यति छोटो जीवन लिएर ढुक्क भई तिमि नबस
समय छदै ख्रिस्ट येसुमा उद्दरमुक्ति लेउ
पापको छमा पाऊ
समय छदै ख्रिस्ट येसुमा उद्दरमुक्ति लेउ
पापको छमा पाऊ
हाम्रो जीवन यहाँ मित्र
- को. गहभरि आँशुको धारा प्रेमी प्रभु येशू राजाको
कत्रो पीर येशू राजालाई कलवरीको त्यो श्रापित क्रूसैमा (२)
१. आफ्नो भन्नु कोही थिएन त्यहाँ न ता सँगै रोई दिने (२)
नरोऊ भन्ने एउटै थिएन सबै नै रूवाई दिने (२)
तिमी पनि नरूवाऊ है प्रभुलाई हो... हो...
२. दुःख र कष्ट भोग्दै भोका र प्यासा बनी (२)
गरीब र दु:खी भई निन्दा र गिल्ला सहँदै (२)
अझै पनि नरूवाऊ है प्रभुलाई हो... हो...
- को. ख्रीष्टको माया बोकी रहुँला हृदयमा सज्जाएर (२)
उनको साथ कहिलै नछोड़ी ख्रीष्टमा बाँचौला (२)
१. ख्रीष्टले जीवन चढ़ाइदिए गलगथाको माटोमा
ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
२. ख्रीष्टको दुःखलाई सम्झेर ल्याउदा मन मेरो कल्पिन्छ
उनको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
- को. फर्केर हेर क्रूसलाई प्रभुको प्रेम झल्किन्छ
क्रूसको मृत्यु सम्झेर ढुकढुकी मेरो अड़्किन्छ (२)
१. कलवरी पहाड़ थाँतिले क्रूसको काँटीले के भन्छ (२)
कोर्राको धेरै व्यथाले दुःखको सन्देश ले भन्छ (२)
२. दिनभरि घाममा तड़्पिएर प्यासले व्याकुल भएर (२)
भालाको दर्द खपेर प्राण दिए रगत बहेर (२)
३. क्रूसको निर्दयी मृत्युमा आँसुको थोपा आँखामा (२)
फर्केर हेर्छन् हामीलाई पापदेखि छुटकारा दिनलाई (२)
- को. बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
- १. पापको श्राप मेट्नलाई येशूजी आउनु भयो
- मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)
- स्वर्गको ढोका खोलेछ उनैको कृपाले
- माया गरेर पापीहरूलाई उनैले बचाए
- बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२. हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा - बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा - के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !
- बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
- को. यदि रून परे रोई देऊ आज ख्रीष्टको निम्ति भनेर
हाँसोहरू साँचीदेऊ भोलिलाई भनेर अ... अ... अ...
१. थकित नबन बोक्नुपर्छ, क्रूसको भारी साँघुरो बाटोमा (२)
एक्लो छैनौँ हामी सब संसारमा, ख्रीष्ट सँधैँ छ साथमा (२)
२. ब्याकुल नबन सहनु पर्डा चोटहरू ती केहीदिन मात्रै छ (२)
तिम्रो दुःखको अन्त चाँड़ै छ, ख्रीष्ट लिनलाई आउँदैछ (२)
३. दुःखित नबन रूनु पर्दा, ती रूवाइभित्र एक अमरजीत छ (२)
तिम्रो आँसुको बुँदाहरूभित्र, ख्रीष्टको अमरजीत छ (२)
को. येशूको अनमोल रगतले हामी सबै बाँच्दैछौं
उनैको कोमल प्यारमा हामी सँधै हाँस्दछौं ।
१. प्रभुले तिमीलाई सँधै नै बोलाइरहेका छन्
पापदेखि तिमीलाई छुटकारा दिनलाई
आऊ आजै फर्केर जीवन मुक्ति लिनलाई
शान्ति र आनन्द पाएर तिमी (सधैं हाँस्नेछौं) (२)
२. जीवन दिने प्रभुलाई आज नै जीवनमा अप्नाइदेऊ
साँचो शान्ति र ज्योतिले तिमीलाई उज्ज्वल बनाउँछन्
दिइहाल यो जीवन प्रभु येशूको चरणमा
उनैको अपार शक्तिले तिमी (सँधै जीउने छौ) (२)
-
को. येशू बोलाउँछन् सबलाई (२),
प्रेमसाथ बोलाउँछन् अङ्गालोमा उनको, येशू बोलाउँछन् सबलाई
१. हृदय तिम्रो हताश भए, शक्ति छ तिम्रोलागि (२)
मुक्ति र ज्योति तिम्रैलागि येशूकहाँ, लिन आऊ आज (२)
२. सब रोगलाई निको पार्ने शक्ति छ उनीकहाँ (२)
तत्पर छन् तिम्रो मुक्तिदाता प्यार गर्न सधैँ तिमीलाई (२)
हेर्दा हेर्दै बिति गए
स्केल E, ताल 2/4
कोः हेर्दा हेर्दै बिति गए दिन साल महिना
अन्तिम समय आइपुगेको थाहा छ कि छैन (२)
आउनेवाला राजा प्रभु ख्रीष्टको जय,
जय जयहोस् सदा, जय जयहोस् सदा (२)
अन्तिम समय हो यो, अन्तिम समय हो यो (२)
१. अल्मलाउने थोकहरू धेरै धेरै छन् (२)
लोभ्याउने थोकहरू धेरै धेरै छन् (२)
यसैले विनाशमा एक दिन पुर्याउनेछ (२)
छोडिदेऊ त्यागिदेऊ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो, अन्तिम समय हो यो (२)
२. घटनाहरूले भनिरहेछ (२), वचनले पनि भनिरहेछ (२)
विनाश नजिक छ अन्त नजिक छ (२)
फर्की आऊ प्रभुकहाँ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो, अन्तिम समय हो यो (२)
३. आउनेवाला राजा हुँदैछन् तयार (२)
आत्मालाई इनाम दिनलाई तयार (२)
विश्वास नगर्नेलाई दण्ड छ तयार (२)
विश्वास प्रभुमा लेऊ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो, अन्तिम समय हो यो (२)
को. मेरो प्रभु आउँनेछन् बादलमा, जान्छु म त उनैको साथैमा
जान्छु म त उनैको साथैमा बस्नेछु म उनैको काखैमा ।
१. सँधै नै रहने यो जीवन छैन यो संसारमा
फर्की जानु छ एक दिन फेरि प्रभु येशूको साथमा
हामीलाई लिनु आउँदैछन् येशूजी महिमित बादलको साथमा
२. फर्की आऊ है दाज्यू भाई संसारदेखि आज नै
हामी सबै नै जाऊँ है प्रभु येशूको साथमा
हामीलाई लिनु आउँदैछन् प्रभुजी महिमित बादलको साथमा
को. यो जग कहिल्यै छैन स्थिर (२)
कहिले रुनु, कहिले हाँस्नु छैन सदा स्थिर
१. समुद्रको छालैसरि संसारैको गत छ (२)
कहिले जन्म, कहिले मरण, सराबरी चल्छ ।
२. मेरो-मेरो जगले भन्छ, मेरो छैन केही (२)
आत्मै* उड़ी आत्मालोकमा, मट्टी हुन्छ देही ।
३. कर्कलोको पानीसरी, ढलिजान्छ देही (२)
माया मोह धेरै-धेरै, लानेछैन केही ।
४. प्रभु हाम्रो स्वर्ग धनी, टिठाई दर्शन देऊन (२)
जगत् पापमा ढलिगयो, चिन्ने आत्मा देऊन ।
को. लौ न लौ हाम्रो प्रभु आउन लगेछन्
तिम्रो हाम्रो साथ छुटेला
महिमाको बादलमा लिन आउनेछन्
आपद विपद फष्ट देखि बचाई लानेछन् ।
१. हाम्रो मनको उद्देश्य स्वर्ग नै हो
हाम्रो जीवनको ज्योति येशू नै हुन्
बादलमा हामीलाई लिन आउनेछन्
आपद विपद कष्टदेखि बचाई लानेछन्... (२)
लौ न लौ... ।
२. सत्य जीवन र बाटो येशू नै हुन्
सामर्थ शक्ति र बल दिने येशू नै हुन्
विश्वास गरी आज तिमी येशू कहाँ आऊ
नत्र अनन्तको हाम्रो साथ छुटेला... (२)
लौ न लौ... ।
को. सम्झ है बुझ है एकपल्ट सोच है (२)
१. हाम्रो जीवन के छ र ? माटोको शरीर माटोमा हो
एक दिन त माटोमा मिल्नुछ (२)
२. परमप्रभुलाई भुलेर हामीले पाउनु के छ र ?
नरकको आनोमा तड्पीनु छ (२)
३. पवित्र बाइबलले भन्दछ प्रभुलाई भुल्ने नाश हुनेछ
उम्कने ठाउँ कहाँ छ र ? (२)
४. अनन्तसम्म नरककुण्डमा दन्किरहेको आगोमा
बचाउने को होला त्यो दिनमा (२)
५. येशूको रगतमा शक्ति छ नरकदेखि बचाउनलाई
पछुताउने पापीलाई मौका छ (२)
- को. सम्झिदेऊ आज नै ईश्वरलाई, भुलिदेऊ आज नै संसारलाई
भुलेर नजाऊ संसारमा गन्धक र आगो जल्दैछ (२)
१. पाप गर्दै व्यर्थमा हामीले, संसारमा भुलिरहेछौँ
दुनियाँलाई भुलेर आज नै, सम्झिदेऊ आज नै ईश्वरलाई (२)
२. संसारको रीतिरिवाकले दुइ-चार दिन केवल राज गर्छन्
तपाईं र मेरा ईश्वरले अनन्त काल तक राज गर्छन् (२)
३. संसारिक धेरै मार्गले डरलाग्दा सागरमा पुर्याउँछन्
जीवनको हरेक मार्गमा प्रभुले हामीलाई डोर्याउँछन् (२)
- को. अङ्ग-प्रत्याङ्गका मालिक म गर्छु प्रणाम्
धन्य धन्य सृष्टिकर्ता अमर छ तिम्रै नाम (२) ।
१. तिम्रा सृष्टि यी दुइ हात छन् कति राम्रा
तिम्रा सृष्टि यी दुइ पाउ छन् कति राम्रा
यी मेरा हात यी मेरा पाउ अङ्ग हुन् तिम्रा
जे गरूँ म, जहाँ जाऊँ म, होस् तिम्रै महिमा ।
२. तिम्रा सृष्टि यी दुई कान छन् कति राम्रा
तिम्रा सृष्टि यी दुइ ओठ छन् कति प्यारा
यी मेरा कान, यी मेरा ओठ अङ हुन् तिम्रा
जे सुनूँ म, जे बोलूँ म, होस् तिम्रै महिमा ।
३. तिम्रा सृष्टि यी दुइ आँखा छन् कति राम्रा
अन्धो हुन् त मनका आँखा छन् ती चनाखा
छन् जो मेरा यी दुइ आँखा अङ्ग हुन् तिम्रा
जहाँ जे जति देखेँ मैले, होस् तिम्रै महिमा ।
को. आहा, कति मीठो वचन, प्रभुले दिएको रचना (२)
१. जब म वचन पढ़्दछु झन् ठूलो इच्छा बढ़्दछ
जब म वचन सुन्दछु तब मन खुशीले भर्दछ ।
२. जब म पापले भरेथेँ तब अन्धकारले छोपेथेँ
प्रभुले मलाई बोलाउनुभो’ अनि खुशीको खबर सुनाउनुभो’
३. म, तिमी, हामी, सबै पापी थियौँ अनि साँचो प्रभुलाई चिन्दैनथ्यौँ
प्रभु आए आफै स्वर्ग छोड़ेर, हाम्रोलागि उज्यालो ज्योति बालेर ।
४. क्रूसमा प्रभु मर्नुभयो, हाम्रो पापको भार उठाउनुभयो
मृत्युबाट प्रभु बौरी उठ्नुभो’ र हामीलाई स्वर्गको ढोका खोल्नुभो’ ।
५. आऊ दाज्यू-भाइ दिदी-बहिनी, प्रभुको मीठो बचन पढ़्न
आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गरन ।
को. ख्रीष्ट मेरो मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको
सदा स्तुति होस् प्रभुको आदर महिमा उनैको
१. येशू संसारका ज्योति हुन्, येशू स्वर्गका बाटो हुन्
येशू तारणहार हुन्, पापीका केवल सहारा हुन् (२)
२. त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दुःख
दिए येशूले क्रुसमा प्राण गराउन पापीहरूको त्राण (२)
को. गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली, प्रभुको स्तुति
१. हृदय-वीणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,
आफ्नो सृजनहारलाई (जयजयकार गरौँ, स्वरमा स्वर मिलाई) (२)
२. ईर्ष्या र द्वेषको जाल फाड़ी (२) एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँड़ी, (कठिनाईलाई पर सारी) (२)
३. अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नून बनी
हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२)
को. जाग उठ, निद्राबाट जागृतको बेला आएको छ,
रात धेरै नै वितिसक्यो, अब दिन आउनै लागेको छ ।
१. ज्ञानी कुमारी झैं पर्खनेहरू, दुलहाको घरमा प्रवेश गर्छन् (२)
मूर्ख कुमारी झैं जिउनेहरू, “खोल न खोल ढोका” भन्दै रुन्छन् (२)
२. ज्योतिका हतियारलाई धारण गरी, ख्रीष्टका असल सेवक बनौं (२)
विश्वासको उत्तम लड़न्त लड़ी, जीवनको मुकुट प्राप्त गरौँ (२)
३. हठी र बागी मानिस बनी, संसार मै किन फर्कि जान्छौ (२)
दुइ दिनको सुखलाई रोजी तिमी, युगानुयुगसम्म किन रुन्छौ ? (२)
४. प्रतिपल आफैले आफैलाई जाँची, पश्चात्तापी हामी बनिँदै जाऔँ (२)
नजीक छ अब न्यायको घड़ी, निर्दोष र निष्कलंक बनिँदै जाऔँ (२)
को. हे येशू तिम्रो प्रेम, कति महान् छ आकाशको तारा, पर्वत समुद्र,
सबभन्दा महान् छ (२)
१. अगम्य आनन्दले हृदय भरपूर छ, प्रभुको कार्य नै धेरै नै महान् छ
हरेक साँझ, हरेक बिहान (स्तुतिको योग्य छ) (२) ...हे येशू तिम्रो प्रेम
२. संकटको समयमा जीवन निराश हुन्छ, हे ईश्वर पुकार्छु दया मलाई दर्शाऊ
बोलाउनभन्दा पहिला नै भन्छन् (म तिम्रो साथ छु) (२) ...हे येशू तिम्रो प्रेम
३. अन्धकार घाटीमा मलाई हिँड्नुछ, मृत्यु र जोखिमको धेरै नै यात्रा छ
गोठालो भई प्रभु डोर्याउनुहुन्छ (अनन्त साथी भई) (२) ...हे येशू तिम्रो प्रेम
४. घटी र कमीको मलाई केही डर छैन, हरियो चउरमा मलाई निर्धक्क छ,
भोजन-जलले तृप्त म हुन्छु (ख्रीष्ट मेरो साथ छन्) (२) ...हे येशू तिम्रो प्रेम
५. ईश्वरको भवनमा स्तुति सधैँ गर्छु, सम्पूर्ण हृदयले उनलाई सधैँ भज्छु,
स्तुति-प्रशंसाको योग्य परमेश्वर (हल्लेलूयाह आमिन्) (२) ...हे येशू तिम्रो प्रेम
को. भजौँ मीठो नाम, प्रभु येशू नाम,
प्यारो प्रभु येशूलाई, गरौँ आदर मान
भजौँ मीठो नाम
१. सारा भूलोक भरका पापीहरूलाई, येशू मात्र छन् शुद्ध गर्नलाई (२)
उनको मीठो वाणी सुन मन मगाई, चढ़ाउँदै हृदय भेटी उनलाई
(हा हा) (२) भजौँ मीठो नाम ।
२. येशू हाम्रो लागि संसारमा आए, हाम्रो आत्मालाई अति प्रेम गर (२)
क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी हृदय
(हा हा) (२) भजौँ मीठो नाम ।
३. नरकभन्दा ठूलो दण्ड केही छैन जहाँ सधैँ आगो, गन्धक निभ्दैन (२)
फर्कौं आज सबै चढ़ाऔँ ख्रीष्टलाई मन, रमाउँदै गरौँ उनको भजन
(हा हा) (२) भजौँ मीठो नाम ।
को. म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको,
कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको
भाँड़ो मलाई बनाउनुहोस् (२)
१. म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् (२)
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस् (२)
२. पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस् (२)
कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस् (२)
३. येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस् (२)
को. हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऔँ
आनन्दसाथ उनको सेवा गर, भजन गाएर उनको सामने आओ
१. परमप्रभु नै परमेश्वर हुन्, उहाँले हामीलाई बनाउनुभयो (२)
हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ (२)
२. धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस (२)
उहाँलाई धन्यवाद चढ़ाऔँ, उहाँको नाउँलाई धन्यको भन (२)
३. परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ (२)
अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ (२)
को. आउँदछु तपाईंको चरणमा, पर्दछु तपाईंको शरणमा
पापको बोझ छ जीवनमा, हटाई बस्नुहोस् हृदयमा
१. सिकाउनुहोस् मलाई प्यार गर्न तपाईंलाई (२)
प्रभु मलाई तपाईंले प्यार गर्नुभो’ पहिले (२)
२. समाती मेरो हात राख्नुहोस् मलाई साथ (२)
जीवनको ज्योति दिई चम्काउनुहोस् मलाई (२)
को. तोड़फोड़ गरी जोड़्नुहोस् फेरि ख्रीष्ट स्वयं जिउनुहोस्
सृष्टि अघिको इच्छा तपाईंको, हे प्रभु पूर्ण होस्
१. स्वार्थमय जीवन जीएर कति तपाईंलाई रूवाएँ (२)
तपाईंको आज्ञा तोड़ेर मैले धेर काँड़ा उमारे
ती काँड़ाबाट एक मुकुट बनाई प्रभुलाई पहिर्याएँ
पाप गर्दै यहाँ बाँचेर कैयौँ बार क्रूसमा चढ़ाएँ ।
२. जिउन चाहन्नँ हारेको जीवन ख्रीष्टरहित भएर (२)
जिउन चाहन्छु जयवन्त जीवन ख्रीष्टभित्र भएर
यसकारण प्रभु हारपूर्ण जीवन तपाईंलाई अर्पन्छु
मेरो सट्टामा येशू जिउनुहोस् यो विनय बिछाउँछु ।
को. प्रभु तपाईंको चरणमा म आउन सक्दछु
जुनै घड़ी भए पनि म आउन सक्दछु (२)
१. म अधर्मी पापी तुच्छ्लाई तपाईंले प्रेम गर्नुभो’
श्रापित क्रूसमा मेरै लागि तपाईं नै मर्नु भयो (२)
२. तपाईंको पवित्र हातले मलाई छुनु भयो
तपाईंको अनमोल रगतले मलाई धुनुभयो (२)
३. तपाईंको अपार प्रेमको वर्णन कसरी गरूँ
दिन केही अरू सक्दिन म यो जीवन अर्पन्छु (२)
को. भाइ-बहिनी पापी मनलाई पखाली
येशूको छेउमा जाऔं (२)
१. पिलातुसले येशूज्यूलाई कोर्रा लगाइदिए (२)
क्रूस बोक्नु कुरेनी भाइले येशूलाई सघाई दिए ।
२. सबै मिली येशूज्यूलाई काँटी ठोकिदिए (२)
सबै हाम्रो पापको भारी येशूले बोकिदिए ।
३. क्रूसबाट बग्यो ठूलो रगतको धारा (२)
पापी सबै प्रवेश गर्ने यही हो मुक्तिको द्वार ।
४. गलगथाको पहाड़ैमा बलिदान भए (२)
प्यारो प्रभु येशूज्यूले प्राण दान गरिदिए ।
५. शुक्रवारको तेस्रो पहरमा येशूले प्राण त्यागे (२)
मृत्यु नींदमा परेका प्रभु तेस्रो दिनमा जागे ।
- को. म आउँछु तिम्रो चरणमा प्रभु येशू मेरो मसिह
मेरा पापहरू धोइ उद्धार देऊ मसिहा (२)
१. स्वर्ग धाम त्यागि आयौ उद्धार दिन मलाई (२)
तिम्रो चरणमा आउँछु हृदय यो चढ़ाउँछु मसिहा (२)
२. मलाई पापबाट छुड़ाउन रगत क्रूसैमा बगायौ (२)
कति गहिरो प्यार गर्यो भुल्न त्यो सक्दिन मसिहा (२)
३. स्वीकार गरी प्रभु मलाई आफ्नो राज्यमा लेऊ (२)
आऊ मेरो जीवनमा जीवन यो हो तिम्रो मसिहा (२)
को. हे ख्रीष्टलाई भूलेर जाने हो अब अरू अघि नजाऊ है
अनन्त जीवन दिनेलाई फर्केर हेरी देऊ ।
१. निराश जीवन लिई अंगाली संसारलाई
उद्धार छैन यहाँ न त छ यहाँ कुनै जीत
खोजी देऊ आज सत्य ईश्वरलाई । (२)
उनै हुन् प्रभु ख्रीष्ट... । (२)
२. पापको अत्याचारले दुनियाँ भरपूर छ
प्राण आत्मा शरीरलाई नाश गर्नुमा पुर्याउँछ (२)
कलवरी कूसको रगतले आलै छ तिमीलाई बचाउन... (२)
हे ख्रीष्टलाई... ।
- को. पहाड़ पाखा कति रमाईलो हो... हो...
हरियो पातले ढाकेको (२)
हामी पनि सजाउन जीवन हो... हो...
पवित्र बाइबल पढ़ेर (२)
१. त्यागन पापलाई आजको दिन,
आफूलाई सम्भाल प्रभुलाई सम्झ (गर्छन् उद्धार) (२)
२. येशू राजाले जीवन दिए कलवरी क्रूसमा
हाम्रो निम्ति लहु बहाए (त्यो पट भूमिमा) (२)
- को. (बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ, क्रूसको झण्डा काँधमा लिई,
अघि बड़्दै जाऔँ) (२)
१. (सेना हामी ख्रीष्टका हौ, युद्ध गर्दै जाऔँ,
कनान देशको बाटोमा सब कदम बढ़ाऔँ) (२)
कदम बढ़ाउँदै जाऔँ, बैरीलाई हराऔँ
कनान देशमा हामी सब जयवन्तको गीत गाऔँ ।
२. (कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्
तरवार हाम्रो आत्माको, झिलम धर्मको) (२)
सायता उनी गर्छन् जीवन संग्राममा
दैनिक जीवनको हाम्रो कदम-कदममा ।
३. (बैरी धेरै भए, हमी तै हरेस नखाऔँ
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔँ) (२)
शत्रुलाई हराऔँ, झण्डा फर्फराऔँ
हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔँ ।
को. येशूले दिन्छन् स्वर्गको साँचो
संसारको दुःखबीचमा स्वर्ग ल्याइदिने
कलवरी डाँड़ाको क्रूसलाई हेर
त्यसैले खोल्दछ स्वर्गको सानो द्वार
१. कठिनाइ देखी निराश नहोऊ संकष्ट देखेर (२)
ती सबै भिन्न साँचाहरू हुन स्वर्गीय हर्षको ।
२. संसरको पछि नजाऊ है तिमी भ्रममा परेर (२)
क्रूस बोकी आऊ, येशूले भने सर्वस्व त्यागेर ।
३. दुःखमा खुशी, आँसुमा हाँसो येशूले दिनेछन् (२)
प्रकट हुने भावी आनन्द अवर्णनीय छ ।
को. सम्झेर ख्रीष्टको प्यारलाई जवानी तिम्रो ख्रीष्टलाई देऊ
बेहोशी तिम्रो जीवनलाई सम्हाली आज ख्रीष्टलाई देऊ ।
१. अहिलेसम्म बाँच्नेछु ख्रीष्टको गीत गाउँनेछु
त्यो पारी शहर गाउँ बजार येशूको सन्देश सुनाउँछु । (२)
२. येशूको आगमन आई सक्यो सोचेको छौ तिमीले
येशूसँग जान्छौं भने आत्मा तयार बनाऊ है । (२)
....................................................................................
......................................................................................
......................................................................................
..........................................................................................
को. सबैले भन्छन् स्वर्ग मै जान्छु, जान्छौ पो भाइ कसरी
नेपाल हाम्रो देश कति राम्रो ख्रीष्टको पाइला टेकेर
१. उकाली बाटो नधाउँदै पापको बोझ लिएर
सुखले बाँचौँ संसारमा, येशूलाई जीवन दिएर ।
२. बुझ्छन् र कसले रोएको, आँसुको घुटको पिएर
सुखको माने भुलेर के होला व्यर्थै जिएर ।
३. हाँसेर आँसु सुक्दैन, रोएर दुःख लुक्दैन
ख्रीष्टलाई विनानसम्झी, स्वर्गमा हामी पुग्दैनौँ ।
४. बुद्धिले घमण्ड गरेर, जीवन यहाँ के होला
पापबाट पश्चात्ताप आज नै, भोलि त अबेर होइजाला ।
५. हेरन आज पिताले हामीलाई कस्तो प्रेम गरे
तपाईं र मेरो पापको साटोमा ख्रीष्ट मरेथे ।
६. क्रूसको बन्धन के मीठो उद्धार पाउनु जीवनमा
मूर्खता मात्र हुनेछ नाश हुने वाला जीवनमा ।
-
को. सिंहासनमा विराजमान् हुने परमेश्वरको प्रजा हामी (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात (२)
१. (उहाँको रगतले धोई पखालेको पवित्र जाति
आदर, प्रशंसायोग्य परमेश्वरको पुजाहारी हामी) (२)
सनातन देखि सनातनसम्म (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात
२. (झरी-घाम र छायाको सामना गरौँ हामी
सबै नयँ भएको स्वदेशमा जाने छौँ हामी) (२)
बादल पारिको उहाँको देशमा (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात
- को. कृतज्ञ भई, शिर झुकाई जीवन चढ़ाउन आएकोछु,
अमूल्य भेट अरू के छ र ? (जीवन मेरै अर्पेको छु) (२)
१. टाढ़ो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको (२)
(हुन्छु नजीक) (२) (तिम्रो नै सक्तिनँ म जान टाड़ो) (२)
२. मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा (२)
ख्रीष्टको अद्भूत प्रेमैको निम्ति त्यागछु यिनलाई मनैबाट (२)
३. प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन (२)
अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ (२)
४. जगको निम्ति जिउँदिनँ, प्रभु, न ता जिउँछु आफ्नै निम्ति (२)
सक्तिनँ म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति (२)
५. दुःखित छु म समयको निम्ति बितेथ्यो जो सहँदा पापमा (२)
बाँकी जीवन कृतज्ञतामा अर्पित होस् प्रभुकै सेवामा (२)
- को. उड़ी जाने बादल झैँ, बगी जाने खोला झैँ
व्यर्थै न सम्झी देऊ तिम्रो मेरो जीवनलाई (२)
१. हार मात्र होइन यहाँ जीत पनि छ
आँशु मात्र होइन यहाँ हाँसो पनि छ
सित्तैमा लिन आऊ येशूमा भरपूर्ण जीवन ल्याऊ येशूमा (२)
२. आफू मात्र होइन यहाँ धेरै बाँच्नु छ
पहाड़ मात्र होइन यहाँ मधेश पनि छ
मुक्तिको सन्देश फैलाउनु छ आशाको दियो जलाउनु छ (२)
- १. जगत् संसार केही पनि छैन सुन दाज्यू-भाइ (२)
विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई (२)
को. ख्रीष्ट येशू छन्, ख्रीष्ट येशू छन्
ख्रीष्ट येशू छन्, तयार मुक्ति दिनलाई
२. लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२)
यी सबै थोक केही पनि होइन साथमा जानलाई (२)
३. आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२)
येशूबाहेक अरू छन् छैन केही उपाय (२)
४. आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२)
ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई (२)
- को. तिम्रो जीवन व्यर्थै नजाओस् जिन्दगीले अर्थ पाओस्
भनी येशू संसारमा आए उनको जीवन हाम्रो निम्ति बलि दिनलाई,
मानिसको चोला लिई मानिसैको लागि मरे
कोई छैन अरू यहाँ येशू बाहेक हाम्रो निम्ति जीवन दिनलाई (२)
१. धेरै आए धेरै गए यस्तो उस्तो सबैलाई भन्ने
जाँची हेर येशू मात्र एउटै बाटो म हुँ भन्ने (२)
(उनको बाटो साँचो छ है बुझी लेऊ सबै
जसलाई यसको खाँचो छ है आउ हिँड्नलाई) (२)
२. थाकेकालाई विश्राम दिने हारेकालाई जीत दिने
बाँधेकालाई खोलिदिने, भागेकालाई थामिदिने (२)
(यही बाटो हिँड्नु छ है जुनीभरिलाई
सत्य, शान्ति येशू राजाको आशीष पाई) (२)
- केटी: फर्कि आउन है हे मेरा दाज्यू भाइ हो ।
केटा: फर्कि आउन है हे मेरा दिदी बहिनी हो ।
ग्रुप: मुक्तिदाता प्रभु येशूकहाँ शान्तिदाता प्रभु येशूमा (२)
१. बिलाई जाने यो जीवनलाई किन माया गरी बस्छौँ
एकदिन यो जीवन निश्चय माटोमा मिलेर जानेछ (२)
२. समय अब धेरै छैन है संसारमा घुमी हिँड्नु
आज नै फर्की आउन है मुक्तिदाता प्रभु येशूकहाँ (२)
३. दुई दिनको यो जीवनमा हाँसो र खुशीको साथमा
आनन्दित भएर जिउन आज नै येशूकहाँ आउन (२)
- को. लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन
- मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)
- १. कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)
- मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा
- त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)
- २. जीवन हाम्रो छोटो छ है, लामो जीवन येशूमा (२)
- बुझिराख आज नै, नत्र भोलि समय छैन
हाम्रो येशू आउनै लागेछन् । ओ (२)
- को. लौ सुन साथी, सत्यको वाणी, यो तिम्रै लागि हो,
- गरीब-धनी सबैको लागि, जीवनको पानी हो,
- ईश्वरको पुत्र, आएथे धरती, कोहीले चिनेन
- पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ
- १. माया र मोह बाँचुन्जेलसम्म, संसारमा दुइ दिनको,
- धर्म र कर्म, सबै व्यर्थ छन्, यो तिमी बुझ लौ (२)
- शिरमा मुकुट काँड़ाको लाई, झुण्डिए क्रूसमा
- पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ ।
- २. बाँच्नलाई मान्छे सधैँ नै खोज्छ, जीवनको सहारा
- पापको वशमा डुबेको मान्छे, एउटै छ किनारा (२)
- बाटो र सत्य, जीवन छ है ख्रीष्ट येशू प्रभुमा
- विश्वास गरी, हे मेरा साथी, जीवन लेऊ उनैमा ।
- को. सुसन्देश छ पापमा डुब्नेलाई जीवन छ ख्रीष्टमा जिउनेलाई
१. सुनन मित्र सुनन प्रभुको वचनलाई सुनन
आज नै सुनौलो समय छ प्रभुमा विश्वास गरन (२)
२. संसारमा बसेर के हेर्नु छ फूल जस्तो जीवन जीएर
माटोको शरीर माटोमै हामी एक दिन मिल्नुपर्नेछ (२)
३. सुनेर विश्वास गर्दैनैँ भने पापको ज्याला मृत्यु हो
रूनु न हाँस्नु हुनेछौँ तिमी प्रभुको दोस्रो आगमनमा (२)
- को. सुनन मेरा प्रीय हो सत्य सुसन्देश सुनन
संसारैमा नअल्झी येशू कहाँ आउन... । (२)
१. संसार कहिलेसम्म रहने हो, थाह छ के तिमीलाई ?
पहाड़ ढलेर जानेछ समुद्र सुकी जानेछ
परमेश्वरको करूणा कहिले हट्नु सक्दैन ।
२. मुक्तिको ढोका खुला छ विश्वास गर्ने मानवलाई
निर्णय चाँड़ै गरन अबेर बनिसकेछ
राज्य गर्ने मसीह चाँड़ै आउनुहुँनेछ ।
को. अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)
प्रभु ख्रीष्टमा विश्वास गर मनलाई जगाएर है, सुन नेपाली
१. सुख, शान्ति नेपालीको मैला पखालेर (२)
अमर जीवन मिल्ने छैन, धेरै पर्खिएर है, सुन नेपाली ।
२. मुक्ति छैन संसारमा मनले गुनिलिए (२)
दाज्यू-भाइ, दिदी-बहिनी, विश्वास गरिलिए है, सुन नेपाली ।
३. सुनी विश्वास नगरेमा ठूलो हाम्रो भूल (२)
मुक्ति दिने प्रभु येशू जीवनको मूल है, सुन नेपाली ।
४. स्वर्गबाट प्रभु आए मुक्ति लिएर (२)
क्रूसमाथि मर्नुभयो जीवन दिनलाई है, सुन नेपाली ।
५. पापको बोझा उठाइलाने अर्को छैन कोही (२)
एउटै मात्रै प्रभु येशू जीवन दिने उनै है, सुन नेपाली ।
- को. शिखरहरू हिउँले ढाकेझैँ,
यो भूमिलाई वचनले ढाक्नैपर्छ
किनारहरू बालुवाले ढाकेझैँ,
यो पुस्तालाई येशू चिनाउनैपर्छ (२)
१. (निराशा छन् पहाड़मा साइँला-माइलाहरू
अशान्त छन् तराईमा सानी-ठूलीहरू) (२)
(चौबाटोमा सबैजना बाटो खोजिरहछन्
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्) (२)
२. (रोएका छन् शहरमा घर-घरानाहरू,
भुलेका छन् पापैमा हाम्रा मानिसहरू) (२)
(दोधारमा सबैजना अल्मलिरहेका छन्,
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेकछन्) (२)